Articles by "मन छुने कुरा"

Showing posts with label मन छुने कुरा. Show all posts

त्यो स्वर्ग समान भूमीमा यो सानो प्रयासले एक जना विदेशी पर्यटक मात्र भित्राउन सकेँ भने धन्य हुनेछु।

Pradeep Chapagain feeling proud 

Sydney, Australia.

आजबाट यसरी आफ्नो कार पछाडी नेपाल बोकेर गुडिने निर्णय गरियो।स्वदेश बाट सात समुन्द्र पारी नै भएपनी मनभरी तिनै हिमाल,मठ-मन्दिर,छाँगा छहरा,ताल तलैया र संस्कृति छन्।त्यो स्वर्ग समान भूमीमा यो सानो प्रयासले एक जना विदेशी पर्यटक मात्र भित्राउन सकेँ भने धन्य हुनेछु।र यो प्रयासमा म एक्लो छैन किनकी सिड्नीका अन्य थुप्रै साथीहरुले पनि यसको लागि हातमा हात मिलाउनुभएको छ।जय नेपाल फाउन्डेसनका साथीहरु र यो अभियानका सम्पूर्ण सहयात्री मित्रहरुलाई सलाम ।। #JaiNepal #VisitNepal#PromoteNepal #TogetherWeCan


"हाम्री आमाको संस्कार र  ममताको मान हो यो ।
महिलाको  सम्मान अनि असल पुरुषको सान  हो यो ।"
बैनी Asaru Shrestha का यी दुई हरफ सापटी लियका छौं।
बाँकी  जस्ताको तस्तै स्पेन निवासी सन्तोश श्रेस्ठ जि को फेसबुक बाट।"डाक्टरले नसक्ने भनेपछि ....... 

    उनि बिहान उठ्न नै गार्हो हुन्छ बिस्तारामा थोरै  फराकिलो ठॉउ बनाएर घिर्सदै बेडको डिलमा आयर उठ्छिन् । सोफामा बस्दा पनि अफ्ट्यारो  हुने , मेसिनमा कपडा राख्ने या झुक्नु पर्ने काम गर्न त निकै गार्हो , घरमा लिफ्ट छ तर अन्तिममा बॉकी रहेको एकदुई खुट्किला झर्दा पनि भित्ताको सहारामा झर्नु पर्ने यावत अफ्ट्याराहरु हुने रहेछन् मैले त्यतीबेला देखि नै उनका हरेक कुराहरुलाई गौण गरेर हेरे जब डाक्टरले उनीलाई  काम गर्न नसक्ने अब उनको पेट धेरै ढुलो भई सक्यो भने । उनको कम्पनिले पनि लिईरहेको सबै सुबिधा यथाबत रहने गरि शुभकामना सहित छुट्टी दियो ।


           मेट्रो बसमा पनि छुट्टै सिट बनाईएको छ । उनलाई देख्ने बित्तिकै सबैले सिट छाडिदिन्छन् । हस्पिटलमा उनि जस्ता सबैको लागी बिशेष कक्ष राखिएको छ । छुट्टै जानकारी दिनका लागी समेत उनि क्लासलिन जान्छिन् । हस्पिटलमा डाक्टरले जॉची सके पश्चात बिभिन्न सामाजिक संध सस्थाले उपलब्ध गराईएका गिफ्ट प्याकहरु दिन्छन् निकै खुशि साथ शुभकामना दिन्छन् घरमा ल्यायर खोलेर हेर्दा बच्चाको लागी किताब निप्पलहरु हुन्छन् । यि याबत कुराहरुले मलाई लाग्छ एउटा बच्चाले जन्म  लिदै गर्दा आमाले मात्र हैन पुरै समाज ,जान अन्जानका मान्छेहरु खुशी भईरहेका छन् रमाईरहेका छन् साथदिईरहेका छन् । उनलाई खुशिका साथ डिनर ईन्भाईट गर्ने जस्तो कुराहरुले मलाई आफ्नो समाजिक घेरामात्र हैन  मानब सृष्टिमा देखिएको मानबताले निकै छुन्छ । प्राय सबैले मॉया गर्छन आफ्नो श्रीमतीलाई झन् दुई जिउकी हुदा ख्याल नगर्ने श्रीमान त कोनै होला तर यो मानबतालाई ,साथी आफन्तजनको मॉया, उनका खुशि र परेका अफ्ट्याराहरु अक्षरहरुमा कोर्न चाहान्थे कलम चलाउन मन लागिरहेको थियो । 

   एक दिन त उनि ठुलो पेट लियर काममा जॉदा सार्है दुख लाग्यो रिस उठ्यो अनि यो बिदेशको कार्डलाई "कुल्लीको लाईसन" संग तुलना गर्दै लामो लेख लेखे तर पोष्ट गर्ने सकिन कारण मैले काम गर्ने कम्पनिको डाईरेक्टरले उनको स्वास्थ्यको लागी ख्याल गर्नु भनि जतिबेला पनि आबश्यक परे घर जानु भनि छुट दिएकी छन् त्यहा पनि करिब सबै हाम्रो नयॉ आगमन  हुने बच्चाको स्वास्थ्यको चासो राख्छन् । यहॉका डाक्टर नर्सहरु उनले पायको सहानुभुती र सुबिधाका कारण त्यो लेखलाई पोष्ट गर्न मेरो नैतिकताले दिएन हामी यहॉ कामदार होईन उनिहरु सरह नै सुबिधा मॉया र सम्मानका साथ बॉचेका छौं । क्षणिक आबेगमा आएर लेखियको त्यो लेख मैले पोष्ट गरिन ।


   दिन बित्दै थिए उनि र घॉम ताप्न निस्कियौं । बाटोमा उनको जुत्ताको तना फुस्कियो उनि आफैले बॉध्न सक्ने अबस्था रहेन मैले बॉधिदिए र अधि बढ्यौ । अलि अघि पुगेपछि मलाई त्यो पलको तस्बिर लिन मन लागे जस्तो भयो र एउटी चाईनिज केटिलाई फोटो खिचिदिन अनुरोध गर्दै हामिले फेरी त्यो पलको फोटो खिच्यौ। उनले त मेरो कपाल आयो मुखमा त्यो फोटो पोष्ट नगर्नु भन्दै थिईन् तर मलाई त्यो फोटो कता कता आफै बोलिरह्को जस्तो लाग्यो अनि कुनै क्याप्सन नलेखि फोटो पोष्ट गरे । हिजो प्रकाशित जुत्तामा  तना बाधिदिदै गर्दाको हाम्रो फोटो धेरै ठॉउमा प्रकाशित भएछ ।

     मेरो चाहाना यसले आमा बन्दै गरेकी महिलाको भाब कोरोस् भन्ने थियो । आफ्नी श्रीमतीको मात्र हैन जो सुकै आमा बन्न लागेकी महिलाको हामीले जुत्ताको तुना बाध्दा केही हुदैन भन्ने आशयका लागी थियो । बिदेशमा जस्तै हाम्रो देशमा बस र मेट्रोमा सिट छोडिदिन प्रेरीत होस् भनिनेमा थियो । समग्रमा यहॉको सिस्टम मानबता र बिदेशी भनी पटक्कै अपहेलना नगरी मॉया ममता दिने यहॉका डाक्टर र संध सस्थाहरु प्रतीको झुकाबले मलाई समेत झुकायको अबस्थाको थियो। हाम्रो संसारमा आउदै गर्न लागेको पेट भित्रको शिशुको सम्मान र पेट भित्रै उ मुस्कुराओस् भन्नका लागी थियो ।

यसलाई निकै महत्वदिनु हुने , राम्रो नराम्रो , जान अन्जानमा प्रतिकृया दिनुहुने सबैलाई धेरै धेरै धन्यबाद ।"

पढ्नुभयकोमा www.missyounepal.com परिवारको तर्फबाट हार्दिक धन्यबाद। आशा छ यी मिठा अनि यथार्थ कुरा हरु बाट सबैको मन बदलिनेछ, समाजमा यस्तै राम्रो सँस्कारको बिकास हुनेछ। हरेक घरपरिवारमा आमा तथा आमा बन्न लागेका सबैलाई माया एवं सम्मानको नजरले हेरिनेछ।

"हाम्री आमाको संस्कार र  ममताको मान हो यो ।
महिलाको  सम्मान अनि असल पुरुषको सान  हो यो ।"
-Asaru Shrestha



विभिन्न सामाजिक संस्था हरु तथा दुखी पिडित हरुलाई दिल खोलेर सहयोग गर्दै आउनुभयका श्रेस्ठ दम्पतिको सामाजिक सन्जाल/अनलाईन मिडिया हरुमा सार्बजनिक भयको जुत्ताको तुना बाध्दै गरेको तस्बीरहरु धेरैले देखिसक्नुभयको छ, मन वचन र कर्मले सुन्दर यो जोडिको केही अन्य तस्बीर हरु यहाँ राखियको छ। 

निक्कै मार्मिक लाग्यो ।

तिमी बिरामी हुँदा केवल उनिले तिम्रो ख्याल राख्छिन र उनी बिरामी हुँदा पनि निरन्तर तिम्रै ख्याल राखिरहन्छिन। -- किनकी उनी आमा हुन ।


यो फोटोले मुटु नै चिमोटेको झै भयो!
साच्चै मान्छे कति निर्दयी हुन्छ है आफ्नै छोराछोरी पाले झै पालेर जनावरको हत्या गरी आफू अघाउँछ!!
- बुद्धि सागर

फोटो र शब्द हरु लाई जस्ले मिलायर राख्नुभएको भए पनि , सन्देश मुलक भयकाले यो तस्बिरमा जस्को बुवा हुनुहुन्छ कृपया गारो नमान्नुहोला। यो तस्बीरको बुवाको तथा लेखियका शब्द हरुको माध्ययम बाट निक्कै कठोर मन भयका छोरा छोरी लाई पनि पगालेर आमा बाबा लाई माया गर्ने फोन गर्ने बनाउन सफल भयको छ।

यश अघि पनि पोस्ट गरियको थियो, आजकल मात्र फेसबुकमा हाम्रो पेज Miss You Nepal लाईक गर्नुहुने हरुको लागि पुन: पोस्ट गरियको छ।

सबैले  बाबा आमा लाई माया गरौं सम्मान गरौं फोन गरौं खुसी राखौं।

सबैले एकैचोटी भने"मान्छे हरु अरुमा खाली कमजोरी मात्रै खोज्ने बानी नभए कस्तो हुन्थ्यो।।"

"ठूलो मान्छे होइन ! असल मान्छे बन्नु पर्छ "

जव म नेपालको कल्पना गर्छु त्यतिवेला तिनै गरिव दाजुभाई तथा दिदिबहिनीहरूको तस्बिर मेरो अगाडि आउछन ।मैला लुगा लगाएको ,खान नपाएको र रोगी अनुहारको तस्विर ,अनि मलाई लाग्छ हाम्रो देश तीनै रोगी खान नपाएका अनुहारको हो ।त्यसो हुनाले त्यहि खान नपाएको पेटमा अन्न जाओस भनेर ,हास्न नपाएको ओठमा हासो आओस ,रोगीले औषधीमुलो पाओस ,नानीबाबुहरूले पढन पाउन भनेर नै हामी राजनितिमा लागेका हौ ,मन्त्री हौला ठुला ठुला कुर्सीमा बसौला भनेर राजनितिमा लागेका होईनौ ! भन्ने खालको सकरात्मक सोच राखी देश निर्माण तिर लाग्नु भएमा, समृद्धि नेपाल बन्छ ।
- Anju Kc

Contact Form

Name

Email *

Message *

Powered by Blogger.