September 2017

चाडबाडमा :
१, आफ्ना छोराछोरीलाइ मोटरसाइकलको साँचो दिनु अघि ३ चोटि सोच्नुहोस र ६ वटा कुरा सोध्नुहोस , कहाँ जाने ? कति स्पीडमा ? हेल्मेट लाने कि नलाने ? कति जना चड्ने ? मोटरसाइकल नलगे हुदैन ?
२, पिङ्ग खेल्दा पिङ्गको अबस्था याद गर्नुहोस ।
३ ,मदिरा सकभर नखानुहोस ,खानेले मात्रा याद गर्नुहोस ।
४ ,नखेल्नु जुवा र तास धनको नास जिबनको बनबास ।
५ ,अरुको देखासिकी गरेर अनाबश्यक खर्च नगर्नुहोस । दशैं को शुभकामना ।


फेसबुकमा साथी बन्नका लागी धेरै अनुरोध आइरहेकोले ,बाध्यात्मक परिस्थितिमा थुप्रै साथीहरुलाई अनफ्रेण्ड गर्दैछु(दशैंको फुर्सदमा ) । अनफ्रेण्ड गरिने साथीहरु यस प्रकार छन् :-

१ ,आफ्नो नाम नराख्नेहरु 

२ ,प्रोफाईलमा आफ्नो फोटो नराख्नेहरु 

३ , सामाजिक सदभाब खल्बल्याउने प्रकारको अपाच्य स्टाटस राख्नेहरु 

४ , बिभत्स दृष्य/फोटो/खसी काटेको /दुर्घटनाको  भिडियो आदि शेयर गर्नेहरु 

५ ,निष्क्रिय ( जिउँदाको जन्ती न मर्दाको मलामी ) हरु 

नोट : यसबाट पर्नजाने असुविधा प्रति क्षमा प्रार्थी छु

 ----माग्ने बुढा ।

माग्नेमन्त्रालय ।

चाडबाडमा :
१, आफ्ना छोराछोरीलाइ मोटरसाइकलको साँचो दिनु अघि ३ चोटि सोच्नुहोस र ६ वटा कुरा सोध्नुहोस , कहाँ जाने ? कति स्पीडमा ? हेल्मेट लाने कि नलाने ? कति जना चड्ने ? मोटरसाइकल नलगे हुदैन ?
२, पिङ्ग खेल्दा पिङ्गको अबस्था याद गर्नुहोस ।
३ ,मदिरा सकभर नखानुहोस ,खानेले मात्रा याद गर्नुहोस ।
४ ,नखेल्नु जुवा र तास धनको नास जिबनको बनबास ।
५ ,अरुको देखासिकी गरेर अनाबश्यक खर्च नगर्नुहोस । दशैं को शुभकामना ।

नेपाल सरकार माग्नेमन्त्रालय ।

फेसबुकमा साथी बन्नका लागी धेरै अनुरोध आइरहेकोले ,बाध्यात्मक परिस्थितिमा थुप्रै साथीहरुलाई अनफ्रेण्ड गर्दैछु(दशैंको फुर्सदमा ) । अनफ्रेण्ड गरिने साथीहरु यस प्रकार छन् :-
१ ,आफ्नो नाम नराख्नेहरु
२ ,प्रोफाईलमा आफ्नो फोटो नराख्नेहरु
३ , सामाजिक सदभाब खल्बल्याउने प्रकारको अपाच्य स्टाटस राख्नेहरु
४ , बिभत्स दृष्य/फोटो/खसी काटेको /दुर्घटनाको  भिडियो आदि शेयर गर्नेहरु
५ ,निष्क्रिय ( जिउँदाको जन्ती न मर्दाको मलामी ) हरु
नोट : यसबाट पर्नजाने असुविधा प्रति क्षमा प्रार्थी छु ----माग्ने बुढा ।

प्यारी बहिनी खुशी सप्रेम सम्झना ।
गन्तव्यहिन यात्रा को बिचबाट टोलाइरहेको आँखा ले भत्किएका मन हरुबाट  आज फेरि यो पत्र लेख्न बाध्य गराएको छ बहिनी काम को दौरान को क्रममा तिमी संग कुरा नभएको पनि धेरै भएछ दाजु कति निस्ठुरी भनेकी होलिउ होइन तर म तिमिलाइ चाहेर पनि भुल्न सक्दिन होला बारम्बार कल गर्न सकिन तर याद हरु सधैं मेरो मन भरी गुन्जिरहेको छ ।
बहिनी खुशी कामको थकान ले मन हरु गलित बनाउदैन तर जब तिमिहरुको याद आउछ्नी तब यो मन यति थाक्छ्न सायद कहिल्यै पनि यो थकाइ नै मेटिदैन कि जस्तो लाग्छ ।
खुशी तिमिले पठाएको पत्र आज मात्रै हाता पर्यो माया ममता आशा अनि गुनासो ले भरिएको यो प्रेमपुर्ण शब्द हरु ले म निकै भाबुक भए सोच्न बाध्य पनि गरायो बहिनी खुशी हो पोहोर पनि दशै तिहार मा  आउन नपाउदा यो बर्ष मैले बाचा बाधेको थिए जसरी पनि आउछु भनेर तिमी पनि दाइ पक्कै आउनेछ भनी पुर्ण आशा का साथमा थियौं तर समयको उत्तरार्ध तिर पनि दाइको आउने पत्तो नभए पछि पत्र हरु प्रेषित गरेकी छौ सर्बप्रथम त म क्षमा चहान्छु कि तिमी संग गत बर्ष गरेको बाचा पुरा गर्ने नसकेको मा खुशी मलाई याद छ ती बालपन हरु तिमी संग खेलेका दिन हरु घरमा बाबा संग रोएर झगडा गरेर घरमै पिङ हाल्न लगाएको दिन हरु खसी काट्न नपाउदै कान पोलेर खान दाजुबहिनिको कत्रो महाभारत हुन्थ्यो त्यो पल सम्झी सम्झी जोड ले हास्न मनलाग्छ ।
टीका लगाएर आएको दक्षिणा लङुर्बुर्जा खेलेर हारेर अनि पैसा हरायो भनेर ढाटेको पल आजै जस्तो लाग्छ बहिनी खुशी तिमी मेरी मनभित्र को भगवान हो तिमिलाइ दुखी बनाएर म आफै कता हराइरहेको छु कुन्नि ?
थाल भरिका दहि सहितका अक्षता अनि आमा ले बडो आस्था पुर्बक राख्नु भएको पहेलो जमरा ले यसपटक पनि स्थान पाउन सकेन म आफै दुखी छु बहिनी खुशी दाइ ले यो बर्ष पनि बहिनिको हातबाट कहिल्यै नओभाउने तेलको घेरामा रंगीचंगी टीका अनि कहिल्यै नसुक्ने दिर्घायको कामना गरिएको मखमली र गुर्दौली फुलको माला लगाउन आउन  पाइन ।बहिनि खुशी तिमी लाई थाहा छनि होइन हाम्रो देशको बाध्यता तिम्रो दाजु जस्तै लाखौ लाख दाजु हरुको निधार खाली छ अनि थुप्रै दिदिबहिनी हरुपनि आज बिदेशी भुमिमा खाली हात हुनुहुन्छ  ।यो सबैपरिस्थिति लाई मेरी बहिनी ले अबस्य बुझ्ने छिन खुशी यो बर्ष आउन सकिन अर्को बर्ष अबस्य पनि आउने छु ल अब त मेरी बहिनी धेरै बुझ्ने भएकि छ आमा को मन बुझाउने छिन अनि भाइबहिनि लाई पनि ल खुशी योबर्ष यस्तै भयो अर्को बर्ष आमाको हातको रातो टीका अनि जमरा र मेरी बहिनिको हातको रंगीचंगी टीका र मखमली फुलको माला लाउन अबस्य आउने छु
उहि तिम्रो परदेशी दाजु
गोबिन्द  लामिछाने
अविरल ।
सम्पुर्ण मित्रहरु आफन्त जन हरु मा बिजया दशमी तथा दिपावली को शुभकामना

मृगौला पीडित श्यामकला रायमाझी लाई आर्थिक सहयोग समाज सेवि सहयोगी बि.सी. द्वारा हस्तान्तरण।

              " प्रवासमा एक हौं , समाजका लागि केही गरौं " भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थापित गरिएको अर्घाखाँची जिल्ला बासी हरु सबै को साझा चौतारी  " अर्घाखाँची प्रवासी समाज बहराईन " समाज सेवामा अग्रसरता लिएको हजुर हरुलाई अवगत नै छ । यसै बिच फेरि अर्को सहयोग गर्नु पाउँदा अतिनै खुसी छौ ।अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड न. ७ पानडाँडा र साबिक नुवाकोट गाबिस वार्ड न. ५ पानडाँडा निवासी श्री मोहन बहादुर रायमाझी कि श्रीमती बर्ष ३३ कि  श्यामकला रायमाझी बिगत फाल्गुन २०७३ देखी दुबै मृगौलाको समस्या आएर नेपालको भैरहवा मेडिकल कलेज वीर हस्पिटल पोखरा मणिपाल लगायतका हस्पिटलमा उपचार  गराउने क्रममा श्यामकला रायमाझी ज्युको मृगौला उपचारमा केहि सुधार नआएपछी उहाँको घर परिवारमा आर्थिक स्थिति पनि अति नै कमजोर भएकोले दुबै मृगौला उपचार गर्न धेरै रकम लाग्ने र उहाँको खुवीले उपचारका लागि न भेटने भए पछी  घरमै थला परि बस्नु भएको छ भन्ने खबर  पाए पछि " सेवा नै धर्म हो " भनि यसै समाजका सक्रिय सदस्य राहुल रायमाझी को संयोजकमा अर्घाखाँची प्रवासी समाज बहराइन का सहयोगी मन भएका सदस्य हरु र अन्य जिल्ला का सहयोगी मन भएका तपसिल नामवली का ब्याक्ती हरु ज्यु बाट  नेपाली रुपैयाँ बीस हजार (२०,००० )  संकलन गरि अर्घाखाँची जिल्ला का बरिस्ठ समाज सेवि तथा पत्रकार सहयोगी बि.सी. ज्युको नाममा पठाइ उहाँकै हात द्वारा पीडित श्यामकला रायमाझी  काठमाण्डौको टिचिंग हस्पिटलमा आकम्स्मित बेड खालि न भएको कारणले गर्दा सोहि काठमाडौंको मध्य बानेस्वर भेनेस हस्पिटलमा अहिले उहाको उपचार का साथै हप्ताको दुइ पटक डायलेसिस गराईरहनु भएको हुदा । उहाँको स्वास्थ्य उपचारमा थोरै भए पनि सहयोग होस भनी । मृगौला पीडित श्यामकला रायमाझी कि छोरी अबिना रायमाझी लाई एक समारोहका बिच सहयोग रकम हस्तान्तरण गरिएको छ ।
  
सहयोगी मन हरुको नामवली निम्न छ ।
१ - अर्घाखाँची प्रवासी समाज बहराईन
२ - राहुल रायमाझी
३ - सुर्य थापा
४ - रामु सेजवाल
५ - शिव थापा
६ - बिक्रम भट्टराई
७ - बिकास खनाल
८ - युबराज के.सी.
९ - कृष्ण प्रसाद गैरे
१० - राम भट्टराई
११ - हिम्मत के.सि.
१२ - बाबुराम  थापा
१३ - केशव खनाल
१४ - बिष्णु सारु मगर
१५ - कृष्ण बि.सि.
१६ - धन ब बस्नेत
१७ - कमल घिमिरे
१८ - केशव दंगाल
१९ - सन्तोष सोमै
२० - केशव थापा क्षेत्री
२१ - केशव थापा
२२ - अनमोल राक्से मगर
२३ - देब थापा
२४ - शिव शंकर आचार्य (पोखरा)
२५ - रमेश बि.क.

सम्पुर्ण सहयोगी मन हरुलाई हार्दिक धन्यवाद आभार प्रकट गर्दै । अर्घाखाँची प्रवासी समाज बहराईन परिवार पीडित को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

        सचिव
अनमोल राक्से मगर
अर्घाखाँची प्रवासी समाज बहराईन

पैसाको कमिले अप्रेसन हुन सकेन,भुकम्पमा बुवा आमा गुमायकी शुश्माको, यदि धर्म  सत्कर्म बाट मिल्छ भने पैसाको अभाबमा हस्पिटलमा जीवन मरणको दोसाधमा बसिरहेकी यी नानू लाई सहयोग गरेर जीवन रक्षा गर्नुभन्दा ठूलो सत्कर्म अरु के होला?   यहाँहरुको थोरै थोरै सहयोग ले नयाँ जीवन पाउनेछिन कक्षा ९ मा अध्ययनरत १६ बर्षकी बैनिले।


नेपाल तथा बिदेशमा हुनु भयको सम्पुर्ण नेपाली दाजुभाई दिदिबैनिलाई सहयोग गरिदिनु हुन अनुरोध छ।जसरी पनि  यो बैनीलाई वचाउनु छ  ।
बिर हस्पिटलको बेड नम्बर  504 मा छिन शुस्मा ।
सक्दाे सहयोग गर्नुहोला।


           गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९मा अध्ययनरत बर्ष १६ कि शुस्मा परियार यहि भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमण्डौँको वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन्। उनको बुबा आमा २०७२ बैसाख १२ को भुकम्पमा परि मृत्यु हुनुभयो। उनको उपचारका लागि तत्काल अप्रेसन गर्नुपर्ने भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरुलाइ सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। सहयोगको लागि, नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ रन बहादुर बसेल (9806717178)


जानकारी लक्ष्मण क्षेत्री बाट 
https://www.facebook.com/laxman.bhatta.73


पैसाको कमिले अप्रेसन हुन सकेन,भुकम्पमा बुवा आमा गुमायकी शुश्माको, यदि धर्म  सत्कर्म बाट मिल्छ भने पैसाको अभाबमा हस्पिटलमा जीवन मरणको दोसाधमा बसिरहेकी यी नानू लाई सहयोग गरेर जीवन रक्षा गर्नुभन्दा ठूलो सत्कर्म अरु के होला?   यहाँहरुको थोरै थोरै सहयोग ले नयाँ जीवन पाउनेछिन कक्षा ९ मा अध्ययनरत १६ बर्षकी बैनिले।

नेपाल तथा बिदेशमा हुनु भयको सम्पुर्ण नेपाली दाजुभाई दिदिबैनिलाई सहयोग गरिदिनु हुन अनुरोध छ।जसरी पनि  यो बैनीलाई वचाउनु छ  ।
बिर हस्पिटलको बेड नम्बर  504 मा छिन शुस्मा ।
सक्दाे सहयोग गर्नुहोला।

           गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९मा अध्ययनरत बर्ष १६ कि शुस्मा परियार यहि भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमण्डौँको वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन्। उनको बुबा आमा २०७२ बैसाख १२ को भुकम्पमा परि मृत्यु हुनुभयो। उनको उपचारका लागि तत्काल अप्रेसन गर्नुपर्ने भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरुलाइ सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। सहयोगको लागि, नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ रन बहादुर बसेल (9806717178)

जानकारी लक्ष्मण क्षेत्री बाट
https://www.facebook.com/laxman.bhatta.73

नेपाली रिति रिवाज , परम्परा , संस्कृतिलाई बचाई राख्न , परदेशमा नै भए पनि नेपाली हरु एक जुट भयर रमाईलो गर्न तथा चाड पर्व मनाउन प्रबासी नेपाली मन्च ओमन ले दशैं विशेष कार्यक्रम राखेको हुँदा सम्पुर्ण ओमन बासी नेपाली दाजुभाई दिदिबैनी हरुलाई उपस्थित भयर कार्यक्रम सफल बनाईदिनुहुन ,शुभकामना आदान प्रदान गर्नुहुन बिनम्र अनुरोध गर्दछु। हामि जहाँ रहे पनि आखिर मन त नेपाली नै हो।

मिति: २९ सेप्टेम्बर २०१७ शुक्रबार
समय: बिहान ठिक ११ बजेदेखी
स्थान: जाकिर मल अलखाम होटल अलखुएर
प्रबेश शुल्क: रि ओ ३.०००/- मात्र
सम्पर्क : 96414560

- दशरथ काफ्ले
प्रबासी नेपाली मन्च ओमन

एनआरएनएको उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने भयका छन। 

डिसी नेपाल संवाददाता, ९ आश्विन २०७४

महेश कार्की /कतार

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन  तथा  नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने भएका छन् ।

२००३ देखि गैरआवासीय नेपाली संघ
 संघको कतारको अभियानमा सक्रिय हुँदै आएका भाट २००६ मा एनआरएनए कतारको महासचिव हुँदै २००९ एनआरएनए कतारकै अध्यक्ष   जिम्मेवारी सफलतापूर्वक  निभाउदै २०१३देखि २०१५ सम्म को कार्यकाल का  लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्य  पुर्व  संयोजक को जिम्मेवारी समेत सफलतापूर्वक निभाइसकेका छन  ।
 
यसअघि पनि २ पटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि मध्यपूर्वबाट अन्य उम्मेदवार पनि खडा हुदा झिनो मतले भाट पराजित हुन पुगेका थिए । तर, यो पटक मध्यपूर्वबाट अहिलेसम्म उपाध्यक्ष पदमा कसैको पनि उम्मेदवारी नपर्दा तथा बलियो उम्मेदवारका रुपमा भाटनै रहेका हुदा उनले उपाध्यक्षमा पुन: उम्मेदवारी दिन लागेका हुन ।
 

 बिगत लामो समय देखि कतारलाई कर्मथलो बनाएर सफल व्यवसायीको पहिचान बनाएका भाट विभिन्न सामाजिक कार्य मा पनि सक्रिय रुप मा लागि रहेका छ्न।   यसपटक भने  मध्यपूर्वका एनआरएन अगुवाहरुको साथ लिएर अघि बढन लागेको बुझिएको छ ।
 
एनआरएन अभियानमा पदमा रहदा होस या नरहदा आफु निरन्तर लागिरहेको बताउदै भाटले एनआरएनए आइसीसीमा मिडलइष्टको प्रतिनिधीत्वका लागि पनि आफुले उम्मेदवारी दिने सोच बनाएको बताएका छन् । ‘मध्यपूर्वको माग र आवश्यक्तालाई सम्वोधन गराउन पनि आइसीसीमा मध्यपूर्वको प्रतिनिधीत्व जरुरी छ । यसैका लागि मध्यपूर्वी क्षेत्रका अगुवाहरु तथा धेरै साथीहरुको सल्लाहले मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने मनशाय बनाएको छु’ आफ्नो उम्मेदवारी बारे संक्षिप्त प्रतिक्रिया दिदै भाटले भने ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन तथा महाअधिवेशन   यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुदैछ ।
 

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि त्रिभुवन युनिभर्सिटी अध्ययन गरिरहनुभएका टियु ९० - ९५(TU90-95) क्यासमेट(Classmate) बाट १ लाख रुपैया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस सहयोग प्रति र यस अभियानमा जोडिनुभएकोमा टियु ९० - ९५(TU90-95) क्यासमेट(Classmate) सहित सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।

- धुर्मुस सुन्तली फाउन्डेसन
https://www.facebook.com/dhurmusuntu/

सहयोगीहरुले फाउण्डेशनको सम्पर्क नम्बर ०१४४८१६२२ मा सम्पर्क गर्नुहोला । आर्थिक सहयोग गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० वा रेमिट्यान्स मार्फत ललितपुरको ठेगानामा कुन्जना घिमिरेको नाममा पठाउन सक्नुहुनेछ । कृपया सहयोग पठाईसकेपछि आफ्नो जानकारी पनि उपलब्ध गराईदिनुहोला ।

एक बर्ष अगाडिको कुरो म कतार मा रामचन्द्र अभियान मा हिड्दै थिय म र मेरा साथी हरु गर्मीले छपक्कै लुगा भिजेको थियो बाटोमा हिडिरहेको थियौ । एक जना रोल्पा को भाइ नाम त बिर्से तर थर याद छ मगर हो ।।
त्यो भाइ र मेरो छोटो कुरा
(रोल्पाको भाइ)   -   दाजु तपाईं हरु के गर्दै हो यो ??
             (  म )   -  भाइ हाम्रो एक जना भाइ काभ्रे कुसादेबिको साउदी जानुभाको रैछ र वहाको गाडी को ठक्कर बाट एक जना पाकिस्तानी मरेछ । अब त्यो ब्ल्ड मनि 86 लाख जत्ती तिर्नु पर्नेरे हामी सबै सङ सहयोग माग्दै हिडेको! 😑
रोल्पाको भाइ) -  दाइ म पनि दिन्थे तर म सङ 10 रियाल      मात्र छ खाना खान जान लाको दिनुत मन थियो 😑
(म) होस भाइ पछि भएछ भनी लिउला नि
( रोल्पाको भाइ ) हस दाजु भनेर जान्छ अनि हामी हाम्रो बाटो तिर लाग्छौ ।
केही बेर पछि टाढा बाट आवाज आयो दाइ दाइ  100 मिटर जति पर को हो पत्ता लाउन सकियन !
अलि नजिक आए र हेरेको तेहि एक क्षन अगाडि भेटेको रोल्पा को मगर भाइ रहेछ !
(म) किन भाइ किन फर्केको
( रोल्पाली भाइ ) दाइ यो 10 रियाल लिनुस म आज खाना खान्न त्यो जेल मा परेको नेपाली दाइ लाई निकाल्नुस ।। हामी सबै हेरेको हेरै भयौ त्यो मन देखेर
हामी सवैको आखा बाट आँसु रसायो
हो यो हो नेपाली पन न यस्मा जात छ न भेद् भाब एक नेपाली लाई पर्दा एक नेपालिले प्रदेश मा गर्ने भनेको यत्ति नै महान छ ! सलाम छ रोल्पाली भाइ लाई आज पनि  अनि गर्भ गर्छु नेपाली हुनु मा !!!

- शेखर क्षेत्री।

अहिले सम्म सहयोग रकम जम्मा ३५०००/-पुगेको छ।
  सहयोगी हात हरु यसप्रकार छन् 
बिना गुरुङ पोखरा रु. ९९००
राहुल सुवेदी पोखरा रु. १५०००
सन्दीप पौडेल काठमाडौं रु. ५०००
प्रभाकर दर्नाल काठमाडौं रु. ३०००
Happy club ktm      रु. २१००
Bir hospital bed number 504
सक्दाे सहयोग गर्नुस है 10,20,50,100 
           गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९मा अध्ययनरत बर्ष १६ कि शुस्मा परियार यहि भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमण्डौँको वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन्। उनको बुबा आमा २०७२ बैसाख १२ को भुकम्पमा परि मृत्यु हुनुभयो। उनको उपचारका लागि तत्काल अप्रेसन गर्नुपर्ने भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरुलाइ सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। सहयोगको लागि, नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ रन बहादुर बसेल (9806717178)

जानकारि : लक्ष्मण क्षेत्री बाट


जब फुर्सद भयो कि त सामाजिक संजाल तिर नै लम्कने यी हात हरु आज पनि ब्यस्त नै थिए साथी बनाउने क्रम जारी नै थियोे त्यो पनि तिब्र गतिमा यसको फाइदा के हो बेफाइदा के हो त्यो छुट्टाउनु जरुरी थियो कि थिएन त्यो पत्तै थिएन तर पनि साथी बनाउने प्रक्रिया भने निरन्तर नै थियो यसैक्रममा फेसबुक को पाना मा नजर रोकियो उनको सुन्दर प्राकृतिक सौर्न्दर्यता लाई घुम्टो हालेको तस्बिर ले मन छोयो र साथी बनाउन  अनुरोध गरे अनुरोध गरेको भोलिपल्टै उनले मेरो मित्रता स्वीकार गरिन सयौं पल्ट उनको प्रोफाइल तस्बिर हेरे यति सुन्दर लाग्यो कि सायद यति सुन्दर अरु कोहि हुननै सक्दैन उनको तस्बिर जस्तो थियो मन त्यस्तै थियो या थिएन त्यो मलाई थाह थिएनफेसबुकको  पहिलो दिन खास केही कुरा भएन अर्को दिन पनि मैले मेसेज गरे के छ खबर आराम हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? खाना भयो? यस्तै क्रम केहिदिन चल्यो दिनानुदिन को मेसेज आदनप्रदान ले अब मेसेज नआउदा केही भयो कि भन्ने सम्म लाग्न थाल्यो धेरै नजिक भइसकिएछ एकदिन उनले मेरो पारिवारिक बारेमा सोधिन मैले सबै कुरा बताए आफू बिबाहित रहेको घरमा श्रीमती छोराछोरी भएको कुरा जानकारी दिए उनले पनि आफू बिबाहित रहेको र आफ्नो पनि छोराछोरी भएको श्रीमान रोजगारी को शिलशिलामा वैदेशिक रोजगार मा हुनुभएको जानकारी दिइन यसको मतलब हामी दुबै जना एक अर्कोप्रती परिचीत भएका थियौं सामान्य सन्चो बिसन्चो सोध्ने क्रमले निरंतरता पाइरहेको थियोे यता उनको आग्रह सहितको मेसेज आउथ्यो भने उता घर बाट सधैं पैसाको कुरा हुन्थ्यो त्यही भएर पनि मेरो ध्यान उनितिर नै खिचिदै गयो हामी ले एकाअर्कालाई यति माया गर्न थाल्यो कि सायद छुट्टीएर एक पल पनि बाच्न नै सकिदैन हरेक दिन इमोमा कुरा हुन्थ्यो उनी भन्ने गर्थिन अविरल जि तपाईंको जस्तो पुरुष भइदिएको भए पो हाम्रो त जतिसुकै बेला फोन गरेपनि खाली दबाब मात्रै दिइराख्नु हुन्छ कहिल्यै हासेर खुशी भएर रमाइलो गरेको पल नै छैन यी र यस्तै कुरा हरु गर्थिन उनी संग तपाईं बाट तयभएको यात्रा तिमी मा गएर बसेको थियो यति नजिक भैयो कि अब त मेसेज नआएको दिन  धेरै चिन्ता पर्न थालिसकेको थियोे अझै भनु उनि मेरो जिबन को अभिन्न पाटोजस्तै भएकी थिइन यसरी अपरिचित मित्र संग भएको यो घनिष्ठता कति हानिकारक थियो या लाभदायक म आफै अन्योल मा थिए सधैं समाज दर्शन को मौलिकता छाट्ने म कतै अन्याय गरिरहेको त छैन भन्ने  लाग्न थाल्यो ऊनी जहिले पनि मलाई आफ्नो बनाउन दबाब दिन थालिन् तर मलाई  कसैको सुन्दर सन्सार भत्काउनु थिएन र आफ्नै भइरहेकै सन्सार पनि भत्काउनु थिएन तर उनि यति जिद्दी भइदिइन कि मानौ उनको आफ्नो कुनै सन्सारनै  छैन हामी एकअर्को लाई राम्रो संग थाहा थियोे कि हामी दुबै जनाको अलग अलग सन्सार छ तर कमि  भयो या बढी हामीले आफ्नो कर्तब्य नै भुलिरहेका थियौ र मैले आज फेरि धेरै सोचबिचार गरि उनको लागी एउटा अन्तिम पत्र लेख्ने कोशिश गरे
          प्यारी आस्था जिबन को एक यसतो मोड मा तिमिसंग भेट भयो जुन भेट मेरो जीवनकाल कै अबिस्मरणीय हुनेछ ।यति धेरै माया प्रदान गरेर बैदेशिक रोजगार को समय लाई सहज बनाइदिएको तिमि प्रती धेरै आभारी छु हाम्रो सोच गलत पक्कै होइन तर समयानुकूल चाहिँ पक्कै नभएको हो आस्था तिमिले जुन माया मलाई प्रदान गरौँ त्यहीँ माया तिम्रो आफ्नो जिबन साथी लाई दिनेगर र मैले पनि त्यही बिश्वास माया मेरो जिबन साथि  लाई दिनेछु हामी एकाअर्कालाई राम्रोसँग बुझिरहेका छौं मलाई थाहा छ  यो कुरा ले तिमिलाई पक्कै नरमाइलो बनाउने छ तिमि म संग धेरै रिसाउने छौं तिमिले मलाई धोका दियो पनि भन्ने छौं तर प्यारी आस्था एक फेर बिचार गर  तिमि र म त खुशि हौंला तर हेर त हाम्रो बच्चा हरु अनितिम्रोश्रीमान मेरो श्रीमति  ऊनी हरु लाई रुवाएर हामी कदापि खुशी हुन् सक्दैनौ आस्था त्यसैले यो पत्र पढे पछि तिमि मा पक्कै केहि परिवर्तन आउनेछ एकअथाह माया आफ्नो जिबनसाथी लाइ दिनेछौं र तिम्रो जिबन साथि ले पनि पहिले का गल्ती हरु लाई महसुस गर्दै  एउटानयाँ जिबनको  सुरुवात हुनेछ र मैले पनि जुनसमय तिम्रो लागी दिए जुन माया तिम्रो लागि दिए त्योसबै अबसर म मेरी जिबन साथी लाई दिनेछु यसैमा हामी दुबैको भलाई हुनेछ आज सम्म दिएको समय को लागि धेरै धेरै धन्यवाद आगामि दिनमा पनि हामी एक असल मित्र भएर रहन सक्छौ मलाई आशा छ आस्था तिमिले मलाई बिश्वास गर्ने छौं यो जुनिमा  हाम्रो यात्रा मित्रवत रुपमानै चल्ने छ यदि अर्को जुनि सम्भव छ भने एक हुनेछौं लौ त धेरै के लेखु म तिम्रो जवाफ को प्रतीक्षा मा छु  ।
   प्रस्तुत लेख एक काल्पनिक ढंगबाट लेखीएको लेख हो यसका पात्रहरु पनि काल्पनिक हुन कसैको जिबनमा मेल खान गएमा संयोग मात्रै हुनेछ ।

कथा :-बिचलित बर्तमान
लेखक :-गोबिन्द लामिछाने (अविरल )।

यस बैचारिक संगठन प्रवासी नेपाली मंच बहराइन ले बिगतका बर्षहरु जस्तै यस बर्श पनि बडा दशैं ,शुभदिपावली तथा छट पर्बको अबसर पारेर आफ्नो धर्मसंस्कृती ,चाडपर्ब ,रितिरिवाज र परम्पराहरुलाइ स्मरण ,संरक्षण ,सम्बर्द्धनका  साथ जोगाउदै लाने उदेश्यका साथ बहराइनमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनिहरु माझ "तिहार बिशेष कार्यक्रम " देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हुदा बहराइन स्थापित सम्पुर्ण संघसंस्था ,संगठन,पत्रकार,कलाकार,ब्यबसायिक,बुद्धिजिबी तथा सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनिहरुमा जानकारी गराउदै उक्त दिन उपस्थित हुन  हार्दिक निमन्त्रणा गर्दछौ।धन्यवाद ।

आयोजक :
प्रबासी नेपाली मन्च बहराइन
स्थान : डेलमन ईन्टरनेशनल होटेल मनमा
समय : दिउँसो 2बजे देखी
मिति : 20 अक्टोबर 2017
प्रवेश शुल्क : मात्र 1 दिनार

बाढीपिडितको लागि मगर संघ मलेसियाको सहयोग !

नेपाल मगर संघको वैदेशिक शाखा मलेसियाले बाढी पिडितहरुलाई राहतसहयोगका संग्कलन गरि सम्बन्धित क्षेत्रमा पुर्याउनका लागि नेपाल मगर संघ केन्द्रीय कार्यालयको बैक खातामा रु. ८९,८७४.४४/- (उनानब्बे हजार आठ सय चाहत्वर रुपैया चौवालिस पैसा मात्र) रकम  आज (२०७४ अशोज १ गते) डिपोजिट गर्नुभएको हो । नेपाल मगर संघ मलेसियाको अध्यक्ष पुश्मिता ठाडामगर लगायत सम्पूर्ण मलेसिया निवासी सहयोगी मन भएका मानुभावहरुलाई नेपाल मगर संघ केन्द्रिय समिति आभार ब्यक्त गर्दछ।
---
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति काठमाडौँ

पोखरेली युवा साँस्कृतिक परिवार पोखराद्वारा आयोजित " समता काब्य सन्ध्या " यस वर्ष पच्चिसौं वर्षमा हिडिरहेको अवसरमा हामीले यो वर्षलाई रजत वर्षको  रुपमा मनाइरहेका छौं । समता काब्य सन्ध्याको अबको २९३औं श्रीङ्खलामा "समता काब्य सन्ध्या रजत वर्ष सम्मान-२०७४" बाट  साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्न लागिरहेका छौं। उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिकोलागि हार्दिक निमन्त्रणा  गर्दछौं।

समता काब्य सन्ध्या रजत वर्ष सम्मान -२०७४ बाट सम्मानित स्रष्टाहरु
तेजनाथ  घिमिरे
रमेशचन्द्र अधिकारी
लक्ष्मण थापा
रोशन शेरचन
सरस्वती श्रेष्ठ सरु
ईश्वरमणि अधिकारी
रमेशचन्द्र घिमिरे
शरण आँसु
डा बसन्त  गौतम
डा चैतन्य अधिकारी
भूपिन
राजकुमार बगर
जीवन सागर
सरस्वती प्रतीक्षा ।

कार्यक्रम हुने-
मिति - २०७४ असोज ७ गते शनिबार
समय दिउँसो ४ बजे
स्थान - पोखरा उधोग वाणिज्य सँघ , अमृत कक्ष गैह्रापाटन पोखरा ।

- दिपक समिप

बिगत केही समय बाट बिरामी पर्नु भएको गायक संगीतकार पुर्ण गुरुङ को शिघ्र स्वास्थ लाभको कामना गर्दै गुरुङ फिल्म एसोसिएसन हङकङ बाट रु. ८१,१३५/- ( एकासी हजार एक सय पैतिस ) सहयोग - हस्तान्तरण । टिचिङ हस्पिटल आइ सि यु मा रहनु भएका पुर्ण गुरुङ दाइ को शिघ्र स्वास्थ लाभको कामना ।
धन्यवाद जिफान हङकङ ।

- पृतम गुरुङ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.