Latest Post

कला क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाण्डौँ निवासी कलाकार प्रमोद पौडेलले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि सहयोग गर्नुभएको छ।  

कला क्षेत्रको प्रतिनिधित्व गर्दै तेश्रो एकिकृत बस्ती निर्माणमा जुट्दै गर्दा मानवता र सद्भावका लागि सहकार्य गर्दै सिनामंगल काठमाण्डौँ निवासी कलाकार प्रमोद पौडेलले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि २० हजार ५ रुपैँया सहयोग गर्नुभएकोमा हामी निकै आभारी छौँ । बस्ती निर्माणका लागि आफ्नोतर्फबाट उहाँले जस्तै सकेको सहयोग गर्न सबै समक्ष अपिल गर्दछौँ ।


नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।

-धुर्मुस सुन्तली फाउन्डेसन


नानू पल्पसा भट्टराईले आफ्नो बाल्यकालको खुत्रुकी फुटायर,बाबू अनुप गुरागाँईले खाजा खर्च कटायर मुसहर मुहारमा मुस्कान ल्याउन सहयोग गरेका छन । 


महोत्तरी बर्दिबासका मुसहर मुहारमा मुस्कान ल्याउनका लागि पल्पसा भट्टराईले आफ्नो बाल्यकालमा खुत्रुकेमा जम्मा गरेको २० हजार रुपैँया खुशी साथ कार्यालयमै आएर मुसहर बस्ती निर्माणका लागि हस्तान्तरण गर्नुभयो । यस्तै, अनुप गुरागाईँले आफ्नो खाजा खर्चबाट पैसा जोगाएर २ हजार रुपैँया सहयोग गर्नुभएको छ । यति सानैमा यति ठूलो सहयोगी मन भएका उहाँहरुप्रति आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।

-धुर्मुस सुन्तली फाउन्डेसन

मुसहर बस्ती निर्माण सहयोगको लागि आमा चमेलीदेबी धुर्मुस सुन्तलिलाई भेट्न चितवन देखि काठमान्डौं सम्म।  

चितवन पिठुवाबाट यी आमा पुरानो बानेश्वरमा रहेको हाम्रो कार्यालयमा आउनुभयो । महोत्तरी बर्दिबासका मुसहरहरुको बास बनाउने कार्यमा आफ्नो तर्फबाट श्रीमान भुमिराज तिवारीको सम्झनामा २० हजार रुपैँया सहयोग गर्नुभयो । मानवता र सद्भावका लागि सहकार्यस्वरुप सहयोग गर्नुभएको चमेलीदेवी तिवारीको सहयोगी मनलाई सलाम । उहाँले दिनुभएको आर्शिवाद भोली पेजमा अपडेट गर्ने छौँ । मुसहर बस्ती निर्माणका लागि सहयोगी हातहरु जुट्दै छन्, छिट्टै अनुमानित लागत संकलन हुने आश गरेका छौँ ।

बर्दिबास २, महोत्तरीमा निर्माण हुन लागेको एकिकृन नमूना मुसहर बस्तीलाई सहयोग गर्न Bank Of Kathmandu Lumbini को खाता नं.  016800100370524 मा रकम जम्मा गर्न सक्नुहुनेछ । विदेशबाट Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स गरेर पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग पठाइसकेपछि फेसबुकमा अथवा इमेल dhurmussuntali47@gmail.com मा वा 9803472476 नम्बरमा फोन गरेर जानकारी गराउन आग्रह गर्दछौँ ।
- धुर्मुस सुन्तली फाउन्डेसन 

मानवता र सद्भावका लागि सहकार्य गर्दै बाँसबारी काठमाण्डौँका समिर थापाले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि ७ हजार रुपैँया सहयोग गर्नुभएकोमा हामी निकै आभारी छौँ । यस्तै सहयोगको आशमा हामी रहेका छौँ । Contact :  9803472476

Contact Form

Name

Email *

Message *

Powered by Blogger.