October 2016

प्यारी बहिनी खुशी लाखौं लाख सम्झना एबम असिम प्यार उहीँ परदेशी दाजु अविरल को तर्फबाट  ।
बहिनी खुशी तिमिले अत्यन्तै माया गरि पठाएको पत्र हिजो मात्रै हात पर्यो निकै खुशी हुँदै पत्र खोली हेरे तब मेरा आशुले समुद्रको तहलाई पछ्याउने काम गर्यो समय परिवर्तन को बेग संग हुतिदै तिम्रो दाजु यो खाडिको चर्को घाम खान थालेको नि झन्डै १३ बर्ष को हाराहारी भएछ यस बीचमा मुस्किल ले एउटा तिहार मानेको याद छ त्यति बेला तिमी सानै थियौ फुपुदिदिले तिम्रो हात समाएर मेरो निधार मा तीन धर्के टीका लगाएको धेरै बर्ष बितेछ त्यही याद हरु बटुलेर आज सम्म पनि त्यही भाइटीका को प्रतीक्षामा छु म ।सायद तिमिले पनि त्यो दिनको महसुस गर्न सक्ने भए को भए याद गर्दै बस्थौ होला तर तिमी त्यति बेला निकै सानी थियौ र तिमिलाइ दाजुलाइ भाइटीका लागाइदिएको याद छैन त्यही भएर होला यो बिलौना सहित एकचोटी भाइटीका को महसुस गर्न पाउ भन्दै पत्रचार गरेकी रहिछौ । बहिनी खुशी तिमिले पत्रमा उल्लेख गरिएको केही हरफ हरु यहाँ उल्लेख गर्न बान्छनिय ठानेको छु किनकी यो लाखौं लाख खुशी जस्ता बहिनिहरुले आफ्ना परदेशिएका लाखौं लाख अविरल जस्ता दाजुहरुलाइ लेखिएको पत्र हो र हुनेछ ।
दादा हरेक पर्व हरुले तपाईंको याद लाई यसरी जगाउछ्की सायद म फेरि कहिल्यै पनि निदाउन सक्दिन दादा हाम्रो देश विभिन्न सस्कृती भरिपुर्ण देश हो हामी हरेक पर्व लाई उतिकै महत्त्व का साथ मान्ने गर्छौ दादा त्यसमा पनि दशै तिहार हाम्रो ठुलो पर्व हो यहि पर्व मान्नको लागि प्रबास मा रहेका सबै दाजुभाइ घर फर्कने गर्द्छ्न ।यहि पर्ब को महत्त्व लाई बुझेर सरकार ले बर्सेनि लामो बिदा दिने गरेको छ जबकी सबै परिवार हरुको जमघट होस भनेर नै तर दादा जब जब पर्व हरु आउँछ तबतब यो मनको धैर्यताको बाध नै फुट्ला झै हुन्छ ।दादा हजुरले मेरो सारा भौतिक जिबन को सुख मा कुनै कमि राख्नु भएको छैन मलाई कुनै कुराको अभाव हुन दिनु भएको छैन तर दादा भौतिक सुख सुख होइन रहेछ दादा मलाई थाह छ तपाईं मेरो उज्ज्वल भबिस्य को लागि त्यो चर्का घाममा कडा मिहिनेत गरिरहनु भएको छ त्यही अनुसार मैले पनि आफ्नो शिक्षा मा कुनै कमि गरेको छैन हाम्रो घरको आय स्तर पनि वृद्धि भएको छ समाजमा एउटा स्थापित रूपमा छौ यो सबै हजुर कै देन हुन ।यसको मुल्य म कुनै हालत मा पनि चुकाउन सक्दिन दाइ तर यति हुँदा हुदै पनि फ़ेरि आज तपाई संग गुनासो गर्न बाध्य भए
दादा यस बर्ष को दशै पनि त्यतिकै बित्यो र अब लगभग तिहार पनि खाली बित्ने सम्भावना प्रबल भयो दाइ। दादा मैले बर्खा भरी दुख गरेर सारेका ती मखमली सयपत्री गोदावरी फुल हरु फुल्दै तपाईंको प्रतीक्षा गरिरह्न्छ अनि तपाईंको अनुपस्थित संगै झरेर जान्छ्न दादा बर्सौ देखि यो प्रक्रिया म देखिरहेकि छु सहि रहेकि छु दादा यो दिनको अन्त्य कहिले हुने हो दादा कि म हजुर कि बहिनी होइन ? के मलाई भाइटीका लगाउने कुनै  अधिकार छैन ?दादा कति समय मलाई यो अधिकार बाट बन्चित गराउनु हुन्छ ? दादा अरु धेरै के लेखु भौतिक सुख मात्रै सुख होइन दादा मनमा शान्ति हुनुपर्छ यसपाली पनि सबै दाजुभाइ दिदिबहिनी जम्मा भइसके सबैको घरमा भाइटीका को रौनक छाहिसक्यो तर दादा म सबै जना भएर पनि कोहि नभए जस्तो भए ।यसपालि पनि मेरो मखमली सयपत्री र गोदावरी झरेर जाने भए यसपाली पनि म लिङे पिङ को छेउमा मात्रै पुगेर फर्कने भए यसपाली पनि घरमा कमेरो दल्ने सपना अधुरो रहने भयो ल दादा अरु के लेखु ।यहि थियोे मेरि प्यारी बहिनी खुशिले लेखेको पत्र ।
प्यारी खुशी तिम्रा दाजु जस्तै लाखौं लाख दाजुहरु आज भाइटीका बिहिन छ्न तिमिले मन दुखाउनु पनि स्वभाबिक नै हो यसमा तिम्रो कुनै दोस छैन यो त देशको अबस्थाले सिर्जना गरेको दु:खद क्षण हो प्यारि खुशी अब यसपालि यस्तै भइगयो अर्को साल अबस्य मेरि बहिनिको हातको टीका लगाउन आउने छु मेरी बहिनी लाई लिङे पिङ खेलाउन आउनेछु घरमा सेतो कमेरो पोत्न आउनेछु मेरी बहिनी अब तिम्रो प्रतीक्षा को घडी समाप्त गर्ने छु यो अरु बर्ष को जस्तो झुठो आश्वासन होइन मेरी बहिनिको प्रतीक्षा को फल दिने समय हो म अर्को साल मेरी बहिनिको फुलहरुलाइ ओइलिन दिने छैन यो मेरो बाचा भयो ल उहीँ परदेशि दाजु अविरल ।
सबैमा तिहार को विशेष शुभकामना
गोबिन्द लामिछाने (अविरल )
हाल -एसियन टाउन दोहा कतार

मिस इन्टरनेश्नल २०१६, मिसोलोजी पिपुल्स च्वाइस अवार्ड विजेयीता वर्षा लेखी थारु लाई विभिन्न संघ संस्थाहरुले सम्मान गरिने !

मिस नेपाल इन्टरनेश्नल २०१६ विजयीता सुश्री बर्षा लेखीले जापानको टोकियोमा सम्पन्न मिस  ईन्टरनेशनल २०१६ मा नेपालको तर्फबाट सहभागी भई मिसोलोजी को पिपुल्स च्वाइस अवार्ड जित्न सफल भई नेपाल र नेपालीको परिचय, पहिचान र शीरलाई  विश्वमा उच्च स्थानमा राख्न महान र ऐतिहासिक गौरवमयी कार्य गर्न सफलता हासिल गर्नु भएकोले उहाँ लाई यहि २०७३ कार्तिक १८ गते रास्ट्रिय आदिवासी जनजाती महिला संघ, तराइ आदिवासी कला प्रतिस्ठान, शक्ति महिला समूह र कृष्ण फिल्मस प्रा.लि. लगायत विभिन्न संघ संस्थाहरुले सम्मान गर्ने समाचार प्राप्त भएको छ ।
साभार - Tharu Kalyankarini Sabha

रोल्पा जलजला सेवा समाज कतार द्वारा आयोजित देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न।


नबराज पुन ,दोहा-कतार।
हिन्दु नेपाली हरुको दोश्रो ठूलो महान पर्व दिपावलीको अवसरमा रोल्पा जलजला सेवा समाज कतार को समन्वयमा सयुक्त रुपमा कतारमा स्थापित रोल्पाका विभिन्न गा.बि.स. स्तरिय तथा जातिय संघ सस्था हरुको सहभागीमा देउसी भैलो एवम दिपावलिको शुभकामना आदन प्रदान कार्यक्रम  भब्यताका साथ सम्पन्न भएको छ।

रोल्पा जलजलाको इतिहासमा पहिलो पटक समग्र रोल्पाली हरुको एकै ठाउमा जमघाट र सयुक्त रुपमा शुभ दिपावलिको शुभकामना आदन प्रदान एवम देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ।उक्त कार्यक्रम मा रोल्पा जलजला सेवा समाज कतार का अध्यक्ष वसन्त थापा को सभापतित्व एबम  सेवा समाजका पुर्ब अध्यक्ष तथा बर्तमान सल्लाहकार संयोजक सुर्य बहादुर बिश्वकर्मा प्रमुख अतिथि मा कार्यक्रम  ब्यानर अनवारण र दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको कार्यक्रममा रोल्पा जलजला सेवा समाजका कोषाध्यक्ष शिव बुढाथोकी को स्वागत मन्तब्य र जलजला साङ्गेतिक समुहको स्वागत गीत बाट शुरु भएको कार्यक्रम को छोटो झलक विभिन्न अन्लाईन मिडिया तथा रोल्पा जलजला सेवा समाज कतार द्वारा नै संचालित प्रदेशिको सन्देश र प्रवासी आवाज कार्यक्रम रेडियो रोल्पा बाट कैलास घर्तिमगर को साथमा कार्यक्रम स्थल बाट महासचिव चोम बिष्ट ले प्रत्यक्ष प्रसारण जोडनु भएको थियो।कार्यक्रममा तमु कोष समिती लिवाङ रोल्पा का सस्थापक एवम महासचिव छवि गुरुङ, बराहक्षेत्र संरक्षण समिती बडाचौर रोल्पाका अध्यक्ष बलाराम जैसी, राँक प्रवासी सेवा समाज कतार (राँक रोल्पा) का अध्यक्ष नबराज पुनमगर, थाम मिलिजुली सेवा समाज गुम्चाल रोल्पाका अध्यक्ष राम गुरुङ, दलित एकता संजाल कतार/बडाचौर ५ रोल्पाका महासचिव होम बि.क, जनप्रगतिशिल सेवा समाज सिर्प  का सचिब कुल बहादुर खड्का, रोल्पा तल्लो गुम्चाल प्रवासी सेवा समाजका अध्यक्ष हिरा बहादुर बिष्ट, रोल्पा जलजला सेवा समाजका पुर्ब महासचिव एवम् बर्तमान सल्लाहकार बुद्दिजिबी एकराज सुवेदी, रोल्पा जलजला सेवा समाज कै सस्थापक अध्यक्ष चेतमान रोकामगर, समाज सेबि हिकमत अलि, भिम कर्ण गुरुङ, हर्क बहादुर खडका, गंगा रोका, नरेश बि.क.,  शान्त कुमार घर्तिमगर एबम सबैको विशेष उपस्थिती मा कार्यक्रम सम्पन्न भयको छ। 

कार्यक्रम को बिच, बिचमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो बहु प्रतिभाशाली जलजला साङ्गेतिक समुहका दिपेन्द्र हिम्जाली ले मीठो स्वरमा देउसी भट्याउदै सब्बैले एकै स्वरमा देउसी खेलियको थियो। कलाकार हरु भगवती बस्याल, पुर्णिमा मगर, रीतु मगर, राकेश पुनमगर, हुकुम बि.क ले एकल नृत्य राख्नु भएको थियो भने जीवन खडका, गगन घर्तिमगर, पुर्णिमा मगर, रितु मगर ले गीत प्रस्तुत गर्नु भएको थियो। त्यस्तै चेतमान रोका मगर, दिपेन्द्र हिम्जाली र पुर्णुमा मगर, रितु मगर बिच भएको दोहोरीको झटारो ले झन कार्यक्रमका सम्पुर्ण दर्शक, अतिथी हरुलाइ छमछमी नचाएको थियो।
आफ्नो मौलिक सस्कार र सस्कृती लाई बचाइराख्न र "प्रवासमा सम्पुर्ण रोल्पाली हरु लाई एकताको शुत्रमा बाध्ने हेतुले  प्रवासमा सम्पुर्ण रोल्पाली हरु एक हौ भन्ने चाहाना बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना" भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रम को संचालन महासचिव चोम बिष्ट र सचिब देब राज पुन मगर ले गर्नु भएको थियो। कार्यक्रम को अन्तमा बोल्दै सभापति वसन्त थापाले जलजला को इतिहासमा पहिलो पटक एउटै आगनमा समग्र रोल्पाली हरुको जमाघाट भइ देउसी भैलो तथा शुभकामना आदन प्रदान भब्य रुपमा सम्पन्न भएको र आगामी दिनहरुमा पनि यसरी नै रोल्पाली हरु एक हुन आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहभागि जनाउनुहुने सबैलाइ धन्यबाद दिदै देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयको छ।




मेमोरी पावरमा गिनिज बुक मा नाम लेखाई विश्व रेकर्ड कायम गर्ने अर्पण शर्मा कट्टेल द्वारा फेरि एउटा सम्माननिय कार्य । बिदेशी नागरिक हरु पनि सामेल भए स्मरण शक्ति अभिबृद्धि तालिममा। The Academy of Arts and Academics (Oregon, USA) तथा Springfield Public Schools का प्रधानाध्यापक माइकल फिसर, coordinator एड, अभिभावक लिजा र ८ जना विद्यार्थीहरुको टोली कार्तिक ८ गते श्री अरनिको उच्च मा वि मा नेपाल को संस्कृति रहन सहन, चाडपर्व र रितीरिवाज तथा शैछिक टुर मा सामेल हुन आउनु भएको सिलसिलामा सनिबार बिहान ९ बजे देखि १०:३० बजे सम्मको मेमोरी पावर सम्बन्धी गिनिज बुकमा नाम लेखाई विश्व रेकर्ड कायम गर्ने अर्पण शर्मा कट्टेलको स्मरण शक्ति अभिवृद्धि तालिम मा सहभागी हुनु भएको थियो ।सो कार्यक्रममा अर्पण शर्मा कट्टेलले १ मिनट मा ३० वटा शब्दका क्रमहरु जस्ता को तस्तै याद गरेर अगाडी पछाडी बीच सबै तिर बाट भनेर सबैलाई चकित पारेका थिए ।


तालिम मा अर्पण शर्मा ले शब्द, वाक्य र प्याराग्राफ कसरी याद गर्न सकिन्छ तथा दिमाग लाई कसरी तेज बनाउन सकिन्छ भन्ने तालिम प्रदान गरेका थिए ।


The Academy of Arts and Academics (Oregon, USA) तथा Springfield Public Schools का विद्यार्थीहरु सो कार्यक्रम मार्फत प्रभावित भएका र सो तालिम धेरै नै प्रभावकारी भएको प्र.अ. पुरुषोत्तम खरेल ले जानकारी दिनु भयो । देशको सान बढाउन लागि पर्नुभयका अर्पण शर्मा कट्टेल ज्यु लाई www.missyounepal.com परिवार हार्दिक सम्मान ब्यक्त गर्दछ। 
'
मिति : २०७३/०७/१३
स्थान : श्री अरनिको उच्च मा वि
कार्यक्रम : स्मरण शक्ति अभिवृद्धि तालिम
सभापति : श्री पुरुषोत्तम खरेल (श्री अरनिको उच्च मा वि का प्र.अ.)
प्रमुख अतिथि : श्री माइकल फिसर (Mr. Michael Fisher) - Principal at The Academy of Arts and Academics (Oregon, USA) and Springfield Public Schools (Oregon, USA)





गैर आवासीय नेपाली संघ स्थानिय समिती को दिपावली तथा छठ को शुभकामना आदान प्रदान कार्यक्रम समपन्न।
लक्ष्मण रसाइली ।
अक्टोबर
गैर आवासीय नेपाली संघ स्थानीय समन्वय समिती जुबेल साउदी अरब ले दिपावली तथा छठ पर्व को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
साउदी को जुबेल स्थित मनकामना नेपाली रेस्टुरेन्ट मा भएको अनौपचारिक उक्त कार्यक्रम मा संघ  साउदी अरब अध्यक्ष नारायण पासवान को समेत उपस्थित मा रहेको थियो।
परिचयात्मक कार्यकम  शुरु संगै   उक्त अनौपचारिक शुभकामना आदान प्रदान कार्यक्रम मा हाल साउदी मा पिडित नेपाली को बिषय मा समेत छलफल भएको छ।
सो कार्यक्रममा सस्था का प्रतिनिधि तथा विभिन्न कम्पनि मा कार्यरत नेपाली का साथै बिबेकशील नेपाली दल का प्रतिनिधि को समेत उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण एनआरएनए कर्मी लगाएत का सहभागी लाइ शुभकामना मन्तब्य राख्ने अवसर प्रदान गरिएको थियो।
शुभकामना मन्तब्य राख्दै एनआरएनए साउदी अरब का अध्यक्ष ले हाल को विषम परिस्थिती साउदी मा रहेका नेपाली को सहयोग हेतु संघ  ले गर्ने सहयोग मा कुनै पनि किसिम को कसुर बाकि नराख्ने प्रतिबद्धता ब्यक्त गर्दै कतिपय घटनाहरु सस्थागतरुप मा जानकारी हुनु पुर्व नै मिडियाबाजि भएर घटना लाइ तोडमोड गर्ने प्रबृ ति ज्यादा हुदै गएको मा आफु र सस्था दुखि रहेको पासवान बताउनु भयको छ। अहिले साउदी मा नेपाली पिडित हुनु मा नेपाल का म्यानपावर ब्यबसायी नै दोषी रहेको औल्याउदै फ्री भिषा को नाम मा नेपाली कामदारलाइ पिडित बनाउनु का साथै नेपाल बाट उडान भरिसकेपछि म्यानपावर ब्यबसायी ले कामदार को अवस्था बारे बुझ्ने प्रयास नगर्नु झनै दुखद रहेको बताउनु भएको छ।
उपस्थित सबै ले २०७३ साल को शुभ दिपावली तथा छठ पर्व सगै नेपाल मा शुख शान्ति छाओस भन्दै आउदा दिन मा कोहि नेपाली ले दुख पिडा को भुमरिमा जीवन व्यतित गर्नु नपरोस भन्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

56th Miss International प्रतियोगितामा ७० देशका सुन्दरीहरूले भाग लिएका थिए । त्यस मध्ये नेपालको प्रतिनिधि गरेर Barsha Lekhi ज्यूले भाग लिनुभएको थियो ।
प्रतियोगिताको ताज शिरमा लगाऊन सफल नभएपनि ७० वटा देशको झण्डाको भिडमा नेपालको झण्डा पनि फहराऊन सफल हुनुभएको थियो । संसारले हेर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम पनि गुन्जनु भएको थियो ।
धन्यवाद छ तपाईलाई ।

साथै अनलाईन भोटिङबाट धेरै भोट ल्याई Miss International 2016 Missosology People's Choice Award जित्नुभएको मा बधाई छ ।

आज सम्मान तथा बिदाई कार्यक्रममा खादा ओडाई सम्मान गर्ने मौका दिनुहुने "म नेपाली ग्रुप जापान" लाई हार्दिक धन्यवाद ।
वर्षा जि को आजको नेपाल यात्रा सुख रहोस् ।
- Shiva Tandukar
फोटो : Uttam Gaudel , Rajan Shrestha

सहयोग को लागि अपिल। मात्र तीस हजारको अभाबमा ४ बर्षिय बालक सबिन केसि को उपचार हुन सकेको छैन ।

जाजरकोट ।
बाबु जनक खत्रीभारत मा मजदुरी गर्न गयको समय मा मृत्यु भयो साथै आमा पनि अन्तै गए पछि स्थायी घर  शक्ला भए पनि खगेनकोट ९ मंसिरि का मावलिले ४बर्ष का सबिन के सि लाई  पालेका छन। पाच दिन अगाडि मात्र भैंसी ले टेकेर सबिन को खुट्टा भाचियको छ।र उनका माउलि सुरेश पुन ले अहिले सबिन लाई कोहलपुर अस्पताल ल्यायका छन, अस्पताल ल्याय संगै सबिन को उपचार अप्रेशन खर्च करिब ६०हजार लाग्ने भयको र ३०हजार जति जम्म गरि सकेको तर ३०हजार अझै जुटाउन नसक्दा बालक को अप्रेसन हुन न सकेको माउली पुन ले बताएका छन।मामा पुन ले बाकी रकम जुटाउन नसक्दा भान्ज को अप्रेसन सफल नहुने भयकाले सबैमा सहयोग को अपिल गरेका छन।त्यसैले सक्दो रकम सहयोग गरि यी बालक को जीवन बचाऔं।सहयोग को लागि सम्पर्क गर्नुहोला।
हेमन्त के सि (पत्रकार )
सम्पर्क न:9858050028,9748026345
माउली सुरेश पुन:9846874907 (सम्पर्क गरि विवरण बुझेर सहयोग गर्न सक्नु हुने छ।साथै बिदेशमा अन्य जानकारिको लागि लक्ष्मण रसाइली ,कतार सम्पर्क +97431449677मा सोध पुछ गरेर पनि सहयोग गर्न सक्नु हुने छ ।धन्यवाद ।
- जानकारी लक्ष्मण रसाईली बाट

खुसिको खबर! बर्षाले पाईन मिसओसोलोजि पिपुल्स च्वाईस अवार्ड

बिष्णु चापागाँई,२७ अक्टोबर,२०१६,
केही बेर अघि मात्र वर्षा लेखिले आफ्नोफेसबुक मार्फत एक भिडियो सार्बजनिक गर्दै अहिले जापानमा भयको Miss International 2016 अन्तर्गतको Missosology people's choice Award जित्न सफल भयको कुरा पब्लिस्ट गर्दै भोट गर्नुहुने,साथ दिनुहुने सबैलाई हादिक धन्यबाद ज्ञापन गर्दै खुसी ब्यक्त गरेकी छिन ।

तपाईं हाम्रो भोट काम लागेको छ, वर्षा लाई यश अवार्ड जितायर नेपालको सान बढाउने हाम्रो उद्देस्य सफल भयको छ।नेपाली एकताको जित भयको छ, बर्षाको जित हामिसबैको जित अनि सिंगो नेपालको जित बनेको छ।

आफ्नो अमुल्य समय दियर यस महान कार्यमा साथ दिनुहुने सम्पुर्ण हजुरहरुलाई हार्दिक आभार, हरेक बेलाको अपडेट भोटिङ अपडेट दियर सेयर गरेर साथ दिनुहुने बिष्णु मति छन्त्याल्नी दिदी,सन्चारकर्मी/ Nepali Tv Uk कि दिपा थापा, बर्षाको सम्पुर्ण कुरा हरु जानकारी दियर तथा हामिलाई भोट गर्न गराउन प्रेरित गर्ने दाजुहरु नेत्र थनेत एवं रामलाल चौधरी दाजु लाई पनि www.missyounepal.com तथा "नेपालकी छोरी Barsha Lekhi" पेज को तर्फ बाट हार्दिक धन्यबाद ब्यक्त गर्दछौं। एक पटक फेरि पनि सेयर गर्नुहुने, भोट गर्नुहुने सबैलाई  हार्दिक धन्यवाद ।

वर्षा लेखि बैनिको फेसबुक स्टाटस जस्ताको तस्तै
Award in favor of Nepal!
Im holding Miss International 2016 Missosology People's choice award, and I deeply thank each and everyone for believing in me and supported me through votes :)
Im happy that im not coming empty hand, i have something for my country, NEPAL.
Im feeling really amazing to hold an international award for Nepal.
Thankyou all for your love, and support.
The journey doesnt ends here, I need your support in coming days for my future endeavor.
With much love and happy heart- Miss Nepal International 2016 :)
Sorry for bad video quality, it was taken quickly after the finale.
My grey colored stone crafted evening gown by Manish Rai and accessories from MP Nepal Mahima Uday Sunder
- Barsha Lekhi
https://www.facebook.com/barsha.lekhi

भिडियो हेर्नुहोस। >>>https://m.facebook.com/story.php?story_fbid=1770333179871651&id=1768754396696196


रामलाल चौधरी 
ramlal07@mail.com
नेत्र थनेत

बिष्णु मति छन्त्याल
दिपा थापा 
Nepali TV UK
www.nepalitv.com

बिष्णु चापागाँई 
www.missyounepal.com

Contact Form

Name

Email *

Message *

Powered by Blogger.