September 2016

"मेरिबास्सै" पछि "कमेडी गाईज" बाट दर्शकको पृय बनेका जोडि दर्शने र मनमाया अब "डिट्ठासाब" हास्य टेलि शृङ्खला मा पनि देखिने भयका छन ।

"सिद्धान्ते" र "आदर्शकुमारी"को भुमिकामा सुरेस थापा (दर्शने) तथा अनिता दंगाल (मनमाया) को अभिनय थपियपछी डिट्टासाब अझै उत्कृस्ट हुने अनुमान पक्कै लगाउन सकिन्छ। 

कार्यक्रम प्रत्येक सनिबार ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको छ।

सम्पुर्ण युनिट लाई सफलताको कामना ।

नयाँ गेटअप मा देखिन लागेका यी जोडि को केही सुटिङ तस्बीर हरु हेर्नुहोला।

जन प्रगतिशील मोर्चा साउदी अरब द्वारा एक नेपाली चेली को उद्दार।

लक्ष्मण रसाइली
बिगत ४महिना अघि वैदेशिक रोजगार को शिलशिला मा साउदी अरब पुगेकी नारायण नगरपालिका ,सोत ,दैलेख कि पार्बती न्यौपाने  लाई जनप्रगती शिल मोर्चा साउदी र गोर्खा सेवा समाज साउदी अरब द्वारा उद्दार गरियको छ।काम गर्ने क्रममा स्वास्थ्य  अबस्था ठिक नभय पछि स्वदेश फर्कन खोज्दा कम्पनी ले तलब समेत नदिदा उनी अलपत्र परेकी थिइन।जन प्रगतिशील मोर्चा र गोर्खा सेवा समाज साउदी को विशेष पहल मा उन लाई नेपाल फर्काइएको छ।

साथै मोर्चा द्वारा उनिलाइ केही सर सामान सहित १५००साउदी रियल सहयोग गरेको र नेपाल फिर्ता पश्चात् ६३९४३ नेपाली रुपैयाँ  सहयोग गरेको मोर्चा का एक सदस्य ले बताउनु भयको छ।

जसमा सहयोग गर्ने हरु मा लक्ष्मण जि.सि "प्रबिन", सुरेश वलि,युबराज कार्की ,केशव भण्डारी ,किशोर अबिनास,हिक्मत रोका मगर,नन्दकिशोर के सि,कसम मगर साथै गोर्खा सेवा समाज का श्याम गिरि ,मधब घिमिरे,तुलसी पन्त,मर्द बिर,र थामु गुरुङ बाट सहयोग गरियको छ।

जितु नेपाल (मुन्द्रे) ले भने "अर्पण जस्तो तेज दिमाग भएको मान्छे हुनु पर्छ प्रधानमन्त्री"

“पूर्व विद्यार्थी समाज” भृकुटी मा.वि.को आयोजनामा मंगलबार मेहेनती, विपन्न, सीमान्तकृत, दलित विद्यार्थीको हितका लागि सहयोग पुग्ने गरि अक्षयकोष स्थापनार्थ दशैं विशेष शुभकामना तथा सांगीतिक कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु विल्सन विक्रम राई (तोक्मे बुढो), जितु नेपाल (मुन्द्रे), सुरेन्द्र के.सी. (मुलाको साग), राजाराजेन्द्र पोखरेल, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), माण्डवी त्रिपाठी, सृजना रेग्मीले विविध हास्य व्यंगात्मक, साँगितिक/साँस्कृतिक प्रस्तुतीहरु दिएका थिए। 

सोही कार्यक्रममा अन्तरास्ट्रिय प्रतिभा स्मरण शक्तिमा गिनिज बुक रेकर्ड होल्डर अर्पण शर्माले गीत गाउँदै वाईट बोर्डमा लेखिएका २५ वटा शब्दहरु एकै छिन् मा याद गरी अगाडी पछाडी बाट फरर भनेका थिए । बीच बाट यो नम्बरमा के छ, वा यो नाम कुन नम्बरमा छ भनेर दर्शकले सोद्धा पनि फ्याट फ्याटी मिलाएर सबैलाई आश्चर्यचकित पारेका थिए ।

सोही कार्यक्रममा उपस्थित जितु नेपाल (मुन्द्रे) ले आफ्नो हास्य व्यंगात्मक प्रस्तुति गर्दै अर्पण शर्माको तेज स्मरण शक्तिको प्रशंसा पनि गरे । अर्पण शर्मा को प्रतिभा देखेर छक्क परेका मुन्द्रेले भने अहिले भर्खरै हामी बीचमा एक जना भाईले अचम्म को स्मरण शक्ति देखाएर गएका छन्, स्मरण शक्ति भनेको त त्यस्तो पो हुनु पर्छ त, १० नम्बरमा के छ भन्दा पनि फ्याट्टै, एति नम्बरमा उति नम्बरमा सबै; हाम्रा देश का प्रधानमन्त्रीहरुको स्मरण शक्ति त यति कमजोर छ कि भारत गए भने नेपाल नै बिर्सिन्छन । अर्पण भाई जस्तो दिमाग भएको मान्छे प्रधानमन्त्री भए पो यता पांचथर, यता मोरंग, एता त्यो उता त्यो, नेपालको सबै थोक, सबै कुरा खर्ल्याप खुर्लुप, सबै कुरा याद पनि हुन्थ्यो, अनि पो बन्थ्यो त देश । उनले हास्य व्यंगात्मक शैलीमा भने ।

हजारौं दर्शकहरुको भिडमा सम्पन्न भएको कार्यक्रम समाजका अध्यक्ष मनोज बस्नेतको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय झापाका सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

कार्यक्रम spacelink टेलिभिजन बाट प्रशारण भएको थियो।


Photo :- अर्पण शर्मा को फेसबुक बाट 








कावासोती गजलमय हुँदै संगित तथा गजल पारखी हरुको लागि खुसीको खबर

साधना संगम कावासोती नवलपरासिको आयोजनामा १७ आस्विन २०१६ , बेलुकी ५ बजे बाट सुरु हुने एकल गजल साँझ मा गजलकार प्रकट पंगेनी "शिव" ज्यु को प्रस्तुती हरु रहने छ।

कार्यक्रम होटल द फुलमुन मा रहेको छ। सागित्य प्रेमी,संगित प्रेमी सम्पुर्ण महानुभाब हरुलाई हार्दिक निमन्त्रणा । उपस्थित भई कार्यक्रमलाई सफल बनाउउदिनुहुन तथा आनन्द लिनुहुन DAD Nepal संस्थाका अध्यक्ष किरण भुर्तेलजि ले सबैलाई आग्रह गर्नुभयको छ।

कार्यक्रमको लागि निम्न ब्यक्ती हरुलाई सम्पर्क गर्न सक्नुहुनेछ।

किरण भुर्तेल 9857041179
करुण लम्साल 9857024506
हिमलाल चापागाईं 985-7041642

कथा-: बाचा
त्यो पर क्षितिज मा मधुरो बत्ती बलिरहेको थियो २ सन्तान कि आमा सपना ओछ्यानमा थलिएको धेरै नै भएको थियो तर पनि समर ले उनलाइ निकै माया गर्थ्यो ती सन्तान हरु लाई खुवाउन पियाउनु एउटा लाई स्कुल पठाउनु फेरि सपना लाई समयमै औसधि खुवाउनु उस्को दिनाचार्य नै भएको थियो तर पनि उ रत्तिभर थकाइ को महसुस गर्दैन थियो ।उ केबल आफ्नो परिवार खुशी देख्न चहान्थ्यो ।
समरले नाम चलेको अस्पताल देखि नाम चलेका डाक्टर सम्म बैध देखि धामीझाँक्री सम्म हरेक देबालय हरु सबै ठाँउ मा सपना को लागि धाइ सकेको थियो तर कहिबाट पनि सपना लाई निको भने भएको थिएन ।
सपना लाई भेट्न आउने जानेको कमि थिएन सपना जो संग पनि समर ले धेरै दुख पाएको कुरा बिसाउथी गह भरी आँसु पार्दै काल लाई सतोसराप गर्थी मलाई किन यो बिजोग देखाएको भन्ने गर्थी तर मरण कसैको बस को बिसय होइन ।त्यो कुरा सपना लाई पनि थाहा छ तर पनि उसको मन ले मान्दैन थियो ।उसलाई समरले दुख पाएको कत्ती पनि देखन सकिरहेकी थिइन् ।
सपना लाई रोग ले च्याप्दै गयो एकातिर बाल बच्चा हरु रुदै थिए अर्को तिर समर नरमाइलो मान्दै थियो यस्तैमा भेट्न् आउनेको भिड नै लाग्यो यस्तो लाग्दै थियो कि सपना को अब यो धर्तिमा धेरै दिन नै छैन ।
केही समय घर बाहिर रहेकी अश्मी पनि घर आएकी थिइ उस्ले पनि सपना को खबर थाहा पाएपछि सिधै भेट्न् गै तर उसको भेट ले अर्को मोड लियो ।
जब उसले सपना लाई भेटि सपना ले उसलाई सबै खबर सोधी र आफ्नो एउटा प्रस्ताव मान्न को लागि अनुरोध गरि अश्मी ले पनि बिरामी भएकी सपना ले के नै भन्लिन र मैले सकेको छैन तिमी बसुन्जेल भुरा हरु को बिचार गरिदिनु है नै त भन्लिन भन्ने लाग्यो र हुन्छ भाउजू(अश्मिले सपना लाई पहिले देखिनै भाउजु भन्ने गर्थिन ) के कुरा हो म हजुरले भनेको कुरा मानिहाल्छु नि भनिन यो कुरा समर ले केही पर बसेर सुनिरहेको थियो तर अश्मी र सपना लाई भने केही थाह थिएन ।
सपना ले अश्मिलाइ नजिकै तान्दै भनिन अश्मी मेरो यो धर्तिमा अब धेरै दिन छैन तिमिले समर लाई नजिक बाट चिनेकी छौ म मरेपछि तिमिले समर लाई एक्लो हुन नदिनु है ओहो अश्मी अचम्मित भै के भनु के नभनु भै उसको मन एकतमास को भयो अब हुदैन भन्नू भने रोग ले थलिएकी सपना को मन के दुखाउनु हुन्छ भन्नू भने कसरी ?त्यसो त अश्मी लाई पनि समर मननै नपरेको को चाहिँ होइन ।उसले सपना लाई बिसेक होस भन्ने हेतु ले हुन्छ भनी सपना आँखा भरी आँसु लिएर धेरै बेर सम्म अश्मी लाई अङालो मारिरही यो सबै दृश्य समरको आँखा मा कैद भइरहेको थियो उसले मनमनै सोच्यो सपना कति महान छिन आफू मृत्यु सैयामा छट्पटाउदा पनि मेरो बिसयमा कति चिन्ता लिइरहन्छिन भन्ने लाग्यो।
दैबको लिला टारेर कहाँ टारिदो रहेछ र एकदिन पुर्बी क्षितिज मा लाली नचढ्दै सपना ले यो सन्सार छोडेर गइन सारा गाउँ मा रुवाबासी चल्यो सानै उमेरमा सानासाना लालाबाला छोडेर गइन अब कसले हुर्काउने यी बच्चालाई भनेर मानिस हरु गुनासो गर्न थाले समर बेहोस भएर लडिरहेको थियो एकातिर बच्चा हरु रोइरहेका थिए ।अश्मी पनि निकै नरमाइलो मान्दै आगन को छेउमा बसेर रुदै थिइ उ रुदै बच्चा हरुलाइ सम्झाउदै थिइ तर उसलाई समर लाई सम्झाउन सक्ने आट भने आएन अब के गर्नु सपना लाई यस्तो हुन्छ भन्ने जानेकी भए उ बाचा गर्ने थिइन कि उ दोधार भइ उसले सपना लाई दिएको बाचा पूरा गर्ने निर्णय गरि र समर लाई उठाउन पुगि समर जाग्यो तर समर ले अश्मिलाइ कसैको बाचा पूरा गर्न तिमी आफ्नो मन लाई नतोड जाउ अश्मी तिम्रो बाटो खुल्ला छ भन्यो अश्मी गह भरी आँसु पारी केही बोल्न सकिन उठेर घर तिर लागि समर आफ्नी सपना को यादमा कहिले पनि अर्को बिहे नगर्न सोच बनायो ।उसलाई अश्मी मन नपरेको होईन र अश्मी पनि उसलाई मन नपरेको होइन समर सपना को लागि बिहे नगरी बस्न चहान्थ्यो भने अश्मी सपना लाई दिएको बाचा पुरा गर्न समर संगै बस्न चहान्थी फेरि आउदा,जादा को भेट ले पनि अश्मिलाइ समर निकै मन परेको थियो यहि भाब बुझेर पनि होला सायद आफ्नो अन्तिम घडी मा सपना ले सबैलाई छोडेर अश्मिलाइ नै प्रस्ताव गरेकी थिइन् ।
समर कुनै पनि हालत मा बिहे गर्न पक्षमा थिएन तर सबै आफ्ना नातागोता साथिभाइ छिमेकी बाट धेरै नै दबाब भए पछि आफ्ना ती कलिला सन्तान को लागि र मृत्युको अन्तिम समयमा आफ्नी सपना ले अश्मिलाइ गर्न लगाएको बाचा सम्झी अश्मिलाइ सपना को रूपमा राख्न तयार भयो भने अश्मिले पनि आफ्नो लागि अरु थप सन्तान को आबस्यक्ता नरहेको भन्दै यिनै सन्तान लाई हुर्काउदै समर लाई सपनाले  जतिकै माया गर्ने बाचा गर्दै सपना संगको बाचा पूरा गर्न निर्णय गरिन ।
प्रस्तुत कथा एक काल्पनिक कथामा आधारित कथा हो कसैको जीवन संग मेल खान गएमा सयोग मात्रै हुनेछ ।
कथा-: बाचा
लेखक -:गोबिन्द लामिछाने (अविरल ) ।
हाल -:एशियन टाउन दोहा कतार ।

खुसिको खबर ! बिन्दा बज्राचार्य खुसी हुँदै नेपाल फर्कदै...

नमस्ते सम्पुर्ण अभियन्ता ज्यु हरुमा म  सेखर अनि पर्बासी नेपाली सहयोग मञ्च को यर्फबाट। सर्बप्रथम म के चाहान्छु भने बिन्दा बज्राचार्य को लागि जुन नेपाल बाट दुबै मिर्गौला फेल भयको र 20 दिन भित्र चेन्ज नगरी नहुने भनेर रिपोर्ट दिइएको थियो र जब वहाहरु बाट हामि सम्पर्क मा आयौं तब हामिलाइ नि पुर्ण बिस्वास नलागेर नै ब्यङ्लोर पठायका थियौ र अहिले सम्पुर्ण चेक जाँच र रिपोर्ट आइसकेको छ। 72 घण्टा को  Biopsy  रिपोर्ट पनि आयो तर भगवान को किर्पाले गर्दा वहाको 2 बर्स सम्म तेस्तो कुनै असर नपर्ने र 2 बर्स सम्म रेगुलर दबाइ खानु पर्ने अनि 3/3 महिनामा तेहिं गयर जँचाइ रहनु पर्ने  तर मिर्गौला फेर्नु नपर्ने भयको छ।

त्यहाँको रिपोर्ट अनुसार हामिले सहयोग का सम्पुर्ण कार्यक्रम बन्द गर्ने  घोसणा गर्दछु/गर्दछौं। यसै सुचना मार्फत यहाँ हरुलाइ पनि बिन्दा जिको तेस्तो अपरझट नभयको र 2 बर्स सम्म तेस्तो केही नदेखियको,सामान्य एउटा किड्नीमा मात्र खराबी देखियको हुनाले डक्टर को सल्लाह आनुसार 2 बर्ष रेगुलर दबाइ खादा त्यो पनि ठिक हुने बुज्न मा आयको हुँदा जुन नेपालको रिपोर्ट अनुसार सहयोग को आबहान गरेका थियौं अब त्यो गर्न नपर्ने देखियको छ। वहाँहरु भोलि नै खुसि साथ नेपाल फर्कदै हुनुहुन्छ।

तपाईहरुको माया र साथ को लागि हार्दिक धन्यबाद।

हाम्रो देसका कतिपय हस्पिटल अनि डक्टर हरुको  लापर्बाही ले आज जनता मारमा परेको र नभयको कुरा लाई पनि रिपोर्ट बनायर गरिब जनतालाइ रुवायर नांङेझार पार्ने पर्बित्ती कहिले सम्म हुनेहो, यो सारै दुखको बिसय हो ।। यसतर्फ सबै नेपालिको ध्यान जान जरुरत छ। यदि नेपालको डक्टर को कुरा मानेर हामिले किड्नी चेन्ज गरेको भय के हुन्थ्यो होला????

सबै सजक रहौं , सतर्क रहौं, राम्रो सँग बुझौं। अनि मात्र उपचार पद्दती अगाडि बढाऔं।
- शेखर क्षेत्री,
अध्यक्ष,
प्रबासी सहयोग मन्च, कतार

ऐतिहासिक राेल्पा सुलिचाैर धार्मिक एवं शैक्षिक महाेत्सव २०७३ लाइ रोल्पा जलजला सेवा समाज दोहा कतार द्वारा आर्थिक सहयोग।

चोम बिष्ट 
दोहा कतार ।
ऐतिहासिक रोल्पा सुलिचौर धार्मिक एंवम शैक्षिक महोत्सव २०७३ असोज ५ गते देखि १२ गते सम्म भैरहेको हुदा यस प्रवास मा रहेको रोल्पालिहरुको साझा संस्था रोल्पा जलजला सेवा समाज दोहा कतार ले यसै संस्थाका अध्यक्ष बसन्त थापा को अध्यक्षता र यसै संस्थाका सल्लाहकार संयोजक सुर्य बहादुर बिक को संयोजकत्व मा र यसै संस्था का सम्पुर्ण कार्यसमिति सदस्यहरुको एकता मा  सुर्योदय माध्यमिक बिधालय सुलिचौर रोल्पा ले संचालन गरेको ऐतिहासिक रोल्पा सुलिचौर धार्मिक एंवम शैक्षिक महोत्सव २०७३ का लागि यस संस्थाको तर्फबाट नेपालि रु २५०२५।- आर्थिक सहयोग गरेको छ।
जसमा यसै संस्था को पुर्व प्रथम उपाध्यक्ष पदमा रहनु भएका गोपाल केसि ले उक्त कार्यक्रम सभालाइ हस्तान्तरण गर्नु भयो ।
रोल्पा जलजला सेवा समाज ले यस्तै यस्तै कार्य अनि सेवामा सहयोग गर्दै आइरहेको छ। यस संस्थाले बिगत देखि नै भइ परि आइपर्ने समस्या अनि अकल्पनिय घटने घटना हरुलाइ मलम पट्टि केहि सहयोग साथ गर्दै आइरहेको हुदा यस संस्था ले आपत बिपत को समय मा एकआपसि सहयोग अनि सहकार्य को लागि सदैव अगाडि बढिरहेको हुदा यस संस्था मा आबद्ध रहि समाबेस हुन को लागि रोजगारको सिलसिलामा  यस दोहा कतारमा  कार्यरत साथै सघं संस्था मा आबद्ध रहनु भएका  समाजसेवि,बुद्धिजीवि, व्यवसाहिक, पत्रकार,कलकार  सम्पुर्ण  प्रवासि रोल्पालि दाजुभाइ तथा दिदिबहिनिहरुमा पनि हार्दिक स्वागत गर्दछ।
रिपोर्टिङ
लक्ष्मण रसाइली ।

लालीगुराँस जस्तै सुन्दर मनका धनी बाट गिरन्चौर बस्तिको लागि धुर्मुस सुन्तली लाई ५० हजार सहयोग ।

लालीगुराँस जस्तै पवित्र, सुन्दर परोपकारी मनका धनी दाम्पत्य जोडी जो कतारमा लालीगुराँस रेष्टुरेन्ट व्यवशायी पनि हुनुहुन्छ । उहाँ दुबै जना अर्थात परशुराम दाहाल तथा पूनम कट्टेल दाहालज्युले गिरानचौर एकीकृत नमुनावस्ती निर्माणको लागि ५० हजार सहयोग गर्नुभयको छ।

उक्त रकम एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारले  ८ जुलाई को दिन आयोजना गरेको कार्यक्रम  मार्फत  धुर्मुस-सुन्तली अर्थात सिताराम कट्टेल र कुन्जना धिमिरे लाई हस्तान्तरण गरियको थियो।

एक वर्ष अघि पनि उहाँहरुले भुकम्पपिडितका लागि तथा कतारमा हुने गरेका विभिन्न साँस्कृतिक कार्यक्रम हरुमा आर्थिक सहयोग गर्नुभएको थियो, यस्तो सामाजिक काममा सहयोग गर्दा मन निक्कै आनन्दित हुने  कुरा दाजु पर्शुराम दाहाल ले आजको भेट मा हामिलाई सुनाउनुभयको थियो। साथै गिरन्चौर मा घर हरु ठडियको देख्दा धुर्मुस सुन्तली लाई धन्यबाद ज्ञापन गर्दै धुर्मुस सुन्तली बाट सबै नेपालीले सिक्नुपर्छ र साथ दिनुपर्छ भन्नुभयो।

एभरेष्ट नेपाल युथ एसोसिएसन परिवार लाई पनि विशेष आभार प्रकट गर्दछौं।

नमस्ते पर्बासी नेपालि सहयोग मन्च को तर्फबाट अनि म सेखर छेत्री  को बेक्तिगत तर्फबाट हुनत हामिले यो भन्दा पनि अगाडि रामचन्द्र तिमिल्सिना अभियान देखि लियर विभिन्न अभियान चलायौ र सफल पनि भयौ र आज फेरि अर्को तेस्तै दुखित घटना हाम्रो सामु आइपुग्यो हामिले घटना हरु लाई छानेर मात्र बास्तबिक समस्या र तेस्को समाधान नहुने र गर्न नसक्ने जस्तो देखे पछि मात्र सहयोग को लागि अपिल गर्छौ ।। र आज तेस्तै आर्को 1 पिडित सतुङल काठमाडौ मा डेरा गरि बसिरहनु भयकी बिन्दा  बज्राचार्य लाई परेको छ ।। माइतिमा आमा बाबू को अकस्तमात मिर्तु भयपछी आफ्नो 2 बहिनी लाई पनि आफ्नो डेरा सतुङल ल्याइ हुर्काइन र वहाको श्रीमान ड्राइभिङ पेसामा आबद्द हुनुहुन्छ र 1 सन्तान कि आमा लाई आज 2 बै मिर्गौला फेल भयर बज्रपात परेको छ ।। अब वहालै बचाउने निर्नय साथ हामी अगाडि बढेको छौ भोलिको दिन तपाइहरुको निर्नय अनुरुप कोहि तेस्तो बेक्ती हुनुहुन्छ पीडित भने हाम्रो पर्बासि नेपाली सहयोग मन्च तपाइहरुले गर्नु भयको निर्नय मा पुर्ण समर्थन सहित सहयोग गर्ने पर्तिबद्द्ता गर्नेछ यश अर्थ आज बिन्दा बज्राचार्य को निम्ति हजुर हरुले पुर्न साथ दिई 1 बिचलित आमा बचाउन साथ दिनुहुनेछ भन्ने पुर्ण आसा अनि अपिल गर्दछु ।। र जो कोहि पनि स्वैइच्या ले सहयोग गर्न चाहानु हुन्छ । वहाको सहयोग को निम्ति बैन्क अफ काठमाडौ लुम्बिनी ब्रान्च को खाता न. 033500001024524 मा सहयोग गर्न सक्नु हुनेछ र पीडित सङ कुरा कानी गर्न चाहानु भयमा - 00919766720385 मा सम्पर्क गर्न सक्नु हुनेछ वहालाइ बचाउनको निम्ति 5 लाख 25 हजार भा रु. नेपाली 8 लाख 40 हजार लाग्ने देखिएको छ ।। वहाको आजको फोटो सहित जोन हस्पिटल ब्याङ्लोर ।।।
27-9-2016

- शेखर क्षेत्री
प्रबासी नेपाली सहयोग मन्च

कावासोतीको थाना चोक खुल्ला मैदानमा हुने शैक्षिक मेलाको तयारी तिब्र

असोज ११ । हुलाकी टिम । नवलपरासी  जिल्लामै नै पहिलो पटक आयोजना गरीएको वृहत शैक्षिक मेला २०७३ को तयारी तिब्ररुपमा अगाडी बढेको छ । बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा फस्ट बेष्ट एजुकेशन फेयर २०७३ यही असोज १३ , १४ र १५ गते कावासोती थानाचोकको खुल्ला मैदानमा हुन लागेको हो । बदलिदो परिस्थीतीमा शैक्षिक परार्मका लागि काठमाण्डौ धाउनुपर्ने नवलपरासी बासीको बाध्यता भएकाले मेलाको आयोजना गरीएको आयोजक संस्था बेष्ट मिडीयाका अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । मेलामा स्वदेश तथा विदेशका शैक्षिक संघसंस्था तथा परामर्शदाताहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कुन विषय अध्ययन गर्ने , कुन विषय अध्ययन गर्न शैक्षिक संघसंस्था कहाँ कहां छन् तथा विषय छनौट कसरी गर्ने , शैक्षिक साम्रागीको प्रयोग लगाएतका विषयमा विद्यार्थी लाई मेलामा निशुल्क परामर्श सेवा उपलब्ध गराईने छ ।मेलामा प्रवेश निशुल्क राखीएको र हरेक दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना
गरीएको छ । विद्यार्थी संगै अभिभावकहरुका लागि पनी आफ्ना छोराछोरी लाई कुन विषय अध्ययन गराउने तथा विदेश पढ्न चाहने आफ्ना छोराछोरीका लागि के कस्ता विषय , स्थान र प्रकृया छन् सो विषयमा समेत जानकारी प्रदान गरीने हुदा मेलाले शिक्षक , विद्यार्थी , अभिभावक तथा शिक्षा प्रेमी सवैलाई फाईदा पुर्याउने लक्ष्य लिईएको छ । मेलाको तयारीका लागि खुल्ला मैदानमा स्टल मर्मत, प्रचारप्रसार भईरहेको छ ।

साभार:-बेस्ट मिडिय प्रा.लि. को हुलाकी अनलाईन बाट पत्राचार तथा सम्पर्कको लागि           www.hulakionline.com                                Email:-bestmedia2073@gmail.com     Phone:-009779857041698, 009779857040522

त्यो कागजको ,डुङ्गा थियो,
न भेल सहन्थ्यो, न आधी थाम्थ्यो,
हेर्दा, बढो चित्त हर्ने
जीवन डुबाउने ,नाउ थियो।

त्यो केवल ,बालुवाको महल थियो,
न छहारी दिन्थ्यो, न आश्रय थियो,
भविस्यको, आधार नभएको,
त्यो सपना,टुक्र्याउने आवास थियो।

त्यो मरुभूमिको,मृगतृष्णा थियो,
न,शितलता दिन्थ्यो, न थकाई मेट्थ्यो,
जीवनपथलाई दिग्भ्रमित बनाउने,
त्यो केवल,आँखा को धोका थियो।

त्यो, कहि नपुगिने यात्रा थियो,
न लक्ष्य थियो,न गन्तव्य थियो,
बिच बाटोमै,अलपत्र बनाउने,
त्यो बितारा,पार्ने घुम्ती थियो।

त्यो केवल ,भ्रमको सस्कार थियो,
न माया थियो, न बिश्वास थियो,
सोर्ह श्रृङ्गारमा सजिएको,
त्यो, सिन्दुर भित्रको वैधब्य थियो।

- रजनी ढुङ्गाना

फोटो र शब्द हरु लाई जस्ले मिलायर राख्नुभएको भए पनि , सन्देश मुलक भयकाले यो तस्बिरमा जस्को बुवा हुनुहुन्छ कृपया गारो नमान्नुहोला। यो तस्बीरको बुवाको तथा लेखियका शब्द हरुको माध्ययम बाट निक्कै कठोर मन भयका छोरा छोरी लाई पनि पगालेर आमा बाबा लाई माया गर्ने फोन गर्ने बनाउन सफल भयको छ।

यश अघि पनि पोस्ट गरियको थियो, आजकल मात्र फेसबुकमा हाम्रो पेज Miss You Nepal लाईक गर्नुहुने हरुको लागि पुन: पोस्ट गरियको छ।

सबैले  बाबा आमा लाई माया गरौं सम्मान गरौं फोन गरौं खुसी राखौं।

सामान्य ज्ञान प्रस्न उत्तर तथा IQ Test
सार्कको लोगोमा कतिवटा परेवा रहेका छन् ?
-सात
एसिया महादेशमा उत्पादन हुने प्रमुख बाली
कुन हो ?
-धान
एसिया महादेशमा सबैभन्दा ठूलो राष्ट्र कुन
हो ?
-चीन
नेपाल को सबभन्दा पुरानो खेलकुद सङ्घ
कुन हो ?
- नेपाल क्रीकेट सङ्घ (२००४)
चेस खेल को सुरुवात कुन देशवात सुरुवात
भयको हो ?
-भारत
कम्युटरलाई नेपालीमा के भनिन्छ?
-सुसाँङख्य
झुकेको झण्डाले के जनाउछ?
-राष्ट्रिय शोक
एकदेखि एकसयसम्म कतिवटा एक हुन्छन?
- २१ वटा
घडीको सबै अङकहरू जोड्दा कति हुन्छ?
-78
फुटेपछी मात्र प्रयोगमा आउने चिज के हो?
-अण्डा
हिजोको अस्ति सोमबार भए भोलिको पर्सी के बार होला?
-आईतबार
एक दिनमा कति मिनेट हुन्छ?
-1,440 मिनेट (24×60)
एक बर्षमा कति हप्ता हुन्छ?
-५२
उभिएरै निदाउन सक्ने जनावर कुन हो?
-घोडा
विस्वमा सबैभन्दा बढि उत्पादन हुन फल कुन हो?
-स्याउ

काभ्रे सम्पर्क समिती दोहा कतारको प्रथम महाधिबेशन सम्पन्न।

लक्ष्मण रसाईली,दोहा।
काभ्रे सम्पर्क समिती कतारको प्रथम महाधिबेशन समपन्न भएको छ।शुक्रबार एसिएन सेफ रेष्टुरेन्ट मन्सुरामा काभ्रे सम्पर्क समिती कतारका तदर्थ समिती संयोजक सभापतित्व र एन आऱ  एन एन -कतारका सल्लाहकार टि बी कार्की को प्रमुख अतिथित्यता र काभ्रेली अन्य संस्थाका प्रतिनिधि  ,पत्रकार,ब्यबसायी,आदीको उपस्थितीमा महाधिबेशन सम्पन्न भएको छ। र काभ्रे सम्पर्क समिती कतारको प्रथम महाधिबेशन बाट नयॉ कार्य काल को नयॉ समिति चयन गरीएको छ।जसमा नन्द प्रसाद ढुंगाना(अध्यक्ष)नारायन बिष्ट(उपा-ध्यक्ष)हरी घिमिरे(उपाध्यक्ष)दिनेश घिमिरे(उपाध्यक्ष)गौरब राज अधिकारी(महासचिब)राजन कुमार सापकोटा(सचिब)
हरि शरण पण्डित(कोशाध्यक्ष)दिपेन्द्र श्रेष्ठ(सह कोशाध्यक्ष)महिला संयोजक बृन्दा अधिकारी(सापकोटा)र महिला सदस्य श्रेया तिवारी रहनु भएको छ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.