February 2017

मृगौला पीडित बिरामी टीका ग्यबा ज्यु लाई १,२४,७१० सहयोग

डोल्मा मनाङ्थेन

नेपाल प्रबासी तामाङ समाज कतार को सम्रक्षन मा स्थापना भएको म्हेन्दोमाया परिवार दोहा कतार  को पहल मा सङ्कलन गरेको 1 लाख 15 हजार 2सय 28 रुपिया , म्हेन्दोमया गायक Bishwo Pasa ज्यु को तर्फ बाट ४१५५ र ल्हाप्साङ्कर्पो समूह को तर्फ बाट थप गरि जम्मा रु १,२४,७१० रोशन फ्युबा को हात बाट मृगौला पीडित बिरामी टीका ग्यबा ज्यु लाई हस्तान्तरन गरियो । साथ्  मा सैलुङ अनलाइन का पत्रकार ज्यु हरुको सहभागित थियो ।

पुत्री लाभको शुभ अवसरमा परोपकारी कार्य |
            " सेवा नै धर्म हो "  


आज मिति २०७३/११/१४ गतेका दिन सामाजिक परोपकारी मनका धनि चितवन युवा समुह दोहा कतारका महासचिब श्री सुरेश परियार आभास तथा श्री निर्मला खत्री ज्युद्वारा मिति २०७३/११/१२ गतेका दिन सुपुत्री लाभको अवसरमा मानव सेवा आश्रम चितवन भरतपुर १० बाइपास रोडमा एक छाकको खाना खुवाउने कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रममा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी, सचिव राजन घिमिरे , सह-कोषाध्यक्ष श्री साझा राम बि.क.,सदस्यहरु श्री सिता कंडेल, श्री कविता ढकाल, कार्यालय सचिव इन्दिरा सिग्देल लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो |
प्रवासमा रहेरपनि आफ्नो सुखद अवसरमा गृह जिल्ला चितवनको बिकास र समाजमा रहेका असहाय गरीब अशक्त तथा बेसाहाराहरुको लागि सामाजिक परोपकारी कार्यप्रति देखाउनुभएको अतुलनीय कार्यको लागि उहाहरुलाई हृदय देखिनै हार्दिक आभार व्यक्त गर्दै छोरीको सु स्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । साथै आगामी दिनहरु पनि आफ्ना सुखद अवसरहरु यसरीनै सामाजिक परोपकारी कार्य प्रति लगाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध |
मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |


स्वर्गिय माताको सम्झनामा बिहानको भोजनसेवा।।।
.................................................................
१३ फागुन २०७३ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)-०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९

भरतपुर-११ निवासी परोपकारी मनका धनी आदरणिय खेम नाथ खनाल ज्यू तथा सिता खनाल ज्यूले आफ्नो स्वर्गिय माताको ४४औ पुण्यतिथिको शु-अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई विहानको भोजनसेबा बापत रु. ६५००(छ हजार पाँच सय रुपैया) स-प्रेम सहयोग गर्नु भएको छ।
स्वर्गिय माताको आत्माको चिर शान्तिको सु-भावना सहित श्रीमति सिता खनाल ज्यूसँग आउनु भएको आदरणिय खेम नाथ खनाल ज्यूको आज कै दिनमा जन्मोत्सव पनि परेको हुँदा उँहाको सु-स्वास्थ्य, दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको शु-भावना ब्यक्त गर्दछौ। हजुरहरुलाई सदैव सुखले खान पुगोस् र हाँसी खुशी दिन दुखीहरुलाई दान गर्न पुगिरहोस् भन्दै प्रार्थना गर्दछौ।।।

शिबरात्रिको अबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय  दाजुहरु सुधन गोैलि,मनिष पराजुली,कपिलदेव जोशि,अर्जुन थापा,अजय लिम्बू,शैलुङ कन्स्ट्रक्सन प्रा:लि परिवारले आज शिवरात्रिको  सुअवसर पारी मन्जुश्री असहाय संरक्षण केन्द्र लाई  रु ५५००/-(पाच हजार पाच सय)सहयोग गर्नु भएको छ ।

मनका धनी सुधन दाजुले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै आजको दिन मन्जुश्री असहाय संरक्षण केन्द्रका छोराछोरी दिदिबहिनीहरु शीत संगै बसि खाना खाइ मनोरञ्जन गरि शिवरात्रि मनाइ खुसि पारिदिनु भो आज सबजाना धेरै खुसि भए अभिभावकको भुमिका निर्भा गर्नु भो घरमा भए झै खुसिको महसुस गराएर जुन सहयोग गर्नु भो दाजु यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दाजुलाइ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जावोस।।

यो सुअवसर जुटाईदिनु भयो सुधन गोैलि दाजु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।
भगवानको आर्शिवादले हजुरहरुलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित लाखौं लाख धन्यवाद गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र <br>
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

जन्मिदनमा आश्रममा  भोजनसेवा ।
फागुन १३,२०७३/ मानवसेवा अाश्रम काठमाडाै‌



विभिन्न कारणहरुबाट सडकपेटीहरुमा कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्ने अभिष्टका साथ सञ्चालित मानवसेवा आश्रम काठमाडौं शाखामा  कलंकी, काठमाडौं निवासी आदरणीय परोपकारी तथा मनकारी दिदी शर्मिला रिजाल कोइरालाज्यूले विहानको भोजनसेवा गराउनुभएको छ ।

जन्मदिनको अवसरमा आश्रममा भोजनसेवा गराउनुहुने दिदी सर्मिलाज्यूलाई सु–सवास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको शुभ भवना तथा सम्पुर्ण परिवारमा सफलताको शुभकामना । साथै जन्मदिनमा उपस्थित भई शुभभावना प्रदान गरिदिनुहुने आदरणीय दिदीहरु अनिता खड्का, गिता राई तथा मानवसेवा आश्रमकी अभिभावक आदरणीय दिदी परोपकारी रमा पौडेल अर्यालज्यूप्रती सादर नमन् ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि : https://www.youtube.com/watch?v=B0i4qlGJdmc


Manavsewa Ashram Lamjung Branch.
मानवसेवा अाश्रमलाई किचन सामाग्री सहयाेग...!!
मानवसेवा अाश्रमकाे सेवा कार्यलाई थप सरल र सहज बनाउनकाे लागि बेशिसहर-११ मनाङ्गेचाैतारा निवासी  अादरणिय मिना भण्डारी ज्युले राईसकुकर-१थान,बेशिसहर-८ पाखाथाेक निवासी अादरणिय मधु खत्री ज्युले पेसरकुकर-१थान, बेशिसहर-११मनाङ्गेचाैतारा निवासी अादरणिय रवि रावल ज्युले १काटुन तेल स-प्रेम सहयाेग गर्नु भएकाे छ।सहयागी मानवताप्रेमि उदारमनाहरुमा धेरै धेरै धन्यवाद ।सुखले खान पुगाेस् खुशि खुशिका साथ दिन पुगाेस्। 

  थप जानकारीकाे लागि सम्पर्क नम्बर 9855076007,9846368416,9856045270

हामी जतिनै देशबाट टाढा भएपनि नेपाल र नेपाल प्रतिको माया कहिल्यै घट्न सक्दैन्  । बिगत लामो समयदेखी म्यानचेस्टर सिटि बसोबास गरिरहनु भएका माला कुमारले द ओर्जिनल थर्ड आईज् म्यानचेस्टरको तर्फबाट महोत्तरीको बर्दिबासमा निर्माण भईरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फउण्डेशनलाई २७ हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

गोरखा स्थायी निवास भई विगत १० वर्ष देखी अष्ट्रेलियाको ब्रिसबेन बस्दै आउनुभएका डा. प्रदिप न्यौपाने अष्ट्रेलियामा निकै प्रसिद्द आयुर्वेदिक चिकित्सक हुनुहुन्छ । भाईब्रेन्ट आयुर्वेदा नामक क्लिनिकका सञ्चालक समेत रहनुभएका डा. न्यौपानेले धुर्मुस सुन्तली साँझका लागि कलाकारहरु ब्रिसबेनमा रहँदा कलाकारहरुलाई आफ्नो निवासमा आतिथ्यता गर्नुको साथसाथै मुसहर बस्ती निर्माणका लागि आफ्नो तथा श्रीमती ज्योत्श्ना चापागाईँ न्यौपाने र छोरीहरु प्राजु न्यौपाने र परि न्यौपानेको तर्फबाट १००० अष्ट्रेलियन डलर सहयोग गर्नुभयो। यी मनकारी डाक्टर साबलाई फाउन्डेसनको तर्फ बाट लाख लाख धन्यवाद ।।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

कोरियामा दुर्घटनामा परि असमायिक निधन भएका स्व. होम गुरुङको परिवारलाई रु. एक लाख हस्तान्तरण सम्पन्न ।
======================================
                         
                    स्याङ्जा परिवार दक्षिण कोरियाका सक्रिय सदस्य श्री होम गुरुङ ज्यूको गत १९ जनवरी २०१७ मा कोरियाको ख्वाङ्जु क्षेत्रमा कम्पनिमा काम गर्दा गर्दै औधोगिक दुर्घटनामा परि असमायिक निधन भएको थियो । पिडित परिवारलाई राहत स्वरुप यस संस्थाको मातहतमा  सामान्य रुपमा थोरै समयावधि राखेर आर्थिक संकलन अभियान गरेका थियौं र संकलित रकम हिजो २३ फेब्रुअरी २०१७ (१२ फागुन २०७३) बिहिवार का दिन यस संस्थाका पूर्व उपाध्यक्ष श्री याम गुरुङ, सक्रिय सदस्यद्वय श्री गणेश भण्डारी, श्री गणेश भट्टराई ज्युको संयुक्त टोली मृतक परिवारको हालको निवास राङखोला, स्याङ्जामा पुगेर स्व. होम गुरुङको वयोबृद्धा आमा लगायत  परिवारको अन्य सदस्यहरुको उपस्थितिमा संकलित सहयोग नगद रु.१,००,०००/- (अक्षरुपी एक लाख रुपैया मात्र) हस्तान्तरण गरिएको कुरा जानकारी गराउँदछौं ।

         धेरै सहयोग गर्न नसकेपनि स्वच्छ हृदयका साथ सहयोगी मनहरुद्वारा संकलित यो सानो आर्थिक सहयोगले शोकमग्न, आँशुमा डुबेको परिवारको आलो घाउमा थोरै भएपनि राहत तथा सहानुभूति मिल्नेछ भन्ने विश्वास लिएका छौं ।

  रकम संकलनमा सहभागी सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

                         - स्याङ्जा परिवार, दक्षिण कोरिया ।

पुण्य तिथीमा आश्रमलाई सहयोग ।
आदरणीय परोपकरी तथा मनकारी आदरणीय दिदी आशा शेरचनज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको सेवा कार्यमा सहयोग पुर्याउने अभिष्टको साथ खाद्यन्न तथा तरकारी सहयोग गर्नुभएको हो ।

उहाँले आफ्नो स्वर्गीए ससुरा पुर्ण प्रसाद शेरचनज्यूको पुण्य तिथिको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराउनुभएको थियो ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय दिदी आशा शेरचनज्यू एवं सम्पुर्ण परिवारप्रती सुख, शान्ति एवं प्रगतीको लागि शुभ भावना तथा स्व. ससुरा पुर्ण प्रसार शेरचनजयू प्रति हार्दिक श्रद्धान्जली तथा वैकुण्ठ बासको कामना ।

मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दाजु शाखा प्रवन्धक राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यलय भैरहवाका बुद्ध प्रकाश सिंह ज्यु र आदरणिय भाउजू मिरा सिंह ज्यु राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यलयका अमृत बहादुर अधिकारी ज्युहरुले हाम्रो यश मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सम्झि सहयोग गर्नका लागि यति टाडा देखि आउनु भो बच्चाहरुका लागि चाउचाउ खाजाका सामग्री र भाउजू मिरा सिंह ज्युले रु २५००/- (दुई हजार पाच सय)र अमृत बहादुर ज्यु ले रु ५५५/-(पाचसय पच्पन्न)सहयोग गर्नु भएको

मनका धनी दाजुले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै गर्दा पनि दाजु शीत भेट्न सकेकि थिएन तर पनि दाजुले पहिला देखि नै यस संस्थालाई सहयोग गर्दै आइरनु भएको थियो आज दाजुले संजोक मिलाइ हामिलाइ सम्झि भेट्न आउनु भो सहयोग गर्नु भो दाजु यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दाजुलाइ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस।।

यो सुअवसर जुटाईदिनु भयो भाउजू मिरा सिंह प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।
भगवानको आर्शिवादले हजुरहरुलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.