Articles by "साहित्य"

Showing posts with label साहित्य. Show all posts

फिटिक्कै निन्द्रा लागेको होइन क्यार ओहो कहिले गर्मी महसुस भएको छ कहिले टाउको भारी भए झै हुन्छ जुरुक्क उठे बेडबाट अलि पर औखरा को पानी कलकल पिए अनि सुत्ने प्रयास गरे निन्द्रा आए पो कता हरायो हरायो कोठा मा जिरो वाट को बत्तिले पनि निकै रोशनी छरीरहेको जस्तो लागिरहेको महसुस थियो अभाव मा थोरै पनि धेरै देखिदोरहेछ भन्ने कुरा सबै लाइट निभेपछी त्यही जिरो वाट ले दिएको थियो यसो हेरे श्रीमती मस्त निन्द्रा मा थिइन काखको छोरा मस्त निन्द्रामा आमाको काखको मातृबास्यल्य लिदै थियो त्यति बेला नै कवि देबकोटा को भनाइ याद आयो शान्तिको सच्चा मुहार हेर्न निदाएको बालक लाई हेर्नुपर्छ सायद हो जस्तै लाग्यो संगै सुतेकी उसकी आमा को अनुहार मा अभाव को झल्को देख्दै थिए भने उ निकै मस्त सङ हसिलो अनुहारमा निदाइरहेको थियो साच्चै शान्ति को वास्तविक ऎना मैले मेरो छोरा को अनुहारमा देख्दै थिए ।अनि जुरुक्क उठे फेरि पल्लो कोठामा गए आमा पनि मस्त निन्द्रामा हुनुहुन्थ्यो निकैबेर आमा लाई नियाले उहाँ भित्र आशा अनि भरोसा हरु प्रष्ट देखिन्थ्यो ।भोलि बिहान को सुर्यदय संगै यो घरलाई केही समय बिदाइ गर्दै थिए घर त के भन्नु भुकम्प ले तहस नहस बनाएको खंडहर भित्र सानो झुप्रो थियो यो घर बनाउने जिम्मेवारी थियो एकातिर बालबच्चा को भबिस्य छ अर्कोतिर भुकम्प ले भत्किएका घर हरु उठाउने जिम्मेवारी छ अनि फेरि भत्किएका मन हरु लाई जोड्नु पर्ने त झनै प्रमुख नै भयो । देश को विषम परिस्थिति ले आज म जस्ता युबा दैनिक करिब १५०० युबा वैदेशिक रोजगारी को लागि परदेशिएका छ्न सबै का समस्या करिबकरिब उस्तै छ्न देशमा बढदै गइरहेको महङी  ब्याप्त भ्रष्टाचार ले देशको देशको अर्थतन्त्र झन थिलथिलो भएको छ ओहो सोच्दासोच्दै ३ बजेछ  ल सुत्नुपर्छ एकछिन त फ़ेरि आएर बेडमा नै पल्टिन्छु फेरी बिहानै भाले को डाको संगै निक्लनुपर्छ आमा फेरि अलि पुरातन सोच को हुनुहुन्छ बिहान पानी भर्ने नउठ्दै नेटो काट्नु पर्छ भन्नुहुन्छ नत्र साइत पर्दैन भन्दै हुनुहुन्थ्यो समयमै सुत है भन्दै हुनुहुन्थ्यो मलाई भने बिश्वास लाग्दैन योसाइत को कुरा तर के गर्नु मलाई बिश्वास नलागे पनि मेरी ६० नाघेकी आमा को मन म कसरी दुखाउन सक्छु लौ अब  त निक्लने बेला पनि भएछ योघर पनि कति निस्ठुरी है आज २ बर्ष को लागी अन्तिम रात  निदाउन नै दिएन यसो फर्किएर हेरे बुढी पनि बिउँझेकि रहिछन्  आमा पनि बिउझिनुभयो छोरा पनि बिउझियो सबै आँखा भरी आशु बनाउदै मेरो बिदाइ को लागि तयारी भए त्यतिबेला बाबा खुब याद  आयो सायद बाबा हुनुभएको कम्तिमा केटा ल पिर नमानी जानू म छु नि यता को लागि भन्नुहुन्थ्यो होला तर आज त्यो शब्द भन्ने कोहि भएनन् उल्टै मैले नै सबैलाई सम्झाएर निक्लनुपर्ने भएको सबै तयारी भयो थोरै खाना खाए अनि आमा ले दहि दिनुभयो दही खाए सबैलाइ  एकचोटि नियालेर हेरे सबै रुदै थिए अनि आडमा नै रहेको घर पनि मेरो प्रतीक्षा थियो म कहिले पुर्ण हुन्छु भन्दै अन्योन्यासृत भाव मा बोलेको जस्तो मलाई महसुस भइरहेकै थियो यतिकैमा छोरा रुदै म पनि बाबा संगै जाने हो भन्दै रुदै थियो मलाई भोलि देखि स्कुल कसले पुर्याइदिन्छ भन्दै आफ्ना गुनासो राख्दै थियो  यति कर गर्दा पनि यति नरमाइलो हुँदा पनि बस्न सकिएन ति  पहाड पाखा कन्दरा हरु म संग को बिछोड मा रोए झैं  लाग्यो मनासलु ले हिउँ को आशु नै बर्सायो तर पनि नचाहादा नचादै पनि आज फ़ेरि नेपाल आमा लाई छोडेर लागियो  बिदेश तिर ।अन्तमा सम्पूर्णदेश परदेश मा रहनुहुने आमा बुबा दिदिबहिनी दाजुभाइ तिहार अनी छठ को शुभकामना ।प्रस्तुत लेख काल्पनिक लेख हो  कसैको जिबन मा मेल खान गएमा संयोग मात्रै हुनेछ ।
" घर छोड्ने  पल "।

प्यारी बहिनी खुशी सप्रेम सम्झना ।
गन्तव्यहिन यात्रा को बिचबाट टोलाइरहेको आँखा ले भत्किएका मन हरुबाट  आज फेरि यो पत्र लेख्न बाध्य गराएको छ बहिनी काम को दौरान को क्रममा तिमी संग कुरा नभएको पनि धेरै भएछ दाजु कति निस्ठुरी भनेकी होलिउ होइन तर म तिमिलाइ चाहेर पनि भुल्न सक्दिन होला बारम्बार कल गर्न सकिन तर याद हरु सधैं मेरो मन भरी गुन्जिरहेको छ ।
बहिनी खुशी कामको थकान ले मन हरु गलित बनाउदैन तर जब तिमिहरुको याद आउछ्नी तब यो मन यति थाक्छ्न सायद कहिल्यै पनि यो थकाइ नै मेटिदैन कि जस्तो लाग्छ ।
खुशी तिमिले पठाएको पत्र आज मात्रै हाता पर्यो माया ममता आशा अनि गुनासो ले भरिएको यो प्रेमपुर्ण शब्द हरु ले म निकै भाबुक भए सोच्न बाध्य पनि गरायो बहिनी खुशी हो पोहोर पनि दशै तिहार मा  आउन नपाउदा यो बर्ष मैले बाचा बाधेको थिए जसरी पनि आउछु भनेर तिमी पनि दाइ पक्कै आउनेछ भनी पुर्ण आशा का साथमा थियौं तर समयको उत्तरार्ध तिर पनि दाइको आउने पत्तो नभए पछि पत्र हरु प्रेषित गरेकी छौ सर्बप्रथम त म क्षमा चहान्छु कि तिमी संग गत बर्ष गरेको बाचा पुरा गर्ने नसकेको मा खुशी मलाई याद छ ती बालपन हरु तिमी संग खेलेका दिन हरु घरमा बाबा संग रोएर झगडा गरेर घरमै पिङ हाल्न लगाएको दिन हरु खसी काट्न नपाउदै कान पोलेर खान दाजुबहिनिको कत्रो महाभारत हुन्थ्यो त्यो पल सम्झी सम्झी जोड ले हास्न मनलाग्छ ।
टीका लगाएर आएको दक्षिणा लङुर्बुर्जा खेलेर हारेर अनि पैसा हरायो भनेर ढाटेको पल आजै जस्तो लाग्छ बहिनी खुशी तिमी मेरी मनभित्र को भगवान हो तिमिलाइ दुखी बनाएर म आफै कता हराइरहेको छु कुन्नि ?
थाल भरिका दहि सहितका अक्षता अनि आमा ले बडो आस्था पुर्बक राख्नु भएको पहेलो जमरा ले यसपटक पनि स्थान पाउन सकेन म आफै दुखी छु बहिनी खुशी दाइ ले यो बर्ष पनि बहिनिको हातबाट कहिल्यै नओभाउने तेलको घेरामा रंगीचंगी टीका अनि कहिल्यै नसुक्ने दिर्घायको कामना गरिएको मखमली र गुर्दौली फुलको माला लगाउन आउन  पाइन ।बहिनि खुशी तिमी लाई थाहा छनि होइन हाम्रो देशको बाध्यता तिम्रो दाजु जस्तै लाखौ लाख दाजु हरुको निधार खाली छ अनि थुप्रै दिदिबहिनी हरुपनि आज बिदेशी भुमिमा खाली हात हुनुहुन्छ  ।यो सबैपरिस्थिति लाई मेरी बहिनी ले अबस्य बुझ्ने छिन खुशी यो बर्ष आउन सकिन अर्को बर्ष अबस्य पनि आउने छु ल अब त मेरी बहिनी धेरै बुझ्ने भएकि छ आमा को मन बुझाउने छिन अनि भाइबहिनि लाई पनि ल खुशी योबर्ष यस्तै भयो अर्को बर्ष आमाको हातको रातो टीका अनि जमरा र मेरी बहिनिको हातको रंगीचंगी टीका र मखमली फुलको माला लाउन अबस्य आउने छु
उहि तिम्रो परदेशी दाजु
गोबिन्द  लामिछाने
अविरल ।
सम्पुर्ण मित्रहरु आफन्त जन हरु मा बिजया दशमी तथा दिपावली को शुभकामना

जब फुर्सद भयो कि त सामाजिक संजाल तिर नै लम्कने यी हात हरु आज पनि ब्यस्त नै थिए साथी बनाउने क्रम जारी नै थियोे त्यो पनि तिब्र गतिमा यसको फाइदा के हो बेफाइदा के हो त्यो छुट्टाउनु जरुरी थियो कि थिएन त्यो पत्तै थिएन तर पनि साथी बनाउने प्रक्रिया भने निरन्तर नै थियो यसैक्रममा फेसबुक को पाना मा नजर रोकियो उनको सुन्दर प्राकृतिक सौर्न्दर्यता लाई घुम्टो हालेको तस्बिर ले मन छोयो र साथी बनाउन  अनुरोध गरे अनुरोध गरेको भोलिपल्टै उनले मेरो मित्रता स्वीकार गरिन सयौं पल्ट उनको प्रोफाइल तस्बिर हेरे यति सुन्दर लाग्यो कि सायद यति सुन्दर अरु कोहि हुननै सक्दैन उनको तस्बिर जस्तो थियो मन त्यस्तै थियो या थिएन त्यो मलाई थाह थिएनफेसबुकको  पहिलो दिन खास केही कुरा भएन अर्को दिन पनि मैले मेसेज गरे के छ खबर आराम हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? खाना भयो? यस्तै क्रम केहिदिन चल्यो दिनानुदिन को मेसेज आदनप्रदान ले अब मेसेज नआउदा केही भयो कि भन्ने सम्म लाग्न थाल्यो धेरै नजिक भइसकिएछ एकदिन उनले मेरो पारिवारिक बारेमा सोधिन मैले सबै कुरा बताए आफू बिबाहित रहेको घरमा श्रीमती छोराछोरी भएको कुरा जानकारी दिए उनले पनि आफू बिबाहित रहेको र आफ्नो पनि छोराछोरी भएको श्रीमान रोजगारी को शिलशिलामा वैदेशिक रोजगार मा हुनुभएको जानकारी दिइन यसको मतलब हामी दुबै जना एक अर्कोप्रती परिचीत भएका थियौं सामान्य सन्चो बिसन्चो सोध्ने क्रमले निरंतरता पाइरहेको थियोे यता उनको आग्रह सहितको मेसेज आउथ्यो भने उता घर बाट सधैं पैसाको कुरा हुन्थ्यो त्यही भएर पनि मेरो ध्यान उनितिर नै खिचिदै गयो हामी ले एकाअर्कालाई यति माया गर्न थाल्यो कि सायद छुट्टीएर एक पल पनि बाच्न नै सकिदैन हरेक दिन इमोमा कुरा हुन्थ्यो उनी भन्ने गर्थिन अविरल जि तपाईंको जस्तो पुरुष भइदिएको भए पो हाम्रो त जतिसुकै बेला फोन गरेपनि खाली दबाब मात्रै दिइराख्नु हुन्छ कहिल्यै हासेर खुशी भएर रमाइलो गरेको पल नै छैन यी र यस्तै कुरा हरु गर्थिन उनी संग तपाईं बाट तयभएको यात्रा तिमी मा गएर बसेको थियो यति नजिक भैयो कि अब त मेसेज नआएको दिन  धेरै चिन्ता पर्न थालिसकेको थियोे अझै भनु उनि मेरो जिबन को अभिन्न पाटोजस्तै भएकी थिइन यसरी अपरिचित मित्र संग भएको यो घनिष्ठता कति हानिकारक थियो या लाभदायक म आफै अन्योल मा थिए सधैं समाज दर्शन को मौलिकता छाट्ने म कतै अन्याय गरिरहेको त छैन भन्ने  लाग्न थाल्यो ऊनी जहिले पनि मलाई आफ्नो बनाउन दबाब दिन थालिन् तर मलाई  कसैको सुन्दर सन्सार भत्काउनु थिएन र आफ्नै भइरहेकै सन्सार पनि भत्काउनु थिएन तर उनि यति जिद्दी भइदिइन कि मानौ उनको आफ्नो कुनै सन्सारनै  छैन हामी एकअर्को लाई राम्रो संग थाहा थियोे कि हामी दुबै जनाको अलग अलग सन्सार छ तर कमि  भयो या बढी हामीले आफ्नो कर्तब्य नै भुलिरहेका थियौ र मैले आज फेरि धेरै सोचबिचार गरि उनको लागी एउटा अन्तिम पत्र लेख्ने कोशिश गरे
          प्यारी आस्था जिबन को एक यसतो मोड मा तिमिसंग भेट भयो जुन भेट मेरो जीवनकाल कै अबिस्मरणीय हुनेछ ।यति धेरै माया प्रदान गरेर बैदेशिक रोजगार को समय लाई सहज बनाइदिएको तिमि प्रती धेरै आभारी छु हाम्रो सोच गलत पक्कै होइन तर समयानुकूल चाहिँ पक्कै नभएको हो आस्था तिमिले जुन माया मलाई प्रदान गरौँ त्यहीँ माया तिम्रो आफ्नो जिबन साथी लाई दिनेगर र मैले पनि त्यही बिश्वास माया मेरो जिबन साथि  लाई दिनेछु हामी एकाअर्कालाई राम्रोसँग बुझिरहेका छौं मलाई थाहा छ  यो कुरा ले तिमिलाई पक्कै नरमाइलो बनाउने छ तिमि म संग धेरै रिसाउने छौं तिमिले मलाई धोका दियो पनि भन्ने छौं तर प्यारी आस्था एक फेर बिचार गर  तिमि र म त खुशि हौंला तर हेर त हाम्रो बच्चा हरु अनितिम्रोश्रीमान मेरो श्रीमति  ऊनी हरु लाई रुवाएर हामी कदापि खुशी हुन् सक्दैनौ आस्था त्यसैले यो पत्र पढे पछि तिमि मा पक्कै केहि परिवर्तन आउनेछ एकअथाह माया आफ्नो जिबनसाथी लाइ दिनेछौं र तिम्रो जिबन साथि ले पनि पहिले का गल्ती हरु लाई महसुस गर्दै  एउटानयाँ जिबनको  सुरुवात हुनेछ र मैले पनि जुनसमय तिम्रो लागी दिए जुन माया तिम्रो लागि दिए त्योसबै अबसर म मेरी जिबन साथी लाई दिनेछु यसैमा हामी दुबैको भलाई हुनेछ आज सम्म दिएको समय को लागि धेरै धेरै धन्यवाद आगामि दिनमा पनि हामी एक असल मित्र भएर रहन सक्छौ मलाई आशा छ आस्था तिमिले मलाई बिश्वास गर्ने छौं यो जुनिमा  हाम्रो यात्रा मित्रवत रुपमानै चल्ने छ यदि अर्को जुनि सम्भव छ भने एक हुनेछौं लौ त धेरै के लेखु म तिम्रो जवाफ को प्रतीक्षा मा छु  ।
   प्रस्तुत लेख एक काल्पनिक ढंगबाट लेखीएको लेख हो यसका पात्रहरु पनि काल्पनिक हुन कसैको जिबनमा मेल खान गएमा संयोग मात्रै हुनेछ ।

कथा :-बिचलित बर्तमान
लेखक :-गोबिन्द लामिछाने (अविरल )।

गौरी र राजन को जन्म एकै साधरण  घरानामा भएको थियो मलाइ याद छ ती जन्मदाको पल दुबै काका बाउ का छोराछोरी थिए त्यो दिन बिर्सेर पनि भुल्न सक्दिन गौरी जन्मदा को त्यो पल जब गौरी को आमा लाई ब्यथा लाग्यो गाउँ का सुडेनी हरुले भरपुर सहयोग गरेर गौरी जन्मिइ जब गौरी ले आफ्नो आवाज यस धर्तिमा सुनाइ तब सबैले नाक खुम्च्याउन थाले गौरी का बाबू आफ्नो त कर्मै खोटी भन्दै खुर्पा बोकेर जंगल तिर लागे घाँस काट्न गौरी कि आमा भित्र कोठामै नियाउरो अनुहार मा गौरी लाई मुसार्दै थिइन उनी त आमा हुन उनलाई सन्तान को माया नहुने कुरै भएन । यसैबिचमा पल्लो घरमा राजन को जन्म भयो एकदिन पछि नै ओहो त्यो घरको माहोल को के कुरा गरौं राजन जन्मने बितिकै घरमा बन्दुक पनि पडकाइयो सबैलाई थाह भयो त्यो घरमा छोरा को जन्मभयो हाम्रो सस्कार पनि यस्तै छ यता गौरी कि आमालाई कसैले तातोपानी पनि गतिलो गरि दिएको छैन उता राजनकी आमा लाई भुइँमा खुट्टा हाल्नै दिदैनन चिसो लाग्छ रे यी परस्पर घट्ना मेरो मनमा रहिरह्यो यतिकैमा गौरी को न्वारान सामान्य एक पुरोहित ल्याएर गरियो उनको खासै कुनै जोखाना पनि हेरिएन तर ज्योतिष ले यो नानि भाग्यमानी नै हुन्छिन भनिदिए कसैले उनको कुरा को वास्ता गरेनन बस आफ्नो कर्तव्य मात्रै पूरा गर्ने कुरा सोचे त्यसैको भोलिपल्ट राजन को न्वारान थियो घरमा अस्ट्ब्यन्जन पाकेको थियो ओहो धेरै पर पर देखिका पाहुना हरु हातमा थरी थरी का सौगात हरु बोकेर आएका देखिन्थे ओहो २/३वटा पाठ पढ्ने ज्योतिष हरु पनि साथमा तामझाम निकै थियो ज्योतिषी हरु हेर्दै गए ओहो लोकले चिन्ने बन्छ धन को त झनै कुरै नगरु कति कति तर एउटै कुरा छ तपाईंको छोरा को बिबाह चाहिँ २पटक हुने भयो सबै जना गल्लल हासे अनि भन्न थाले मर्दको हुन्छन् नि त यो सबै परीदृश्य मेरो आँखा अगाडि घुमिरहेको थियो राजन र गौरी शुक्ल पक्ष का चन्द्रमा जस्तै बढदै गए दुबै पढाई मा अब्बल नै थिए दुबै सामन्य परिवार कै थिए पढाइकै शिलशिलामा मा गौरी को ११ कक्षा पुग्ने बितिकै विवाह भयो गौरी को भाग्य भनु या गौरी को श्रीमान इमानदार भएर हो बिबाह पश्चात् पनि अध्यन गर्ने मौका पाई अध्यन गरि र सबै बाट तिरस्कृत भएकी गौरी एउटा सफल डाक्टर बनी उदाहरणीय नारी बन्न सफल भइ यता सबै को प्यारो राजन १२ पास पछि घरको दिनानुदिन बिग्रदो आर्थिक अवस्था को कारण बिदेश पलायन भयो सायद ज्योतिष ले भनेको ठिक रहेछ कि के हो गौरी लाई देश भरीका ले चिने अब राजन प्लेन चढेर बिदेश पुग्यो त बिदेशमा समेत सबैले चिन्ने भए नि होइन ? केही बर्स बिदेश बस्यो र राजन बिबाह गर्न लाई फर्कियो घरपरिवार कै सल्लाह मा उसले बिबाह गर्यो तर सबैलाई अब एउटै कुराको चिन्ता भयो कि  राजन को दोस्रो बिहे हुन्छ कि हुदैन नभए हुन्थ्यो भन्नेमा नै थिए सबै जना एक फेर फेरि घरमा पुजा पाठ भयो ठाँउ त्यही ज्योतिष उनै चिना उहि फेरि पनि ज्योतिष ले भनिदिए दुई ओटा बिहे हुन्छ नौली बेहुली झस्किइन अब गाउँ को पुरानो चलन अनुसार राजन लाई आख मा सिन्दुर हालेर दोस्रो बिहेको दोस मेट्न लगाइयो सबैको मन शान्त भयो तर नौली बेहुली को मन कता बाट शान्ति हुन्थ्यो र ?त्यसै दिन देखि उनको मन पोल्न थाल्यो राजन केही समय को बिदा सकेर कर्मभुमी तिर फर्कियो अहिले को सोसल मिडिया बाट कोहिपनी अछुतो रहन सक्ने अवस्था रहेन त्यसमा राजन को के कुरा उ त झनै नजीक थियो हरेक कुरा हरु शेयर गर्द्थ्यो सबैको आ आफ्नै खालको कमेन्ट आउने गर्दथ्यो यो सबै उसको जीवन साथी रागिनी ले पनिहेर्न गर्थिन तर प्रायः केटि साथी को कमेन्ट उनी अलि गहिरिएर हेर्न गर्थिन किनकी उनको मनमा एक किसिमको भुत चढिसकेको थियोे ।कहिलेकाही फोन समबाद हुँदा पनि राजन झर्कने बितिकै उनी त्यही सोच्ने गर्थिन कि उसको चिनामा दुइटा श्रीमति छ  सायद उ अरु कसैलाई मन पराउदछ तर रागिनी ले कहिल्यै यो सोधिनन कि तपाई लाई कुनै समस्या छ कि कम्पनी मा काम गाह्रो भयो कि ?एकदिन कम्पनी मा संगै कार्यरत केटी साथी को जन्मदिन मनाउदै गर्दा संगै खिचिएको तस्बिर उसले सार्बजनिक गर्यो यो तस्बिर ले रागिनी लाई झनै आहात पार्यो यो कुराले उसको मनमा झनै अशान्ति को बाढी ल्याइदियो उ मनमनै पिर गर्न थाली उ बिस्तारै बिरामी पर्न थाली उ बिरामी हुदा सबै आतिय धामीझाँक्री डाक्टर सबै लाई देखाए राजन काम बाट आकस्मिक छुट्टिमा घर आयो तर रागिनी लाई कहिल्यै सन्चो भएन र उ सदा को लागि यो धर्ती छोडेर गइ तर रागिनी ले यो कुरा कहिल्यै सोचिन कि ज्योतिष ले राजन लाई  लोकले चिन्नेछ  भनेको थिए खोइ कसले चिनेको  धनसम्पती अथाह हुन्छ भनेको थिए खोइ कहाँ छ धन सम्पत्ति आखिर नपुगेको कुरामा चाहिँ हाम्रो ध्यान किन नपुगेको आखिर रागिनी तिम्रो ध्यान किन  पुगेन आखिर ज्योतिष को चिना लाई सत्य साबित गर्न आफ्नो कुर्वानी दियौं तिमिले अब एक दिन राजन ले दोस्रो बिबाह त अबस्य गर्ने छ ।

कथा : ज्योतिष को  चिना
लेखक :--गोबिन्द लामिछाने (अविरल )।
प्रस्तुत कथा काल्पनिक कथा हो कसैको जिबन सङ मेल खान गएमा संयोग मात्रै हुनेछ  ।

❤️प्रेमबस्ती❤️
               पुस्तक विमोचन समारोह

सबै नेपाली मनहरुलाई न्यानो अभिबादन🙏
मेरो पहिलो प्रेमिल कविता संग्रह "प्रेमबस्ती" विमोचन तथा कविता वाचन समारोहमा यहाँको गरिमामय उपस्थितीको लागि म एवम अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स च्याप्टर, हार्दिक अनुरोध गर्दछ ।
 
                 ❤️प्रवेश निशुल्क❤️

मिती: 2 September 2017
समय: दिउँसो १:४५ देखि ४ बजे सम्म

स्थान: AD's Kitchen Campsie
ठेगाना: 231 Beamish Street, Campsie, 2194, NSW

आयोजक:
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स च्याप्टर, सिड्नी, अष्ट्रेलिया!

सम्पर्क
श्वेता मैनाली: 0423051107
सानु घिमीरे: 0424 981 983
महेश्वर शर्मा: 0425 800 382
दिपक निरौला: 0413 897 409
ममता तिवारी: 0431 450 930

लेख: संक्रमित अनि सफल नारि

हाे म एचआईभीएड्स  संक्रमित नारि हाे समाज ले मलाई जसरि साधरण नारिकाे रुपमा सुइकार गरकाे छैन त्यसै गरि म अाफ्नाे जीवन लाई पनि मृत्यु सग सुईकार नगरि जीवन का अनेकौं बाधा सग सम्झौता गर्दै अहिलेसम्म पत्ता लागेकाे राेग मध्य काे भन्दा सबै भन्दा ठुलाे राेग लाई अाफु भित्र दवाएर समाज का अरु साधरण मानिस जस्तै बाँचि रहेकाे छु खै मेराे काल नअाएर हाे कि त यति ठुलाे राेग भनिएर चिनिएकाे एचआईभीएड्स लाग्दा सम्म म मरेकाे छैन जसरि हाम्रो समाज ले म जस्ता  एकल महिला तथा एचआईभीएड्स संक्रमित नारि हरु  लाई हाेर्ने दृष्टिकोण मा कहिले परिबर्तन अाउछ मलाई एचआईभीएड्स लाग्नु मा मेराे के दाेष छ बाबू अामा ले सानै उमेर बाह्र बर्ष काे खाँउ खाँउ लाउ लाउ भन्ने उमेर  मा इन्डिया मा काम गर्ने पैसा धेरै भएकाे धनी केटा सग मेराे। विवाह गरिदिए काे कुरा पुरै याद नभएनि थेरै थेरै याद भने छ जब मेराे बिबाह भयाे मेराे श्रिमान मलाइ छाडेर फेरि इन्डिया जानू भाे म अाफु लाई विवाह भएकाे भन्ने त्यति क्षान भएकाे नभएर हाेला श्रिमान कस्ताे अनुहार काे हुनुहुन्छ भन्ने समेत ख्याल गरेकाे रहिनछु जब समय बित्दै गयाे श्रिमान दुई बर्ष पछि नेपाल फर्कनु भयाे अनि बल्ल थाहा भाे मेराे श्रिमान काे अनुहार यस्ताे रहिछ भन्ने हामी एक बर्ष सगै बस्यौं मेराे गर्व मा बच्चा रह्यो त्यति बेला मा सायद साेह् बर्ष काे थिय हाेला जब गर्भ मा बच्चा रह्याे श्रिमान फेरि इन्डिया जानू भाे नाेकरि काे लागि नाै महिना मा मेराे छाेरा जन्मियाे श्रिमान लाई चिठी लेखी अहिले जस्ताे फाेन सुबिधा थिएन  उहाँ एक  महिना पछि अाउनु भाे हामी धेरै खुसि थियौ त्यस काे एक  पछि उहाँ फेरि ईन्डिया नै जानू भाे तर गएकाे दुई महिना मा नै घर फिर्ता अाउनु भाे उहाँ घर अाउदा          निकै तनाव मा हुनुहुन्थ्यो मैले बराबर साेध्या हजुर लाई के भाे भनी तर उहाँ केही बाेल्नु भएन उहाँ लाई  हल्का जाेराे अाउने बान्ता हुने मान्छे दुवलाउदै जाने जस्ता लक्षयाण देखा पराे मैले उहालाई अस्पताल जान भनी उहाँ मान्नु भएन सायद उहालाई पहिलै थाहा थियाे हाेला अाफु एचआईभीएड्स संक्रमित छु भन्ने मैले जवरजस्ति अस्पताल लिएर गए भरतपुर सरकारि अस्पताल लिएर गएकाे दुई दिन पछि डाक्टरले भन्याे अब उहाँ लाई घर लैजानुस हामी बचाउन सक्दैनौं उहालाई एचआईभीएड्स काे अन्तिम घडीमा हुनुहुन्छ त्यस पछि मेराे।रगत परिक्षाण गरियाे मलाई पनि एचआईभी देखायो म बिहाेस भए सारा सपना पानी मा बिलायाे अब म नि मर्छु मेराे श्रिमान लाई नि एक महिना पछि मर्छ भनेर समय ताेकिदिएकाे छ छाेरा काे याद अायाे र अाफु लाई समाहालेर श्रिमान लिएर घर लागे नभन्दै डाक्टर ले दिएकाे समय एक दिन भन्दा पनि उता नगई एक महिना मा मृत्यु भयाे अब झन पीडा बाेध समाज काे अपहेलना म प्रति समाज ले गरेकाे दुर्ववहार बाट अाफु लाइ कयौं पटक अात्म हत्या काे प्रयास गरि तर विचरा नावालक काे तस्वीर ले मर्न दिएन अब छाेरा काे चिन्ता थियाे मलाइ त पुर्ण बिस्बास थियाे छाेरा मा नि एचआईभी छ भन्ने तैपनि मन काे सान्ति का  लागि छाेराे लिएर अस्पताल पुगि भग्य भनाै या मेराे अासु काे पुकार भगवान ले दायाँ देखाए भनाै छाेरा मा एचआईभी देखाएन अब भने अाफु लाई बचाउनु पर्छ र याे  छाेरा का लागि भएनि म बाच्नु पर्छ भनेर हिम्मत बढ्याे र समाज का हरेक लाल्छाना हरु दुर्ववहार हरु म प्रति समाज ले गरेकाे धृणा काे बिरुध बाेल्दै अाफु लाई बचाउदै लग्या र म जस्ता धेरै महिला यस्ताे हिम्सा बाट पिडित हाेलान भन्ने लागेर एउटा सामुदायिक रेडियो मा म अाफु एचआईभीएड्स संक्रमित भएकाे र यदि काेहि भएमा हामी नि बाच्नसक्छै अाफु लाइ दवाएर कसैले नराखनु भन्ने कुरा सुनाएकाे थिए त्यस पछि मलाई भेट्न चार जना एचआईभीएड्स संक्रमित महिला अाउनु भाे उहाँ हरु लाई अस्पताल लागेर नियमित अैषधि सेवन गर्न लागए र उहाँ हरु लाई नै लिएर एउटा सस्था काे स्थापना गरि जस्काे काम हामी जस्ता महिला हरु जाे अाफु लाई लुकाएर समाज मा मरि मरि बाँचिरहेका छन उनि हरुलाई बाहिर लिएर अाउने र बाच्न सिकाउने हिसाब ले सस्था स्थापन गरेकाे अाज चाैध बर्ष भयाे अहिले सम्म न म मरेकाे छु न अरु लाई मर्न दिएकाे छु र अहिले हाम्रो समाज नि धेरै परिवर्तन भएकाे छ जाे पहिला मलाई छुन डराउने हरु अाज नमस्कार गर्दै हात मिलाउदै हिड्छन छाेराे पनि अठार बर्ष काे भएकाे छ कलेज पढ्छ म अाफु समाजिक काम मा ब्यस्त हुन्छु जिन्दगी खुसि ले नै बितिरह्यकाे छ
लेखक: राजन अँगाई
स्थाई ठेगना :भिमसेन गाउपालिका २ गाेर्खा

Contact Form

Name

Email *

Message *

Powered by Blogger.