अहिलेको मौसममा कस्तो आहारविहार गर्ने ?
प्रतिमा ढकाल (आयुर्वेद क्याम्पस ) २०७३ कार्तिक २६ शुक्रबार ०९:५२:३४ प्रकाशित
प्रकृति परिवर्तनशील छ । त्यसैले होला यसले आफूमा समाहित सबैलाई परिवर्तनको आभाष जरुर गराएको हुन्छ । त्यो चाहे दिन र रात बनेर होस् वा ऋतु बनेर होस् तर प्रकृतिको यही सन्देशलाई हामी प्रकृतिका भोगी मानवले बुझ्न नसक्दा आज विभिन्न समस्याको सामना गर्नु परेको छ ।
समयको महत्व र यसको मागलाई सम्बोधन गर्ने जो कोहि सफलताको हकदार अवश्य हुन् । त्यही सफलतालाई स्वास्थ्य संग जोड्नु पर्दा आजको आधुनिक रहनसहनले गर्दा हामी यसबारे ध्यान दिन सकेका छैनौ जसले गर्दा हामी आफुलाई आधुनिकता तर्फ ढाल्छौ कि वेफुर्सदको बहानामा स्वास्थ्य संग खेलबाड गरिरहेका छौं । यी सब परिस्थितिका बिचमा हामीले आफुलाई प्रकृति अनुसार कसरी परिवर्तित गर्न सक्छौं भन्ने प्रश्नमा प्रकृतिलाई विशिष्ट स्थान दिएर यसको देनद्वारा जन्मिएको विज्ञान हो आयुर्वेद ।
जहाँ यी सब कुराहरुलाई नै केन्द्रित गरेर स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षालाई प्रमुख उदेश्य भनिएको छ । हाम्रो पूर्वीय दर्शनको महान विज्ञान हो आयुर्वेद जहाँ जीवनका हरेक पक्षको चर्चा छ ,वैज्ञानिकता को उत्कृष्ट नमुना छ ।
‘प्रिभेन्सन इज बेटर देन केयर’ भनेर विद्यालयमै घोकेका हामीलाई थाहा छैन कि यसको अवधारणा आयुर्वेदमा सर्बप्रथम लेखिएको हो किनकि यही स्वास्थ्य रक्षाका कुरामा स्वास्थ्यमा प्रत्यक्ष असर गर्न कुराहरु खाना र जीवनशैली लाई नै नियमबद्ध गराएको छ आयुर्वेदल । हामीले हाम्रो घरछिमेकमा मौसम परिवर्तन संगै कतिपय बिरामी परेका भन्ने सुन्ने, देख्ने गरेका उदाहरणले नै ऋतुचर्या (कुनै ऋतुमा पालना गर्नु पर्ने नियमहरु) को महत्व पुष्टि गरेको छ ।
कुन मौसममा कस्तो आहार विहार गर्ने ?
आयुर्वेदमा छ ऋतुको वर्णन गरिएको छ, जहाँ सूर्यको पृथ्वीमा पर्ने कोण अनुसारको बिभाजन गरेर अध्ययन गरिएको छ । यस अनुसार अहिले शरद ऋतु हो जसमा मानिसको बल मध्यम हुन्छ । पाचन शक्ति पनि मध्यम खाले हुन्छ । गुलियो र तितो पदार्थको सेवनमा बढी जोड दिएको छ । यस ऋतुमा दिनमा सूर्यको किरण र रातमा चन्द्रमाको शीतलता रहेको जल (हम्सोदक) लाई अमृत समान भनिएको छ । अमला, मह, जौ, गहुँ को साथसाथमा रोगहरु लाग्न नदिन घिऊ तितो चिज मिसाएर खान अति उत्तम मानिएको छ । अति पिरो र पेटभरि खान निषेध छ । जसमा दही, जलचर पशुको मासु (जस्तै माछा, कछुवा, सुँगुर ) पनि त्याग गर्ने भनिएको छ । दिनमा सुत्नु पनि हुँदैन ।
हेमन्त ऋतु जाडो सुरु हुने लाग्दा हेमन्त ऋतुको पनि सुरुवात हुन्छ जसकारण यस ऋतुमा मानिसको पाचन शक्ति अत्यन्त बलवान हुन्छ त्यसैले पेटभरी खाने, गुलियो, अमिलो रसयुक्त आहार सेवन गर्ने ्र नयाँ चामलको भात, चना,सजिलै नपच्ने खाद्यहरू जस्तै माछा, मासु (जलचर) लाभदायी हुन् । दुग्धजन्य तथा उखुद्वारा निर्मित पदार्थको सेवन उचित छ । प्रतिदिन तातोपानीको प्रयोग पिउन र स्नान गर्न उपयोग गर्ने साथै टाउकोमा तेलले मसाज गरि घाममा रहनु पर्दछ ्र दिनदिनै ब्यायाम गर्ने र अगुरु नामको काठको लेप लगाउनाले चिसोबाट बच्न सकिन्छ । थोरै खानु, सर्बत पिउनु ,सुख्खा खाना र हावाको प्रवाह निषेध गरिएको छ ।
शिशिर ऋतुः (माघ –फाल्गुन) यस ऋतुमा चिसो बढ्नुका साथै हावाको प्रवाह बढेको हुन्छ जसकारण यस ऋतुमा पनि हेमन्त ऋतुमा जस्तै न्यानो वातावरण बनाउदै राख्ने ्र पिरो, तितो र टर्रो रसको प्रयोग गर्नु हुन्न ।
दुई ऋतु बिचको २ हप्ता को समयलाई ऋतु सन्धि भनिन्छ । यस समयमा अघिल्लो ऋतुमा अपनाइएका नियमहरु बिस्तारै छाड्ने र आउने ऋतुको नियमको पालना गर्नु अत्यन्त जरुरी छ । एकै चोटी छाड्नु र अपनाउनु हुन्न । जसले गर्दा बदलिदो मौसमसँगै लाग्ने रोगहरुको सिकार बन्नु पर्दैन ्र मौसम अनुसार हाम्रा शरीरका स्वभाभिक क्रियापनि परिवर्तन हुन्छ जस अनुसार हामीले हाम्रो आहार बिहार मात्र नभएर मानसिक सोच पनि परिवर्तित गर्नु आवस्यकता हुन्छ ।
सकारात्मक सोचबाट नै शरीरलाई सही उर्जा आउँछ, रोगको घर हाम्रो शरीर हुन नदिन आफ्नो जीवनशैली र सोचमा परिवर्तन ल्याउनु आवश्यक छ भन्ने कुरामा आजका विज्ञानलाई पुष्टी गरेका वैज्ञानिक तथा चिकित्सक नै भन्न थालेका छ किनकि आजको र भोलिको समस्या भनेको सरुवा रोग नभएर नसर्ने रोग नै हुन् । हामी हाम्रो आफ्नो स्वास्थ्यको चिकित्सक आफै हौं भन्ने कुराको बोध ५००० वर्ष अघिको विज्ञानमा उल्लेख गरिएको छ ्र तसर्थ मौसम र शरीर को सन्तुलन मिलाउदै आरोग्य प्राप्तिको मार्गमा लाग्न आजको युगले ढिला नगरोस् । साभार www.swasthyakhabar.com बाट।।।
फुर्सदमा हाम्रो वेबसाईट www.missyounepal.com मा पोस्ट भयका कुराहरु हेरेर प्रतिकृया दिनुहोला।