December 2016

२ लाख भन्दा बढीको लागतमा रामचन्द्र मैनाली द्वारा सर्बसाधारण को हितको लागि नगरपालिका कार्यालय परिसरमा वाटर कुलर ।

आफ्नी स्वर्गीय माता सीता देबि मैनालिकाे सम्झनामा  झापाको अनारमुनि नगरपालिका कार्यालय परिसरमा  समसत सेवा ग्राहिहरुको आवस्यकतालाई ध्यानमा राखी सुद्द पिउने पानीको कुलर मेसिन निर्माण गरि   साेहि नगरपालिका बिर्तामाेड खानेपानि संस्थानका अध्यक्ष श्रि जल कुमार गुरुङ ज्यु बाट उद्घाटन भयको छ।

यी सानी नानीको फोटो हेरेर, यो सन्देश शेयर नगरि मेरो मनले मानेन । यो पोस्टले उनको उपचार खर्च जुटाउन मद्धत होस् सानी नानी जोगाइदिनुहोस                                                                                                                                                                                  

अछाममा कृषिमा आश्रति मेरा परिवारकै सदस्य (दाइभाउजु) को पूराना महिना नपुगेको (डिसेम्बर १ मा जन्मेको) नवजात शिशु Baby Girl मा मष्तिष्क सम्वन्धि गम्भीर रोग Meningitis etc देखापरेपछी अछामको सरकारी स्वास्थ्य चौकीले सेती अञ्चल अस्पताल धनगढी, त्यहा पनि उपचार हुन नसकेपछी पाटन अस्पताल लगनखेल, त्यहाबाट पनि उपचार हुन नसकेर एक सातादेखी ग्रान्डी अस्पतालमा एनआइसीयूमा उपचार भइरहेको छ ।एक वर्ष अघि महिना दिन नपुगेको बालक गुमाइसकेका यस बच्चाका अभिभावक नवजात छोरीको उपचार गर्ने खर्च अभावमा छन् । दुबै बेरोजगार पनि हुन।उहाहरू परोपकारी हृद्धय भएका व्यक्ति वा सामाजिक संघ संस्था सग सहयोगको अपिल गरीरहनु भएकाले इच्छुक महानुभाव वा परोपकारी संघ संस्थाहरुलाई म मेरी सानी भतिजीको उपचारमा सहयोग गरीदिनुहुन अपिल गर्दछु ।यो परोपकारी कार्यमा सघाउन चाहानु हुने महानुभावहरुले मेरो मोबाइल नम्बर 98511-64000 मा वाग्रान्डी अस्पताल मै पुगेर ( पाचौं तलामा बेड नम्बर - 508 c\o बिना कुवर)वाNepal investment Bank, Durbar marg, kathmanduमा रहेको मेरो SURAJ KUNWAR A\c no - 00105010151071मार्फत सघाउन हार्दिक अनुरोध गर्दछु ।- सबीना कार्की दिदिको फेसबुक पेज बाट साभार


गाउ घरको मिठो यादहरु
 
सम्झना पन्त
Image may contain: 1 person

मेरो देश नेपाल, मेरो गाऊ घर , मेला पात, दाउरा घास आहा कति रमाईला थिए ति दिनहरु न लोभ, न लालच, न कसैको खटन काम गरेनी आफ्नै नगरे पनि आफ्नै I सोच यति हुन्थ्यो की यो सिजन बारीमा अन्न राम्रो होस् I यो सरिरले न चैत बैशाखको धुप भन्यो न साउन भदौको पानि, न पुस माघको जाडो I दिनरात बारीको बास हुन्थ्यो मेरो I दिन भरि बारीमा काम गर्यो बेलुका घर फर्कियो छोरा छोरि आमा भन्दै अघि पछि हुन्थे I छोरा छोरि काखमा बसेपछि दिनभरिको थकान आफै हराउथ्यो I पानि प्यास लागे, ठेकी को मोही एक माने लोटा भरि सारेर पियो I चुलोमा कुरेर बसेको चिसो भात त्यस्मा साधेको गुन्द्रुक मोलेर खायो, आहा जति खायो त्यती मिठो पेट भरिए पनि मुख नै नघाउने I खिड्की को छेउमा बिजाउने गुन्द्री त्यसमा पातलो तन्दा बिच्छायो सुत्यो, निन्द्रा कति मिठो लाग्ने I मछेड को समधुर सोर कानमा गुन्जदा पनि निन्द्रालाई कुनै असर नपर्ने I खै आज कहाँ गयो त्यो मिठो निन्द्रा ? कहाँ गयो त्यो मिठो भोक ? ति रमाईला दिनहरु ? त्यो मिठो हासो ? कहाँ छ आफन्तको साथ ? कहाँ छन् छोराछोरि आमा भन्दै काखमा लुटुपुटु हुने ? भौतिक सुबिधाको लालचले आज ति दिनहरु अतित बन्न पुगे l यादहरु सम्झनामा मात्र सिमित रहन पुग्यो I कठै बरी हामि नेपालीको जिन्दगी I प्रवाशमा जति बाहिरी हासो देखाए पनि त्यही प्यारो गाउ घरको सम्झनाले पक्कै पनि प्रतेक प्रवासीको मन रोहेको छ :( :( :( :( :(:(

( धन्यवाद )
सम्झना पन्त
( चितवन )
हाल इजरायल
 


संघर्ष गर्दा गर्दै थाकेको जिवन, बहकिएको भावाना I शिर्षक ( पिंजराको चरा )

Samjhana Panta

हेर्नेहरु सबै भन्छन् ! कठै ''चरा'' पखेटा फिजाउदै स्वतन्त्र भएर आकाशमा उड्नु पर्ने पिंजरामा थुनेर राखेको छ I पापी मानव I
बाहिर बाट त्यो चराको स्वतन्त्रता हनन गरेको देखिएता पनि त्यो चराले स्वतन्त्रतामा भोगेको पिडा मैले नजिक बाट नियालेकी छु I खुल्ला आकाशमा 'ऊ' उड्दा चर्को घामले पोलेको हुन्छ I पानिले रुझाएको हुन्छ I असिनाले चुटेको हुन्छ I हुरी बतासले अल्लो छेउ र पल्लो छेउ पुर्याएको हुन्छ I बास बस्ने गुड नै उडाएको हुन्छ I शिकारीले वाण हानि उसको जीवनलाई नै शिकार बनाएको हुन्छ I
कहिले काही म खुल्ला आकाशमा उडेको चरा भन्दा पिंजरा भित्र बसेको चरा हेर्न मन पराउछु I किनकी 'ऊ' सुरक्षित छ I
कहिले काही' म त्यो चरा जस्तै सुरक्षित पिंजराको चरा बन्न मन पराउछु I मलाई त्यो पानिले नरुझावस् I असिनाले नचुटोस् I बतासले न उडाओस् I शिकारीले शिकार नबनाओस् I प्रतेक बर्ष त्यो हुरी बतासले मेरो बास नउडाओस् I हो म त्यही पिंजराको चरा बन्न मन पराउछु जहाँ स्वतन्त्रताको खुल्ला पिंजडा होस् I म त्यो पिंजरा भित्र पखेटा फिजाएर नाच्न सकु I खुलेर हास्न सकु I शान्तिले बाच्न सकु I आउ मनाव मलाई यो स्वतन्त्र जिबन बाट त्यो पिंजरा भित्रको जिबनमा लैजाउ I आउ बचाउ मलाई त्यो घाम पानि हुरी बतास र ति पापी शिकारीहरु बाट I
नोट ;-
यदि पति र पत्नी बीच माया विश्वास र समर्पण भयो भने बिवाह बन्धन हुदैन I बिवाह सुरक्षा हो I सुरक्षा भित्र रहेको सुन्दर फूलहरुको बगैचा हो जुन फुल बारीमा नाच्ने हास्ने पति पत्नी I
( धन्यवाद )

लाख लाख धन्यबाद सम्पुर्ण मानवीयताका पुजारी लायन्स क्लव अफ काठमाडौं गोङ्गबु आवास क्षेत्र परिवारलाई


विगत केहि समयदेखि मानवेवा आश्रमलाई नजिकबाट प्रेम, साथ अनि सहयोग प्रदान गर्दै आइरहेको लायन्स क्लव काठमाडौंले आज आश्रमका लक्ष्मीनारायणहरुलाई जाडोमा ताते पानी पिलाउनको लागि पानी तताउने कित्ली, थर्मस, भान्साको लागि मिक्सचर तथा अन्य जिन्सी सहयोग सामाग्री स–प्रेम हस्तान्तरण गरेको छ । कार्यक्रममा लायन्स क्लव अफ काठमाडौंका B1 डिस्ट्रिक गभर्नर बालकृष्ण बुर्लाकोटीज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मानवसेवा गोङ्गबु आवास क्षेत्र लायन्सका अध्यक्ष आदरणीय भरत खत्रीज्यू लगाएत करिब २० जना लायन्स परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो । सहयोग सामाग्री लायन्स क्लव अफ काठमाडौंका गोङ्गबु आवास क्षेत्रका निवर्तमान अध्यक्ष आदरणीय सुनिल कुमार श्रेष्ठज्यूले गर्नुभएको थियो । काठमाडौंका B1 डिस्ट्रिक गभर्नर बालकृष्ण बुर्लाकोटीज्यूले सदैव लायन्स दिनदुखीहरूको सेवामा समर्पित हुनेगरेको बताउदै मानवसेवा आश्रममा सेवा गर्न पाउँदा खुशी लागेको अनुुभव सुनाउनु भयो भने मानवसेवा आश्रम आफ्नो घर आगनको संस्था भएकोले पनि लायन्स क्लव यस संस्थाको सेवाकार्यमा सदैव हातेमालो गर्न रहेको र सदैव हातेमालो गर्दै अघि बढे् लायन्स क्लव अफ इन्टरनेश्नल काठमाडौं गो.आ.क्षे का अध्यक्ष भरत क्षेत्रीज्यूले जानकारी गराउनुभयो ।



मानवसेवा आश्रमको सेवाकार्यलाई थप सहज र सरल बनाउ पुर्याउदैं आउनुभएको सहयोगप्रती सम्पुर्ण लायन्स क्लव परिवारप्रती सादर नमन तथा हार्दिक आभार प्रकट गर्न चहान्छौं ।मानवसेवा अाश्रमबारे थप जानकारीकाे लागिफाेन ०१४३५७५६३,९८५५०७६००४












Published on Dec 25, 2016

सक्दो शेयर गर्नुहोस l
Patanjali Surshala Idol Folk Round Special Part 2 - Episode -12
नेपाली बाल प्रतिभाको खोजी गरी उनिहरुलाई धेरै भन्दा धेरै अवसर प्रदन गर्ने उदेश्यले गरिएको राष्ट्रब्यापी बाल गायन प्रतियोगीत पतंजली सुरशाला आइडल जूनियरमा उत्क्रिश्ठ १० को छनोट भैसकेको छ सुरशाला फाउन्डेशन र सुरशाला म्युजिक एकेडेमीको उदेश्य धेरै भन्दा धेरै प्रतिभशाली बाल प्रतिभालाई उचित अवसर प्रदान गरी अगाडी बढाउनु हो तसर्थ सपूर्ण नेपाली संगीत प्रेमी दाजुभाई तथा दिदिबहिनीहरुले आफुलाई मन परेको बाल सहभागीहरुलाइ यु-ट्युब मार्फत बढी भन्दा बढी भोट् दिएर बढी भन्दा बढी शेयर तथा कमेन्टस् गर्नुहोस l यसरी निर्णयकको ६० प्रतिशत र दर्शको 40% यु-ट्युब भोट्का आधारमा मात्र अबका प्रतिस्पर्धिहरुले अगाडि बढ्ने मौका पाउनेछन l संसारभरिबाट आफुलाई मन परेको कुनै पनि सहभागी तथा बाल बिजेतालाई सुरशाला फाउन्डेशन सँग सहकार्य गरी पुरुस्कार स्वरुप बिभिन्न उपहार प्रदान गर्न सक्नुहुनेछ l साथै हाम्रा उत्क्रिश्ठ १० मध्ये वा विजेतालाई सुरशाला फाउन्डेशनसंग सहकार्य गरी देश बिदेश बिभिन्न स्थानहरुमा कार्यक्रम आयोजना गर्न सक्नुहुनेछ, यसरी नेपाली बाल प्रतिभाको कलाको कदर पनि हुनेछ उनिहरुलाई अवसर आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्नेछ र समस्ठ नेपाली गीत संगीतको प्रम्परा अनी संसारभर प्रचार प्रसार पनि हुनेछl
Contact us:
SURSHALA FOUNDATION
SURSHALA MUSIC ACADEMY
JHAMSIKHEL SANEPA LALITPUR NEPAL
PH. 015013517, 9841627058
surshalamusic@gmail.com

"हाम्री आमाको संस्कार र  ममताको मान हो यो ।
महिलाको  सम्मान अनि असल पुरुषको सान  हो यो ।"
बैनी Asaru Shrestha का यी दुई हरफ सापटी लियका छौं।
बाँकी  जस्ताको तस्तै स्पेन निवासी सन्तोश श्रेस्ठ जि को फेसबुक बाट।"डाक्टरले नसक्ने भनेपछि ....... 

    उनि बिहान उठ्न नै गार्हो हुन्छ बिस्तारामा थोरै  फराकिलो ठॉउ बनाएर घिर्सदै बेडको डिलमा आयर उठ्छिन् । सोफामा बस्दा पनि अफ्ट्यारो  हुने , मेसिनमा कपडा राख्ने या झुक्नु पर्ने काम गर्न त निकै गार्हो , घरमा लिफ्ट छ तर अन्तिममा बॉकी रहेको एकदुई खुट्किला झर्दा पनि भित्ताको सहारामा झर्नु पर्ने यावत अफ्ट्याराहरु हुने रहेछन् मैले त्यतीबेला देखि नै उनका हरेक कुराहरुलाई गौण गरेर हेरे जब डाक्टरले उनीलाई  काम गर्न नसक्ने अब उनको पेट धेरै ढुलो भई सक्यो भने । उनको कम्पनिले पनि लिईरहेको सबै सुबिधा यथाबत रहने गरि शुभकामना सहित छुट्टी दियो ।


           मेट्रो बसमा पनि छुट्टै सिट बनाईएको छ । उनलाई देख्ने बित्तिकै सबैले सिट छाडिदिन्छन् । हस्पिटलमा उनि जस्ता सबैको लागी बिशेष कक्ष राखिएको छ । छुट्टै जानकारी दिनका लागी समेत उनि क्लासलिन जान्छिन् । हस्पिटलमा डाक्टरले जॉची सके पश्चात बिभिन्न सामाजिक संध सस्थाले उपलब्ध गराईएका गिफ्ट प्याकहरु दिन्छन् निकै खुशि साथ शुभकामना दिन्छन् घरमा ल्यायर खोलेर हेर्दा बच्चाको लागी किताब निप्पलहरु हुन्छन् । यि याबत कुराहरुले मलाई लाग्छ एउटा बच्चाले जन्म  लिदै गर्दा आमाले मात्र हैन पुरै समाज ,जान अन्जानका मान्छेहरु खुशी भईरहेका छन् रमाईरहेका छन् साथदिईरहेका छन् । उनलाई खुशिका साथ डिनर ईन्भाईट गर्ने जस्तो कुराहरुले मलाई आफ्नो समाजिक घेरामात्र हैन  मानब सृष्टिमा देखिएको मानबताले निकै छुन्छ । प्राय सबैले मॉया गर्छन आफ्नो श्रीमतीलाई झन् दुई जिउकी हुदा ख्याल नगर्ने श्रीमान त कोनै होला तर यो मानबतालाई ,साथी आफन्तजनको मॉया, उनका खुशि र परेका अफ्ट्याराहरु अक्षरहरुमा कोर्न चाहान्थे कलम चलाउन मन लागिरहेको थियो । 

   एक दिन त उनि ठुलो पेट लियर काममा जॉदा सार्है दुख लाग्यो रिस उठ्यो अनि यो बिदेशको कार्डलाई "कुल्लीको लाईसन" संग तुलना गर्दै लामो लेख लेखे तर पोष्ट गर्ने सकिन कारण मैले काम गर्ने कम्पनिको डाईरेक्टरले उनको स्वास्थ्यको लागी ख्याल गर्नु भनि जतिबेला पनि आबश्यक परे घर जानु भनि छुट दिएकी छन् त्यहा पनि करिब सबै हाम्रो नयॉ आगमन  हुने बच्चाको स्वास्थ्यको चासो राख्छन् । यहॉका डाक्टर नर्सहरु उनले पायको सहानुभुती र सुबिधाका कारण त्यो लेखलाई पोष्ट गर्न मेरो नैतिकताले दिएन हामी यहॉ कामदार होईन उनिहरु सरह नै सुबिधा मॉया र सम्मानका साथ बॉचेका छौं । क्षणिक आबेगमा आएर लेखियको त्यो लेख मैले पोष्ट गरिन ।


   दिन बित्दै थिए उनि र घॉम ताप्न निस्कियौं । बाटोमा उनको जुत्ताको तना फुस्कियो उनि आफैले बॉध्न सक्ने अबस्था रहेन मैले बॉधिदिए र अधि बढ्यौ । अलि अघि पुगेपछि मलाई त्यो पलको तस्बिर लिन मन लागे जस्तो भयो र एउटी चाईनिज केटिलाई फोटो खिचिदिन अनुरोध गर्दै हामिले फेरी त्यो पलको फोटो खिच्यौ। उनले त मेरो कपाल आयो मुखमा त्यो फोटो पोष्ट नगर्नु भन्दै थिईन् तर मलाई त्यो फोटो कता कता आफै बोलिरह्को जस्तो लाग्यो अनि कुनै क्याप्सन नलेखि फोटो पोष्ट गरे । हिजो प्रकाशित जुत्तामा  तना बाधिदिदै गर्दाको हाम्रो फोटो धेरै ठॉउमा प्रकाशित भएछ ।

     मेरो चाहाना यसले आमा बन्दै गरेकी महिलाको भाब कोरोस् भन्ने थियो । आफ्नी श्रीमतीको मात्र हैन जो सुकै आमा बन्न लागेकी महिलाको हामीले जुत्ताको तुना बाध्दा केही हुदैन भन्ने आशयका लागी थियो । बिदेशमा जस्तै हाम्रो देशमा बस र मेट्रोमा सिट छोडिदिन प्रेरीत होस् भनिनेमा थियो । समग्रमा यहॉको सिस्टम मानबता र बिदेशी भनी पटक्कै अपहेलना नगरी मॉया ममता दिने यहॉका डाक्टर र संध सस्थाहरु प्रतीको झुकाबले मलाई समेत झुकायको अबस्थाको थियो। हाम्रो संसारमा आउदै गर्न लागेको पेट भित्रको शिशुको सम्मान र पेट भित्रै उ मुस्कुराओस् भन्नका लागी थियो ।

यसलाई निकै महत्वदिनु हुने , राम्रो नराम्रो , जान अन्जानमा प्रतिकृया दिनुहुने सबैलाई धेरै धेरै धन्यबाद ।"

पढ्नुभयकोमा www.missyounepal.com परिवारको तर्फबाट हार्दिक धन्यबाद। आशा छ यी मिठा अनि यथार्थ कुरा हरु बाट सबैको मन बदलिनेछ, समाजमा यस्तै राम्रो सँस्कारको बिकास हुनेछ। हरेक घरपरिवारमा आमा तथा आमा बन्न लागेका सबैलाई माया एवं सम्मानको नजरले हेरिनेछ।

"हाम्री आमाको संस्कार र  ममताको मान हो यो ।
महिलाको  सम्मान अनि असल पुरुषको सान  हो यो ।"
-Asaru Shrestha



विभिन्न सामाजिक संस्था हरु तथा दुखी पिडित हरुलाई दिल खोलेर सहयोग गर्दै आउनुभयका श्रेस्ठ दम्पतिको सामाजिक सन्जाल/अनलाईन मिडिया हरुमा सार्बजनिक भयको जुत्ताको तुना बाध्दै गरेको तस्बीरहरु धेरैले देखिसक्नुभयको छ, मन वचन र कर्मले सुन्दर यो जोडिको केही अन्य तस्बीर हरु यहाँ राखियको छ। 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.