Articles by "कबिता"

Showing posts with label कबिता. Show all posts

गजल

मैले चाहेको त्यो  दिन कहिल्यै आएन
र त परेलाहरु पलक्षण चैनले निदाएन

दिनभरमा थाकेर साँझ घाम अस्ताउँछ
थम्थमाएर जसोतसो सपना अस्ताएन

मैले त आफ्नो ठाउँबाट सक्दो गरिरहें
र पनि जिन्दगीले कुनै कर्तव्य निभाएन

समयले  मेरा  सारा सपनाहरु उडायो
मलाई उडाउने सायद सामर्थ्य जुटाएन

चोट दिँदादीँदै खुकुरीसम्म थाकिसक्यो
किन होला चोट खाएर अचानो अघाएन ।।

-  शुश्मा खड्का (सिमल उपन्यासकी लेखिका)

उपन्यास "सिमल" पढ्नुभयको छैन भने आजै किनेर पढ्नुहोला, नेपालका सबैजसो ठाउँहरुमा पाइन्छ, यदि यहाँहरुको ठाउँमा उपलब्ध छैन भने हामिलाई जानकारी दिनुहोला। 

सिमल सँग सम्बन्धित केही तस्बीर हरु 

किन स्तब्ध छौ
हामी,
यहाँ खुल्लम ख़ुल्ला
आखा अगाड़ी नै
राष्ट्रीयताको शान्ति मार्गहरू
अराजकताले भरेर ,
स्वार्थी मनहरू
बुद्धको आखाबाट,शान्ति खोज्ने
मानबहरू
कर्ममा नितान्त दलाली गर्न
मस्त भएपछि,
युवाहरू बेचिए
छोरी चेलि बेचिए
देशको खोला नाला
सबै बेचिए
अधर्मी त तिमीहरू हौ
किनकी एउटा सिक्का छैन
तिमी संग शुद्ध धनको ,
भेंटी चड़ाउन पनि
लीपु लेकमा कराउदै गरेको हर्के
"म नेपाली हु " चिच्याउदै छ!
खाड़ीमा बेचीएका युवा
"हामीलाई घर फर्काउ" बिन्ती गर्दै छ !
पोल्ने छ याद गर
तिमिलाई पनि
२ मिनेट चितामा जलेको लास हेरेर
आफ़नो जीवन कल्पना गर !
अवश्य महामानव कहालाउने छौ !

- Anish Aayu Baba , हेटौड़ा

हो,केही सुन्दर छैन यहाँ,
मात्रै ......दैलो उघार्दा,हिमाल चम्किन्छन,
बिना कुनै यंत्र यहाँ,
त्यसै ........शितल, बतास बहन्छन।

जब झरी...... रोकिन्छ,
इन्द्रेणीले ,आकाश रङिन्छ,
शरद  होस वा वसन्त
हरदम हरपल, छटा सजिन्छन।

हो केही, छैन यहाँ,
मात्रै मुस्कान, हरु फुल्दछ्न,
बिपत्तिमा ,अफ्ठ्यारामा,
भाइचाराका, अङाला खुल्दछन।

हो, सब खत्तम छ यहाँ
मात्रै,प्रकृति ,पुजिन्छन।
ढुङ्गा,ढुङ्गामा देवता भेटिन्छन,
सन्सारका सबै देव, एउटै नजरले हेरिन्छन।

हो, बाकी केही छैन यहाँ,
दुखमै पनि, हासो गुन्जिन्छन,
टुक्रीएका, सपना जोडिएर
सुनौलो बिहानी उघ्रीन्छन

- रजनी ढुङ्गाना

त्यो कागजको ,डुङ्गा थियो,
न भेल सहन्थ्यो, न आधी थाम्थ्यो,
हेर्दा, बढो चित्त हर्ने
जीवन डुबाउने ,नाउ थियो।

त्यो केवल ,बालुवाको महल थियो,
न छहारी दिन्थ्यो, न आश्रय थियो,
भविस्यको, आधार नभएको,
त्यो सपना,टुक्र्याउने आवास थियो।

त्यो मरुभूमिको,मृगतृष्णा थियो,
न,शितलता दिन्थ्यो, न थकाई मेट्थ्यो,
जीवनपथलाई दिग्भ्रमित बनाउने,
त्यो केवल,आँखा को धोका थियो।

त्यो, कहि नपुगिने यात्रा थियो,
न लक्ष्य थियो,न गन्तव्य थियो,
बिच बाटोमै,अलपत्र बनाउने,
त्यो बितारा,पार्ने घुम्ती थियो।

त्यो केवल ,भ्रमको सस्कार थियो,
न माया थियो, न बिश्वास थियो,
सोर्ह श्रृङ्गारमा सजिएको,
त्यो, सिन्दुर भित्रको वैधब्य थियो।

- रजनी ढुङ्गाना

केहिमा हुन्न सयमा सय,सुनैमा पनि खोट हुन्छl
घटाउदै लागे भने हेर,घट्नेहरुको नि जोड हुन्छl
..
खुसिमै मात्र तैरेको मन,कस्को पो होला र खै?
नियाली खोजे भेटिन्छ नि,भित्र कतै तोड हुन्छl
..
सकेको भन्छौ सबथोक,तर होइन बुझ्न सकेl
बनमारा घारीमा लुकेको,पिपलको बोट हुन्छl
..
अरुको मात्र गल्ती देख्ने,आँखाहरु धेरै यहाँl
कमैले बुझ्छ्न हेर आफै,भित्र नि खोट हुन्छl
..
केहिमा हुन्न सयमा सय,सुनैमा पनि खोट हुन्छl
घटाउदै लागे भने हेर,घट्नेहरुको नि जोड हुन्छl
- जनक गोले

आमा को सम्झनामा

म तिम्रो छोरा

छोरा सम्झी झर्या  आँसु रोक्दै होलान् आमा !
बुढेसकालमा ठुलो भारी बोक्दै होलान् आमा !!

हल्ला सुन्छु बिमारि ले थला पर्यो बाबा पनि !
मलाई सम्झी पिढी बसि खोक्दै होलान् आमा !!

भन्यौ होला दुखमा नि छोरा छोरी छैन साथमा !
प्रदेशी छोरा सम्झी टाउको ठोक्दै होलान् आमा !!

जहाँ गए पनि मलाई कोखिलामै च्यापी हिड्थ्यौ !
झर्दा आँसु हत्केलाले माया जोख्दै होलान् आमा !!

रुदै रुदै कहिले आउँछ मेरो प्यारो छोरा भन्दै !
धेरै पटक चर्च , गुम्बा, मन्दिर ढोग्दै होलान् आमा !!
धेरै पटक चर्च , गुम्बा, मन्दिर ढोग्दै होलान् आमा !!

उहीँ हजुर को छोरा
सात समुन्द्र पारी देखि
Himal Thapa Magar
Bibass@asu

धेरैको मन छोयको तथा धेरैले आफ्नो फेसबुकमा कपि पेस्ट गरेको एक मर्म स्पर्शी मुक्तक , मन छोयो भने सेयर गर्नुहोला।

लघुकबिता ।

हे खहरेखोला .....
उफ्रदै ,
कराउँदै,
चिच्याँउदै,गड्गडाउँदै
ढुङ्गा,माटो ,काठपात
रुखका हाँगाबिगा
ईत्यादी
फोहोरमैला सहित
हुत्हुत्तिएर झरेका
हे खहरेखोला ....
म कहाँ मिसिन नआउ ..!
किनकी ,
म आफ्नै रफ्तारमा,
आफ्नै स्वभावमा
शालिन बनेर
निश्चल भएर
एकनासले सुसाउदै
बगिरहेकी पबित्र गण्डकी हुँ !
त्यसैले ,
बिन्ती !
केही महिनाका निम्ती आएर
मेरो जीन्दगी धमिलो नबनाईदेउ
मलाई बिटुलो नबनाईदेउ !!
हे खहरेखोला ....
तिम्लाई मेरो अनुरोध छ !!!

-सबु आरोही
वालिङ , स्याङ्जा

मुक्तक

कति समाजले सिकाउँछ कति घरले सिकाउँछ
अझ भनौँ गाउँले भन्दा पनि सहरले सिकाउँछ
विश्वविद्यालयले समेत नसिकाएका कयौँ कुराहरु
मान्छेलाई चोटले सिकाउँछ, ठक्करले सिकाउँछ !!

-सबु आरोही
वालिङ , स्याङ्जा

दरको नाममा पिउन,
थाले बोतलको दारु।
चाडपर्व बिकृत भो,
यहाँ लौन कसो गरु।।
.
हराइ गए संस्कृती र,
तिज चाडको मर्म।
रत्याउलिकै गित हुन्की,
सुन्दा लाग्छ सर्म।
.
मिनिस्कटमै नाच्ने गाउने,
तिजमा आजभोलि।
कुन दुलोमा थाहा छैन,
खै फरिया र चोली।।
.
दर खाना मै महिनौ,
देखि तिम्रो चुरिफुरी।
गहनाको सो ले गर्दा,
दाग्न थाले छुरी।।
.
तिजको नाममा छाडातन्त्र,
देख्दा तात्छ कन्पारो।
संस्कृतिलाई हन्दै छ,
आज तिजले बन्चरो।
.
अति भो बुद्धि फिराउ,
हे नारीजन चेली।
इतिहासमा सिमित होला,
तिम्रो तिज पर्व भोलि।

- गोले जनक

नारी

तँन चंचल हुन्छ ,मन निर्मल हुन्छ !
व्यवहार कुशल हुन्छ,भाषा कोमल हुन्छ!!
नदि सगै गएर,सागर संग  मिल्नु!
आफैलाई भुलेर,आफ्नो अस्तित्व सभाल्नु!!
नारीले रचेको यो सृष्टि,विशाल हृदय सृजन दृष्टि हुन्छ !!

-बिमला पन्त

उड्दै गरेकी,चरी रोकिएर,
छेउमै,आएर सुटुक्क बोलिन
आउ, मसंगै त्यो देशमा जाउ
तिम्रो मुलुक पुगेर आउँ ।

त्यो उच्च हिमालमा
हिड, चुलिएर,आउँ
तातो बाफले,जलेको यो तनलाई
हिड जाउ,शीतल पारेर आउँ।

हेर कोईली,गाएर डाक्दै छे,वनमा
हिड जाउ ,काफल खाएर आउँ,
वर्षा यामको त्यो,मुसलधारे झरीमा
हिड,आज निथ्रुक्क भिझेर आउँ।

ती रोपाहार संगै, नारिएर
हिड,एक पाटो,रोपाइँ गरेर आउँ
फर्सीका पातमा दहि चिउरा मुसेर
हिड,असार पन्ध्र मानेर आउँ।

त्यो, असारे हिलो मा लुटपुटिएर
हिड ,यो बालुवा टकटक्याएर आउँ,
फेरि यो बगरमा फर्किनु नपरोस् ,
हिड ,पाथी मुरी ,फलाएर आउँ।

ती खोला ,ती नदिमा
डुबुल्की मारेर आउँ,
मीठो,चिसो त्यो झरना को जलले
हिड,यो नुनिलो स्वाद फेरेर आउँ।

सपनाहरू,ढकमक्क फुल्ने,
त्यो,इन्द्र वाटिका डुलेर आउँ
ज्वालामुखीझै बलेको यो तनलाई
हिड,छहारीमा बिसाएर आउँ।

- रजनी ढुङ्गाना

मेरो निर्भिकता, मेरो स्वाभिमानलाई
मेरो अहंकार भन्ठान्ने
मेरो आत्मविश्वास,मेरो आत्मबललाई
मेरो घमण्ड भन्ठान्ने,

हे मूर्ख मनुष्य
अब तिमिलाई सम्झाउनै पर्ने भो ,
म त्यो,सगरमाथाकि छोरी
निर्भीक,निडर चुलिएको ,त्यो उच्च हिमालकि छोरी
हजारौं हुरि झेलेर ,विश्व छानो बनी उभिएको
त्यो बिशाल पर्वतकि छोरी।

तिमी,बर्षौ जस्को पाइताला मुनि,
धुलोको कण बनेर,जियौ
आफ्नै भुमिमा दास भै ,मरेतुल्य थियौ,

हो तिनै ,तिम्रा शत्रुहरुलाई
घुडा टेकाउने, वीर सपूतहरुकि सन्तान
म ती वीर योद्धा हरुकी छोरी ,

मेरो भाइचारा लाई, मेरो मानव प्रेमलाई
मेरो कमजोरी ठान्ने
मेरो सहनशीलतालाई , मेरो मुर्खता ठान्ने,

हे अज्ञानी मनुष्य
तिमीलाई भन्नै पर्ने भो,
म,गौतम बुद्धकी चेली
विश्वभर शान्ति फिजाउने
ती, महान बुद्धकि छोरी।

मेरो हिमाल खोस्न, मेरो बुद्ध चोर्न
सभामा कुर्लिने
हे दुखी आत्मा
तिमिलाई यादै दिलाउनु पर्ने भो,
म सत्यका लागि लड्ने ,ती सहिद हरुकि छोरी,
आफ्नो हकको लागि ज्यानको बाजि थाप्ने
सच्चा देशभक्त कि छोरी ।

के अर्थ यहाँ ,

यी ओइरो प्रसंशाको,
यी प्रस्ताव चाहनाको,
गालाको लाली मा पग्लने,
क्षणिक याचनाको।

खुशी के मनाउनु

स्वार्थी आफ्नोपनको,
मादक ती हेराइको
जिउँदै निल्न खोज्ने,
ती फोस्रो आसक्तिको।

भो पुग्यो अब मलाई ,

कुरो जालझेलको,
काखैमा राखी,
अस्तित्व लाई
लुट्ने प्रयत्नको।

भो चाहिएन

त्यो दिप जवानीको,
उज्यालोको आश देखाई
छोप्ने ,षड्यन्त्रको

- रजनी ढुङ्गाना

तिमी,मैले गुनगुनाउनै नहुने,
मीठो,प्रीतको गीत हौ,
तिमी,मैले सुन्नै नमिल्ने
मोहनी लगाउने,संगीत हौ।

मेरा आँखालाई, कहिले नबिझ्ने
मैले ,हेर्नै नमिल्ने दृश्य हौ,
मेरो हृदयमा ,तरङ्ग ल्याउने
मैले ,भिज्नै नमिल्ने छाल हौ।

तिमी मैले देखाउनै नमिल्ने
मेरो,ओठको मुस्कान हौ।
तिम्रो बियोगमा, टिलपिलायेका नयनका
झार्न नमिल्ने आँसु हौ।

तिमी,मैले बेचैनीमा
फेर्न ,नहुने सुस्केरा हौ,
हर रात,पर्खिएर पनि
मैले ,देख्नै नसक्ने सपनी हौ।

तिमी,मैले चाहेर पनि
भुलाउन ,नसकिने माया हौ
तिमी,मेरो जीवनको
अङाल्न नसक्ने, कटु सत्य हौ।
- रजनी ढुङ्गाना

लक्ष्मण को "प्रदेशी जिबन"कबिता
लक्ष्मण रसाइली
कतार।
       " प्रदेशी जीवन"
आँसु नै आशुको होलि खेली बाचेको छु म आज,
पसिनाको खोला बगिरहन्छ शत्रु को माझ।
हर क्षण हर पल काम नै काममा खेल्ने गर्छु,
भोक भोक,निन्द्रा निन्द्रै कति पिडा झेल्ने गर्छु।
प्रदेशी को जिन्दगी मा कति पिडा छायो,
घर सम्झेर फोन गरु भन्दा,अर्कै को डर मन मा छायो।
खान नपाइ बस्नु पर्छ,खान एकै गाँस,
कस्तो जीवन होला यो खाडी मुलुक  को बास।
कति बर्ष बिते आज,घरको माया पाइएन,
आमा,बाबा,दिदी ,भाइ रुदा आँसु पुछन पाइन।
प्रदेशको भुमी मा पाउन दुख पाए,
गरिबता कओ झोला बोकि आज कहाँ आए।
कहिले म तातो  सडक मा त कहिले अर्कै को मजदुर,
प्रबाश मा कति दु:ख रहेछ,यो कस्तो रहर।
दिन रातै काम नै काम मा बगि रहन्छ पसिना का धारा,
नेपाल आमा र प्यारो रास्ट्र को याद छ सार्हा।

एउटा नारी शिक्षित भए परीवार बन्दछ
उमंगमा बाँच्ने बचाउने आधार बन्दछ
आमा छोरी भान्जी बुहारी सासु श्रीमती
एउटै चेली नाता हरेक प्रकार बन्दछ
~~~~~~~~~~~~~~~~~~~~~
रेखा पन्त गोर्खा हाल इजरायल

सरल हाइकु

गर्न सहज
जुनसुकै काम पनि
एकजुट भई ।

अन्धो  नै हुने
घुम्ने कुर्चीमा बस्दा
मान्छेको जात   ।

आँखाका डिल
स्मृतिहरू उर्लिंदा
निथ्रुप्पै हुन्छन् ।

झुक्न जान्दिन
जस्तो पनि सहन्छु
म त नेपाली ।

- उमापती भुसाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.