November 2016

"नयाँ नेपाल होइन बेट्टर नेपाल बनाउने अभियानमा लागौँ ।"better nepal का अन्तरास्ट्रिय अभियन्ता ओम प्रसाद फुयाल संग गरियको कुराकानी।
-अन्जनी कुमार अधिकारी।


साउदी अरबमा कार्यरत ओम प्रसाद फुयाल पेशाले Rental Division Manager हुनुहुन्छ । बिगत लामो समयदेखि  विभिन्न संघ सस्थाको नेतृत्व सम्हाल्दै आउनुभएका फुयाल कुशल समाजसेवी समेत हुनुहुन्छ।
नेपालमा हालै सुरु गरिएको Better Nepaal ले चर्चा बटुल्दै गर्दा फुयाल पनि यस  अभियानमा खुलेर लाग्नु भएको छ। BetterNepal को अन्तराष्ट्रिय अभियन्ताका रुपमा कार्यरत  फुयालसँग को सहयोग मा  समाचारदाता लक्ष्मण रसाइली ले  Better Nepaal को बारेमा फुयाल संग गर्नु भएको छोटो कुराकानी :

-के हो BetterNepal नेपाल अभियान ?
यो एउटा आमूल  परिवर्तनको सोच हो।  हालको देशको अवस्था ले धुर्वीकरण गरेको बाटोलाई मेट्ने र वास्तबिकता उजागर गरी बेटर नेपाल बनाउने अभियान हो। हामी कुनै बाहय रिमोटबाट संचालित नभई देशकै माटो र युवाबाट परिचालित अभियानमा छौँ। हाम्रो अभियान  नयाँ नेपाल होइन बेटर नेपाल बनाउँने अभियान हो।
-किन आवश्यक छ यो अभियान नेपालमा ?
वास्तवमा नेपालमा धेरै संघ सस्था खुले धेरै पार्टी खुले तर कसैले नेपाललाई बेट्टर बनाउनु पर्छ भन्ने सोच कहिल्यै राखेनन् । तपाईँ आफै भन्नुहोस्  नयाँ नेपाल बनाउने भनेको के हो ? कुन पुरानो नेपाललाई नयाँ बनाउने हो ? हाम्रो देश हालसम्म कसैको उपनिवेश भएर वा गुलाम भएर बसेको देश होइन नयाँ बनाउनलाई अब त देशलाई समृद्धिको बाटोमा लगेर बेट्टर नेपाल बनाउने हो ।तर, खोइ यो कुरा कसले उठाएको छ ? त्यसैले हामीले हाम्रो अभियान देशमा आमूल परिवर्तन गर्दै सोचहरू बदल्दै युवा शक्ति एक गराएर बेट्टर नेपाल बनाउने अभियानमा छौ।
-Better Nepal नेपाल अभियान भनिरहँदा तपाईको संकेतले त पार्टी जस्तो महसुस गराउदैछ नि ?
हामी कुनै पार्टी  होइनौँ र हाम्रो कुनै पार्टीसँग  दुश्मनी या सम्बन्ध पनि छैन । हामी नितान्त स्वचालित छौँ।  देशमा आमूल परिवर्तन जरुरी छ भन्दैमा कुनै अभियान पार्टी  हुँदैन।
-युवाहरूको नेतृत्वबाट देशमा आमूल परिवर्तन सम्भव छ ?
अवस्य पनि सम्भव छ । तपाई इतिहास हेर्नुहोस् विश्वका सबै परिवर्तन युवाद्धारा नै सम्भव भएको छ।  हाम्रो देशमा भने अहिलेसम्म युवामा केही चेतनाको कमी भनौँ या युवालाई प्रयोग गर्ने शक्ति, अभियानको खाँचो भएर हो युवा एक हुन सकेका छैनौँ त्यसैले पनि हाम्रो यो अभियानको आबश्यकता छ र युवा एक भए देशमा आमूल परिवर्तन सम्भव छ। 
-BetterNepal को मूल उद्धेश्य के हो ?
हाम्रो प्रमुख उद्धेश्य भनेको चरित्रवान् नेतृत्वको निर्माण हो । जो कुनै जात जाति ,भाषा, धर्म , विचार र अन्य कुनै कारणले विभाजित न रही  देशलाई समृद्ध  बनाउने प्रकृयामा आफ्नो ठाउँबाट सहयोग पुर्याउने  र व्यक्ति निर्माणको प्रकृयालाई हामीले तीन तवरले अगाडि बढाएका छौं । कला–साहित्य, सूचना  प्रविधि र  उत्प्रेरणा–परामर्श ।
-देशमा नेतृत्व पङ्त्तिमा युवा पुग्न कसरी सम्भव छ ?बताइदिनु न,
ठूला नेतृत्व गर्ने भनाउदाहरुको सोचमा परिवर्तन र युवा जगत मा भएको जागरुकताको सही प्रयोग गराउने नीति निर्माण गरे युवा नेतृत्व पङ्त्तिमा  पुग्छन् ।
-हाल तपाइँहरुको अभियानले कहाँ के काम गर्दै छ ?छोटकरी मा भनी दिनु न फुयाल जि,
अहिले हाम्रो अभियानले देशकै दुर्गम जिल्ला हरु का दुर्गम क्षेत्र हरुमा कुपोषणबाट मृत्यु को मुखमा पुगेका बालबालिकाको लागि आवश्यक औषधि, लत्ता कपडा र खाद्यान्न पुर्याउने कार्यलाई जोड दिएको छ। 
त्यसै गरि देश विदेशमा रहेका युवालाई अभियानमा समेट्ने कार्य गरिरहेको छ, देशका विभिन्न जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रमहरु गरिरहेको छ।
-यो अभियानमा को को हुनुहुन्छ ?
हाम्रो यो अभियानमा राष्ट्र प्रेमले ओतप्रेत युवा शक्ति, जो कुनै जात जाति ,भाषा, धर्म , विचार र अन्य कुनै कारणले विभाजित नरही  देशलाई समृद्घ बनाउने सपना बोकेर आउनेहरु हाम्रो यो अभियानमा सामेल छन्।
-अन्त्यमा अभियानको बारेमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा सम्पूर्ण युवाहरुमा हाम्रो होइन राम्रो नेतृत्वको खोजी गर्दै, जात जाति ,भाषा, धर्म , विचार र अन्य कुनै कारणले विभाजित नरही एक भएर हाम्रो देशलाई Better Nepal बनाउन काधमा काध मिलाएर अगाडि बढ्न  आह्वान गर्दै देश तथा विदेशमा रहनु हुने सम्पूर्ण युवालाई हाम्रो अभियानमा आबद्ध भएर नयाँ नेपाल होइन बेट्टर नेपाल बनाउने अभियानमा  लागौँ भन्न चाहन्छु।
-धन्यवाद ।


समाजसेवी एबंम चलचित्र निर्माता निर्देशक रूपमा चिनीन्न सफल खाँड


महेन्द्र चापागाई/ चलचित्र निर्माता निर्देशक तथा नायक ,नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष काठमाडौँ समुदाइक प्रहरीका सल्लाहाकार तथा वरिष्ठ समाजसेवी दिपक खाँड ज्यूँ जनहित को लागि गरिने कुनै पनि कार्य जसले आत्मसन्तुस्टि आफुलाई र खुसि एवम फाइदा अर्कालाई पुग्ने खाल का कार्यहरु लाई नै समजसेवा को आधारभुत आवस्यकता मानेर सोहि कार्यमा निरन्तर कार्यरत खाँड आज समाजसेवी एबंम चलचित्र निर्माता निर्देशक रूपमा चिनीन्न सफल हुनु भएको छ । 


पैसा ठुलो होइन आज छ भोलि छैन तर कसैको जीवन बनाउनु उसलाई कर्म दिनु नै सबै भन्दा ठुलो धर्म हो मैले एउटा P2C2 का अनिल थापा अनाथ एक बालक को जीवन मा पनि परिवर्तन ल्याउने  कोसिस गरेको छु हिजो उनि के थिए र आज के छन् हामीले तस्वीर बाटै बुझन् सकीन्छ । उहाँले म संग तर्क गर्नु भो ।

जीवनमा मानव कल्याण भन्दा परोपकार अरु हुन सक्दैन । आफु पनि बाँचौ र अरुलाई पनि सक्दो सहयोग गरेर बाँच्ने अवसर दियौ भन्ने मान्यताका साथ अगाडी बढी रहनु भएका खाँड सानै देखि समाज सेवामा रुची राख्ने ,अहिले
चलचित्र तथा गीतहरू को निर्माण साथै समाजसेवी कार्य गरिरहनु भएको छ। खाँडले अहिले जिल्लामा समाजसेवी तथा चलचित्र निर्माता निर्देशक रुपमा छुटै आफ्नोे पहिचान बनाएका छन् । उहाँले हाल आधा दर्जन सामाजिक संघ संस्थामा संलग्न भएर सामाजिक कामहरु गर्दै आउनु भएको पनी छ। खाँडले दर्जनै फिल्महरू निर्माण गरीसके केही दिन पहिला पनी लता मंगेशकर को "तुझसे नाराज नहि जिन्दगि हैरान हूमे हो परेशान हु मे"वोर्ल्ड हिट गीत लाई बाजार मा लिल्यानु भएको थियो ।आर डि बरमनको संगीतमा रहेको यो गीतलाई आर डि बरमनको सम्झनामा भिडियो निर्माण गरिएको हो भने एस गित लाइ भारत को पटनाका विक्की गुप्ताले निर्माण गरेका हुन् एस गीतलाई डी॰के॰फिल्मस्ले बजार मा ल्याएको हो I


नसुरुद्दिन शाह द्वारा अभिनित माशूम फिल्म को यो गित निकै नै चर्चित गित हो एसलाइ सबैले मनपराउने गरेका छन् I यस गित को कवर भिडियो गीतमा दिपक खाँड र अदिति अधिकारीले अभिनय गरेका छन् भने एस गित लाइ निर्देशन / एडिट, / क्यामेरा- चलचित्र निर्माता निर्देशक दिपक खाँड ले गरेकाहुन I 


चलचित्र निर्माण गर्न र समाज सेवा भनेपछि हुरुक्कै हुने परेका जस्ता सुकै समस्या हल गर्ने र जिल्लाहरू तथा आफ़्ना गाउ घरमा पर्ने सबै खाले सामाजिक काम गर्न र अगाडी बढ्ने गर्दछन् ।
भुकम्पको बेला र नाका बन्दीको  बेला पनी हरेक ठाउँ ठाउँ मा पुगेर समाजसेवा गर्न सधै अगाडी नै थिए खाँड । दीपक खाँडले सामाजसेवा यस्तो ठाउ मा गरदै आउनु भाको छ त्यस ठाउँमा एन॰जी॰ओ॰,आई॰एन॰जी॰ओ॰ हरू लगायत अरु कसौको नजर पुगेको हुदैन । यसैका कारण धेरै रास्टिय समान बाट पनी समानीत भई सकेका छन् , तर समाजसेवा मैले नाम कमाउन रास्टिय समान पाउछु भनेर गरेको हैन् । नाम त मैले यतिकै नै कमाएको छु कुनै मा चलचित्र निर्माता एवंम निर्देशक तथा नायकमा नै भनेर तर्क दिनुभो । समाजसेवा गर्नु मुख्य उद्देश्य भनेको गरीब , दुःखी , अनाथॅ , पिडितहरू को मुहारमा हासो खुसी ल्यहानुको  साथै आफु लाई आत्म सन्तुष्टि को लागी समाजसेवा गरेको भन्छन् खाँड । सानै देखि समाज सेवा गर्ने मेरो रुचि थियो, विस्तारै विस्तारै २० बर्षको उमेर देखि समाजीक काम गर्दै आइरहेको छु ।”खाँडले भन्नुभो" “पछिल्लो समयमा सामाजिक काम गर्न मानिसहरु गाह्रो मान्छन तर म आफ्नो गाँउ र जिल्लाका लागि केही गर्न आफूले सकुन जेल काम गरिरहन्छु ।


सामाजीक काम गर्न मानिसहरु भत्ता खोज्ने परिपाटीले गर्दा खाँड जुनसुकै काम गर्दा पनि आफै गर्ने गरेको बताँउनु हुन्छ । “सामाजिक काम भनेको निश्वार्थ भावनाबाट हुनु पर्छ सामाजिक काम गर्दा पनि भत्ता खोज्ने हो भने त्यो के सामाज सेवा हुन सक्छ र ?” उहाँले तर्क गर्नु भो । सामाजिक काम गर्दा व्यक्तिगत खर्च गर्ने खाँड आफूले पाउने केही पैसा पारिवारीक सहयोग र समाजसेवी काम गर्ने गरेको बताँउछन् सामाजिक काम गर्दा सवैले धन्यवाद र हौसला दिँदा धेरै खुसी लाग्ने बताउँनु भएको थियो ।
सामाजिक काम गर्न सवैलाई हौसला प्रदान गर्ने खाँड सवैले मिलेर सामाजिक काम गरेको खण्डमा समाज परिवर्तन गर्न सकीने बताऊँ छन् समाजिक काम गरेर कहिले नि नथाक्ने खाँड आफ्नो जिवनभर सामाजिक काममा लागिरहने बताउँछन् ।






प्रहरी अधिकृत बि.सी ६१ आै प्रहरी दिवस २०७३ को अवसरमा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा बाट पुरस्कृत एवंम सम्मानित !!!


महेन्द्र चापागाई/ नेपाल प्रहरी संगठनका प्रहरी निरीक्षक हरीबहादुर बि.सी आश लाग्दा प्रहरी अधिकृत हुन । संभवत प्रहरी संगठनमा बि.सी जाती बाट खुल्ला प्रतिस्पर्धामा प्रहरी अधिकृत हुने सायंद उनी नै पहिलो व्यक्ति होलान् । आछाम मा २९ बर्ष अघि जन्मिएका प्रहरी निरीक्षक बि.सी अनुशन्धानमा पनी राम्रा दख्खल राख्ने प्रहरी अधिकृत हुन ।
एक बर्ष अघि नवलपरासी आएका उनी ईलाका प्रहरी कार्यालय नवलपुर कावासोतीमा कार्यरत छन। नेपाल प्रहरीमा आवद्ध भएर छोटो समय मै नेपाल प्रहरीमा स्वच्छ छवि बनाउन सफल हरिबाहादुर बि.सी प्रहरी भित्रकाएक इमान्दार अधिकृतका रुपमा परिचित नाम हो । साथीहरुको लहैलहैमा (Police Inspector) प्रहरी निरीक्षक पदमा प्रवेश गरेका बि.सी २०७० सालमा खुल्ला प्रतिस्पर्धा बाट प्रहरी निरिक्षक भए ।
आछाम जिल्लाको एउटा गाउको मध्यम परीवारमा हुर्किएका बि.सी लाई प्रहरी संगठनमा जागिर खाएर देशको सेवा गर्छु भन्ने सोच थियो । सोचे जसरी नै जागिर खाए र अहिले उनी दिनरात सोचेर प्रहरी संगठन लाइ कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर काम गरीरहेका छन। काठमाडै,पोखरा,नवलपरसी,जिल्लामा दाइजो, जग्गा किचलो, लेनदेन, घरायसी बिवाद, अबैध हातहतियार, महिला हिसा लगाएतका घटनाले शान्ति सुरक्षामा नराम्रो असार पारेको उनको अनुभव छ । आफु बसेको ठाउमा कामकै आधारमा चर्चित र सम्मानित हुँदै आएका प्रहरी अधिकृत बि.सी ६१ आै प्रहरी दिवस २०७३ को अवसरमा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा बाट पुरस्कृत एवंम सम्मानित भएका छन् । उनले केही जिल्लामा दुइबर्ष भित्रमा फौजदारी अपराधहरुको सफल अनुशन्धान गरेका छन । संगठन भित्र साना दर्जालाई माया गर्ने अधिकृतको रुपमा प्रहरी निरीक्षक बि.सी परीचित नै छन् । उनको सुझाव छ– कामलाई कसैको व्यक्तित्वका आधारमा होइन, उसको क्षमताको आधारमा विभाजन गर्नुपर्छ । प्रहरी निरिक्षक बिसीले अग्रेजी बिषयमा स्नाकोत्तर उतीर्ण गरेका छन । पोष्ट ग्य्राजुयट डिप्लोमा इन पुलिस साइन्स कोर्ष समेत उन्ले पुरा गरेका छन । प्रहरी बन्नु सरल छैन, अझै बनेपछि कर्तव्य पालना गर्नु अझै कठिन छ । तर, सवैको सुखमा उनले आफ्नो कामको सुख ठान्छू । भन्छन्, अरुले सुरक्षित महसुस गर्दा, म सन्तुष्ट हुन्छु । म जनताको सेवामा लाग्न सफल भएको छु भन्ने ठान्छु । "भन्ने उनले तर्क गरे "अरुको मातहतमा काम गर्दा दोस्रो दर्जाको रुपमा काम गर्दा दिएको जिम्मेवारी पुरा वा कुनै शाखाको जिम्मेवारी निर्वाह गर्न गरेको उनमा पाइन्छ। प्रहरी सेवालाई रोजगारी भन्दा सेवाको रुपमा प्रयोग गर्नुपर्ने धारणा राख्ने बि.सी कुनै पनि काम सजिलो नभएको बताउँछन। आउने दिनमा अझ उत्कृष्ट काम गरी नेपाली समाजमा शान्ति सुरक्षा कायम गर्ने सहयोग गर्नेछन नेपाली जनताकाे उनी प्रतिकाे विश्वास र सम्मान अझै बढेर जाअाेस, राम्रो धेरै धेरै शुभकामना ।


क्यान्सर पिडित यम कुमारी खरेल लाईआर्थिक सहयोग हस्तान्तरण !!!

मिति २०७३/०८/१३गतेका दिन भरतपुर ,६ लंखु घर भएकी क्यान्सर पिडित यम कुमारी खरेल लाई रु ३२९०५/- आर्थिक सहयोग रकम हस्तान्तरण गरियो | सो रकम  चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको पहलमा समाजसेवी श्री निर्मला सापकोटा ज्युको संयोजकत्वमा संकलन गरियको थियो |  यम कुमारी खरेलको आर्थिक स्थिति निकै दयनीय रहेकोले यस सस्था लगायत स्थानीय बासिन्दा हरुको सहयोगमा सो रकम संकलन गरिएको हो|

सहयोगी सस्था तथा व्यक्तिहरुको नामावली निम्न अनुसार रहेको छ
१.चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल- रु ५०००
२.पुण्यभुमि  रियल स्टेट प्रा.लि.- रु १००००
३.सोम सापकोटा – रु ५०००(डेनमार्क )
४.देबिराम लामिछाने – रु ५०००
५.नरेन्द्र प्रसाद कंडेल – रु.२०००
६.बिष्णु प्रसाद सुबेदी – रु १०००
७.नारायण प्रसाद पोखरेल – रु १०००
८.भोजराज कंडेल –रु ५०५
९.बिकास लम्साल – रु ५००
१०.छबिलाल सापकोटा – रु ५००
११.कृष्ण कंडेल – रु ५००
१२.रामचन्द्र सापकोटा – रु ५००
१३.मुकुन्द कंडेल – रु ५००
१४.शिव सापकोटा – रु ५००
१५. सिता आचार्य – रु २००
१६.भिमलाल खरेल – रु २००
सम्पूर्ण सहयोगी मन हरुलाई धन्यवाद दिदै पिडितको शिघ्र स्वास्थ लाभको कामना गर्दछौ |

- चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल

तातोपानीले नुहाउने तयारीमा हुनुहुन्छ भने यी कुराहरु याद राख्नुहोस्
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १३ सोमबार  प्रकाशित 

जाडो छ । ग्याँस गिजर वा इलेक्ट्रिक गिजरको तातोपानीले नुहाउने गरिन्छ । यस क्रममा त्यसको वाफवाट निसास्सिएर धेरै व्यक्तिहरु बेहोस भई ढोका फोरेर उद्दार गर्नुपरेको र कतिपयको मृत्यु समेत भएको घटना बारम्बार सुनिन्छ ।   
तसर्थ,
    तातोपानीले नुहाउँदा वाथरुमको झ्याल ढोका पूरै नलगाउँ ।
    चाहिने जत्ति पानी मात्रै वाल्टिनमा थापेर नुहाउँ ।
    निसास्सिएको महशुश हुनासाथ तुरुन्तै बाहिर निस्किहालौँ ।
    नुहाउन पसेको जानकारी परिवारलाई अनिवार्य गराउँ ।
- साभार www.swasthyakhabar.com बाट

औषधिका रुपमा तातो पानी
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १२ आइतबार  प्रकाशित

टन्सिल बढदा, घाँटि दुख्दा, दाँत र गिजाको समस्यामा सहन सक्ने तातो पानीमा चर्को नुन हालेर कुल्ला गर्न सकिन्छ ।

पिनास, दम, ब्रोन्काइटिस, रुघा जस्ता समस्यामा तातोपानीको वाफ लिनु उपयुक्त हुन्छ ।

ढाड दुख्ने, महिनावारीको दुखाइ, मर्किएको आदी दुखाइको अवस्थामा हट वाटर ब्यागको मद्दतले तातो पानीले सेक्दा धेरै राहत महशुस गराउँछ ।

पाइल्स (अल्काइ), एनल फिसर (मलद्घारको घाउ) जस्ता अवस्थामा यथासक्य तातो पानीमा मलद्घार डुवाएर बस्दा निकै फाइदा हुन्छ ।

- साभार www.swasthyakhabar.com बाट

नुवाकोट, खानिगाउँ कि लोक दोहोरी मोडल मालती घले अहिले कि चर्चित एवं संघर्षशिल कलाकार हुन ।

                             मोडल मालती घले

यति बेला देशका विभिन्न स्टेज सो हरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै आईरहेकी मालती घले २ वटा म्युजिक भिडियोमा खेलिसकेकी छिन। यस क्षेत्र लाई निरन्तरता दिने सोंच राखेकी उनलाई विभिन्न ठाउँ हरु बाट अफर आईरहेको बलाउँछिन । तेस्तै गरि उन्ले NTV प्लस को डान्स कम्पिटिसनमा दोश्रो स्थान हासिल गरेकी थिईन ।

उन्ले अभिनय गरेको कृष्ण बराल को एल्बम  "जुरेली चरि"  ले केही समय अघि मात्रै अवार्ड पायको थियो भने अन्य थुप्रै म्युजिक भिडियो छिट्टिनै बजारमा आउने क्रममा छ। www.missyounepal.com



मानवसेवा आश्रमको लागि मु्ठ्ठिदान संकलन अभियान एंव घर दैलो कार्यक्रम शुरू
०८ मंसिर - बुधबार @ Manavsewa Ashram Kathmandu Branch

सबैको लागि खाना - सबैको लागि नाना - सबैका लागि छाना भन्दै आजबाट मानवसेवा आश्रमको काठमाडौं शाखाको सेवा कार्यलाई सरल र सहज बनाउन सहयोग पुगोस् भन्ने अभिष्ट राखी मु्ठ्ठिदान संकलन अभियान एंव घर दैलो कार्यक्रम शुरू भएको छ।
मानवसेवा आश्रमको बारेमा सबैमा जानकारी एंव आश्रमको भावी योजनाहरूको बारेमा जनजनमा अभगत गराउने अभिष्टका साथ आयोजना गरिएको मुठ्ठिदान संकलन एंव घरदैलो कार्यक्रममा सहभागी हुनुहुने अभिभावकज्यूहरू, अभियान्ता एंव स्वयंसेवकहरूमा धेरैधेरै साधुवाद !
- Manavsewa Ashram Kathmandu Branch

मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७ ३९४, ९८५११-१२४७०, ९८५५०-७६००१,९८५५०-७६००२ - मुख्य कार्यलाय हेटौंडा।
०५६ - ५२५८९४, ९८५५०-७६००३,९८५५०-८१८९९ - शाखा कार्यलय चितवन।
९८५५०-७६००४ - शाखा कार्यलय काठमाडौं।
९८५५०-७६००५ - शाखा कार्यलय ललितपुर।
९८५५०-७६००६ - शाखा कार्यलय गोरखा।
९८५५०-७६००७ - शाखा कार्यलय लमजुङ
९८५५०-७६००८ - शाखा कार्यलय विरगंज।
९८५५०-७६००९ - पोखरा, बुटवल, जनकपुर, कैलाली, झापामा सेवा विस्तारको लागि अवस्था र संभावना अध्यनको क्रममा रहेको छ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.