Latest Post

तरकारीवाली कुसुम सँगको कुराकानी ११ फोटो सहित
प्रकाशित मिति: November 4, 2016


कार्तिक १९, २०७३- सोसल मिडियामाबाट एकाएक चर्चित बनेकी तरकारीवाली (कुसुम श्रेष्ठ) को दैनिकी तीन दिनयता फेरिएको छ । गोरखा भुम्लिचोक-८ की कुसुम तीन दिन अघिसम्म बिहान उठेदेखि रातिअबेरसम्म घरमा आमाबुबालाई काममा सघाइरहेकी हुन्थिन् । तर अहिले घरको काममा त्यति धेरै समय दिन पाएकी छैनन् उनले । फोन रिसिभ गर्न, बधाइ लिन र पत्रकारलाई अन्तर्वार्ता दिनमै व्यस्त छिन् उनी। भन्छिन्, ‘दिनकै २ सय भन्दा बढी फोन रिसिभ गर्नु परेको छ । बोल्दा बोल्दै व्याट्री सक्किन्छ, अनिमात्रै फुर्सद पाइन्छ ।’


गत कात्तिक १२ गते काठमाडौं किर्तिपुरका रुपचन्द्र महर्जनले कुसुमको झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको फोटो खिचेर आफ्नो फेसबुकमा राखेका थिए । महर्जनले फेसबुकमा राखेको कुसुमको उक्त तस्बिर केही समयमा नै तरकारीवाली ह्यासट्याग राखेर फेसबुक र ट्विटरमा भाइरल बन्यो । त्यतिमात्रै होइन फोटो भाइरल बनेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाले समाचार नै बनाए ।


सुरुमा फोटो भाइरल बनेको कुरा उनलाई पत्तै थिएन । १५ गते गोरखा घ्याल्चोकमा पढ्दाकी साथी अन्जु रेग्मीले फोन गरेर उनको फोटो भाइरल भएको कुरा सुनाइन् । उनी भन्छिन्, ‘एकछिन म  अचम्ममा परेँ । डर लाग्यो । अब के हुनेहो भन्ने चिन्ता लागिरह्यो ।’


कुरा सुनेको दिन उनलाई त्यति धेरै निन्द्रा परेन । घरी यता फर्किने उता फर्किने गर्दैमा रात कट्यो । बुबा आमाले पनि सुरुमा त किन फोटो दिएको भनेर पनि हकार्नु भयो । तर भोलिपल्ट फोटो खिच्ने उनै रुपचन्द्रले फोन गरेर फोटो भाइरल भएको र यसले नराम्रो भन्दा राम्रो काम गर्ने बताएपछि ढुक्क भएँ।


४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् उनी । सामान्य किसान परिवारकी उनी दसैंतिहारको कलेज बिदामा घर आएकी थिइन् । त्यहीबेला घरकी एक्ली सन्तान कुसुमले सदाका झैं बाबुआमालाई बारीबाट तरकारी टिपेर बेच्न फिस्लिङ ल्याउन सहयोग गरेकी थिइन् । उनी भन्छिन्, ‘फिस्लिङ पारीसम्म गाडीमा तरकारी ल्याएपछि फिस्लिङ पुर्‍याउन क्रेटमा बोकेको थिएँ । त्यो बेला फोटो खिचेको याद पनि थिएन । बेलाबेलामा यस्तो फोटो खिचिरहेका हुन्थे । यादै भएन । तर यो त भाइरल पो बनेछ ।’


उनी अहिले चितवनको केष्ट मोडल कलेजमा कक्षा ११ मा कर्मश पढ्दै छिन् ।


जिन्दगीमा यो बन्छु, उ बन्छु भनेर कमै उद्देश्य बोकेकी कुसुम एकाएक चर्चामा आएपछि भने मोडलिङतिर ध्यान जान थालेको बताउँछिन् । उनी भन्छिन्, ‘तीनदिनअघिसम्म पनि मोडल बन्छु भन्ने कल्पनै गरेको थिइनँ । तर अब अवसर पाएँ भने मोडलिङ गर्छु भन्ने लागेको छ।’


तरकारीवाली भनेर भन्दा कस्तो लाग्छ त? उनले मन्द मुस्कानमा भनिन्, ‘किसानकी छोरीलाई तरकारीवाली भन्दा के भो त ?’


सोसल मिडियामा उनको फोटोलाई लिएर राम्रोसँगै नराम्रो कमेन्ट पनि आउन थालेपछि भने मन दुखेको छ । उनले सोसल मिडिया प्रयोगकर्तालाई विशेष आग्रह गर्दै भनेकी छन्, ‘प्लिज नराम्रो कमेन्ट नगरिदिनुहोला ।’

- समाचार स्रोत :- www.sajhapage.com बाट






कफी पल्पर मेसिन

नेपाल को मध्ये पहाड मा लगाइने अराबिका जात को कफीको टिप्ने कार्य धमा- धम भै राखेको छ | कफी किसान को लागि उत्तम , भरपर्दो , बिस्वसिलो र कार्य छेमता बढी भएको कफी को बोक्रा छोडाउने ड्रम पल्पर मेसिन किसान एग्रो मार्ट नया बानेश्वोर ले बजार मा लिएको हुदा इच्छुक किसान ले सम्पर्क गर्नु होला |
बिसेषता हरु :
१. छिटो छरितो र सजिलै संचालन गर्न सक्ने
२. ड्रम पल्पर भएको हुदा टिकाउ
३. कार्य छेमता बढी
४. मोटर लगाएर वा हात ले समेत चलाउन सकिने
५. प्रति घण्टा ५०-६० के जी सम्म को बोक्रा छोडाउन  सक्ने
६. बिस्व विख्यात ब्रान्ड
अन्य विवरण :
Model TP-120
Power By hand or motor
Operator 1 person
Dimension 540×310×570mm
Weight 14 Kg
Broken rate <0.5%-1%
Peeling rate >99%-99.5%
Loading 1×20FT container about 570pcs
मूल्य : २८५७० with Vat
नेपालको जुनसुकै ठाउमा delivered दिन सकिने |
सम्पर्क :
किसान एग्रो मार्ट
नया बानेश्वोर
फोन : ०१- ४१०५१०४
इमेल : info @kisanagro .com .np
(जानकारी कृषि बिज्ञ राजेन्द्र देबकोटा बाट)

हामी सबै रोगी हुन्छौ, वृद्ध हुन्छौ, एक दिन सबैले मर्नु पर्छ । त्यसैले वृद्ध अवस्था विशेष हेरविचार चाहिने अवस्थामा हेला भए पछि खान लाउन नपाए पछि दुःख सुखका कुरा गर्ने ठाँउ , सुनि दिने मान्छे नभए पछि वृद्ध बुबा आमाहरुको मन रुनु स्वाभाविक हो । हामी सबैले वृद्धहरुलाई सम्मान गरौ । यि हामी सबैका बाबु आमा हुन । हामी सबैको यस्तो दिन आउछ ।
- दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल  । फोन ः ९८५१०६००८६
https://m.facebook.com/story.php?story_fbid=10154612433313788&id=562798787

Contact Form

Name

Email *

Message *

Powered by Blogger.