Latest Post

यी रोगलाई अमला फाइदाजनक - जानिराखौं
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर २३ बिहीबार प्रकाशित

डायबेटिज
बेसारको चूर्णसँग अमला खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ, जुन डायबेटिजका बिरामीका निम्ति लाभदायक हुन्छ ।

पायल्स
सुकाएर राखेको अमला दूधसँग हरेक बिहान खाने गर्नाले पायल्सका रोगीलाई लाभ मिल्छ ।

नाकबाट रगत बग्ने
नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाई टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।

मुटुरोग
मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीनवटा अमला खाने गर्नुपर्छ । दिनहुँ अमला खाने गरेमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।

रुघाखोकी
रुघाखोकी लागेमा दिनमा तीनवटा अमला गाईको दूधसँग खाने गर्नुपर्छ । अलिक कडै खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाएमा राहत मिल्छ ।

पिसाब पोल्ने
अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउने हुन्छ ।

पत्थरी
पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निकै फाइदा पुग्छ ।

सडकमा अलपत्र अवश्थामा रहनुभएकि अन्दाजी ३६ वर्षिय महिलाको उद्धार    

07December2016


सर्वोत्कृष्ट जीवन:शाश्वत चिन्तन(साँचो जीवननिर्माण अभियान) द्वारा संचालित मानवसेवा आश्रम,ललितपुरले प्रहरी परिसर जाउलखेलको सहयोगमा  फुल कुमारी चौधरी  नाम गरेकी  अन्दाजी ३६ बर्षिय सडकमा अलपत्र अवश्थामा रहनुभएकि  महिलाको उद्दार गरेको छ । थप जानकारीको लागि मो.नं. ९८५५०७६००५ र ९८५१०९५४७९
- मानव सेवा आश्रम ललितपुर।


गाउँखाने कथा - मौसममा अघायर आफू हुन्छ टम्म तेस्पछी मात्र परिवार पाल्छ टम्म के हो ??
उत्तर - भकारी

Contact Form

Name

Email *

Message *

Powered by Blogger.