August 2016

निमन्त्रणा । निमन्त्रणा ।। निमन्त्रणा ।।।

यहि मिति २०७३ भाद्र १६ र १७ गते हरितालिका तिजको अवसर पारी कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा तिजको शुभकामना एव सास्कृतिक कार्यकम हुन गहिरहेको हुदा संम्पूर्ण शुभचिन्तक तथा सहयोगी दाताहरुमा हार्दिक आमन्त्रण गर्दछौ ।

आयोजक
साहित्य कला संगीत केन्द्र
----------------------------
प्राथी
साहाराको घर
----------------------------------
नोटः प्रवेश निशुल्क छ ।

सरल हाइकु

गर्न सहज
जुनसुकै काम पनि
एकजुट भई ।

अन्धो  नै हुने
घुम्ने कुर्चीमा बस्दा
मान्छेको जात   ।

आँखाका डिल
स्मृतिहरू उर्लिंदा
निथ्रुप्पै हुन्छन् ।

झुक्न जान्दिन
जस्तो पनि सहन्छु
म त नेपाली ।

- उमापती भुसाल

twelve body organs:

1. Kidney (मृगौला)mirgaula

2. Liver (कलेजो)kalejo

3. Lungs (फोक्सो)fokso

4. Pancreas (अग्न्याशय)agnyasay

5. Intestine (आन्द्रा)aandra

6. Brain (मस्तिष्क)mastisk

7. Heart (मुटु)mutu

8. Urinary Bladder (मुत्र थैली)mutra thaili

9. Gall Bladder (पित्ताशय)pittasay

10. Urethra (मुत्रमार्ग)mutra marga

11. Esophagus (अन्नप्रणाली)anna parnali

12. Spinal Cord (मेरुदण्ड)merudanda

कतारको लागि आबस्यकता इछुक ले सम्पर्क गर्न सक्नु हुन्छ  salary 52000/ 60000/66000 सम्पर्क सेखर देव कुन्वर कमेन्ट मा आफ्नो फोन न. लेख्न सक्नु हुनेछ विशेष गल्फ मा काम गर्नु भैसकेको को लागि विशेष प्राथमिकता दिइनेछ मेरो इमो भाइबर न. 0097477205968
- शेखर कुँवर- कतार

आज ,बिर्सिएर ती सब
नया ,आफू बन्न मन छ,
टक्ट्क्याएर, ती बदनामी का धुलोहरु,
सफा जीवन, जिउन मन छ।

पखालेर ,दुखका छिटाहरु,
केवल ,खुसी अङाल्न मन छ,
भुलेर, ती ज्यादती अत्याचार
चैनको श्वास फेर्न मन छ।

आज,बगाएर आँसुले ,ती कुण्ठाहरुलाई ,
सिमलझै ,कतै उड्न मन छ,
ती तिखा ,बचनका काढा भुलेर,
फुलझै , मुस्कुराउन मन छ।

पछ्याइरहने ,त्यो दुस्वप्न भुलेर
चैनको निदमा डुब्न मन छ,
कहालीलाग्दो, अतीत त्यागेर ,
सुनौलो भविस्य अङाल्न मन छ।

आज छोडेर ,त्यो बिरानो शहर ,
नया बस्ती ,बसाउन मन छ,
कानेखुसी ,कसैको सुन्नैु नपरोस,
सधैको, परदेशी बन्न मन छ।

- रजनी ढुङ्गाना

ए,जलेर खरानी बन्ने हरु

तिमीलाई , थाहै रहेनछ,
यहाँ झिंगाको सरापले डिङा मर्दैन
तिमिले,शिरै कुल्ची हिडेपनि,
मेरो स्वाभिमान ,डगमगाउन्न।

खुट्टा तान, काखी बजाउ,
यात्रा ,मेरो टुंगिदैन,
पखेटा नै चुडेपनी,
उडान मेरो,रोकिदैन।

ए, डाहाले मर्नेहरु,

तिमीलाई पत्तै रहेनछ,

सगरमाथा हो, अडान मेरो ,
चुथ्थो, ईष्र्याले अब झुक्दैन,
नेलै ठोक पैतालामा,
लक्ष्य,मेरो फेरिदैन

छोप्न खोज्छौ, हत्केलाले,
ज्योती मेरो, छेकिदैन,
कल्पनाको ,सन्सार मेरो,
पिजडामा ,थुनिदैन।

खिसी गर , खिल्ली उडाउ,
जीवन,मेरो फेरिदैन,
आँखा तर ,गाली बर्साउ
फर्किएर, हेर्ने छैन।

ए झुठो थपडी मार्नेहरु,
एउटा कुरा ,होश गर,

सफलताकै शिखरमा,पनि
भुइमै रह्न्छ पाउ ,मेरो
चाप्लुसीको प्रसंशाले,
अहंकार ,घमण्ड बढ्ने छैन।

-रजनी ढुङ्गाना,कुबेत

नेपाली कमेडी सिरियल "पुर्पुरो" छिट्टै आउँदैछ- फेवा टेलिभिजन तथा YouTube मा ।
आशा छ तपाईहरुलाई पक्कै मन पर्ने छ।
"Purpuro" new comedy serial coming soon only on fewa television n YouTube
शुरेश थापा "दर्शने"

नमस्कार सम्पूर्णमा आउदैगरेको हरितालिका तिजको हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछौ l

साथीहरु अबमात्र ३ दिन बाकी छ ,टिकट बुकिंग गर्न नभुल्नु होला मात्र १०० सेकेल

       तीज बिशेष कार्यक्रम मुख्य आयोजक nrn साथमा चितवन समाज इजरायल लगायत अन्य सस्थाहरुको सहआयोजनामा तेलाविव को युनिभर्सिटी मा आउदो शुक्रबार हुदैछ l बेलुका ८; बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपालबाट ख्याती प्राप्त कलाकारहरुको उपस्थितिले इजरायल गुन्जयमान हुदैछ , करिब १६ ओटा सस्थाको आयोजनामा हुने यस कार्यक्रम आज सम्मकै उत्कृस्ट हुने आयोजकको दाबी छ l करिब १४०० जनाले आरामदाई सिटमा बसी हेर्नमिल्ने उक्त हलमा बिशेष सेक्युरेटीको तयारी गरियको छ l एसी सहित, इजरायली पुलिस बाट पूर्णरुपले सुरक्षा दिने उक्त हलमा कुनै झैँ झगडा होला भनि संका गर्नु बेकार छ l  हाम्रो कार्यक्रमको टिकट  दर मात्र १०० भएको जानकारी गराउदछौ l टिकट बिना हल भित्र त परै जाओस बस भित्र भित्र पनि छिर्न नदिन १६ ओटा सस्थाले करिब ३० जनाको टोलि  तयारी गरेको सबैलाई जानकारी दिन चाहन्छौ l आउन जना दुवै तर्फी यातायातको ब्यबस्था रहेको छ , बेलुका हलमा नै दर खुलाईने छ भने भोलि पल्ट शनिबार दिउसो ११ बजे बाट चितवन समाज इजरायलले सम्पूर्ण चितवन वासीलाई दर खुलाउने तयारी गरेको हुनाले सम्पुर्णलाई यसै सूचना मार्फत निमन्त्रण  गर्दछौ l  करिब ८० जनाको स्वयंम सेवक टोलि रहेको उक्त कार्यक्रममा हरेक तबरबाट दर्शकलाई सेवा सुबिधाको प्रबन्ध गरेको हुदा यस्तो बिशेष कार्यक्रम हेर्न नभुल्नु होला हामी पुन: एक पटक हार्दिक निमन्त्रण गर्दछौ , यस कार्यक्रमलाई भब्य र सभ्य पारिदिन हुन हजुर हरुको उपस्थितिका लागि अनुरोध गर्दछौ l कार्यसमिति साथीहरुले कसले के काम गर्नु पर्ने सस्थाले सक्दो चाडो नाम्लिस्ट तयार गर्दै छ l आफ्नो आफ्नो स्थान बाट आफ्नो जिम्बेबारी पुरा गर्नहुन सबैमा हार्दिक अनुरोध गर्दछौ l

कुनैपनि बेला नेतृत्व टोलीबाट कामको लागि कल आयमा तयारी हुनुहोला l   

पुन तिजको हार्दिक शुभकामना ब्यक्त गरद्छौ धन्यवाद                                                                    चितवन समाज इजरायल
महासचिव:- नयन सापकोटा रामु

रमाईलो तीज कार्यक्रम - कोरिया
सेप्टेम्बर ४ तारिक
सबैलाई चुल्हे निम्तो छ ।

नेपाली कला संस्कृतिलाई माया गरौं,कलाकार तथा प्रतिभालाई सम्मान गरौं,सबैजना सहभागी भयर नेपाली कार्यक्रम सफल पारौं।

कोरियामा झुम्की अक्टोबर 16 मा सर्यो।

छ्याजलो !!
आपत्कालिन राहत कोष वृद्धि तथा नेपाली कला,सस्कृतिको सम्वर्द्धनको खातिर तमु धी
दक्षिण कोरियाले प्रदर्शन गर्न लागिएको नेपाली कथानक चलचित्र झुम्की आगामी  4 सेप्टेम्बरमा प्रदर्शन गर्ने तयारी गरेको थियो।तर झुम्की निर्माण कम्पनीले प्राविधिक कारण जनाउदै
सेप्टेम्बर 4 मा चलचित्र उपलव्ध गराउन नसकिने
जानकारी गराएको हुदा सोही चलचित्र आगामी अक्टोबर 16 मा झोगेसाकै हलमा दिनको 1 बजे प्रदर्शन गरिने जानकारी गराउन चाहन्छौ।यश अघि वितरण गरिएको निमन्त्रणा पत्र तथ टिकट लाई नै  औपचारिक र आधिकारिक मानी टिकट बिक्री बितरन तथा प्रचारप्रसारमा सहयोग पुर्याइ तमुधी को सामाजिक उदेश्य पूरा गर्न सहयोग गरिदिनुहुन    कोरियावासी सम्पुर्ण नेपाली समुदायमा अनुरोध गर्दछौ।साथै नजिकै आउदै गरेको कोरियन पर्व चुसक को शुभकामना दिदै उक्त पर्वको अवसरमा विभिन्न सामाजिक उद्देश्य राखी विभिन्न सस्थाहरुद्वारा आयोजना गत्न गैरहेको सास्कृतिक कार्यक्रमहरुको सफलताको शुभकामना दिन चाहन्छौ।
धन्यवाद ।

तमु धी दक्षिण कोरिया परिवार ।

बिगत लामो समय सम्म दक्षिण कोरियामा सामाजिक अभियन्ताको रुपमा चिनिनु भएकी एनआरएन ( NRNA )कोरियाकी उपाध्यक्ष आदरणिय समाजसेवि दिदि लक्ष्मी गुरुङ ज्यू हाल केहि समयको लागि कोरियन डाक्टर हरूको टिम संग मातृभूमि नेपालमा गएर कास्किको निर्मलपोखरि 3 मा स्वास्थ्यशिविर सन्चालन गरि गरिव तथा असाहे जनताको निशुल्क स्वास्थ्य चेक जाच औषधी तथा ऊपचार को प्रमुख दाईत्व नभिऊदै गरेको खवर सुन्दा धेरै खुसि लागेको छ।दक्षिण कोरियामा रहदा पनि बिभिन्न नेपालिको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आऊनु भएको ऊहालाई प्रायजसो नेपालिले राजनितिक रुपमा असंलग्न समाज सेविको रुपमा चिन्छन।जहा दुख ,समस्या ,पिडा  र कठिनता ऊपस्थित भयको हुन्छ त्यहा लक्ष्मी गुरुगंको नाम आऊनु आजकाल स्वभाविक मानिन्छ।यस्तै मानवताको सहयोगि भावना ऊच्च र निरन्तर रुपमा अघि बढोस साथै दिदि लक्ष्मी गुरुङ ज्यु को पुण्य कार्यप्रतिको सदभाब सबैलाई जानकारी होस ,सहयोगि मनलाई सलाम छ दिदि ।।
-अन्जु केसि

heading to israel for teej special show!!see u soon israel!!
- गायिका जुना प्रसाईं

नेपाली कार्यक्रम लाई माया गर्नुहोला, सहभागी भयर कलाकार को सम्मान गरौं कार्यक्रम लाई सफल पारौं ।
कलाकार हरु सँग रमाईलो गर्ने मौका नगुमाउनुहोला।

मन छोयो - शब्द हरु नमिठा भए पनि सबैले बुझ्न सकेउं भने सबैमा मेलमिलाप हुनेछ, कसै प्रती रिस राग, बैर भाब, लोभ, तछाड मछाड हुनेछैन। सहयोग को भावना जागेर आउँनेछ।

'उडान' को यात्रा सुरु हुन अब १० दिन बाँकी...सिड्नी बाट हामी ईतिहास रच्नेछौं।आउनुहोस् हाम्रो हातमा हात मिलाउन..तपाईंलाई निराश पक्कै पार्ने छैनौं..वाचा भयो ।।
-प्रदिप चापागाँई- अस्ट्रेलिया

गायक तथा शब्द संकलक गौतम अब प्रबाश बाट मोडलिङ तिर चम्कदै।

लक्ष्मण रसाइली।
जाजरकोट को पुर्बी भेग लह जन्मेका वसन्त राज गौतम गायक मात्रै नभएर अहिले म्युजिक भिडियो को मोडेल तिर चम्कदै छन।हाल रोजगारि को शिलशिलामा मलेसिया पुगेका गौतम को पहिलो एल्बम सुर्खेत कि नानी  मा स्वर दिनु भयको छ।त्यो संगै यम राज संग नाता जोडदै छु,फुले पछि झर्नै पर्छ आदि उहाँ का गित रहेका छ्न।सानै उमेर देखि गित संगीत प्रती माया गर्ने तथा मोडेल बन्ने सपना बोकेका गौतम ले भखरै बजार मा आएको आधुनिक गित "हुदैन कि हाम्रो भेट "मा अभिनय समेत गर्नु भयको छ।साथ मा  प्रनिता तामाङ,रबिना मगर,प्रमिता सुनार ले अन्य गित हरुको अभिनय साथ दियको बताउनु हुन्छ। गौतम।पछिल्लो समय मा नयाँ  म्युजिक भिडियो को अभिनय मा ब्यस्त हुनु हुन्छ गौतम ।प्रबाश बाट नै गित संगीत प्रती को साथ मा जुटेका गौतम अहिले दिन प्रतिदिन मोडलिङ मा ब्यस्त हुनु हुन्छ।

जुन सुकै देशमा रहेर आफ्नो गुजारा चलाउनुभए पनि हाम्रो मातृभुमी को रक्षा तथा बिकाशको लागि आ आफ्नो ठाउँ बाट पहल गरौं। देशमा रहेका प्राकृतिक सम्पदा हरुको पनि संरक्षण,सम्बर्दन गरौं।देशका विभिन्न प्रतिभा हरुलाई हौसला दियर अन्तरास्ट्रिय स्तरमा पुर्याऔं।

नमस्कार !
आदरणीय साहित्यकार अग्रज ज्यूहरु , साहित्यिक अनुरागी ज्यू हरु र मुक्तकिला मनहरुमा न्यानो सानो साहित्यिक अभिवादन । मुक्तक को संगालो लिएर उपस्थित भएको छु । मुक्तकहरु के कस्ता छन्  हजुरहरुको राय र सल्लाह अवस्य पनि पठाउनु हुनेछ  भन्दै यहाँहरु समक्ष मुक्तकहरु राख्न गई रहेको छु ।
--शुभद्रा घिमिरे -ललितपुर--

                     १.

नक्कल नगरौं हर प्रश्नको एउटै उतर हुदैन
बिना स्वार्थ माकुराले पनि जालो बुन्दैन
स्वार्थि मन बिकाउ हुन्छ आज यहाँ भोलि कहाँ
दिल दिमागले सहि गलत त्यो पनि गुन्दैन !!

          राधा भट्टराई
               ईटहरी
==============================
                     २.

तिज आयो पदेशमा सबै मिलि रमाउ साथी
तछाड म छाड नगरेर सस्तो सरि लगाउ साथी..
भेट हुन्छ हुन् अर्को साल मिलि जुली मनाउ तिज,
परदेशमै भए पनि मनमा खुसि को जमाउ साथी । 
             निसा क्षेत्री
         झापा ,हाल इजरायल
================================
                ३.

कहिले जून कहिले घाम नबन है  प्रिये
अधरमा बस्ने त्यो नाम नबन है प्रिये
सक्छौ भने जुनी काट्ने बाचा गर अहिले
झुक्याएर  मायाँमा नकाम नबन है प्रिये
           आस्था गौतम
           बारा कलैया , इजरायल
===============================
                  ४.

समयले आज फेरि पुछारमा नै छोडिदियो
सागरमा मिल्न चाह किनारमै अल्मलियो
नदी किनारामा बसेर सोच्दा बगरझैं लाग्छ जीवन -
हेर्दा हेर्दै निष्ठुर समय यो थाहा नपाई बदलियों ।

            भगवती बस्नेत
            बल्खु , काठमाण्डौ
==============================            
                    ५.
आदत बदलिए पनि स्वभाब उस्तै रहन्छ
उकालो चढ्दैन मायाँ संधै ओरालो बहन्छ
मुहारमा झाल्किदिन्छ पीडाका निशानी हरु
ओठले नबोले पनि आँखाले सुस्तरी कहन्छ
           लक्ष्मी अनुरागी
        बोहोराटार काठमाडौँ
===============================
                 ६.

प्रकृतिलाई माया गर्छन रुख काट्छन फेदै बाट
मुखले आकाश पाताल जोड्छन छुरा हान्छन छेदै बाट
कहेको परिचय भन्दा स्वभाव ले चिनाउछ धेरै
जति नकाव ढाकी हिडुन चिनिन्छन  सब भेदै बाट

- बबिता श्रेष्ठ A
सितापाइला काठमाडौं
हाल:- रेखोवोत इजरायल
==============================
                ७.

जनतालाई मारेर कपुतहरुले रास्ट्रको ढुकुटी  लुटिरहेका छन्
विकासको  त कुरै छाडौं बिदेशीको इशारामा  फुटिरहेका  छन्
मेरो देश  लुछाचुंडीको राजनीति सत्ता त कमाइ खाने भाँडो बनाए
नेतृत्व अनि प्रजातन्त्र प्रतिको  विश्वास दिनैपिच्छे  टुटिरहेका छन
               लिला रिजाल
=========================
                 ८.

अरु हँसाई आफु रुन छोडिसके मैले
देब सम्झी पत्थर छुन छोडिसके मैले
कसम खाएँ झुक्ने छैन म कसैको सामु
आसुँ बगाई चोली धुन छोडिसके मैले

रेखा पन्त,गोर्खा हाल इजरायल

===============================
               ९.

तिम्रै लागी ब्रत बस्छु लाउँछु रातो  सारी
सारा जीवन सुम्पेकिछु नजाउ माया मारी
सम्झँदैमा अँगाल्न मन  लाग्छ  तिमिलाई
सागर पारी तिमि छौ र म छू यता  वारी।।

           नीलम भुसाल
         भरतपुर-2 चितवन

==================================
               १०.
नियतले नै गल्ति गर्छ अनि निर्दोस छु भनि पत्थरमा फूल रोप्न खोज्छ ,
म त एक्स्ट्रा अर्डिनरि छु भनि भुंग्रोमा हात  हाल्छ र घाउको सूल छोप्न खोज्छ ,
भन्न पनि कति सजिलो हो.... जिन्दगीमा मात्र एउटा गल्ति थियो,
इमान्दारी र स्वाभिमानी छु भनि भएका भूल  सबै छोप्न खोज्छ

बेलकुमारी घिमिरे
बिराटचोक मोरङ्ग

=================================
                     ११.
आफ्नो संस्कार भुल्नेले जात भात का कुरा गर्दा
पराईको बुई चढी हिड्नेले औकात का कुरा गर्दा
उदेक लाग्छ खुल्ला आकाश लिएर बाँचेकालाई
धनको लालच  देखाउँदै  एकरात का कुरा गर्दा ।
        सुभद्रा घिमिरे
       ललितपुर
         
                 १२.
हे मेरा प्यारा बसेर एक्लै म कति रुने हो
चाहीन्न धन मुग्लान बाट फर्केनि हुने हो
बर्षौ भो किन हरायौ तिमी खबर नगरी
जवाफ देउ कि मुख सधै आँसुले धुने हो

विमला शर्मा ढुंगाना

नमस्कार
आदरणीय अग्रज ज्यूहरु, आत्मीय मनहरु तथा साहित्यिक अनुरागीहरु सम्पूर्णमा न्यानो साहित्यिक अभिवादन !
सदाको बिहिवार झै आज पनि यहाँहरु समक्ष "मुक्तक संगालो "लिएर उपस्थित भएका छौं । हाम्रा कमिकमजोरी हरु औंल्याई दिनुहुनेछ भन्ने पूर्ण अपेक्षा राखेका छौं !!
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
तीजको बेलामा सबै जान्छन माइत
हामी चेली मुग्लान पारी छैन साइत
साथीसाथी मिलेर नाचौँ गाऔ रमाऊ -
जहाँ भए नि रमाइलो गरौं आउ है त !!
.
भगवती बस्नेत
बल्खु, काठमाण्डौं
_____________________________
देख्छु तीजमा दिदीबहिनी माईत जाने लर्को
आउँछन माईती पनि चेली लिन नमानेर झर्को
घर देखी पर सम्म दिदीबहिनीलाई छावोस तिज
नाँच्ने गाउने लहडमा ब्यन्जन नहोस चर्को !!
.
राधा भट्टराई
ईटहरी
_______________________________
रातो साडी लाउने रहर जगाई सक्यो तीजले
कम्मर भाँची नाच्ने रहर लगाई सक्यो तीजले
दुख सुख भुलाएर दिदि बहिनि आपसमा
चेली माइती समिपमा मगाई सक्यो तीजले !!
.
केशु पोखरेल
भरतपुर, चितवन
_______________________________
आफुसंगै दु:खीलाइ नि ख्वाउनु पर्छ मिठो दर
कुसंस्कारको जरा काट्न मान्नुहुन्न अब डर
सिन्दुर पोते चुरा मात्र होइन हाम्रो संसार
आधा आकास ढाकेकाछौं बिकासमा गरौँ भर !!!
.
लक्ष्मी अनुरागी
बोहोराटार काठमाडौँ
_________________________________
हीरा- मोति हैन चुनौ मात्र रातों साड़ी पोते चुरा यसै तीज देखी
हिरा-मोति मात्र होईन चुनौं रातो साडी पोते चुरा यसै तिज देखी
भड्कीलो- विकृति बिरोध गरी जोगाउँ परम्परा यसै तीज देखी
धर्ममा आस्था हुनु पर्छ कर्म गर्नु सधै यहाँ गौण कुरा हो
सक्षम पती माग्ने हैन आफु सक्षम बन्ने गरौ कुरा यसै तीज देखी !!
.
सरला अर्याल
गुल्मी
________________________________
नपठाऊनु आमा तिजको निम्तो आउन म सक्तिन
परदेश बाट तिमि भए ठाउँमा घाउन म सक्दिन
मन त थियो दिदीबहिनी मिलेर मिठो दर खाने
परदेशको कुरा हो आमा आश लाउन म सक्दिन !!
.
आस्था गौतम
बारा कलैया हाल
________________________________
यो सालको तीज पनि खल्लो रहने भयो
माईतीको सम्झना मा आँशु बहने भयो
रातो सारी छमछम पाउजु रहरै रह्यो
प्रदेशी पिडा फेरी यो छोरीले सहने भयो !!
.
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
________________________________
रङ्गिन भो माईतिको आँगन तीज आएपछी
फुरुङग भो मन पनि दाजु लिन नगिज आएपछि
नाचौ ,गाऔ,रमाउ,रुढिबादी बिचाराधारा तोडौ
ग्यास्ट्रिक भो स्वामिज्यु तिम्रो नाममा ब्रत बसी नखाएपछि !!
.
बेलकुमारी घिमिरे
विराटचोक .
______________________________
अहिले साल तीजमा आउँन पाइन् आमा
मन परेको रातो सारी लाउँन पाइन् आमा
कति सम्म खेप्नु पर्ने परदेशको पिडा
माईति घरमा रमाउदै नाच्न पाईन आमा !!
.
निसा कटवाल
झापा नेपाल
_______________________________
राता साडी र तिलहरी लर्काउदै माईत जॉदा हुन्
दिदी बहिनि माईत गएर तिजको दर खाँदा हुन्
दाजुभाई र दिदीबहिनीले कति याद गर्छन होला?
उडेर जान सकिन्न काम र मजबुरी मेरा बाधा हुन्
.
नीलम भुसाल
भरतपुर-2 चितवन
_________________________________
तिजको रहर मलाई पनि लाग्दछ
लगाई लुगा गहना नाच्ने मन जाग्दछ
परदेशको बास छ आफ्नो खुसी हुदैन
त्यसैले त रहरहरु सेलाएर भाग्दछ !!
.
- बबिता श्रेष्ठ A
सितापाइला काठमाडौं
__________________________________
बर्षौं देखि चली आएको तीज मान्न आउ है साथी
मिठो नमिठो जे जे पाक्छ दर सम्झी खाउ है साथी
दुख पिडा यस्तै नै हो जीन्दगीमा आउछ जान्छ
रातो सारी ,कम्मर भाँची नाच्दै गित गाउ है साथी !!
.
लिला रिजाल [ सुबेदी ]
काठमाडौं, सिनामंगल
__________________________________
यो बर्षको तीजमा पनि प्रवासमै हुने भएँ
गाउँ घर सम्झिएर मुटु दुखाई रुने भएँ
सबै जना जम्मा भै' रमाउला भन्थें तर
टुटे ती सपनाहरु आँसुले मुख धुने भएँ !!
.
विमला शर्मा ढुंगाना
काठमाडौ
__________________________________
यसपालिको तीजमा पनि आँउन पाईन आमा
तीजे गीत र डेउडा भाका गाँउन पाईन आमा
परदेश काम यस्तै नियम अनुसार चल्नु पर्ने
रातो सारी चुरा पोते लाँउन पाईन आमा !!
.
सुभद्रा घिमिरे
ललितपुर
__________________________________

निधारमा टिकी, हातमा चुरा लगाएर
फाइबरको रातो, बुट्टे सारी लर्काएर
यसपाली नी तीजमा नाँचौ दिदीबैनी
छम छम पाउमा, पाउजु बजाएर
.
रेखा पन्त
गोर्खा,हाल इजरायल
___________________________________
- राधा भट्टराई ईजरायल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.