Latest Post

"आफ्नो दृढ ईक्छा शक्ति, लगन र परिवारको साथ भए जुनसुकै कुरामा पनि सफलता हात पार्न सकिन्छ।"- नेपालको लागि अन्तरास्ट्रिय पदक जित्ने लक्ष्य राखेकी माया चौधरी ।  
आज हामीले टेक्वान्डो खेलकी बेस्ट फाईटर माया चौधरीलाई चिनाउने प्रयास गरेका छौं। राष्ट्रिय स्तरमा पदक जितिसकेकी उनी थारू पहिरन, संस्कृति तथा रितिरिवाज जोगाउन पनि विशेष जोड दिन्छिन्।
उनी चार कक्षामा थिईन जब पहिलो पल्ट टेक्वानडो सिक्न थालिन्, "Black Belt 2nd Dan" गरेकी माया चौधरी बर्दिया जिल्ला गुलरिया टेक्वान्डो डोजाङबाट खेल्छिन्। उहाँ भन्नुहुन्छ, "आफ्नो दृढ ईक्छा शक्ति, लगन र परिवारको साथ भए जुनसुकै कुरामा पनि सफलता हात पार्न सकिन्छ।" विभिन्न राष्ट्रिय प्रतियोगिता तथा कोरियन अम्बासाडर, NECOS राष्ट्रिय टेक्वान्डो प्रतियोगिता, 2nd Sindhu Invitational National Taekwando Championship मा सफलता हात पारिसकेकी उनले 2070 सालको क्षेत्रीय प्रतियोगितामा मध्य पश्चिमाञ्चलबाट बेस्ट फाईटरको उपाधी, 2072 सालमा जिल्ला स्तरीय प्रतियोगितामा बेस्ट फाईटरको उपाधी, 2072 मै राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरिन्।
अचेल सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा व्यस्त माया नेपालको लागि अन्तराष्ट्रिय पदक जित्ने लक्ष्य बोकेकी छिन्। त्यसैगरी विभागीय टिम नेपाल पुलिस कलब वा नेपाल आर्मी बाट टेक्वान्डो खेल्न चाहन्छिन्। थारू समुदायबाट राष्ट्रियस्तरमा टेक्वान्डो खेल्ने बिरलै भेटिन्छन्, त्यसमाथी तपाई महिला, "के कुराले तपाईलाई टेक्वान्डो तर्फ आकर्षित गर्यो?" fb.com/tharucommunity को प्रश्नमा उनले हाँस्दै भनिन्, "मनै त हो जता जान चाह्यो त्यतै लगे तर मैले चाहीं यस(टेक्वान्डो खेल)लाई निरन्तरता दिए, मेहनत गर्दैछु। र मेरो आमाबुवाले पनि मलाई support गर्नु भयो।"
खेलकुद बाहेक नृत्य र मोडलिङमा खास रुची राख्ने माया थारू नृत्यमा अब्बल छिन्, यिनी नेपाली र हिन्दी गितमा पनि नृत्य गर्न रुचाउनु हुन्छ। उनी थारू पहिचान जोगाउन; थारू पहिरन, संस्कृति तथा रितिरिवाज बचाउन पनि विशेष जोड दिन्छिन्।
#तस्विरमा: थारू पहिरनमा सजिएकी माया चौधरी,  भविष्यमा अझ बढि सफलता हात पारुन् र आफ्नो लक्ष्य प्राप्त गरुन् हामी सबैको हार्दिक शुभकामना।
(www.missyounepal.com परिवार को तर्फबाट पनि सम्मान तथा शुभकामना ब्यक्त गर्दछौं।)
साभार :- www.tharucommunity.com को पेज फेसबुक पेज "Tharu Community" बाट




तरकारीवाली कुसुम सँगको कुराकानी ११ फोटो सहित
प्रकाशित मिति: November 4, 2016


कार्तिक १९, २०७३- सोसल मिडियामाबाट एकाएक चर्चित बनेकी तरकारीवाली (कुसुम श्रेष्ठ) को दैनिकी तीन दिनयता फेरिएको छ । गोरखा भुम्लिचोक-८ की कुसुम तीन दिन अघिसम्म बिहान उठेदेखि रातिअबेरसम्म घरमा आमाबुबालाई काममा सघाइरहेकी हुन्थिन् । तर अहिले घरको काममा त्यति धेरै समय दिन पाएकी छैनन् उनले । फोन रिसिभ गर्न, बधाइ लिन र पत्रकारलाई अन्तर्वार्ता दिनमै व्यस्त छिन् उनी। भन्छिन्, ‘दिनकै २ सय भन्दा बढी फोन रिसिभ गर्नु परेको छ । बोल्दा बोल्दै व्याट्री सक्किन्छ, अनिमात्रै फुर्सद पाइन्छ ।’


गत कात्तिक १२ गते काठमाडौं किर्तिपुरका रुपचन्द्र महर्जनले कुसुमको झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको फोटो खिचेर आफ्नो फेसबुकमा राखेका थिए । महर्जनले फेसबुकमा राखेको कुसुमको उक्त तस्बिर केही समयमा नै तरकारीवाली ह्यासट्याग राखेर फेसबुक र ट्विटरमा भाइरल बन्यो । त्यतिमात्रै होइन फोटो भाइरल बनेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाले समाचार नै बनाए ।


सुरुमा फोटो भाइरल बनेको कुरा उनलाई पत्तै थिएन । १५ गते गोरखा घ्याल्चोकमा पढ्दाकी साथी अन्जु रेग्मीले फोन गरेर उनको फोटो भाइरल भएको कुरा सुनाइन् । उनी भन्छिन्, ‘एकछिन म  अचम्ममा परेँ । डर लाग्यो । अब के हुनेहो भन्ने चिन्ता लागिरह्यो ।’


कुरा सुनेको दिन उनलाई त्यति धेरै निन्द्रा परेन । घरी यता फर्किने उता फर्किने गर्दैमा रात कट्यो । बुबा आमाले पनि सुरुमा त किन फोटो दिएको भनेर पनि हकार्नु भयो । तर भोलिपल्ट फोटो खिच्ने उनै रुपचन्द्रले फोन गरेर फोटो भाइरल भएको र यसले नराम्रो भन्दा राम्रो काम गर्ने बताएपछि ढुक्क भएँ।


४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् उनी । सामान्य किसान परिवारकी उनी दसैंतिहारको कलेज बिदामा घर आएकी थिइन् । त्यहीबेला घरकी एक्ली सन्तान कुसुमले सदाका झैं बाबुआमालाई बारीबाट तरकारी टिपेर बेच्न फिस्लिङ ल्याउन सहयोग गरेकी थिइन् । उनी भन्छिन्, ‘फिस्लिङ पारीसम्म गाडीमा तरकारी ल्याएपछि फिस्लिङ पुर्‍याउन क्रेटमा बोकेको थिएँ । त्यो बेला फोटो खिचेको याद पनि थिएन । बेलाबेलामा यस्तो फोटो खिचिरहेका हुन्थे । यादै भएन । तर यो त भाइरल पो बनेछ ।’


उनी अहिले चितवनको केष्ट मोडल कलेजमा कक्षा ११ मा कर्मश पढ्दै छिन् ।


जिन्दगीमा यो बन्छु, उ बन्छु भनेर कमै उद्देश्य बोकेकी कुसुम एकाएक चर्चामा आएपछि भने मोडलिङतिर ध्यान जान थालेको बताउँछिन् । उनी भन्छिन्, ‘तीनदिनअघिसम्म पनि मोडल बन्छु भन्ने कल्पनै गरेको थिइनँ । तर अब अवसर पाएँ भने मोडलिङ गर्छु भन्ने लागेको छ।’


तरकारीवाली भनेर भन्दा कस्तो लाग्छ त? उनले मन्द मुस्कानमा भनिन्, ‘किसानकी छोरीलाई तरकारीवाली भन्दा के भो त ?’


सोसल मिडियामा उनको फोटोलाई लिएर राम्रोसँगै नराम्रो कमेन्ट पनि आउन थालेपछि भने मन दुखेको छ । उनले सोसल मिडिया प्रयोगकर्तालाई विशेष आग्रह गर्दै भनेकी छन्, ‘प्लिज नराम्रो कमेन्ट नगरिदिनुहोला ।’

- समाचार स्रोत :- www.sajhapage.com बाट






कफी पल्पर मेसिन

नेपाल को मध्ये पहाड मा लगाइने अराबिका जात को कफीको टिप्ने कार्य धमा- धम भै राखेको छ | कफी किसान को लागि उत्तम , भरपर्दो , बिस्वसिलो र कार्य छेमता बढी भएको कफी को बोक्रा छोडाउने ड्रम पल्पर मेसिन किसान एग्रो मार्ट नया बानेश्वोर ले बजार मा लिएको हुदा इच्छुक किसान ले सम्पर्क गर्नु होला |
बिसेषता हरु :
१. छिटो छरितो र सजिलै संचालन गर्न सक्ने
२. ड्रम पल्पर भएको हुदा टिकाउ
३. कार्य छेमता बढी
४. मोटर लगाएर वा हात ले समेत चलाउन सकिने
५. प्रति घण्टा ५०-६० के जी सम्म को बोक्रा छोडाउन  सक्ने
६. बिस्व विख्यात ब्रान्ड
अन्य विवरण :
Model TP-120
Power By hand or motor
Operator 1 person
Dimension 540×310×570mm
Weight 14 Kg
Broken rate <0.5%-1%
Peeling rate >99%-99.5%
Loading 1×20FT container about 570pcs
मूल्य : २८५७० with Vat
नेपालको जुनसुकै ठाउमा delivered दिन सकिने |
सम्पर्क :
किसान एग्रो मार्ट
नया बानेश्वोर
फोन : ०१- ४१०५१०४
इमेल : info @kisanagro .com .np
(जानकारी कृषि बिज्ञ राजेन्द्र देबकोटा बाट)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.