Latest Post

"हाम्री आमाको संस्कार र  ममताको मान हो यो ।
महिलाको  सम्मान अनि असल पुरुषको सान  हो यो ।"
बैनी Asaru Shrestha का यी दुई हरफ सापटी लियका छौं।
बाँकी  जस्ताको तस्तै स्पेन निवासी सन्तोश श्रेस्ठ जि को फेसबुक बाट।"डाक्टरले नसक्ने भनेपछि ....... 

    उनि बिहान उठ्न नै गार्हो हुन्छ बिस्तारामा थोरै  फराकिलो ठॉउ बनाएर घिर्सदै बेडको डिलमा आयर उठ्छिन् । सोफामा बस्दा पनि अफ्ट्यारो  हुने , मेसिनमा कपडा राख्ने या झुक्नु पर्ने काम गर्न त निकै गार्हो , घरमा लिफ्ट छ तर अन्तिममा बॉकी रहेको एकदुई खुट्किला झर्दा पनि भित्ताको सहारामा झर्नु पर्ने यावत अफ्ट्याराहरु हुने रहेछन् मैले त्यतीबेला देखि नै उनका हरेक कुराहरुलाई गौण गरेर हेरे जब डाक्टरले उनीलाई  काम गर्न नसक्ने अब उनको पेट धेरै ढुलो भई सक्यो भने । उनको कम्पनिले पनि लिईरहेको सबै सुबिधा यथाबत रहने गरि शुभकामना सहित छुट्टी दियो ।


           मेट्रो बसमा पनि छुट्टै सिट बनाईएको छ । उनलाई देख्ने बित्तिकै सबैले सिट छाडिदिन्छन् । हस्पिटलमा उनि जस्ता सबैको लागी बिशेष कक्ष राखिएको छ । छुट्टै जानकारी दिनका लागी समेत उनि क्लासलिन जान्छिन् । हस्पिटलमा डाक्टरले जॉची सके पश्चात बिभिन्न सामाजिक संध सस्थाले उपलब्ध गराईएका गिफ्ट प्याकहरु दिन्छन् निकै खुशि साथ शुभकामना दिन्छन् घरमा ल्यायर खोलेर हेर्दा बच्चाको लागी किताब निप्पलहरु हुन्छन् । यि याबत कुराहरुले मलाई लाग्छ एउटा बच्चाले जन्म  लिदै गर्दा आमाले मात्र हैन पुरै समाज ,जान अन्जानका मान्छेहरु खुशी भईरहेका छन् रमाईरहेका छन् साथदिईरहेका छन् । उनलाई खुशिका साथ डिनर ईन्भाईट गर्ने जस्तो कुराहरुले मलाई आफ्नो समाजिक घेरामात्र हैन  मानब सृष्टिमा देखिएको मानबताले निकै छुन्छ । प्राय सबैले मॉया गर्छन आफ्नो श्रीमतीलाई झन् दुई जिउकी हुदा ख्याल नगर्ने श्रीमान त कोनै होला तर यो मानबतालाई ,साथी आफन्तजनको मॉया, उनका खुशि र परेका अफ्ट्याराहरु अक्षरहरुमा कोर्न चाहान्थे कलम चलाउन मन लागिरहेको थियो । 

   एक दिन त उनि ठुलो पेट लियर काममा जॉदा सार्है दुख लाग्यो रिस उठ्यो अनि यो बिदेशको कार्डलाई "कुल्लीको लाईसन" संग तुलना गर्दै लामो लेख लेखे तर पोष्ट गर्ने सकिन कारण मैले काम गर्ने कम्पनिको डाईरेक्टरले उनको स्वास्थ्यको लागी ख्याल गर्नु भनि जतिबेला पनि आबश्यक परे घर जानु भनि छुट दिएकी छन् त्यहा पनि करिब सबै हाम्रो नयॉ आगमन  हुने बच्चाको स्वास्थ्यको चासो राख्छन् । यहॉका डाक्टर नर्सहरु उनले पायको सहानुभुती र सुबिधाका कारण त्यो लेखलाई पोष्ट गर्न मेरो नैतिकताले दिएन हामी यहॉ कामदार होईन उनिहरु सरह नै सुबिधा मॉया र सम्मानका साथ बॉचेका छौं । क्षणिक आबेगमा आएर लेखियको त्यो लेख मैले पोष्ट गरिन ।


   दिन बित्दै थिए उनि र घॉम ताप्न निस्कियौं । बाटोमा उनको जुत्ताको तना फुस्कियो उनि आफैले बॉध्न सक्ने अबस्था रहेन मैले बॉधिदिए र अधि बढ्यौ । अलि अघि पुगेपछि मलाई त्यो पलको तस्बिर लिन मन लागे जस्तो भयो र एउटी चाईनिज केटिलाई फोटो खिचिदिन अनुरोध गर्दै हामिले फेरी त्यो पलको फोटो खिच्यौ। उनले त मेरो कपाल आयो मुखमा त्यो फोटो पोष्ट नगर्नु भन्दै थिईन् तर मलाई त्यो फोटो कता कता आफै बोलिरह्को जस्तो लाग्यो अनि कुनै क्याप्सन नलेखि फोटो पोष्ट गरे । हिजो प्रकाशित जुत्तामा  तना बाधिदिदै गर्दाको हाम्रो फोटो धेरै ठॉउमा प्रकाशित भएछ ।

     मेरो चाहाना यसले आमा बन्दै गरेकी महिलाको भाब कोरोस् भन्ने थियो । आफ्नी श्रीमतीको मात्र हैन जो सुकै आमा बन्न लागेकी महिलाको हामीले जुत्ताको तुना बाध्दा केही हुदैन भन्ने आशयका लागी थियो । बिदेशमा जस्तै हाम्रो देशमा बस र मेट्रोमा सिट छोडिदिन प्रेरीत होस् भनिनेमा थियो । समग्रमा यहॉको सिस्टम मानबता र बिदेशी भनी पटक्कै अपहेलना नगरी मॉया ममता दिने यहॉका डाक्टर र संध सस्थाहरु प्रतीको झुकाबले मलाई समेत झुकायको अबस्थाको थियो। हाम्रो संसारमा आउदै गर्न लागेको पेट भित्रको शिशुको सम्मान र पेट भित्रै उ मुस्कुराओस् भन्नका लागी थियो ।

यसलाई निकै महत्वदिनु हुने , राम्रो नराम्रो , जान अन्जानमा प्रतिकृया दिनुहुने सबैलाई धेरै धेरै धन्यबाद ।"

पढ्नुभयकोमा www.missyounepal.com परिवारको तर्फबाट हार्दिक धन्यबाद। आशा छ यी मिठा अनि यथार्थ कुरा हरु बाट सबैको मन बदलिनेछ, समाजमा यस्तै राम्रो सँस्कारको बिकास हुनेछ। हरेक घरपरिवारमा आमा तथा आमा बन्न लागेका सबैलाई माया एवं सम्मानको नजरले हेरिनेछ।

"हाम्री आमाको संस्कार र  ममताको मान हो यो ।
महिलाको  सम्मान अनि असल पुरुषको सान  हो यो ।"
-Asaru Shrestha



विभिन्न सामाजिक संस्था हरु तथा दुखी पिडित हरुलाई दिल खोलेर सहयोग गर्दै आउनुभयका श्रेस्ठ दम्पतिको सामाजिक सन्जाल/अनलाईन मिडिया हरुमा सार्बजनिक भयको जुत्ताको तुना बाध्दै गरेको तस्बीरहरु धेरैले देखिसक्नुभयको छ, मन वचन र कर्मले सुन्दर यो जोडिको केही अन्य तस्बीर हरु यहाँ राखियको छ। 

राती ११ बजे दुई युवकको उद्धार/खुल्ला आकाश मुनि अत्यन्त कष्टकर जीवन वीताई रहेका यी युवकहरूको अवस्था दयनिय रहेको छ।
29Dec2016
- मानबसेवा आश्रम ललितपुर,
रात्री सडक अवलोकन पश्चात् उद्धार
मानवसेवा आश्रम ललितपुरले आज दुई जना मनोरोगी युवकको उद्धार गरेको छ। लगनखेल र मंगल बजार बाट राती १०:००बजे उद्धार गरेको हो। सडक पेटीमा खुल्ला आकाश मुनि अत्यन्त कष्टकर जीवन वीताई रहेका अन्दाजी २५/३० वर्षका देखिने युवकहरूको अवस्था दयनिय रहेको छ। सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन द्वारा संचालित मानवसेवा आश्रम, ललितपुरले हप्तामा दुई पटक हरेक आइतवार र विहिबार सडक अवलोकन गर्ने क्रममा आश्रमका उपाध्यक्ष तथा संयोजक श्री  धर्मप्रसाद पौडेल, स्वयमसेविकाद्वय श्री सुमित्रा चौलागाईं र  श्री शुशिला चौलागाईं तथा स्वयम् सेवक श्री शुदर्शन राज जोशीको टोलीले रात्री सडक अवलोकन गर्ने क्रममा महानगरिय प्रहरी परिषरको सहयोगमा उक्त उद्धार कार्य गरेको हो।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि : 
९८५५०-७६००५- शाखा कार्यलय ललितपुर।
९८५५०-७६००२ - मुख्य कार्यलाय हेटौंडा।
९८५५०-७६००४ - शाखा कार्यलय काठमाडौं।
०५६ - ५२५८९४, ९८५५०-७६००३,- शाखा कार्यलय चितवन।
९८५५०-७६००६ - शाखा कार्यलय गोरखा।
९८५५०-७६००७ - शाखा कार्यलय लमजुङ
९८५५०-७६००८ - शाखा कार्यलय विरगंज।

१४ बर्षका शिशिर गौतम देबचुली न.पा. बाट पौष १३ गते देखि हराईरहेका छन। सेयर गरेर खोजी कार्यमा साथ दिनुहोला।

- राजु चापागाईं, नवलपरासि
नवलपरासी जिल्ला,देवचुली नगरपालिका -१० घर भएकाे वर्ष १४ काे कक्षा ७ मा पढ्ने शिशिर गौतम २ जना साथिसहित यहि पौष १३ गतेदेखि हराइरहेकाे हुदाँ भेट्नुहुने महानुभावहरुले तलको नम्बर मा खबर गरिदिनुहुन अनुराेध गर्दछु ।
९८०७४११४३९
९८६६८५६७३५

Contact Form

Name

Email *

Message *

Powered by Blogger.