Latest Post

एेरावत टोल सुधार समितिका सचिव आदराणिय श्री किरण नेपालज्युको तर्फबाट आफ्नो आमाको पुण्य तिथिको अवसरमा एक थान भरी सिलिन्डर सहयोग ।

- मानबसेवा आश्रम ललितपुर
विभिन्न कारणहरुबाट सडककिनाराहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्वारा, उपचार, पालनपोषण तथा पारिवारीक पुनर्मिलन गराउदैँ आइरहेको मानवसेवा आश्रम ललितपुर शाखाको सेवाकार्यलाई थप सहज र सरल बनाउने अभीष्टले  एेरावत टोल सुधार समितिका सचिव आदराणिय श्री किरण नेपालज्युले आफ्नो आमा जानुका नेपालको  दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा एक थान भरी सिलिन्डर स प्रेमा अर्पण गर्नुभएको छ  ।   
सहयोग हस्तान्तरण कार्यक्रममा परिवारका सदस्यहरु पिता बद्री प्रसाद नेपाल र भाई उज्ज्वल नेपालको पनि उपस्थिति रहेको थियो ।
मानवसेवाको कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण परोपकारी मनहरुप्रती हार्दिक आभार तथा सादर नमन् ।

मान वन न्यानाे अभियानकाे दाेस्राे कार्यक्रम
सर्लाहिकाे मुसर डुम र चमार बस्तिमा २२० वटा कम्मल बितरण।
  - एल.वि श्रेष्ठ

सर्लाही प्रमुख जील्ला अधिकारी,नेपाली सेना जील्ला प्रमुख(करसाव),ससस्त्र प्रहरीवल जील्ला यस्पी,लालवन्दी नगर प्रमुख,लालवन्दी नगर प्रहरी निरीक्षक, पत्रकार महासंघ जील्ला प्रमुख, प्रमुख राजनितीकदलका नगर प्रमुखहरु,कान्तीपुर लगायत पत्रपत्रीका,स्थानीय रेडीयो र पत्रीकाहरु,तथा स्थानीय समाजसेवी वुध्दीजीवी वर्गहरुको उपस्थितीमा सर्लाही स्थीत मुसरी टोल १०० घर,डुम चमार टोल ३० घर पिडीत तथा एकल महीला,मदेशी मुस्लीम,आदीवासी जनजाती ९० घर गरी एकमुस्ट कार्यक्रम गरि कोरीयामा रहेका नेपालीहरुलको सहयोगमा आज २०१७-०१-१ को दीन लालवन्दी ७ मा २२० वटा कम्मल वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

विगतका वर्षहरुमा शितलहरबाट प्रत्येक वर्ष यी बस्तिहरुमा ज्यान गुमाउनेकाे संख्या अधिक रहेकाे पाईन्छ।
अती विपन्न यी समुदायहरुकाे जीवन निकै कष्टकर र दुखदायि रहेकाे स्थानिय मित्र Laxman Dahal ले जानकारि गराउनु भएकाे छ।
तराई सम्म सामन पुराउन सहयाेग गर्नुहुने मित्र Rinoz Shrestha लाई धेरै धन्यवाद।।

अहाेरात्र खटेर डाटा संकलन साथै बस्तिमा पुगेर भव्यताका साथ कार्यक्रम सम्पन्न गराउने अात्मिय मित्र लक्ष्मण दाहाल जि लगायत सबैलाई मुरिमुरि धन्यवाद।।

यसैगरि काेरियामा अभियानकाे क्रममा खट्नुहुने अभियानकर्ता सबैलाई फेरि पनि धन्यवाद।।

विशेषगरि यस अभियानमा मन खाेलेर सहयाेग गर्नुहुने काेरियावासि नेपालिहरुमा हृदयदेखि धन्यवाद।।

हामी सबैकाे जय हाेस्।।

५ जना चेपाङ बालबालिका लाई एक बर्षमा पढाईमा लाग्ने सम्पुर्ण खर्च बराबरको  $२५००.०० खर्च सहयोग उपलब्ध  गर्ने प्रण गर्दछु।
- Madhav Atreya

अंग्रेज़ी नया बर्ष २०१७ को शुरुवातमा  लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत तथा गरीव चेपाङ बालबालिकाको शिक्षामा पहुँच गराउने उद्देश्यले चितवन स्थित लोथर गा.वि.स. ९ मा संचालित कुमार बलराम स्मृति छात्राबासमा बसेर अध्यान गर्ने १३० बालबालीकाहरु मध्ये एक जनाको लागी एक वर्षको लागि आवश्यक पर्ने रकम $५००.०० उपलब्ध गराई शुरु गर्ने भएको छु र २०१७ मा जम्मा ५ जना छात्रछात्रालाई सो बर्षमा लाग्ने जम्मा $२५००.०० खर्च सहयोग उपलब्ध  गर्ने प्रण गर्दछु।
     सबैलाई नया बर्षको शुभकामना।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.