Latest Post

माननीय स्वास्थ्य मन्त्री गगन थापा संग बालबालिका तथा बृद्द बृद्दा बुवा आमा हरुको लागि नि:शुल्क उपचारको माग गर्ने तयारी!

एभरेस्ट गौतम,बेलायत
एशियाकै नमूना काठमाडौं बिश्व-बिधालय शिक्षण अस्पताल तथा बेलायतको स्वास्थ्य सेवामा करिव ८ बर्षको अनुभव बटुल्नुका साथै बिस्वका विकसित तथा बिकासोन्मुख राष्ट्रहरूको स्वास्थ्य सेवाहरूलाई नजिकै बाट अबलोकन गरिरहेका राजन खकुरेलले माननीय स्वास्थ्य मन्त्री गगन थापा संग १२ बर्ष भन्दा मुनिका बालबालिका र ७५  बर्ष भन्दा माथीका बृद्दाहरुको लागि संपूर्ण स्वस्थ्य खर्चमाँ, निशुल्क उपचारको माग गर्ने तयारी गर्दै हुनुहुन्छ ।

यो प्रस्तावित ज्ञापनप-पत्रलाई मानवीय मन्त्री समक्ष केहि हप्तामा बुजाउने योजना छ।
उक्त कार्यमा तपाईंहरूको उपयुक्त सल्लाह र सुझावको अपेक्षा गर्दै, यस्ले भबिस्यमा महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ । 

(तस्वीर, Everest Gautam with Rajan Khakural )

सहयोगी मनले नजिक र टाढा भन्दैन । मानवता र सद्भावका लागि सहकार्यस्वरुप भुटानमा जन्मिएर नेपालमा २० वर्ष बिताएकी लछी राईले मुसहर बस्ती निर्माणका लागि १६ हजार ६७ रुपैँया अमेरिकादेखि पठाउनु भएको छ । सहयोगी मनकी धनी उहाँलाई खान पुगोस दिन पुगोस् ।

बर्दिबास २, महोत्तरीमा निर्माण हुन लागेको एकिकृन नमूना मुसहर बस्तीलाई सहयोग गर्न Bank Of Kathmandu Lumbini को खाता नं.  016800100370524 मा रकम जम्मा गर्न सक्नुहुनेछ । विदेशबाट Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स गरेर पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग पठाइसकेपछि फेसबुकमा अथवा इमेल dhurmussuntali47@gmail.com मा वा 9803472476 नम्बरमा फोन गरेर जानकारी गराउन आग्रह गर्दछौँ ।
- धुर्मुस सुन्तली फाउन्डेसन

धरानका प्रकाश गुरुङ द्वारा १ लाख १ हजार १ सय रुपैँया मुसहर बस्ती निर्माणका लागि सहयोग/सबैले सहयोग गरौं। 

'मानवता र सद्भावका लागि सहकार्य' स्वरुप धरानका प्रकाश गुरुङले आफ्नो स्वर्गिय हजुरआमा रणमाया गुरुङ र मौलोबा डम्बर बहादुर गुरुङको सम्झनामा बुवा सूर्यमान गुरुङ र आमा गंगा गुरुङकोतर्फबाट संयुक्त रुपमा १ लाख १ हजार १ सय रुपैँया मुसहर बस्ती निर्माणका लागि प्राप्त भएको छ । उहाँहरुले गर्नुभएको सहयोगप्रति हामी निकै आभारी छौँ ।
Contact : 9803472476
- धुर्मुस सुन्तली फाउन्डेसन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.