Articles by "Health"

Showing posts with label Health. Show all posts

यी रोगलाई अमला फाइदाजनक - जानिराखौं
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर २३ बिहीबार प्रकाशित

डायबेटिज
बेसारको चूर्णसँग अमला खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ, जुन डायबेटिजका बिरामीका निम्ति लाभदायक हुन्छ ।

पायल्स
सुकाएर राखेको अमला दूधसँग हरेक बिहान खाने गर्नाले पायल्सका रोगीलाई लाभ मिल्छ ।

नाकबाट रगत बग्ने
नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाई टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।

मुटुरोग
मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीनवटा अमला खाने गर्नुपर्छ । दिनहुँ अमला खाने गरेमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।

रुघाखोकी
रुघाखोकी लागेमा दिनमा तीनवटा अमला गाईको दूधसँग खाने गर्नुपर्छ । अलिक कडै खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाएमा राहत मिल्छ ।

पिसाब पोल्ने
अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउने हुन्छ ।

पत्थरी
पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निकै फाइदा पुग्छ ।

मानसिक रुपमा कसरी स्वस्थ बन्ने ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर २० सोमबार  प्रकाशित

-   अनावश्यक कुरामा बारम्बर एकोहोरो र गहिरो सोचाई नगर्ने ।
-  अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
-   अवैज्ञानिक र पुराना रुढीवादीका कुरामा विश्वास नगर्ने ।
  -  हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
-  जे छ त्यसमा सन्तुष्ट हुने, तर मेहनत गर्न नछाड्ने ।
  -  लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले यी वस्तुबाट टाढा रहने ।
-  दैनिक जीवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्ने ।
- समाजमा, घर परिवारमा दुष्टताको वातावरण छ भने त्यसको अन्त्य गर्ने ।
  अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
    मनलाई सधै शान्त राख्ने ।
साभार www.swasthyakhabar.com बाट

तातोपानीले नुहाउने तयारीमा हुनुहुन्छ भने यी कुराहरु याद राख्नुहोस्
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १३ सोमबार  प्रकाशित 

जाडो छ । ग्याँस गिजर वा इलेक्ट्रिक गिजरको तातोपानीले नुहाउने गरिन्छ । यस क्रममा त्यसको वाफवाट निसास्सिएर धेरै व्यक्तिहरु बेहोस भई ढोका फोरेर उद्दार गर्नुपरेको र कतिपयको मृत्यु समेत भएको घटना बारम्बार सुनिन्छ ।   
तसर्थ,
    तातोपानीले नुहाउँदा वाथरुमको झ्याल ढोका पूरै नलगाउँ ।
    चाहिने जत्ति पानी मात्रै वाल्टिनमा थापेर नुहाउँ ।
    निसास्सिएको महशुश हुनासाथ तुरुन्तै बाहिर निस्किहालौँ ।
    नुहाउन पसेको जानकारी परिवारलाई अनिवार्य गराउँ ।
- साभार www.swasthyakhabar.com बाट

औषधिका रुपमा तातो पानी
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १२ आइतबार  प्रकाशित

टन्सिल बढदा, घाँटि दुख्दा, दाँत र गिजाको समस्यामा सहन सक्ने तातो पानीमा चर्को नुन हालेर कुल्ला गर्न सकिन्छ ।

पिनास, दम, ब्रोन्काइटिस, रुघा जस्ता समस्यामा तातोपानीको वाफ लिनु उपयुक्त हुन्छ ।

ढाड दुख्ने, महिनावारीको दुखाइ, मर्किएको आदी दुखाइको अवस्थामा हट वाटर ब्यागको मद्दतले तातो पानीले सेक्दा धेरै राहत महशुस गराउँछ ।

पाइल्स (अल्काइ), एनल फिसर (मलद्घारको घाउ) जस्ता अवस्थामा यथासक्य तातो पानीमा मलद्घार डुवाएर बस्दा निकै फाइदा हुन्छ ।

- साभार www.swasthyakhabar.com बाट

ग्यास्ट्रिक भएकाले के खाने ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १० शुक्रबार प्रकाशित

कागती पानी खाने
पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेट कम खाने
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त  हुन्छ ।

दूध नखाने
ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही खानु राम्रो हुन्छ ।

पानी प्रशस्त खाने
लगातार पानी खाँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रि«ंक खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।

लसुन खाने
बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने
ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।
- साभार www.swasthyakhabar.com बाट

याद राखौँ– पटक–पटक जन्मिदैनन् गोविन्द केसीहरु
डा. तोसीमा कार्की २०७३ मङ्सिर ९ बिहीबार प्रकाशित

त्यो अनिष्ठ दिनको कल्पना गर्ने हिम्मत छैन मसँग । तर, राज्यको कुम्भकर्णीय निन्द्राले बेला–बेला त्यही दृष्य आँखा अगाडि ल्याइरहेको छ, कतै डा गोविन्द केसी...
उनी भोकै लडेको १२ औं दिन भयो । यसरी भोकै बसिरहँदा कति दिन धान्ला उनको शरीरले ? 
डा. केसी त्यसरी लडिरहेका छन् । जुन हाम्रो क्षमता भन्दा धेरै माथि छ  । थाक्दैनन् उनी । लडिरहेका थिए, लडिरहेका छन् र लडिरहनेछन् । तर दिन प्रतिदिन जिर्ण हुँदै गएको उनको शरिर यदि थाक्यो भने ?
हजुर, हो । तपाई पनि । म पनि । हामी सबै त्यो मृत्युको भागेदार हुनेछौँ ! मृत्युको हैन, त्यो हत्याको । हत्यारा हुनेछौं हामी । हत्याराको समाजको हैसियत के हुन्छ ?
आफूलाई असल मानव ठान्छौं हामी । भन्छौं– अन्याय गर्नु पाप हो । अनि अन्याय हुन दिनु नि ?  अन्याय विरुद्ध नबोल्नु चाहिँ ? त्यो त झन् महापाप हो ! हामी त्यही महापाप गर्दैछौँ ! अन्याविरुद्ध नबोलेर ।
राज्यले हाम्रै आँखाअघि झुटो सम्झौता गर्छ, छल गर्छ र हरेक पटक सत्यको लागि लड्ने योद्धालाई घुाँडा टेकाउँछ । अनि हामी टुलु–टुलु हेर्छौ मात्र ! हद्दै भए, ‘आईएम विथ जीकेसी’ लेख्छौं । अनि सकिन्छ एउटा औपचारिकता । र, निभ्छ हामीभित्र बलेको अन्याविरुद्धको ज्वाला । के त्यति मात्रै हो त हामीले गर्न सक्ने ? के त्यत्ति हो, हाम्रो दायित्व ?
यो लडाइँ डा. गोविन्द केसीको मात्र हो ? केका लागि लडिरहेका छन् उनी ?  अन्याय र अत्याचार विहीन राज्यको परिकल्पना गर्ने हरेकको लडाइँ होइन र ? अन्यायन नगर्ने र नसहने असल मान्छेहरुको लडाइँ होइन र ?
नेपालमा सर्वशुलभ स्वास्थ्य सेवा र शिक्षा होस् । गरिबले पनि उपचार पाओस् । गरिबका छोरा पनि डाक्टर बनुन्, भन्ने चाहना तपाईंको होइन ? मेरो होइन ? किन हाम्रो भएन यो चाहना ? किन डा केसी एक्लैको हो जस्तो गरिरहेका छौं हामी ?
तपाईं हामी यो देशका तिनै द्रव्यपिशाचहरुकै हातमा सुम्पन चाहन्छौँ सधैंका लागि कि ? तीनै दुष्टहरुलाई देश लुटिरहन, न्याय, सत्य र निष्ठामाथि  बलात्कार गर्न दिइनरहन चाहन्छौं कि ? चाहन्छौ अन्त्य । जो, के सही के गलत छुट्याउने ल्याकत राख्छौं, जो पढेलेखेका ठान्छौं आफूलाई, जो आफूसँग बोल्न सक्ने शक्ति छ जस्तो ठान्छौं । हामी किन चुप छौं, पर्खिरहेका के छौं ?
तपाईंलाई एउटा दुर्कल्पना गराउन खोज्दा पनि आत्मग्लानी भइरहेको छ । आफैंप्रति खेद छ । तर, तपाईं हाम्रो यही रवैयाले एकदिन यस्तो दृष्य देख्नुपर्नेछ– तपाईं बिहानै चियाको चुस्की लिएर पपत्रिकाको पाना पल्टाउन थाल्नुहुनेछ । तर, पत्रिकाका पहिलो पेजमै आँखा अडिनेछ । छांगाबाट खस्नुहुनेछ । एउटा मान्छेलाई होइन, त्यहाँ न्यायलाई, असमानतालाई, आवाज विहीनको आवाजलाई कफन ओढाइएको तस्बिर देख्नुहुनेछ ।  यदि त्यस्तो देख्नुभयो भने के गर्नुहुन्छ तपाई ? असल मान्छे हो भने, सत्यको पक्षधर हो भने धिकार्नु हुनेछ आफूलाई । तान्नुहुनेछ लामो श्वास । त्यतिन्जेल तपाईंले चाहे जस्तो देश बन्ला भन्ने थोरै अपेक्षा पनि जलिसकेको हुनेछ । त्यो दिन कल्पना गर्दा आङ जिरिङ्ग भयो कि  भएन तपाईलाई ? यी शब्दहरु लेखिरहँदा मेरा त हात काँपिरहेका छन् । 
त्यो अन्धकार दिन झेल्ने हिम्मत छैन मसँग । सायद तपाईसँग पनि छैन होला । त्यसपछिको विरोध, त्यसपछिको आँशुको कुनै अर्थ हुनेछैन । जति अहिले हाम्रो एकथोपा पसिना अर्थ छ । एक शब्द बोलिदिँदा अर्थपूर्ण हुन्छ । एक पाइला बढिदिँदा अर्थपूर्ण हुन्छ ।
त्यतिबेला हामी सम्पूर्ण चिकित्सक, मेडिकल विध्यार्थी लगायत सम्पूर्ण चेतनशिल नागरिकको ठूलो हार हुनेछ  । मेडिकल माफिया र द्रव्यपिशाचहरुले स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा राज गर्ने छन् ।
उनीहरुको विजय हुनेछ । शासन उनीहरुसँगै हुनेछ । हामीसँग हुनेछ त केवल आत्मग्लानी । पश्चाताप ।  अहिले कसैका पछि हिँडन् नसक्ने आफैं नेतृत्व कसरी गरौंला ?
आफूलाई असल नागरिक ठान्ने तपाईं त्यसपछि सक्नुहुन्छ, ऐनामा आफ्नै आँखासँग आफ्नो आँखा जुधाउन ? अहँ म त सक्दिनँ । कुन मुखले भनुँला त्यतिबेला ‘म असल डाक्टर हुँ । सेवा दिन्छु र दिन चाहन्छु’ भनेर ! जबकी एउटा असल मान्छे लड्दै गर्दा रमिता हेरें मैले । जबकी न्याय, समानता र सत्यको लागि लड्दै गरेको योद्धाले जीवन दाउमा राख्दा म बोलिनँ ।
त्यो दिन आउनेछैन । किनकि तपाईं बोल्नुहुनेछ । म  बोल्नेछु । हामी बोल्नेछौं । आजैबाट, अहिल्यैबाट यो चीरनिन्द्रामा रहेको राज्यलाई ब्युँझाउन, यो मेडिकल माफियाको जालमा फसेको सरकारलाई उम्काउन  ।
त्यसैले आउनुहोस्  । समस्त चिकित्सक समाज मिलौं । विद्यार्थी एक हौं । असल मान्छे अघि सरौं । डा केसीका लागि केही गर्ने होइन, हाम्रै लागि केही गरौं । हाम्रा सन्ततिका लागि केही गरौं । 
जे सकिन्छ गरौँ । दबाब दिउँ  । डा केसीसँग फेरि राज्यले झुटो सम्झौता नगरोस्  । आफ्नै लागि एकपल्ट फेरि लडौं । नेतृत्व त डा केसीले गरिसकेका छन् । ढिला नगरौँ ।
याद राखौँ– गोविन्द केसीहरु पटक–पटक जन्मिदैनन् ।
साभार www.swasthyakhabar.com बाट

पेट गडबड हुँदा खानुपर्ने ९ खानेकुरा - जानिराखौं
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १० शुक्रबार प्रकाशित 

एजेन्सी — खानाको असर, चिसो, बासी खानेकुरा लगायत अन्य समस्याले कुनै पनि बेला पेट डम्म फुल्छ । यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ ।

जुवानोः जुवानोलाई पकाएर वा भुटेको धुलो पिसेर एक चम्चा धुलो तातो पानीमा मिसाएर खाँदा पेटफुल्ने समस्या निको गर्छ ।

पुदिनाः प्राय जहाँ पनि पाईने पुदिनाको पातलाई चट्नीको रुपमा वा हजमलाको रुपमा प्रयोग गर्न सकिन्छ ।

केरामा हुने पोटासको मात्राले पेटलाई आनन्द दिन्छ

कागती पानीः कागती  पानीले पेटमा जम्मा भएको पानी निकाल्न सहयोग गर्छ भिटामिन ए, पोटासियम र फाइबरयुक्त रातो फर्सी खाँदा पेट डम्म हुने समस्या निको गर्छ  ।

सुपः सुपले पाचन प्रक्रियालाई सहज बनाई पेटलाई आराम दिन्छ ।

अदुवा पानीः तातो पानीमा आधा चम्चा अदुवाको धुलो मिसाएर खाँदा चिसोको कारण फुलेको पेटलाई आराम दिन्छ ।

दहीः दहीले पाचन प्रणालीलाई सहयोग गर्छ । दहीको यही गुणका प्राय डेर्जटमा यसलाई मिसाईन्छ ।
नरिवल पानीले पनि पेटलाई आराम प्रदान गर्छ
साभार www.swasthyakhabar.com बाट

झण्डै ६ लाख नेपालीमा रहेको ‘एनोरिजम’ के हो ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ५ आइतबार  प्रकाशित


करिब दुई वर्षअगाडि अस्पतालमा एक वृद्धालाई अचेत अवस्थामा उपचारका लागि ल्याइयो । परीक्षणका क्रममा उनलाई मस्तिष्क एनोरिजम भएको देखियो । उनको सफल शल्यक्रिया पनि भयो । अस्पतालको शैयामा उनी स्वास्थ्य लाभ गरिरहेकी थिइन् । तर पाँच दिनपछि उनलाई कुरिरहेकी छोरी एक्कासी बेहोस भइन् । परीक्षणका क्रममा उनलाई पनि मस्तिष्क एनोरिजम भएको फेला प¥यो । छोरी बाहिर बेहोस भएको कुरा शैयामा सुतेकी आमालाई थाहा थिएन । पछि छोरीको सफल शल्यक्रिया भएपछि मात्र जानकारी गराइयो ।

माथिको घटनाले के देखाउँछ भने नेपालमा मष्तिष्क एनोरजिमका बिरामी निकै धेरै छन् । एनोरिजमका विषयमा धेरैलाई जानकारी छैन । अन्य रोगमा जस्तो यसमा पहिलादेखि नै लक्षण नदेखिने भएकाले पनि यसको बारेमा धेरैलाई जानकारी नभएको हुनसक्छ । तर उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या हेर्दा नेपालमा एनोरिजमका बिरामीको संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ ।

मस्तिष्क एनोरिजमलाई ‘सेरेब्रल एनोरिजम’ पनि भनिन्छ । एनोरिजम भनेको रगतको नसाको पर्खाल कमजोर भएर नसा बेलुनजस्तै फुल्नु हो । यसरी फुलेको नसा जतिबेला पनि फुट्न सक्ने खतरा रहन्छ । अधिकांस मानिसमा जन्ँिमदै नसाको कुनै भागको भित्ता कमजोर हुने हुन्छ । एनोरिजमको समस्या हुने ९० प्रतिशतको जन्मिँदै नसाको कुनै भाग कमजोर भएको हुन्छ । १० प्रतिशतमा दुर्घटना, ट्रमा, हेड इन्जुरी, इनफेक्सन, मुटुका रोगका कारणले पनि एनोरिजम हुनसक्छ । तर ९० प्रतिशतले जन्मँदै लिएर आएका हुन्छन् । नसाको त्यही कमजोर भाग फुल्दै जाने अवस्थालाई नै एनोरिजम भनिन्छ । नेपालीमा यो समस्याको ठ्याक्कै नामाकरण भएको छैन । त्यही भएर पनि सामान्य हिसाबमा मानिसलाई बुझाउनुपर्दा यो समस्यालाई बेलुनजस्तो फुलेको नसा भन्ने गरिन्छ ।एनोरिजम फुट्यो भने मस्तिष्कघात भएर मानिसको मृत्युसमेत हुन्छ । त्यही भएर पनि एनोरिजमको सही समयमा उपयुक्त उपचार गर्न आवश्यक छ ।

कति छन् नेपालमा एनोरिजमका बिरामी ?
एक सय जनामा दुई जनामा एनोरिजमको समस्या हुन्छ । त्यो आधारमा हेर्दा ३ करोड जनसंख्या भएको हाम्रो नेपालमा ६ लाख जनामा यो समस्यामा छ । त्यसको पनि २ प्रतिशतको हरेक वर्ष एनोरिजम फुट्ने गर्छ । भनेपछि प्रत्येक वर्ष १२ हजार नेपालीको एनोरिजम फुटेर ब्रेन ह्यामरेज हुने गर्छ । ब्रेन ह्यामरेज हुने १५ प्रतिशत कारण यही एनोरिजम नै हो ।

एनोरिजम फुटेका बिरामीमध्ये १० प्रतिशतको अस्पताल नपुग्दै मृत्यु हुन्छ । त्यस्तै ३० प्रतिशतको अस्पतालमा उपचार गर्नुभन्दा अगाडि नै पुनः रक्तश्राब भएर मृत्यु हुन्छ । बाँकी ६० प्रतिशतको भने उपचार गर्न सकिन्छ । तर तीमध्ये पनि १० देखि १५ प्रतिशतमा जटीलता निम्तने गर्छ ।
जटील भएपनि एनोरिजमको समस्यालाई सरकारले प्राथमिकता नै दिएको छैन । सरकारले जहिले पनि झाडापखाला, औंलो लगायतका सरुवा रोगलाई मात्र प्राथमिकता दिँदै आएको छ । नसर्ने रोगहरुमा पछिल्लो समयमा मुटु, क्यान्सर, स्पाइनका समस्यालाई केही हदसम्म सम्बोधन गरेको देखिन्छ । तर धेरैमा जानकारी नभएको एनोरिजमको समस्यालाई पनि प्राथमिकतामा दिनुपर्ने बेला आइसकेको छ । यो समस्याको उपचार महँगो पर्ने भएकाले पनि हाम्रोजस्तो देशमा सरकारले यसको उपचारका लागि आवश्यक सहयोग गर्नुपर्छ ।

महिलामा धेरै
एनोरिजमको समस्या पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । महिलामा यो समस्या के कारणले बढी भएको भन्ने अहिलेसम्म अध्ययनले देखाउन सकेको छैन । सम्भवतः महिलाको शारीरिक संरचना तथा हर्मोनको कारणले पनि हुनसक्छ । यस्तै यो समस्या जापान र फिनल्यान्डका मानिसहरुमा अत्याधिक धेरै हुन्छ । नेपालमा कुल जनसंख्याको दुई प्रतिशतमा यो समस्या रहेको अनुमान गरिन्छ । तर जापान र फिनल्यान्डमा यो समस्या २० प्रतिशतसम्म रहेको छ । विकसित देश भएकाले उनीहरुले यसको उपचारका लागि विशेष प्राथमिकतामा राखेका छन् । यसैगरी यो रोग गोराभन्दा काला जतिमा पनि बढी देखिएको छ ।

किन जापानी, फिनिस र कालाजातिमा बढी भन्ने चाँहि अहिलेसम्म पनि पत्ता लगाउन सकिएको छैन । जापान तथा फिनल्यान्डतिर परिवारका सदस्यमा एनोरिजम छ भने पूरै परिवारलाई नै स्क्रिनिङ गराउँछन् । उनीहरुको हेल्थ प्याकेजमै त्यो पर्छ । तर हाम्रो नेपालमा स्वास्थ्य बीमा छैन । आर्थिक हिसाबले पनि धेरै मानिस गरिब नै छन् । त्यसकारण सिटि एन्जिओग्राम, एमआरआई गर्न महँगो पर्ने भएकाले थेग्न सक्दैनन् । सबैलाई स्क्रिनिङ गर्न गाह्रो छ । तर विदेशमा शंका लाग्नेबित्तिकै स्क्रिनिङ गरिहाल्छन् । हाम्रोमा पनि सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको छ ।

४० देखि ६० वर्षका मानिसलाई बढी
उमेरका आधारमा ४० देखि ६० वर्ष उमेर समूहका मानिसलाई यो रोग बढी लागेको भेटिन्छ । एनोरिजमको उपचारका क्रममा सबैभन्दा कम उमेरको २० वर्षको युवालाई पनि मैले उपचार गरेको छु भने ७५ वर्षको बृद्धको पनि उपचार गरेको छु । तर, उपचारका लागि आएका अधिकांस मानिसहरु भने ४० देखि ६० वर्ष भित्रका नै छन् । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि यही उमेर समूहका मानिसलाई नै बढी भएको पाइएको छ ।

यो समस्या परिवारका कुनै सदस्यमा देखिएको छ भने उसको परिवारका अन्य सदस्यलाई पनि हुने सम्भावना २० प्रतिशत रहन्छ । त्यसकारण कसैको परिवारमा एनोरिजमको समस्या छ भने उनीहरुको ‘निकट आफन्त’लाई हुने खतरा रहेकाले सतर्क रहन आवश्यक छ ।

यसरी थाहा पाइन्छ
एनोरिजमको अधिकांस समस्या नफुटिकन थाहा हुँदैन । यसको लक्षण नदेखिने भएकाले पनि समस्या एकैपटक आउने भएको हो । एनोरिजममा कहिलेकाँही लक्षण देखिन सक्छ । जस्तो एकदमै टाउको दुखेको छ भने एनोरिजम भएको हुनसक्छ । कहिलेकाँही निकै थोरै रक्तश्राब भएर रोकिएको हुनसक्छ । यस्तो बेलामा जोडले टाउको दुख्छ । यस्तै धेरै टाउको दुख्ने, एकापट्टिको आँखाको परेला तल झरेको पनि हुन्छ । कहिलेकाँही अरु कुराको परीक्षण गर्ने क्रममा पनि एनोरिजम देखिन सक्छ ।

प्लेन सिटि स्क्यान वा एमआरआई गरेको भरमा एनोरिजम थाहा पाउन सकिँदैन । यसका लागि सिटि एन्जियोग्राम वा एमआरआई एन्जियोग्राम गर्नुपर्छ । विशेष परीक्षणबाट मात्र एनोरिजम थाहा हुन्छ । नेपालमा धेरै मानिस गरिब रहेका कारण समयमा नै विशेष परीक्षण गर्ने चलन छैन । जसका कारण नेपालमा धेरैजसो बिरामी एनोरिजम फुटेर आउँछन् । एनोरिजम फुट्नेबित्तिकै असाध्यै टाउको दुख्छ, केहीमा उल्टी हुने र बेहोस हुने समस्या हुन्छ । धेरै रगत जमेको छ भने प्यारालाइसिस नै हुन्छ ।

नेपालमा उपचार गर्न आउने अधिकांस बिरामी आकस्मिक अवस्थामा नै आएका हुन्छन् । कहिलेकाँही १० प्रतिशत जति मानिसहरु सहनै नसक्ने टाउको दुख्यो भन्दै पनि आएका हुन्छन् । तर ९० प्रतिशत आपतकालिन अवस्थामा इमरजेन्सीमा नै आएका हुन्छन् ।


एनोरिजम फुट्दा के हुन्छ ?
एनोरिजम पहिलोपटक फुट्दा निकै कम रक्तश्राब भएको हुन्छ । त्यसले गर्दा मस्तिष्कमा थोरै मात्र असर गरेको हुन्छ । यदि समयमा नै उपचार भएन भने पुन रक्तश्राब हुँदा ९० प्रतिशतको ज्यान जाने खतरा रहन्छ । त्यसकारण पुनः रक्तश्राब नहोस भनेर शल्यक्रिया गर्नुपर्छ ।
एनोरिजम फुटेको सुरुको ७२ घण्टामा ४ प्रतिशत रक्तश्राब हुने सम्भावना हुन्छ । त्यसपछि २ हप्तामा १४ प्रतिशत सम्भावना रहन्छ । त्यस्तै ६ महिनामा ३० प्रतिशत रक्तश्राब हुने सम्भावना रहन्छ । त्यसकारण हामीले पुनः रक्तश्राब नहोस् भनेर र रक्तश्राब रोक्न शल्यक्रिया गर्छौँ । त्यसलाई हामी इन्डोभास्कुलन क्वालिइङ भन्छौँ । यो पद्धतिबाट उपचार गर्दा फुलेको नसामा विशेष किसिमको क्लिपिङ राखेर रक्तश्राबरोक्छौँ । त्यो क्लिपिङले पुन हुने रक्तश्राबलाई रोक्छ र ज्यान जाने सम्भावनाबाट जोगाउँछ ।

एनोरिजममा कहिलेकाँही पहिलोपटकमा नै धेरै रक्तश्राब हुने सम्भावना पनि रहन्छ । धेरै रक्तश्राब भयो भने मानिसको तुरुन्त मृत्यु पनि हुन्छ । यो संख्या करिब १० प्रतिशतको हाराहारीमा छ । रक्तश्राब हुने वित्तिकै त्यसले मस्तिष्कमा रहेका नसाहरुलाई खुम्चाइदिन्छ र साँघुरो बनाउँछ । त्यसरी साँघुरो भएको नसाले रक्तप्रवाहमा नै कमी ल्याइदिन्छ । त्यसलाई ब्रेन स्केमिया भन्छ । ब्रेन स्केमिया भएर मानिसको ज्यान जान सक्छ । अर्को मस्तिष्कमा पानी जम्ने सम्भावनाछारे रोगको लक्षण देखापर्न सक्छ । यस्तै शरीरमा सोडियम पोटासियम कम हुनसक्छ । कहिलेकाँही एनोरिजम फुट्दा मुटुका समस्या पनि ल्याउन सक्छ । तर सबैभन्दा धेरैमा देखिने समस्या भनेको नै पुनः रक्तश्राब हुनु नै हो ।

उपचारमा दुई विधि
एनोरिजम फुटेपछिको उपचारका लागि दुई वटा विधिबाट उपचार गरिन्छ । पहिलो विधि भनेको शल्यक्रियाको माध्यमबाट एनोरिजम भएको नसामा क्लिपिङ गर्ने र अर्को विधि भनेको इन्डोभास्कुलन क्वाइलिङ गर्ने हो । नेपालमा क्वाइलिङ गर्ने विधिबाट उपचार हुँदैन । यो निकै महँगो पर्छ र यसको सफलताको दर पनि कम छ । यो विधिमा नसाबाट क्याथेटर पठाएर दिमागको एनोरिजम भएको स्थानमा प्लेटियनम क्वाइल राखिन्छ । त्यो क्वाइल बेलुनमा गएर भरिन्छ । एनोरिजमको आकार र संख्याका आधारमा यो उपचार विधि झन् महँगो हुँदै जान्छ । एउटा क्वाइलको १ हजार डलर पर्छ । भारतमा गएर उपचार गर्दा करिब १५ लाखजति खर्च हुन्छ ।

शल्यक्रियाबाट क्लिपिङ राख्ने विधि भने सस्तो छ । यो विधिको सफलताको दर पनि राम्रो छ । यो विधिको सफलताको दर ९५ प्रतिशतभन्दा माथि छ । जबकि क्वाइल विधिको सफलताको दर ७० प्रतिशत मात्र छ । क्लिपिङ विधिको शल्यक्रिया वीर अस्पतालमा डेढदेखि दूई लाख रुपैयाँमा हुन्छ । क्लिपिङ विधिमा मस्तिष्कको फुलेको नसामा शल्यक्रियाको माध्यमबाट क्लिप राखेर रक्तश्राब रोक्ने काम हुन्छ ।

एनोरिजमको शल्यक्रिया निकै जटिल र तनावपूर्ण हुन्छ । एउटा शल्यक्रिया गर्न दुइ÷ तीन घण्टा लाग्छ । शल्यक्रियाका क्रममा रक्तश्राब बढ्यो भने बिरामीको मृत्युसमेत हुन्छ । असाध्यै तनाव लिएर शल्यक्रिया गर्नुपर्ने भएकाले धेरैजसो न्यूरो सर्जनले यो शल्यक्रिया नै गर्न रुचाउँदैनन् । नेपालमा एनोरिजमको शल्यक्रिया सबैभन्दा धेरै गर्नेमा म नै पर्छु । पाँच वर्षको अवधिमा ३ सय १८ वटा शल्यक्रिया गरिसकेको छु । महिनामा ७÷८ वटा सर्जरी गर्नुपर्छ । धेरै शल्यक्रिया गरेका कारण शल्यक्रियाको क्रममा हुने सफलताको दर पनि निकै राम्रो छ । शल्यक्रियाका क्रममा हुने मृत्युदर ७ दशमलव ५ प्रतिशत छ । यो भनेको निकै राम्रो नतिजा हो । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पाँच देखि ३० प्रतिशतसम्म मृत्युदर हुन्छ ।

एक व्यक्तिमा कति एनोरिजम ?
अधिकांस बिरामीमा एउटा मात्र एनोरिजम हुन्छ । तर १० प्रतिशतजतिमा एकभन्दा बढी एनोरिजम हुन्छ । शल्यक्रियाका क्रममा एउटै व्यक्तिमा ५ वटासम्म एनोरिजम भेटेको छु । अन्तर्राष्ट्रिय लिटरेचरमा हालसम्म ७ वटासम्म भेटिएको कुरा उल्लेख छ । एउटाभन्दा धेरै एनोरिजम हुनु भनेको खतरा बढी हुनु हो । जति धेरै एनोरिजम हुन्छ त्यति नै शल्यक्रिया गर्न समस्या पर्छ । एउटै व्यक्तिमा तीन पटकसम्म शल्यक्रिया गर्नुपरेको छ । मस्तिष्कको कुन ठाँउमा कतिवटा एनोरिजम छन् त्यसका आधारमा उपचार निर्भर रहन्छ ।

एनोरिजममा के कारणले रक्तश्राब हुन्छ भन्नेमा प्रमुख दुई जोखिमका कारण देखिएको छ । त्यो भनेको धुम्रपान र उच्च रक्तचाप नै हो । अन्य सहायक जोखिममा व्यायाम नगर्ने, मदिरा सेवन गर्ने, कहिलेकाँही यौनसम्पर्क गर्ने क्रममा पनि फुट्ने गरेको पाइन्छ । त्यसकारण उच्च रक्तचाप छ भने त्यसलाई नियन्त्रणमा लिनुपर्छ । धुमपान, मद्यपान छाड्नुपर्छ । व्यायामलाई निरन्तरता दिनुपर्छ । परिवारमा कसैलाई भएको छ भने त्यस्ता परिवारका मानिसलाई जीवनशैलीलाई राम्रो बनाउने र खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । कसैको शल्यक्रिया भएको छ भने त्यसपछि उनीहरु सामान्य जीवनमा फर्कन सक्छन् । तर उनीहरुले रक्तचाप नियन्त्रण, धुमपान नगर्नेजस्ता काम भने गर्नुपर्छ ।

- साभार www.swasthyakhabar.com बाट


डा. विविशा बानियाँ (ब्रेन एण्ड ब्युटी)
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ४ शनिबार प्रकाशित 

डा. विविशा बानियाँ जिल्ला अस्पताल धादिङमा मेडिकल अफिसरका रुपमा कार्यरत छिन् । वीपी कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमबिबिएस गरेकी उनी इन्ट्रान्स टपर पनि हुन् । इञ्जिनियर बन्ने सोच बनाइरहेकी उनी साथीहरुको संगतबाट एमबिबिएस इन्ट्रान्सको तयारी गर्न पुगेकी थिइन् । चिकित्सा शास्त्र पढ्नका लागि पहिलो नम्बरमै नाम निस्किएपछि डाक्टर बनिन् । अहिले यही पेशामा उनी रमाइरहेकी छिन् । जसरी आइपुगे पनि सही ठाउँ आइपुगेको अहिले उनलाई महसुस भइरहेको छ । पेन्टिङ गर्नु उनको रुचीको विषय हो । घुम्न, योगा र ध्यान गर्नमा पनि उत्तिकै जाँगर चलाउँछिन् । नाक, कान र घाँटी, बालरोग वा मानसिक रोगमध्ये एकमा विशेषज्ञता हासिल गर्ने उनको योजना छ ।

- साभार www.swasthyakhabar.com बाट

खुशी हुन के गर्ने ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ४ शनिबार प्रकाशित

खुशी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन् । खुशी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः

‘पर्फेक्सन’को मोह त्याग्नुस
संसारमा कोही पनि सम्पूर्ण अर्थात् पर्फेक्ट हुँदैन । त्यही भएर ‘मेरो चिउँडो ठूलो भयो, आँखामा दाग छ, नाक चुच्चो भयो’ जस्ता कुरामा चिन्ता नलिनुस् र ‘ममा जस्तै कुनै कुराको कमी सबैमा हुन्छ’ भन्ने कुरा सहज रूपमा स्वीकार गर्नुस् ।

ऐना हेर्दा खुशी हुनुस्
ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ, अनुहारमा दाग छ, ओठ खुँडे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् । दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि बन्दै जानुहुन्छ ।

अरूले चाहेजस्तो नबन्नुस्
अरूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो चाहनाअनुसार चल्ने गर्नुस् । यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पु¥याउँछ, जुन खुशी रहन सहायकसिद्ध हुन्छ ।

लाज नमान्नुस्
तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस् । यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ ।

सिर्जनात्मक काममा लाग्नुस्
लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता सिर्जनात्मक काम गर्नुस् । सिर्जनात्मक काममा लागियो भने शरीरका नकारात्मक ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ ।

गहिरो सास लिने गर्नुस्
दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ । गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न राख्न मद्दत गर्छन् ।

चाहना कम गर्नुस्
चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ । त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।

धेरै महत्वाकांक्षा नराख्नुस्
कुनै उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर, चाँडै कुनै नतिजा हासिल गर्ने महत्वाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई तनावमा राख्छ । यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी महत्वाकांक्षी नबन्नुस् ।

मुस्कुराउनुस्
हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस् । बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् । हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ । हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ, जसले तपाईंलाई क्रमशः खुशी बनाउँदै लैजान्छ ।

- साभार www.swasthyakhabar.com बाट

सुत्नुअघि के खानुहुँदैन ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर २ बिहीबार प्रकाशित

चकलेट
चकलेटमा क्याफिन हुन्छ । कालो खालको चकलेटमा क्याफिनको मात्रा अझ बढी हुन्छ । क्याफिनजन्य चिज खानाले मानिस थकानरहित हुन्छ र शरीरमा पाचनसम्बन्धी रासायनक्रिया तीव्र बन्छ । साथै, यसले शरीरलाई डिहाइड्रेट गराउँछ । सुत्नुअघि मानिसको शरीरमा यस्ता परिवर्तन आउनु ठीक मानिँदैन ।
मसलायुक्त खाना
सुतेको बेला मानिसको पाचन प्रक्रिया ढिलो सञ्चालनमा आउँछ । मसलायुक्त खाना पचाउन बढी समय लाग्छ । यस्तो खाना खाइयो भने गहिरो निद्रा लाग्दैन । यसले शरीरको तापक्रमसमेत घटाउने भएकाले मिठो निद्राका लागि यो राम्रो मानिँदैन । यस्तो खाना खाएर सुत्दा ऐँठन हुने सम्भावनासमेत भएको मन्ट्रियल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले देखाएको छ ।

कफी
खाना खाइसकेर सुत्नुअघि कफी खाने बानी राम्रो होइन । सुत्ने बेलामा कफी खाइयो भने निद्रा पर्न अप्ठेरो हुन्छ ।

मदिरा
मदिराजन्य पदार्थ पिउनाले मिठो निद्रा पर्ने आम मान्यता छ । तर, मिठो निद्रा पर्नुको अर्थ रातमा पटक–पटक नबिउँझनु पनि हो । बियर, रक्सी, वाइन आदि खाएर सुत्दा सुरुमा गहिरो निदाइए पनि रातमा पटक–पटक उठ्नुपर्छ ।

रातो मासु
बदाम, दूध, चिज आदिमा प्रोटिनको मात्रा सन्तुलित मात्रामा पाइन्छ, जसले मिठो निद्रा लगाउँछ । रातो मासुमा प्रोटिन उच्च मात्रामा पाइन्छ । यसले अनिद्राको समस्या उत्पन्न गराउँछ । किनभने, प्रोटिन पचाउन शरीरलाई अप्ठेरो हुन्छ । साथै, प्रोटिनमा पाइने एमिनो एसिडले दिमागलाई चनाखो राख्छ र निद्रा पर्न दिँदैन ।

केही तरकारी
फलफूल र तरकारी स्वास्थ्यका लागि राम्रो हो । यसले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने गर्छ । तर, कुनै–कुनै फलफूल र तरकारी यस्ता हुन्छन्, जसलाई सुत्नुअघि खायो भने निद्रा पर्दैन । काउली, ब्रोकाउलीलगायत तरकारीमा पाइने तŒवले दिमागमा उत्पन्न हुने ट्राइप्टोपान नामक एमिनो एसिडको प्रभावलाई कमजोर बनाइदिन्छ । ट्राइप्टोपान मिठो निद्रा लगाउन आवश्यक हुन्छ । त्यस्तै, बन्दाकोबी, कोसे तरकारी, सेतो च्याउ, गोलभेँडालगायत तरकारी पनि सुत्नुअघि भरिसक्के खानु हुँदैन ।

मिठाई
सुत्नुअघि मिठाई, केक, चकलेट, कुकिज अथवा आइसक्रिम खाने बानी कसैकसैमा हुन्छ । यसले मनलाई आनन्द त देला, तर मिठो निद्रा दिँदैन । यस्ता खाद्य पदार्थमा चिनीको मात्रा उच्च हुन्छ, जसलाई राती सुत्ने बेला नियमित खानाले निद्रा पर्दैन ।

जंक फुड
खाना बनाउन अल्छी मानेर राती जंक फुड खाएर सुत्नेको संख्या बढिरहेको छ । क्यान्डी बार, पोट्याटो चिप्स, चाउचाउलगायत फास्ट फुडलाई डिनरका रूपमा खानेको संख्या बढिरहेको छ । तर, यस्ता खानामा फ्याट र सुगरको मात्रा बढी हुन्छ, जसले निद्रा उत्पन्न गराउने हार्मोन काट्ने काम गर्छ ।
राती यस्ता खाना खानाले मोटाउने समस्या पनि हुन्छ । किनकि, यस्ता खाना खाएपछि शारीरिक श्रम गर्ने खालको परिस्थिति चाहिन्छ । राती यस्ता खाना खाएर सुत्ने गर्नाले शरीरमा बोसोको मात्रा बढ्न पुग्छ ।

- साभार www.swasthyakhabar.com बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.