Latest Post

अनुहारको दाग हटाउने प्राकृतिक उपाय
स्वास्थ्य खबरपत्रिका २०७३ कार्तिक ३० मंगलबार प्रकाशित 


अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन्ः

कागतीको रस
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ ।

स्ट्रबेरी
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ ।

खरबुजा
खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ ।

मेवा
पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ ।

घ्यूकुमारी
छालाको समग्र सुन्दरताका लागि घ्यूकुमारी ज्यादै उपयोगी वनस्पति हो । यसको गुदीलाई दाग भएको ठाउँमा लगाई ४५ मिनेटपछि धुने गर्नाले एक महिनाभित्रैमा सुधार देख्न सकिन्छ ।

बदाम
बदामलाई पानी अथवा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फाल्ने र गुलाबजलसँग लेप बनाउने । यसरी तयार पारेको लेप दाग लागेको ठाउँमा दल्ने र सुकेपछि धुने । यसो गर्नाले दाग हराउँदै जान्छ ।

जाइफल
जाइफललाई मरिचसँग मिसाई पिस्ने र काँचो दूधमा यसको लेप बनाई अनुहारमा दल्ने । त्यसको दुई घण्टापछि अनुहार धुने । यसो गर्नाले दागसँगै डन्डीफोर पनि हराएर जान्छ । तर, जाइफलको नियमित प्रयोग गर्नु चाहिँ हुँदैन ।

जैतुनको तेल
दाग भएको ठाउँमा जैतुनको तेल लगाउनाले पनि दाग हराउँदै जान्छ ।

चन्दन
चन्दन घोटेर गुलाबजल अथवा दूधसँग मिसाई लेप बनाएर दाग भएको ठाउँमा दल्ने र एक घण्टापछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

साभार www.swasthyakhabar.com बाट

हामीले नगरे कस्ले गर्छ?
रास्ट्र निर्माणमा सहभागी बनौ
चितवन को गौरब रंगशाला निर्माण अभियान।

आदरणीय सम्पूर्ण दाजु भाइ दिदि बहिनी ,स्थानिय संघ संस्था ,शिक्षक ,ब्याब्शायी ,समाजसेवी ,गैआवासिय नेपाली दाजुभाई दिदी बहिनी हरु ,गैर आवासिय नेपाली संस्था यहाहरुमा नमस्कार /

बिशय:चितवन जिल्लाकै गौरब चित्रवन नगर पालिकामा निर्माणधिन रंगशाला निर्माण मा सहयोग गरिदिनुहुन।

चितवन जिल्लामा खेलकुद गतिविधिको बिकास गर्न तथा नमुना रंगशाला रंगशाला निर्माण गर्ने गुरुयोजना हुदाहुदै पनि आबश्यक जागा अभाब को कारण परियोजना खेर गइ रहेको अबस्थामा चित्रवन नगर पालिकाले खेलकुद बिकासको लागि करिब १०-०-० बिगाह जग्गा क्षेत्रफ़ल जागा उपलब्ध गरि चितवन जिल्ला खेलकुद बिकास समिति को समन्वय र चित्रवन यूवा तथा खेलकुद बिकास समितिको पहल कदमीमा चित्रवन खेलकुद निर्माण उप-भोक्ता समिति ,स्थानिय संघ संस्था को सहयोगमा निर्माण हुन लागेको करिब 2 करोडको लागत मा बन्ने प्याराफिट निर्माण कार्यको लागि आबश्यक रकम पूर्णताको लागि आबश्यक रहेको हुदा सम्पूर्ण महानुभाब हरुमा मन,बचन र कर्मले स्वैच्छिक Financial Support सहयोग गरि रंगशाला निर्माण को महान योजनामा सामिल भई सहयोगको लागि हार्दिक अपिल गर्दछौ/

सहयोगको लागि "खेलकुद मैदान निर्माण उप-भोक्ता समिति ,गुञ्जनगर ,चित्रवन "नाममा रहेको Nepal Bank Ltd रामपुर शाखामा रहेको खाता न.०८५००००२२७०१ मा आर्थिक सहयोग पठाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ/

सहयोगका प्रकार

१,भि .आइ.पि.प्यारािफट सम्म निर्माण प्राबिधिक लागत रु.५४ लाख
२,रगशालाको जम्मा लमबाइ ९५ मि.मध्ये प्रति ५ मिटर सम्मको पुर्ण तयारी भवन रु.१६ लाख
--चित्रवन खेलकुदमैदान निर्माण उप-भोक्ता समिति--
बिषय :-चित्रवन नगर पालिका प्रस्तावित रंगशालाको प्याराफिट निर्माण कार्यमा सहयोग पुर्यानुहुने सहयोगदातालाई सम्मान सन्दर्भमा
चित्रवन खेलकुद मैदान निर्माण उपभोक्ता समितिको मिति २०७३-०४-१० गते बसेको समितिको बैठक को निर्यनाया अनुसार तपशिल अनुसार सहयोग दाता लाइ सम्मान गरिनेछ /

१,रु,१०००/-देखि ५,०००/-सम्म सहयोग गर्नु हुने महानुभाब लाइ आकर्षक फ्रेममा सम्मान पत्रले सम्मानित गरिनेछ/
२,रु,५,५५५/- देखि रु,२०,०००/- सम्म सहयोग पुर्यानुहुने महानुभाब लाइ आकर्षक फ्रेमको सम्मान पत्रले सम्मानित गरिनुका साथै दो-सल्लाले सम्मानित गरिनेछ र शिलालेखमा नामाकरण गरिनेछ/
३,रु,२०,५५५/- देखि ५०,०००/-सम्म सहयोग पुर्यानुहुने महानुभाब हरुलाई आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मानित गरिनुका साथै दोसल्लाले सम्मान गरिनेछ र शिलालेखमा नामाकरण गरिनेछ/
४,रु,५०,५५५/- देखि १,०००००/-सम्म सहयोग पुर्यानुहुने महानुभाब हरुलाई आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मानित गरिनुका साथै चौ-साला बाट सम्मानित गरिनेछ /शिलालेखमा नामाकरण का साथै कार्यालयमा मानार्थ तस्बिर राखिनेछ/
५,रु,१,००,५५५/- देखि ५,००,०००/- सम्म सहयोग गर्नु हुने सहयोग दातालाई आकर्षक फ्रेम सहितको समान पत्रले सम्मान गर्नु का साथै शिला लेखमा नामाकरण ,चौ सल्लाले समानित गरिनुका साथै मानार्थ तस्बिर राखिनेछ र समितिको सस्थापक सदस्य मानार्थ पद दिईनेछ /
६,रु,५,००,५५५/- देखि माथि सहयोग पुर्यानु हुने सहयोग दाता लाइ आकर्षक फ्रेम सहितको सम्मान पत्रले सम्मान गरिनुका साथै चौसल्ला बाट समानित गरिनेछ शिलालेखमा नामाकरण ,मानार्थ तस्बिर राख्नु का साथै मानार्थ सलालाहकार ,संस्थापक सदस्य पद ले सम्मानित गरिनेछ/

---चित्रवन खेलकुद मैदान निर्माण उपभोक्ता समिति --
सम्पर्क ९८४५११०८००
Pyarafit Construction User Committee Co-Ordinator TMGrg

यस अभियान सफल पार्न सबै मिलेर लागौं र
यो जानकारी सेयर गरेर सबैसामुपुर्याउनुहुन www.missyounepal.com परिवार पनि हार्दिक अनुरोध गर्दछौं।

मुटुरोगी छोरा लाई बचाईदिन एक आमाको हारगुहार
विनोदसिंह बिष्ट २०७३ कार्तिक ३० मंगलबार

बैतडी – आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन ।

खर्च अभावमा देहीमाडौं–८ मा बस्दै आएकी वसन्तीदेवी ऐरका पाँच वर्षीय छोरा सञ्जीवको उपचार हुन नसकेको हो । श्रीमान् र घरपरिवारले वास्ता नगरेपछि छोरासहित माइतीमा बस्दै आउनुभएकी ऐरका अन्य परिवार झलारीपिपलाडी नगरपालिका–११ कञ्चनपुरमा बस्ने गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि बिरामी छोरासहित उनी माइतीको आश्रयमा बस्दै आएकी छिन्। माइतीको अवस्था पनि झन् नाजुक छ । माइतीमा पनि बुबाको र भाइको पहिले नै मृत्यु भइसकेको र एक्ली ६२ वर्षीय वृद्घ आमा मात्रै छिन् ।

श्रीमान् र घरपरिवारले छोराको उपचार गर्न कुनै वास्ता नगरेकाले वसन्ती माइतीको शरणमा बैतडी पुगेकी हुन् । छोराको जीवन जोगाइदिन उनले हारगुहार गरेकी छिन् । सञ्जीवका बुबा ज्ञानेन्द्रबहादुर ऐर बेरोजगार छन् । मेरो र छोराको हेरचाह नगर्ने वास्ता गर्न छोडेपछि विगत तीन वर्षदेखि माइतीमा बस्दै आएको वसन्तीले बताइन् ।

माइतीको अवस्था पनि दयनीय छ, घरमा आमा मात्रै एक्लै हुनुहुन्छ, उनले भनिन्, “हामी दुई बहिनी मात्रै हौँ, दुवैको बिहेपछि माइतीमा आमा एक्लै मात्रै हुनुहुन्छ ।”

घरपरिवारले बेवास्ता गर्दा छोराको उपचार गर्न नसकेको उनले दुखेसो पोख्दै भनिन् “माइतीमा कोही छैन घरकाले नहेर्दा छोराको उपचार हुन सकेको छैन” । जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि गत जेठ र भदौमा छिमेकीको सहयोगले छोरालाई सहिद गङ्गालाल अस्पताल हृदय केन्द्र काठमाडौंमा उपचारका लागि लगिएको थियो ।

काठमाडौँमा चेक गराउँदा मुटुमा प्वाल परेको छ छिट्टै शल्यक्रिया गर्नुपर्छ नत्र ठीक नहुने डाक्टरले सल्लाह दिएपछि वसन्तीलाई थप चिन्ता परेको छ । आर्थिक अभावले उपचार हुन सकेको छैन । सञ्जीवको मुटुको शल्यक्रिया गर्नुपर्ने भनेपछि वसन्ती समस्यामा परेकी छिन् ।

उपचार गर्न उनीसँग पैसा छैन । विपन्न वर्गको सिफारिस गर्न सदरमुकाम आएकी वसन्तीले छोरा बचाइ दिन सहयोगको याचना गरेकी छिन् । उहाँले छोराको उपचारको लागि आवश्यक पहल गरिदिन जिल्लाका राजनीतिक दल, सञ्चारकर्मी र स्थानीय निकाय र सहयोगदातालाई अनुरोध गर्नुभएको छ । उहाँको अवस्था देखेपछि केही स्थानीयले थोरै रकम सहयोग गरेका छन् । उनीसँग छोराको उपचारको लागि अस्पताल जाने पैसा पनि छैन । यहाँबाट काठमाडौं पुग्न नै समस्या छ ।

उपचार गर्न जाँदा छोरासँग जाने कोही छैनन्, उनले भनिन्, “पैसाको अभाव एकातिर छ, अर्कोतिर अस्पताल पु¥याइदिने आफ्नोे कोही छैन” उनले दुखेसो पोख्दै भनिन् “छोराको मुटु सामान्यको भन्दा दुई गुना बढी एकोहोरो चल्ने गर्छ, मुटु सुन्निने रोगको औषधि खुवाइरहेकी छु, समयमै उपचार गर्न नसके भोलि के हुन्छ चिन्ता लाग्न थालेको छ ।”

सञ्जीव दुई वर्षको छँदादेखि नै अलिअलि ज्वरो आउने गरेको थियो । ज्वरो हो, सामान्य हो भनेर स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएका थिए । स्थानीय अस्पतालमा सामान्य उपचार गराएर छोरालाई निको नभएपछि त्यही बेलादेखि चिन्ता लागेको वसन्तीले सुनाइन् ।

पति सम्पर्कविहीन छन् परिवारले सहयोग जुटाउन सहायता गरेका छैनन् वसन्तीले भनिन्, “एकपटक मात्रै छोरालाई उपचारको लागि काठमाडौँ लगेका उहाँका परिवार आजभोलि वास्ता गर्न छोडेका छन् ।”

३५ वर्षीया वसन्तीले दुखेसो पोख्दै भनिन्,
सम्पत्तिको नाममा त्यही एउटा छोरा छ, “कतैबाट सहयोग पाए, त्यही सम्पत्ति जोगाउन सकिन्थ्यो ।” सञ्जीवलाई आजभोलि पनि नियमितरुपमा औषधि खुवाइराखेको भएपनि औषधि सकिन लागेको छ, उनले बताइन् “डाक्टरले औषधि नसकिदँै बीचमा चेक गराउनु भनेको हो, आर्थिक अभावमा लग्न सकिएको छैन ।”

पाँच वर्षीय छोराको उपचार रकम जुट्न सके नयाँ जीवन पाउन आशा वसन्तीले गरेकी छिन् । सहयोगका लागि बैतडी सदरमुकाममा रहेको ग्लोबल आइएमइ बैंकको खाता नं ३१०७० १०००५२३३ मा रकम जम्मा गरिदिन उनले अनुरोध गरेकी छिन्। रासस

साभार www.swasthyakhabar.com बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.