April 2017

" सेवा नै धर्म हो "
अमेरिकाबाट जन्मदिन तथा नयाँबर्षको अवसरमा विद्यालयको अक्षयकोषमा सहयोग प्राप्त ।

-मुरली प्रसाद गजुरेल (१२ अप्रील २०१७)

सहिद चोक नारायणगढ चितवन स्थाई घर भै हाल अमेरिकामा बस्नुहुने नेपाल जर्नी संस्थाका भ्वाइस प्रेसिडेण्ट आदरणिय सहयोगीमनकाधनी श्री बद्री श्रेष्ठ  एंवम् नेपाल जर्नी संस्थाकी प्रेसिडेण्ट आदरणिय सहयोगीमनकीधनी श्री मौसमी श्रेष्ठज्यूको पृय छोरी रिहाना श्रेष्ठज्यूको सातौ जन्मदिनको अवसरमा चिंतवन,खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज  नगद रू.१,००००।-सहयोग प्रदान गर्नु भएको छ ।
अमेरिकामा बसि आफ्नो मातृभुमीलाई सम्झदै बिभिन्न सामाजिक संघ संस्थामा आवद्द सामाजिक ब्यक्तित्व आदरणिय श्री बद्री श्रेष्ठ एंवम् श्री मौसमी श्रेष्ठज्यूको प्यारी छोरी रिहाना श्रेष्ठज्यूलाई जन्मदिनको शुभकामना दिने क्रममा खुसी ब्यक्त गर्नुहुँदै वहाँले  खैरहनी बिधालयमा स्थापना गरिएको उक्त अक्षयकोषमा ५५ लाख ५० हजार पुग्न सफल भएकोमा प्रशंसा गर्नु हुँदै बधाई एंव् शुभकामना प्रकट गर्दै अमेरिकामा आफ्नो साथमा हुने पृय छोरी रिहाना श्रेष्ठ को सातौ शुभ जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको शुभकामना सहित पवित्र उदेश्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा केही आर्थिक सहयोग प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्नुहुदै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ,।
बिधालय तथा अक्षयकोषको तर्फबाट हजुरहरू सहयोगी परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा अमेरिकामा रहेर पनि आफ्नो मातृ भुमीलाई सम्झदै आफ्नो पृय छोरा रिहाना श्रेष्ठज्यूको जन्मदिनको अवसरमा यस सामाजिक अभियानमा ह्रदयका साथ सहयोग प्रदान गर्नु हुने आदरणिय सामाजिक ब्यक्तित्व श्री बद्री श्रेष्ठ एंवम् श्री मौसमी श्रेष्ठज्यू प्रती हार्दिक आभार ब्यक्त गर्दै जन्मदिन पर्ने रिहाना श्रेष्ठ ज्यूलाई जन्मदिन तथा नयाँबर्ष २०७४ सालको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उज्वल भविष्यको शुभकामना ब्यक्त गर्दछौं ।

सुकुम्बासी हरुको पिउने पानीको लागि ईन्दिरा वाग्ले ज्यु बाट १०० डलर सहयोग।

"Thank you to our Indiana Coordinator Indira Wagle for $100 donation for our water Campaign. Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.
- मौसमी श्रेस्ठ
नेपाल जर्नी  Nepal Journey
For your support please call us 214-226-9168 or visit our website.                        http:/www.nepaljourney.org

सप्तरी जिल्लाको गम्हरियामा रहेका अति बिपन्न दृस्टिबिहिन मण्डल परिबारको लागि अपाङ्ग मैत्री तथा बालमैत्री घर बनाउने उद्देश्यको लागी इजरायलमा केहि महिना अघि सहयोग अभियान गठन भएको थियो।

अभियन्ताहरु अर्जुन पौडेल,राज क्षेत्री,राज छत्कुली,सुबास खरेल,दिपेन पौडेल राम ढुंगाना लगायतका अभियन्ताहरुले उठेको रकम रु,पारदर्शि रु,१७७५२० ( एकलाख सतहत्तर हजार पाँचसय बिस रुपिया ) नेपालका हाँस्य कलाकारहरुको जिग्री-पाँडे लाई बुझाईएको छ।

अभियानमा उठेको पैसा सम्बन्धित ठाउँमा पुग्न केहि ढिला भएको हुनाले यहाँहरु सबैसँग माफि माग्दै आ-आफ्नो नाम चेक गर्नुहुन र छुटेको भए जानकारी गराउँन अनुरोध गर्दछौं।

कलाकार द्दय जिग्री पाँडेको संयोजकत्वमा बिपन्न मण्डल परिवारको लागी अपांग तथा बाल मैत्री घर बनाउँने योजना रहेको छ। सहयोग गर्नुहुने सहयोगी सबैलाई धेरै -धेरै धन्यबाद ।

दिपेन पौडेल-१०१ सेकेल
राज छत्कुली -१०१ सेकेल
राज क्षेत्री -१०१ सेकेल
सुबास खरेल -१०१ सेकेल
अर्जुन पौडेल -१०१ सेकेल
राम ढुंगाना -१०१ सेकेल
सावना बस्नेत-२५० सेकेल
सन्दिप भण्डारी -१०१ सेकेल
इन्दिरा भण्डारी -१०१ सेकेल
नबिन शर्मा -१०१ सेकेल
राजेन्द्र भण्डारी -५१ सेकेल
लक्ष्मीधर गौतम -५१ सेकेल
सुबास कुँवर -१०० सेकेल
निर्मला कार्की -१०५ सेकेल
रिचा गुरुंग -१०५ सेकेल
गणेश गिरी -५१ सेकेल
सुशिला थापा मगर -५० सेकेल
सानु मानन्धर -१००० सेकेल
प्रकाश फाहिम लिम्बु -१०० सेकेल
बिस्णु सिंखडा -५१ सेकेल
खगेश्वर अधिकारी -५० सेकेल
देब घिमिरे -२०० सेकेल
गौरीमाया -१०० सेकेल
उषा भुषाल-६० सेकेल
बिन्दिया महर्जन-१०१ सेकेल
राज श्रेस्ठ -१५१ सेकेल
राधा जोशी -१५१ सेकेल
सन्जु गुरुङ -५१ सेकेल
रोमलाल खडाल-५१ सेकेल
सानु क्षेत्री -१०१ सेकेल
खुशि गुरुंग -१०५ सेकेल
सबु सेढाइ -१०० सेकेल
दिपिका भुषाल -५० सेकेल
मेनुका दाहाल थापा -५० सेकेल
खेमराज कट्टेल -५० सेकेल
सुनिल श्रेस्ठ -१०५ सेकेल
राजेन्द्र खनाल -५० सेकेल
भक्ति सापकोटा -५० सेकेल
गोपाल चौहान -५० सेकेल
देबी खरेल पाण्डे-६० सेकेल
माया आचार्य -५५ सेकेल
मिना पाण्डे शर्मा -५० सेकेल
इन्दिरा सुबेदि अधिकारी -५० सेकेल
रमेश नेपाल -५० सेकेल
कृस्ण ढकाल -११० सेकेल
सिता पौडेल -१०१ सेकेल
रन्जु ढकाल - १०१ सेकेल
गोमा कार्की -१०० सेकेल
मेनुका भण्डारी - ५१ सेकेल
पार्बती सुबेदि -५१ सेकेल
देबी पौडेल- ५१ सेकेल
भैरब कार्की - ५१ सेकेल
शान्ती टण्डन-५१ सेकेल
अम्बिका कार्की -५१ सेकेल
अम्बिका कार्की ( हाइफा)- १०१ सेकेल
अनु थापा - २०० सेकेल
निश्चल श्रेस्ठ-१०००० ( दश हजार नेपाली )
स्नेहा लिरोन-५१ सेकेल
बिनोद तामांग-१०१ सेकेल
बिदेश लामा -१०० सेकेल
आले केटि -५० डलर
अन्य -५० सेकेल

 जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल


सेवा नैं धर्म हो||सम्पुर्ण सहयोगी मन हरुमा सानो सहयोग को लागि अपिल गर्दछु।
- रुपेन हमाल।
      नवलपरासी जिल्ला को  बर्दघाटमा बस्ने ९ कक्षा मा अध्यनरत १५ बर्षकी बहिनी सन्ध्या गुरुङलाइ छाला रोगले ग्रस्त पारि उनको मुटु, कलेजो र फोक्सोमा समस्या आएको छ र निजलाइ अल्का हस्पिटलबाट अहिले नेपाल मेडिकल कलेज जोरपाटीमा भर्ना गरिएको छ ! अहिले उनको अवस्था नाजुक भएकाले डाक्टरले केहि बताउन नसक्ने अवस्थामा छन। पारिवारिक अवस्था दयनीय भएकाले सबैमा सक्दो सहयोगको अपेक्षा राख्दछौ ! हजुरको सानो सहयोगले एउटा सानी नानीको ज्यान जोखिम मुक्त हुने आशाका साथ यो पोस्ट गरेको छु।कुवेतमा सहयोग को लागि लुम्बिनी समाज नेपाल कुवेत का कोहि पनि सदस्य संग सम्पर्क गर्न सक्नु हुनेछ।जय लुम्बिनी।


सहयोग तथा बिस्त्रीत जानकारिको लागि सम्पर्क गर्नुहोला 

 रुपेन हमाल 

00965-51285618

viber imo what's app को लागि: 00965-65692121

जन्मदिनमा मानवसेवा----सह- अस्तित्वलाई टेवा-----
ललितपुर, गोदावरी न.पा.-३ निवासी  उदारमनका धनी,परोपकारी आदरणिय श्रीरोशन आचार्यज्यूले आफ्नो र छोरी रेबिका आचार्यको शुभ जन्मोत्सवको पावन अवसरमा मानवसेवा आश्रम ललितपुरको शोभा बढाईरहनु भएका आमा-बुवा(लक्ष्मी-नारायण)तथा आश्रमका आशाका दिपक छोरा- छोरी(बालगोपाल)लाई साँझको खाना अर्पण गर्नु भयो। वहाँ हरू बाबू छोरी (आदरणिय रोशनज्यू र स्नेही रेविका) हार्दिक मंगलमय शुभभावना व्यक्त गर्दछौं। शुभलाभ जन्मदिन सर्वमंगलम्! सुखशान्ति सम्वृद्धि दिर्घजीवनम्!!

मानवसेवा आश्रम ललितपुर

@ मानवसेवा आश्रम, मुख्य कार्यालय, हेटौँडा!!!
..........................................
परिवारमा पुनर्मिलन गराउँदाको आनन्दको क्षण!!!
........................................
केहि समय अघि मात्रै बिरगंज प्रहरीले उद्धार गरि मानवसेवा आश्रम, हेटौँडामा ल्याइदिएको २० वर्षको बबी गुरुङ नाम बताउने मानसिक उपचार चलिरहेको किशोरको परिवारको खोजी कार्य अगाडि बढाएर परिवारमा सुखद पुनर्मिलन गराउन सफल भएका छौँ।
थप जानकारीको लागि:-
०५७-५२७३९३, ९८५५०७६००१,९८५५०७६००२

- होमनाथ मानवसेवा।

one of the happiest moment त्यो बेला भयो जब जापान बासी ले भन्नू भयो, जापान मा धेरै प्रोग्राम हरु हुन्छन, तर यो दर्शक उपस्थित ऐतिहासिक सबै भन्दा धेरै हो रे। अनि सामाजिक अभियान्ता धुर्मुश सुन्तली, आबाज को दुनिया को साथी आदरणीय दिनेश डि सि, र लेजेन्ड पप स्टार दिपक बज्राचार्य सङ्ग सङ्गै स्टेज सेयर गर्दा को मोमेन्ट!यति मात्र हैन धुर्मुश सुन्तली फाउन्डेसन  को आगामी परियोजना को लागि स्वत-स्फुर्त रुप मा सिटि मनि एक्स्प्रेस ले गरेको सहयोग सहित येउटै सो बाट करिब यक मुस्ट तीस लाख जति रकम सङ्कलन भयको छ! थ्यान्क यु धुर्मुश सुन्तली साझ का आयोजक सन राइज कर्पोरेसन ,धुर्मुश सुन्तली, मुख्य प्रायोजक सिटि मनि एक्स्प्रेस अनि सम्पुर्ण जापान बाशी नेपाली हरु यति धेरै माया र सहयोग को लागि।
- कलाकार दीपक आचार्य  "बाङ्गे बा 'मेरिबास्सै'"

"तपाईं हरुको उत्साहजनक सहभागिता र सहयोग नै हाम्रो लागि उर्जा बनेको छ।आज  जापान मा शब्द मा वर्णन गर्न नसकिने माहौल बनेको छ। देश को बदलिदो राजनितिक परिस्थिती बाट जताततै निराशा छायको बेला सम्पुर्ण सहयोगी मन हरु को अभुत्पुर्ब सहयोग को कारण हाम्रो हिमाल, पाहाड र तराइ जोड्ने पबित्र अभियान ले मुहुर्त रुप लिने सम्भावना को ढोका जापान बाट खुलेको छ। धुर्मुश सुन्तली फाउन्डेसन का लागि सिटि एक्स्प्रेस मनि ट्रान्स्फर को सहयोग सहित यौटै शो बाट करिब ३० लाख सहयोग सङ्कलन भयको छ। धन्यबाद आयोजक सन राइज प्रडक्सन, धन्यवाद सम्पुर्ण जापान बाशी सहयोगी मन, धन्यबाद सिटि एक्स्प्रेस मनि ट्रान्स्फर अनि विशेष धन्यबाद धुर्मुश सुन्तली साझ मा सहभागी भयर कार्यक्रम लाई अझ रोचक र सफल बनाउन सहयोग गर्नु हुने आबाज को दुनिया को साथी आदरणीय दिनेश डि. शि बुबा ज्यु . , सुप्रशिद्ध पप स्टार दिपक बज्रचार्य ज्यु अनि मित्र दिपक आचार्य बाङ्गे बा।"
- सिताराम कट्टेल 'धुर्मुस'

"जान्ने भएदेखी ममीको जन्मदिन आजै याद भएको हाे । यसअगाडी कहिले थाहा भएन कहिले थाहा भएर पनी त्यती ख्यालै गरीएन । आज भने विहानै फोनमा कुराकानी भएपछि ममिकै इच्छा अनुसार मानव सेवा आश्रम पुगे । धन्यवाद रुपा जी र निता जी मलाइ सघाउनुभएकोमा । चाँडै यि परिवार विहिनलाइ पुनस्थापना गर्न सकौँ ।

मलाइ संसारमा सबैभन्दा गर्व लाग्ने नाम‍:- सावित्रा पौडेल ।"

- लक्ष्मी पौडेल।


सृष्टी छोरीलाई जन्मदिनको हर्दिक शुभकामना ! 
जीवनका हरेक उत्सव  यस्तै  परोपकारी र मानवीय भैरहुन ! मनमा सधै शुद्ध  भावना जागोस !! जिन्दगीका   हरेक पथमा सफलता प्रप्तहोस !! तन , मन  सधै  स्वस्थ रहोस  !  इश्वर सधै दाहिना भै  रहुन। भविष्यमा यस्ता पवित्र   कर्मका प्रतापले संसार अझ धेरै शुन्दर देखिन सकोस । फेरी  पनि  जन्मदिनको लाखौ लाखौ  शुभकामना    !
  चितवनको टांडी  घर भै  हाल बेलायत को लन्डन बस्दै  आउनु भएका श्रद्दिया सुबास + मनु  न्यौपाने दम्पतीले  लक्ष्मी प्रतिस्ठानद्वार चितवन जिलको लोथर गविस ९ मा अती सिमान्त्क्रित गरीब चेपाङ बालबालिकाहरुकालागी संचालन  गरिएको कुमार बलराम स्‍मृति छत्रावासमा बस्दै आएका विद्यार्थीहरुको  पठन पठन  दिगो बनाउन संचालित  साथीकालागी साथी कार्यक्रममा समावेश गरिएका मध्य  कक्षा ४ मा अध्यनरत सुजाता  प्रजालाई   आफ्नी छोरीको   साथीको रुपमा  स्वीकार गर्दै तेश्रो बर्षकोलागी आबस्यक रकम रु ५१,०००/ उपलब्ध गराउनु भएको छ। प्रवास मा   रहेर पनि  सदैब   देश भित्र  उपेक्षामा परेका  बालबालिकाहरुको लागि   उहाहरुबाट भएको यो  पवित्र  मानवीय  कर्मले  भोलिका दिनमा  सुजाता को रुपमा   सक्षम  कर्णधार प्राप्त   हुनेछ। लक्ष्मी प्रतिष्ठानका आजिबन  सदस्य समेत  रहनु भएका  श्री न्यौपाने ले  यो भन्दा अगाडी पनि चेपांग घर निर्माण  लगायत  विभिन्न शिर्षकमा सहयोग  गर्दै  आउनु भएको  छ कोमल मनका धनि  श्रद्दीय  न्यौपाने    दम्पति  प्रति   हामी   हर्दिक  आभार गर्दछौ।

बिष्णु गौतम

लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org


आमाको मुख हेर्ने दिन आमा अोैसि को सुअवसर पारि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्र बाट हामिले सम्पूर्ण आमा लाई २४ थान साडि दिएका थियोै र नेपालका चर्चित गायक आफ्नो जिवनलाइ गायन यत्रमा मात्र समर्पित नगरि सामाजिक सेवामा पनि समर्पित आदरणिय स्वरका धनी मनका धनी मनकारि बिरहि कार्कि ज्युले समाज कल्याण देउघाट वृद्ध आश्रममा आश्रीत आमा बुवाको लागि आफ्नो आमाको सम्झनामा रु १०,०००/- दिनु भएको थियो संयुक्त रुपमा आज देउघाटमा कार्यक्रम सम्पन्न गरियो।।
आमा हजुरहरुको धेरै माया लाग्छ।सेवा गर्न पाए सधै खुसि जाग्छ आज मनमा खुसि लायो।।आमाहरुको सेवा गर्न पाउदा लाग्छ मनमा खुसि धेरै जिम्दै पाए स्वर्ग सरि।।
मन्जुश्री असहाय संरक्षण केन्द्र

Contact Form

Name

Email *

Message *

Powered by Blogger.