Latest Post

बिनोद चौधरीले नवलपरासीमा निमार्ण गरेको शाश्वतधाम यस्तो छ ।

बिबेक भण्डारी २९ दुम्कौली– नवलपरासीको देवचुलिनगरपालिका दुम्कौलिमा रहेको चौधरी उघोग ग्राम संगै रहेको सिजी मन्दिर यतिबेला नवलपुर आउने हरेकको गन्तव्यको स्थल बनेको छ । हामिले सिजी मन्दिर भनेर चिने पनि बास्तवमा सो मन्दिर श्री काञ्ची शंकरा सदाशिव लिंगम्को नामले स्थापना गरिएको चौधरी समूहका महाप्रबन्धक मधुसुदन पौडेलले जानकारी दिनुभयो । हेर्दै मनमोहक देखिने मन्दिरको निर्माण सुरु भएको बाह्र वर्ष पुगिसकेको छ । पुर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फ रहेको यस मन्दिरमा विशेष गरेर पुरातात्वीक धार्मिक कुराहरु  डिजिटल लाइब्रेरिका  रुपबाट अध्ययन गर्न सकिने छ । मंदिर वरिपरी ताल र विचमा मन्दिर भएकोले हेर्न लायक रहेको रुपन्देहीबाट नवलपुर आएकी पुजा चौधरीले वताइन । नारायणगढ मामा घर आएकी पुजाले मन्दिर हेर्न भए पनि पुन मामा घर आउने वताइन  । रुपन्देहिबाट आएकी पुजाले मात्र हैन पुर्व देखि पश्चीम ओहोर दोहोर गर्ने जुनकुनै व्यक्तिको पनि यस मन्दिरले ध्यान केन्द्रित गर्ने गरेको स्थानिय प्रदिप सापकोटाले वताए । उनका अनुसार प्रत्येक दिन यस मन्दिरको बाहिर कोहि न कोहित आइ नै रहन्छ । कुनै समय भित्र जान रोक लगाइए पनि बाहिर बाट नै आफु संगै सुन्दर तस्वीर लिन यस मन्दिरमा आउने गरेको उनले वताए । यो धाम केवल नेपाल भित्रबाट मात्र नभइ विश्वभरका सनातन धर्म मान्नेहरुका लागि प्रख्यात तिर्थस्थलमा परिणत हुने देखिन्छ । साश्वतधामले नेपालको प्रख्यात धार्मिक पर्यटकीय स्थलका रुपमा समेत ख्याती कमाउने प्रवल सम्भावना रहेको देखिन्छ । मन्दिर वरीपरी मनमोहक वाटर फाउन्टेन रहेको यस मन्दिरले अझै आकर्षणको विन्दु बनाएको देखिन्छ । मन्दिरमा बाहिरबाटै आरती गर्ने व्यवस्था रहने सिजीले जनाएको छ । नेपालको मध्य भागमा रहेको मन्दिर पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण दर्शनार्थीहरुका लागि आकर्षणको केन्द्र बनि सकेको पाइन्छ । मन्दिर परिसरमा डिजिटल धार्मिक लाइब्रेरी र धार्मिक सूचना केन्द्रको व्यवस्था हुने छ  । यहीबाट देशभरका मठ मन्दिर, शक्ती पिठ र धर्महरुको जानकारी लिन सकिने सिजीले जनाएको छ ।

शाश्वतधाम करिव चार विगाहा क्षेत्रफलमा फैलिएको र यो मन्दिर केवल अवलोकन गर्न मात्र नभइ  गुरुकुलको विद्याश्रम समेत  रहेको छ । गुरुकुलमा हाल पहिलो व्याचका १५ जना विद्यार्थीहरु अध्यन गरिरहेका छन् । यहाँ कक्षा ६ मा भर्ना लिएर संस्कृतका साथसाथै नेपाल सरकारद्वारा निर्धा्रित पाठयक्रमको पनि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । गुरुकुलमा आवासिय शिक्षाको व्यवस्था मिलाइएको छ । विद्यार्थीको खाने, बस्ने र लगाउने सम्पूर्ण खर्च चौधरी समूहले नै बेहोर्ने महाप्रबन्धक पौडेलले बताए ।  आगामी वैशाखदेखि मन्दिर सर्वसाधारणलाई दर्शनका लागि खुल्ला गरिने जानकारी शास्वतधाम निर्माणमा संलग्न चौधरी समूहका अधिकारीहरुले दिएका छन् । यस साश्वत धाममा योगा र ध्यान केन्द्र पनि सञ्चालन रहेको छ । यहाँ अखण्ड अग्नी कुण्ड, शक्ती घाट, अर्गा्निक फार्म, धार्मिक प्रर्दशनी, डिजिटल धार्मिक लाइब्रेरी, गोशाला, धर्मशाला, यज्ञ कुण्ड, ४३ जना क्षमताको रेसिडेन्सियल कम्पलेक्स, फुड कोर्ट, सोभेनियर स्टोर लगायत रहनेछन् । सास्वत धामलाई हरियालीपूर्ण बनाइएको छ । जहाँ भक्तजनले घण्टौं आनन्दसँग विताउन सक्ने साश्वत धाम निर्माणमा प्रत्यक्ष रुपमा सहभागी आशुतोषले जानकारी दिएका छन । मन्दिरमा विहान देखि साँझसम्म पुजा , साँझमा आरती , विहान योगा गराइने र बेलुका सधै सात्संग हुने जाइएको छ  । मन्दिरमा व्यक्तिगत पुजा र ग्रह नक्षत्रको बारेमा काउन्सिलिङ दिइने छ । लाइब्रेरीमा बसेर धार्मिक ज्ञान हासिल गर्न सकिने छ भने यससँग सम्वन्धित किनमेल गर्न पाइने जनकारी दिइएको छ । यस मन्दिरमा विशेष त बेलुकाको समयमा हेर्दा आन्दर र मन्दिरको सुन्दरता देख्न सकिन्छ । विभिन्न रंगका बत्तिले मन्दिरलाई थप आकर्षक बनाएको छ । यस मन्दिरमा एक स्थान हेदा फरक रंग अर्को स्थानबाट हेदा अर्कै रंग देखिने गर्दछ । सिजीका अनुसार बैशाख देखि मन्दिर खुल्ला गरिने तयारी रहेको जानकारी गराएको छ ।

साभार www.hulakionline.com बाट

रोल्पा जलजला सेवा समाज दोहा कतार को मासिक को बैठक सम्पन्न ।

चोम बिष्ट   दोहा कतार
प्रवासमा रहेका रोल्पालिहरुको साझा संस्था रोल्पा जलजला सेवा समाज दोहा कतारको नियमित मासिक बैठक 14 सेप्टेम्बर 2016 शुक्रवार का दिन सम्पन्न भएको छ।

उक्त बैठक समाजका अध्यक्ष बसन्त थापाको अध्यक्षता मा र सेवा समाज का सम्पुर्ण कार्यसमिति पदाधिकारि एबम  सदस्यहरु तथा नया रोल्पालि दाजुभाइको उपस्थितिमा उक्त बैठक सम्पन्न भयको छ।
बैठकले सम्पुर्ण प्रवासि रोल्पालि हरु बिच एकआपसि सुमधुर सम्बन्ध अनि भइ परि आउने कुनै पनि किसिमको घटना तथा समस्या को उद्दार गर्न सकियोस यसबाट सहयोग गर्न सजिलो हुने हुदा यसको लागि एकता हुन जरुरि छ भन्ने भावाना सहित २०७३ सालको बडा दसै तथा शुभ दिपावलिको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राख्ने निर्णय सहित  उक्त कार्यक्रम मा रोल्पालि दाजुभाइ दिदिबहिनिहरु लाइ गरिमामय उपस्थितिको लागि आह्वान पनि गरेको छ।
कार्यक्रम निम्न मिति र स्थानमा हुनेछ ।

स्थान:  जोहाना रेष्टुरेन्ट सनैया १३ नम्बर
मिति : २८ अक्टोबर २०१६ शुक्रवार
समय: मध्याह्न १२:३० बजे देखि
सम्पर्क व्यक्तिहरु :- 📞📠📟
बसन्त थापा ३०१८१०१८, चोम बहादुर बिष्ट ६६०९८८७१ ,छबि गुरुङ ७०९८७२७८, चेतमान रोका,७०३८२७७९,एकराज सुबेदि ३०५९७९०२,शिव बुडाथोकि ३३३९३०३९,देब पुन ५५११४१६४,सुर्य बिक ३०३१३७६२,दिल नेपालि ५५२२७६३०, अमर वलि 70147528
          📠rolpajaljala53@gmail.com

जानकारी सेयर गर्नुहोला।
स्वास्थ्य खबर पत्रीका बाट साभार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.