Latest Post

"परोपकार नै सबैभन्दा ठूलो धर्म हो" भन्ने मूल नाराका साथ ८ मार्च २०१३ मा स्थापना भएको यस लाली गुराँस सेवा समाज बहराइनले २९ जुलाई २०१६ का दिन सडक दुर्घटनामा पनि गम्भीर घाइते हुनु भएका बाबु-छोरी राजु गुरुङ र सुनिता गुरुङको उपचारार्थ २६ अगष्ट २०१६ का दिन देखि आर्थिक संकलन अभियान सुरु गरेको थियो । जसमा गत महिना ०७ अक्टोबर २०१६ शुक्रवारका दिन अर्थात् अभियान सुरु गरेको १ महिना ११ दिन पछि हामीले निज पीडित ब्यक्ति श्री राजु गुरुङ ज्यू स्वयम् लाई संस्थाको माशिक बैठक तथा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रमको अवसर पारि प्रत्यक्ष रुपमा उपस्थित गराई जम्मा बिडि ३७१.६००/- (अक्षरेपि तिनसय एकहत्तर छसय फिल) अर्थात् नेरू "एकलाख चारहजार सातसय एकानब्बे" मात्र रकम संरक्षक श्री यादव देवकोटा तथा अध्यक्ष श्री कृष्ण प्रसाद तिमिल्सिना ज्यू को संयुक्त बाहुलीबाट हस्तान्तरण गरेका थियौं । त्यस पश्चात पनि केही संघ-संस्था तथा ब्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाई सहयोग रकम समेत छुट्याई सक्नुभएको तर हामीलाई प्राप्त हुन बाँकी नै रहेको हुनाले उक्त दोश्रो चरणको संकलन कार्य आज १८ नोभेम्बर २०१६ का दिन सम्म सुचारु राखिएको थियो । जुन दोश्रो चरणको संकलन अभियान अन्तर्गत आज मात्र जम्मा ७५/- बिडि अर्थात् नेरू २१,५४३/- अक्षरेपि एक्काइस हजार पाँचसय त्रिचालिस मात्र संकलन भएको छ । पहिलो र दोश्रो चरणमा गरेर जम्मा बिडि ४४६.६००/- अर्थात् नेरू १,२६,३३४/- अक्षरेपि एकलाख छब्बिस हजार तिनसय चौंतिस मात्र संकलन भइसकेको छ । र अव भने यो अभियानलाई आजकै मितिबाट स्थगित गर्ने निर्णय सहित यस महान् कार्यमा रातदिन नभनी जुट्नु हुने संस्थाका सम्पूर्ण सदस्य तथा गैह्र-सदस्य ज्यूहरू लगायत आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण संघ-संस्था तथा महानुभावहरुमा हार्दिक-हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

हाम्रो अपिललाई आत्मसात गरि आर्थिक सहयोग गर्नुहुने संघ-संस्था तथा ब्यक्तिहरुको नामावली र सहयोग रकम निम्नानुसार रहेको छ ।

संस्थाहरू :-
(१) चितवन सेवा समाज बहराइन - ३१/- बिडि
(२) नेप्लिज वेल्फेयर सोसाइटी - २१/- बिडि
(३) तमू समाज बहराइन - १७/- बिडि
(४) नेपाली एकता समाज बहराइन - १५/- बिडि
(५) मोरङ सुनसरी सेवा समाज बहराइन - ११/- बिडि
(६) भोजपुर हातेमालो सेवा समिति - ११/- बिडि
(७) अन्तर्राष्ट्रिय कलाकार समाज बहराईन - ११/- बिडि
(८) अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइन - ११/- बिडि
(९) अर्घाखाँची प्रबासी समाज बहराइन - ११/- बिडि
(१०) मिथिला सेवा समाज बहराइन - ११/- बिडि
(११) दलित एकता सञ्जाल बहराइन - ११/- बिडि

ब्यक्तिहरू :-
(१) ओम गुरुङ - १०/- बिडि
(२) सीता श्रेष्ठ - १०/- बिडि
(४) अन्जन बाबु श्रेष्ठ - १०/- बिडि
(५) राम कुमार राई - ७/- बिडि
(६) सन्तोष शाह - ५/- बिडि
(७) यादव देवकोटा - ५/- बिडि
(८) बैकुण्ठ नेपाल - ५/- बिडि
(९) खड्क मगर - ५/- बिडि
(१०) पदम गुरुङ - ५/- बिडि
(११) सन्तोष समाई - ५/- बिडि
(१२) इन्द्र पुरी - ५/- बिडि
(१३) बिरेन्द्र बुढाथोकी - ५/- बिडि
(१४) बेदराज पौडेल - ५/- बिडि
(१५) अच्युत प्रसाद पौडेल - ५/- बिडि
(१६) कृष्ण प्रसाद तिमिल्सिना - ५/- बिडि
(१७) भावना आचार्य - ५/- बिडि
(१८) प्रकाश पाठक - ५/- बिडि
(१९) बिरेन्द्र तुम्बापो - ५/- बिडि
(२०) रबि पुडासैनी - ५/- बिडि
(२१) अमृता नाल्बो लिम्बू - ५/- बिडि
(२२) सोमराज कन्दङ्वा - ५/- बिडि
(२३) शिब शङ्कर आचार्य - ५/- बिडि 
(२४) भूमिराज राई - ३/- बिडि
(२५) दिलिप गुरुङ - ३/- बिडि
(२६) चेत बहादुर मल्ल - २.५००/- बिडि
(२७) मुक्तिनाथ देवकोटा - २.१००/- बिडि
(२८) पशुपति ढकाल - २/- बिडि
(२९) मोहन लिम्बू - २/- बिडि
(३०) लाल बहादुर गुरुङ - २/- बिडि 
(३१) दान बहादुर श्रेष्ठ - २/- बिडि
(३२) मान बहादुर गुरुङ - २/- बिडि
(३३) उमेश राई - २/- बिडि
(३४) हिरालाल गुरुङ - २/- बिडि
(३५) चित्र गुरुङ - २/- बिडि
(३६) गीता सापकोटा - २/- बिडि
(३७) सरिता अधिकारी - २/- बिडि
(३८) शिब नारायण श्रेष्ठ - २/- बिडि 
(३९) कृष्ण पराजुली - १.५००/- बिडि
(४०) प्रकाश गुरुङ - १.५००/- बिडि 
(४१) डिक बहादुर अधिकारी - १/- बिडि
(४२) डम्बर धिमाल - १/- बिडि
(४३) सन्त मगर - १/- बिडि
(४४) रामजी गौतम - १/- बिडि
(४५) सागर नेपाली - १/- बिडि
(४६) हरि प्रसाद सुबेदी - १/- बिडि
(४७) प्रताप केसी - १/-
(४८) कृष्ण लोहनी - १/- बिडि
(४९) प्रवीन (तेलङ्गणा) - १/- बिडि
(५०) बसन्त तामाङ - १/- बिडि
(५१) दिलिप गुरुङ - ३/- बिडि
(५२) S.B. राई - १/- बिडि
(५३) दिपेश राई - १/- बिडि
(५४) सागर गौतम - १/- बिडि
(५५) इन्द्र तिमल्सिना - १/- बिडि
(५६) सोभराज अधिकारी - १/- बिडि
(५७) भानु अधिकारी - १/- बिडि
(५८) गोबिन्द भुजेल - १/- बिडि
(५९) लीला क्षेत्री - १/- बिडि
(६०) हरि कार्की - १/- बिडि
(६१) नरेश ओली - १/- बिडि
(६२) अनिश तामाङ - १/- बिडि
(६३) सरोज सिवाकोटी - १/- बिडि
(६४) दिनेश कटुवाल - १/- बिडि
(६५) डुक्पा तामाङ - १/- बिडि
(६६) राजन केसी - १/- बिडि
(६७) लेखनाथ - १/- बिडि
(६८) लोकेन्द्र खाँड - १/- बिडि
(६९) किशोर माझी - १/- बिडि
(७०) बिष्णु दङ्गाल - १/- बिडि
(७१) मगराज गुरुङ - १/- बिडि
(७२) दिपक सेडाइँ - १/- बिडि
(७३) पूर्ण गुरुङ - १/- बिडि
(७४) राजु डङ्गोल - १/- बिडि
(७५) भिम कुमार चौहान - १/- बिडि
(७६) खिल बहादुर अधिकारी - १/- बिडि
(७७) बल बहादुर थापा - १/- बिडि
(७८) कृष्ण रिजाल -१/- बिडि
(७९) छबिलाल वली - १/- बिडि
(८०) टोप बहादुर क्षेत्री - १/- बिडि
(८१) छत्र खड्का - १/- बिडि
(८२) कुबेर उप्रेती - १/- बिडि
(८३) धर्म थापा - १/- बिडि
(८४) गुप्त बहादुर राना - १/- बिडि
(८५) सन्त मल - १/- बिडि
(८६) शङ्कर खाम्चा मगर - १/- बिडि
(८७) केशवराज पौडेल - १/- बिडि
(८८) दिपक बस्नेत - ५००/- फिल
(८९) रमेश थापा - ५००/- फिल
(९०) दिनेश अधिकारी - ५००/- फिल
(९१) राम बहादुर गुरुङ - ५००/- फिल
                            ----------------------
                  जम्मा = ३७१.६००/- बिडि ( हस्तान्तरण भइसकेको )

# प्राप्त भइसकेको तर हस्तान्तरण गर्न बाँकी
----------------------------------------------------
(१) किराँत याक्थुङ चुम्लुङ बहराइन - ११/- बिडि
(२) नेपाली जनप्रगतिशिल मोर्चा - ११/- बिडि
(३) नेपाल आदिवासी जनजाति बहराइन - ११/- बिडि
(४) नेपाली कोल्ड स्टोर मनामा - ११/- बिडि
(५) किराँत राई यायोक्खा - ११/- बिडि
(६) लक्ष्मी गिरी - १०/- बिडि
(७) कन्चन कुमार खड्का - ५/- बिडि
(८) हरि कुमार कुँवर - ३/- बिडि
(९) सोभितमान थापा - २/- बिडि
           -----------------------------------
आज संकलित जम्मा ७५.०००/- बिडि
१६ सेप्टेम्बरमा जम्मा ३७१.६००/- बिडि
           ----------------------------------------
दुवै चरणमा गरि जम्मा ४४६.६००/- अर्थात् नेरू १,२६,३३४/- अक्षरेपि एकलाख छब्बिस हजार तिनसय चौंतिस बिडि मात्र ।

( नोट :- आज १८ नोभेम्बरमा संकलित बिडि ७५.०००/- चाँडै नै हस्तान्तरण गर्ने गरि उपाध्यक्ष प्रकाश पाठक ज्यूलाई जिम्मा दिइसकिएको छ ।)
-लालिगुरास सेवा समाज बहराईन

बिगत १ बर्ष देखि अस्पतालको शैयामा छटपट्याउदै ललित बुढामगर।

नबराज पुन मगर।
१८ नोभेम्बर/कतार



देशको बेरोजगारी को समस्या, स्वदेशमै बसेर आफ्नो दैनिकी गुजार्न धौ धौ पर्ने भएको हुनाले दिनानुदिन बिदेश पलायन हुने युवाहरू मध्य एक हुन ललित बुढामगर। समाजका अती निम्न बर्गका, साझ बिहान छाक टार्न समेत धौ धौ हुने भएको हुनाले मनभरी सुन्दर सपना सजायर केही कमाउछु र आफ्नो बालबच्चा हरुको पालन पोषणमा सहजता ल्याउछु भनेर ३० महिना अघि रोजगार को शिलशिलामा कतार आएका चौखाबाङ ९ गलम्पाटिका रुकुम का ललित बुढामगर को यति बेला ती सुन्दर सपना हरुमा बिच  बाटोमा ठूलो ठेस लाग्न पुगेको छ।

सदाको दिन झै डिउटी लाई निरन्तरता दिदै गरिरहदा गम्भीर दुर्घटनामा परेको पनि १ बर्ष भैसकेको छ। कतारको एक प्रतिष्ठित आल्मुनियम कम्पनिमा काम गर्दा गर्दै फलामको टुक्राले शरिरको संबेदनसिल अङ्ग टाउकोमा गहिरो चोट लागेको हो। टाउको मा गहिरो चोट लागे पछि उपचारका लागि कतारको रुमिल्लाह अस्पताल मा भर्ना भएका बुढामगरको अहिले सम्म पनि राम्रो सङ होस खुल्न सकेको छैन । ललित बुढामगरको स्वास्थ्य अवस्था लाई बुझ्न  रोल्पा जलजला सेवा समाज कतारका महासचिव चोम बहादुर बिष्ट अस्पताल पुगेर ललित अहिले सम्म उपचारकै क्रममा रहेको र  पहिलेको भन्दा अहिले केही सुधार हुँदै आएको र पुर्ण रुपमा निको हुन ठ्याक्कै यति समय लाग्ने भन्न नसकिने अस्पताल बाट जनाइएको बताउनु भएको छ। बिगत १ बर्ष देखि अस्पताल को शैयामा छटपटाइ रहेका बुढा मगरको उपचार मा सरलता र उनको घर परिवारलाई पनि केही राहत पुर्‍याउने मनशायले रोल्पा जलजला सेवा समाजका महासचिव  बिष्ट ले आफू कार्यरत कम्पनीमा आर्थिक सहयोग संकलन कार्य थालनी गर्नु भएको छ र अबको केही दिनमै संकलित सो रकम पिडित र पिडित का आफन्त समक्ष हस्तान्तरण गर्ने बिष्ट ले बताउनु भएको छ।


सिलिन्डर ग्याँस प्रयोगकर्ता हरुको लागि अत्यन्त महत्वपुर्ण जानकारी - जस्ले दुर्घटना हुन बाट बचाउँछ। आफू जानौं र अरुको जानकारिको लागि सेयर गरौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.