Latest Post

 स्याङ्जा परिवार, दक्षिण कोरिया परिवारले आगामी सलनालको अवसरमा(२०१७ जनवरी २८ तारीक) बृहत साँस्कृतिक कार्यक्रम गर्ने ।


आगामी सलनालको अवसरमा अर्थात २०१७ जनवरी २८ तारीक यस स्याङ्जा परिवारले बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ, यसको लागि सम्पूर्ण तयारी द्रुतगतिमा भईरहेको सहर्ष जानकारी गराउँदछौं । यस कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका निमित्त सम्पूर्ण स्याङ्जाली महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपील गर्दछौं । सोही सलनालको अवसरमा प्रथम पटक भाग्यशाली चिठ्ठा कार्यक्रम गर्न लागेको दुई संस्थाहरु संखुवासभा सम्पर्क समिति, दक्षिण कोरिया तथा सुर्खेत कोरिया सम्पर्क समिति, दक्षिण कोरिया लाई पनि कार्यक्रम सफलताको हार्दिक अग्रिम शुभकामना व्यक्त गर्दछौं । सबै व्यवस्थापनका लागि नेपाली सम्पर्क समिति, दक्षिण कोरियालाई हार्दिक धन्यवाद र  सफलतापुर्वक कार्यक्रम सम्पन्न पार्नुभएकोमा धेरै धेरै बधाई ।


        नेपाली सम्पर्क समिति, (NCC) दक्षिण कोरियाको साँस्कृतिक कार्यक्रम बाँडफाँड कार्यक्रममा स्याङ्जा परिवारको तर्फबाट सहभागी भई आफ्नो अमूल्य समय प्रदान गरेर संस्थाको उद्देश्यमा सहकार्य र हातेमालो गर्नुहुने समस्त अग्रज, शुभचिन्तक महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

                                                    अध्यक्ष
                                                  राजु भण्डारी
                                                          तथा
                          स्याङ्जा परिवार, दक्षिण कोरिया ।

जाडोमा आश्रमका लागि न्यानो प्रेम, २ थान ग्यास हिटर स–प्रेम सहयोग               सागर पाण्डे & समिक्षा पाण्डे अर्याल

मानवसेवा आश्रम काठमाडौं
मानवसेवा आश्रमको काठमाडौं शाखालाई सुरूवातकालदेखि नै न्यानो प्रेम प्रदान गर्दै आउनुहुने डेनमार्कमा कार्यरत आदरणीय परोपकारी तथा मानवीयताका पुजारी  सागर पाण्डेज्यू र समिक्षा पाण्डे अर्यालज्यूले मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरूको सेवामा सहजता होस भन्ने अभिप्रयले मानवसेवा आश्रम काठमाडौं शाखालाई २ थान ग्यास हिटर सहयोग गर्नुभएको छ । सहयोग सामाग्री आदरणीय माता श्रीरमा पौडेल अर्यालज्यू तथा पिता श्रीशिव अर्यालज्यूले मानवसेवा आश्रम काठमाडौंलाई हस्तान्तरण गर्नुभएको हो ।


मानवसेवा आश्रमका अभिभावक तथा सहयोगी आदरणीय दिदी रमा पैडेल अर्यालज्यू, तथा सहयोगी आदरणीय सागर पाण्डे अर्यालज्यू, समिक्षा अर्याल पाण्डेज्यू लगाएत सम्पुर्ण उदारमना मरोपकारी मनहरूप्रती सादर नमन् तथा सु–स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना ।

कतारमा अस्पतालको शैया मा रहेका  ललित को परिवारलाई आर्थिक सहयोग।
लक्ष्मण रसाइली
कतार,


शरिरको संबेदनसिल अङग टाउकोमा गम्भीर चोट लागेर उपचारको लागि रुमिल्लाह अस्पतालको शैयामा रहेका रुकुम का ललित बुढामगर को १ बर्ष बिति सक्दा पनि पुर्ण रुपमा उपचार हुन सकेको छैन।कतारको एक प्रतिष्ठित आल्मुनियम  कम्पनिमा कार्यरत बुढामगरको काम गर्ने क्रममा फलामको टुक्राले टाउकोमा गम्भीर चोट लागेको थियो। समाजका निम्न बर्गका रुकुमको चौखाबाङ ९ गल्मपाटिका घर भएका बुढमगरको धन कमाउने ठूलो सपना केवल सपनामै सिमित हुन पुगेको छ।परदेश बाट  नै यस्तो दुख को बेला उनको परिवार मा आर्थिक रकम सहयोग भयको छ।
घरमा बृद बुवा आमा अनि एक छोरिको पालन पोषणको लागि आर्थिक अवस्था कमजोरि अनि अभाबका कारण परि आएको समस्याको केहि सक्दो सहयोगको निम्ति बुढा मगरको परिवारलाई केही आर्थिक सहयोग जुटेको छ। बिरामी बुढाको घर परिवारलाइ उपचारमा सहयोग पुर्‍याउने उदेश्यले रोल्पा जलजला सेवा समाज कतारका महासचिव   चोम बिष्ट को संयोजकत्वमा   आर्थिक संकलन गरि  ललितको बुवा राम बहादुर बुढा र छोरी रक्षा बुढा मगर को संयुक्त बैक खातामा६७,३४०/- (सतसठ्ठि हजार तीन सय चालीस)सहयोग भयको छ।नेपाल बैक लिमिटेड मा रहेको खाता न• ०७७०१००६३१०५६४०००००१ मा ६७,३४०/- जम्मा गरिएको छ।र यस्तो दुख र पिडा को बेला सबैले आ आफ्नो सक्दो रकम सहयोग गर्न समेत अपिल गर्नु भयको छ।र रकम संकलन को लागि ललित का दाइ गोबर्धन बुढा (+9779747096167)र कतार को लागि गोबिन्द बुढा (+97470151164)सम्पर्क गरि सहयोग गर्न सकिने बिष्ट ले बताउनु भयको छ।


Contact Form

Name

Email *

Message *

Powered by Blogger.