छक्कापञ्जा हेर्न युएईमा पनि दर्शककाे भिड ,
छक्कापञ्जा हेर्न युएईमा पनि दर्शककाे भिड ,
11 November, 2016 (२६कार्तिक२०७३)
शिवलाल भुसाल , अावुधावि यु ए ई
नेपाली सिनेमा जगतमा अत्याधिक व्यापार गरेकाे सफल फिल्म छक्कापञ्जाकाे शुक्रवारकाे पहिलो शो युएईकाे अावुधावि मुसफामा रहेकाे अलसफिर मल सिनेमाहलमा छक्कापञ्जा हाउसफुल भएको हो ।
हल हाउसफुल भएपछि टिकट नपाएर अाधा भन्दा धेरै दर्शक निरास हुदै फर्किएका छन् ।
चलचित्र ‘छक्कापञ्जा’ नेपाली चलचित्रमध्ये उच्च कमाइ गर्ने रेकर्ड राखिरहेको ‘छक्कापञ्जा’ युएईका बिभिन्न ८ शहरका १९ सिनेमा हलमा शुक्रबार लागेको छ भने शनिवार पनि दर्शकहरुले हेर्न पाउनेछन्
छक्कापञ्जा चलचित्र आज ११ नोभेम्बरमा युएईको दुबइ, अबुधाबी, अजमान, रसअलखेमा, फुजेराह लगायत ठाउँका विभिन्न सिनेमा हलमा प्रदर्शन भएकाे थियाे । युएईका स्थानीय वितरकसँग सहकार्यगरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा यश अघि अक्टोबर १४ मा नेपाली चलचित्र ‘वीर विक्रम’ पहिलोपटक नेपाली दर्शकहरुले हेर्न पाएका थिए ।
युएईमा वैधानिक रुपमा प्रदर्शन भएको पहिलो र दोस्रो चलचित्रले पाएको सफलतासँगै अाफु उत्साहित बनेकाे वितरक सालिक सुवेदिले जानकारि दिनुभएकाे छ । चलचित्रलाई कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईमा रहेका नेपाली माझ चलचित्र पर्दशनमा ल्याएकाे हाे । बैदेशिक राेजगारिकाे लागि करिव पाँच लाखकाे हाराहारिमा नेपालिहरु युएईमा कार्यरत छन ।
देश बाहिर रहेर पनि अाफ्नाे भाषाकाे चलचित्र हेर्न पाउँदा अाफुहरु निकै खुसि रहेकाे नवलपरासि भुमहिका माधव न्याैपानेले हामिसग खुसि व्यक्त गर्नुभयो । अधिकाश हलहरुमा शनिवारकाे लागि पनि टिकट अग्रिम वुकिङ्ग भै सकेकाे छ । यसकाे साथै नेपाली चलचित्रकाे व्यापार खाडिमुलुकमा समेत विस्तार भएको छ । दीपाश्री निरौलाद्वारा निर्दे्शित पहिलो चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेका छ । चलचित्रमा गरिबीका कारण विदेशिन वाध्य आमनेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ ।