Latest Post

जाजरकोट प्रबासी सेवा समाज कतार को बैठक सम्पन्न ।
जेना पुन
कतार।


      कतार कार्यरत जाजरकोटि हरु को एकता एबम सेवा सहयता को लागि स्थापना गरिएको जाजरकोट प्रबासी सेवा समाज कतार को मासिक बैठक सम्पन्न भयको छ।सेवा समाज का अध्यक्ष प्रेम बहादुर रावत को अध्यक्षता मा बसेको बैठक ले कतार मा कार्यरत जाजरकोटि हरु एकबद्द गर्ने  तथा अन्य बिबिध सहयता को बिषय मा छलफल भयको छ।


सेवा समाज का पदाधिकारी एबम सद्स्य हरुको उपस्तिथि मा बैठक कतार को राजधानि दोहा मा सम्पन्न भयको छ। सेवा समाज स्थापना भय संगै सेवा समाज लाई अझै दृढ़ ढंग ले अगाडि बढाउनु पर्ने तथा कतार को कुना कुना मा कार्यरत जाजरकोटि हरुलाइ एकत्रित गरि निरन्तरता सहित सन्चालन गर्ने समेत बिषय मा छलफल भयको कुरा सेवा समाज का उपाध्यक्ष जय बहादुर शाहिले जानकारी दिनु भयको छ।

मकवानपुर जिल्लाको हेटौडाको यो खबर हो।
८५ बर्ष को बृद्धअबश्था  का बा ले ३०वटा गाइ  पालन गरेर मासिक ८0,000 आम्दानी गरेको जानकारी प्राप्त भयको छ । मेहनत गरेमा के हुँदैन र नेपालमा ? भन्ने कुराको एक प्रमाण हो यो ।   थप समचार छिट्टै पोष्ट हुनेछ ।
जानकारी :-खेम राज खनाल बाट 

"प्रर्थना गर्ने ओठ भन्द सहयोग गर्ने हातहरु महान हुन्छ"

                          "सेवा नै धर्म हो"

काभ्रे चापाखोरी २ मा साधारण परिवारमा जन्मिएकी मन्जु तामाङ १२ बर्षको कलिलो उमेरमा अत्याधिक ज्वरो आएकै कारणबाट दुबै कानले सुन्न नसक्ने भएकी हुन् । अहिले मन्जु २३ बर्षकी भइ सक्दा पनि घरको आर्थिक स्थिति एकदमै कमजोर र दयनीय रहेकै कारण उनको उपचार हुन सकेको छैन ।
चिकित्सकका अनुसार जति सक्दो छिटो उनको कानको अप्रेसन गर्नु पर्ने र सर्जरी गर्नमा ढिलाइ गरिए बिस्तारै मन्जुको स्वर भासिंदै जाने,शरीर सुक्दै जाने र ज्यान समेत जान सक्ने बताएपछि परिवार चिन्तित भएपनि आर्थिक अवस्थाको कारण मन्जुको उपचार गर्न सकिरहेका छैनन् । अप्रेसनको लागि कम्तिमा नेपाली बाईस लाख रुपैयाँ (रु. २२,००,०००/-)लाग्ने जनाएका छन।।

मन्जु आफ्नो उपचार हुन सके फेरि पुरानै अवस्थामा फर्किन सक्ने आशा रहे पनि पैसाको अभावमा आफ्नो उपचार हुन नसकेपछि मृत्युलाई कुर्नु सिवाय अन्य बिकल्प केही नरहेको बताउंछिन् । कसैको दया,धर्म म माथि पलाएर सहयोग गरे आफु ठिक हुने बिश्वास भएपनि अहिले सम्म कतैबाट सहयोग नपाएकोले विभिन्न संघ-संस्था,देश-परदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदी बहिनीहरुमा आर्थिक सहयताको लागि अनुरोध गरेको हुँदा नेपाल तामाङ संघ दक्षिण कोरिया परिवार निज बिरामीको आर्थिक सहयोगको लागि कोरियामा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु , विभिन्न संघ संस्था , व्यापारी , शुभेच्छुकहरुमा तपशिल बमोजिमको बैंक खातामा स्वेच्छिक रकम जम्मा गरि सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्द्छौं ।

बैंक खाता नं. : 166-1014-890-1015 타망,IBK Bank
Code No.  003
सम्पर्क नं. : 01021232514 ( शंख मोक्तान )

सम्पर्क व्यक्तिहरु :
उईना सिङ वाईवा  : 01056682035
प्रकाश ब्लोन : 01042831180
मेघप्रसाद वाईवा : 01059549704
स्नेह लामा : 01040578549
सरिता लोप्चन : 01033534692

उईनासिङ वाईवा तामाङ
            अध्यक्ष
तथा नेपाल तामाङ संघ दक्षिण कोरिया

Contact Form

Name

Email *

Message *

Powered by Blogger.