Latest Post

"Journalist of the Year 2015"- Everest Gautam, London.

एभरेष्ट गौतम बेलायतमा रहेर हालै सम्पन्न-
१)  MCC vs Nepal Cricket खेल सफल बनाउन- PR Coordinator
२) केही समय पहिले बेलायतको पार्लियामेन्ट अगाडि मनाइएको एतिहासिक बुद्ध जयन्ती समारोह सफल बनाउन- संयोजक,
३) गत बर्ष भारतीय नाकाबन्दी विरुद्ध बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गरिएको प्रदर्शनीको संयोजक समेत रहि कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निभाउनुका साथै बेलायतमा  बसेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत एभरेष्ट गौतमलाई ब्रिटिश गोर्खा नेप्लिज काउन्सिलले गत आइतबार एक समारोहका बीच "प्रसंसनीय जर्नालिष्ट अफ दि इयर २०१५"  अवार्डबाट सम्मान गरेको कुरा तपाईंहरुलाई सुनाउन पाँउदा खुसी लागेको छ । उक्त कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण महानभावहरु लगायत आयोजक समितिलाई हार्दिक धन्यवाद टक्र्याछु !!
Everest Gautam - London

लक्ष्मी प्रतिष्ठानले ६ बर्षमा गरेका नमुनाका कामहरु l

आफ्ना दुई छोराहरुको अचानक भएको मृत्यु पश्चात दुख र बेदनाबाट पिडित बिष्णु गौतम र उहाकी श्रीमतीद्वारा स्थापना गरिएको लक्ष्मी प्रतिष्ठानले नेपालको बिभिन्न छेत्रमा आज भोलि नमुनाको कार्यहरु गर्दै आएको छ l लक्ष्मी प्रतिष्ठानले चितवनको जिल्लाको बिकट कान्दामा ६१ वटा घर निर्माण, स्कुल, छात्रावास, लाइबेरि, ब्रिक्ष्या रोपन, विभिन्न खेलकुद तालिम  लगायत भुकम्प पिडितको लागि ३२ वटा घर निर्माण, करिब ५०० जनाको मोतियाबिन्दुको अपरेसनमा सहयोग गरि भिन्न जिल्लामा बिभिन्न किसिमको सहयोग गर्न सफल प्रतिष्ठानको बारेमा आजभोलि विस्वका कुना कुनामा नेपालीहरु बीच चर्चा हुन् थालेको छ l सहयोगी मनहरु जित्न सफल लक्ष्मी प्रतिष्ठानको अफिस पशुपति नजिकै केहिदिन अगाडी पुगी, अध्यक्ष्य बिष्णु गौतम संग प्रतिष्ठानको गतिबिधिका बारेमा जानकारी लिने अवसर मिलेको थियो l उहाको अटल विश्वास र सामाजिक कार्यमा अझै सफलता मिलोस हार्दिक शुभकामना !
-Everest Gautam

Contact Form

Name

Email *

Message *

Powered by Blogger.