Latest Post

नेपाली साझा मंच, साउदी अरबले सेप्टेम्बर ७ बुधबारका दिन संयोजक बिमल गौतम रियाद, आर्थिक संयोजक बिदुर पौडेल सेनदान कम्पनी जुबैल, सहसंयोजक विष्णु घिमिरे बेसिक ट्रेडिंग कम्पनी रियाद र
१.  श्री भक्त हमाल, स्मास एक्सप्रेस,  ताबुक  
२. श्री नव राज काफ्ले, साउदी एयर लाईन्स क्याटरिंग कम्पनी, दम्माम
३. श्री देवेन्द्र सुवेदी, बिन्जागर कम्पनी,  जुबैल
४. श्री जिके क्षेत्री, ओलेन डिसकोन कम्पनी,  जुबैल
५. श्री गोबिन्द चौहान,  मनकामना होटल,  जुबैल
६. श्री राम कृष्ण घिमिरे, प्लान्टेक अरबिया,  जुबैल
७. श्री तेजु श्रेष्ठ,  नाडा डेरी कम्पनी,  जुबैल    
८. श्री जय भट्ट,  साद सहमी अल हजारी कम्पनी दम्माम   
९. श्री दिपेन्द्र खडका, साद सहमी अल हजारी कम्पनी दम्माम    
१०. श्री राजु प्याकुरेल, सेनदान कम्पनी, जुबैल       
११. श्री चन्द्र घिमिरे, Saudi Arabia
१२. श्री प्रवीणराज पाण्डे,  बेसिक ट्रेडिंग कम्पनी,  रियाद
१३. श्री महेश श्रेष्ठ, रेड सि हाउजिंग कम्पनी,  जुबैल  
लगायतको सहयोगमा नेपाली राजदुतावासको सेल्टर रहेका पीडित १५ जना चेलीहरुलाई माईती बनेर दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा दुतावासको सेल्टरमा आएका ७ जना दाजुभाइहरुलाई पनि दरको भोज खुवाइयो ।
सो अवसरमा कार्यबाहक राजदुत आनन्द शर्मा र संयोजक गौतमले प्रवासी नेपाली माईतीहरुको तर्फबाट त्यहाँ रहेका चेलीहरुलाई शुभकामना दिए । कार्यक्रममा श्रमसहचारी अम्बिका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

सेल्टरमा रहेका चेलीहरुलाई दरका रुपमा  खुवाईएको भोजका खानेकुरा खिर, आलुको अचार, कुखुराको मासु, सलाद लगायत संयोजक गौतम, विष्णु घिमिरे र प्रविणराज पाण्डे सहितको समूहले आफैले पकाएर तयार गरेका हुन् ।

रियादमै विभिन्न संघसंस्थाहरुले ठूला ठूला तीज विशेष कार्यक्रम गरेपनि उपेक्षा गरिएका ती चेलीहरुलाई नेपाली साझा मंचले सेल्टरमै घरेलु वातावरणमा दर खुवाउदा त्यहाँ रहेका चेलीहरुले प्रफुल्लित भएर खुसी हुँदै धन्यवाद व्यक्त गरे ।

उनीहरु खुसीले नाच्नगाउन पनि लागेका थिए तर सुरक्षाका कारणले बंचित भए ।
साउदी अरबमा प्रवासी माईतीहरुले आफ्नै हातले दरको भोज तयार गरेर प्रवासी पीडित चेलीहरुलाई सम्मानका साथ खुवाएको यो पहिलो घटना हो । यस कार्यक्रमले चेली र माईतीको पवित्र नाता, सद्भाव, प्रेम अनि नेपाली हुनुको सम्बन्धलाई थप प्रगाढ बनाएको विश्वास छ ।

नेपाली साझा मंचको गर्व गर्न लायक ऐतिहासिक कार्यक्रमका रुपमा स्मरणीय भएको छ ।
कार्यक्रम संयोजक तथा सहयोगीहरुलाई हार्दिक धन्यवाद एवं कार्यक्रम ऐतिहासिक रुपमा सफल भएकोमा सम्पूर्ण अभियंता ज्यूहरुलाई हार्दिक बधाई !
जानकारी - महेश श्रेस्ठ बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.