Latest Post

म्याग्दी प्रबासी नेपालि संघ,राष्टिय कार्यकारी समिति कतार (मोना कतार)ले आफनो वार्षिकोत्सव कार्यक्रमलाइ संगीतमय बनाउने भएको छ ! यहि आउदो अगस्ट २६ तारिकका दिन बिन मोहमुद्को सालिमार दरबार रेस्टुरेन्टमा आयोजना हुन लागिरहेको उक्त कार्यक्रम बिसेष त् वार्षिकोत्सव र बिबिध समयमा यस सस्थालाई बिसेष योगदान पुराउनु भएका बिभिन्न संघ सस्था र व्यक्तित्वहरुलाई प्रदान गरिने सम्मानमै केन्द्रित रहेर तयारिलाइ तिब्रता दिइएको थियो l समयको परिबर्तन र माग संगै निसुल्क प्रबेस,बिबिध साँस्कृतिक कार्यक्रम सहित डिनर पनि थपिएको हो l कार्यक्रमको तयारि तिब्र रुपमा अगाडी बढिरहेको छ l दिउसो २ बजे बाट सुरु हुने कार्यक्रम ७ बजे सम्म चल्ने छ भने त्यस पछीको समय डिनरको हुने  व्यहोरा सबैमा जानकारी गराउदै बैदेशिक रोजगारीको शिलसिलामा म्याग्दी जिल्लाबाट कतारमा रहनु भएका सम्पूर्ण म्याग्देलीलाइ उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ l
मोना कतार परिवार

कस्लाइ के थाहा समय ले मानिसलाई कहाँ लान्छ भनेर, झापा घर भई कतारमा कार्यरत सनम लामाको दयनिय स्थिती हेरेर आएँ ।

रुमिला हस्पिटल कतार मा रहेका सनमको 90% सरिरले काम गर्न नसक्ने अबस्था रहेछ, हस्पिटल र कम्पनिले घर पठाउने भाको छ। दया लाग्ने साथी हरुले हेल्प गर्न चाहनुभयो भने 77205968 मा सम्पर्क गर्नसक्नुहुनेछ।
"आज अरुलाई भोलि हामिलाइ"
-शेखर  कुँवर - कतार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.