Latest Post

जागृति बाल क्लब नेपाल अध्यक्ष योगिता भुषाल बर्ष १७ ,

- दीपक शर्मा
गहुँगोरी बर्णकी योगिता भुषाल अहिले १८ बर्षमा हुुनुहुन्छ र हाल उहाँले जागृति बाल क्लव नेपालको अध्यक्ष पदमा रही कामहरु सम्पन्न गर्नुभएको छ । सानो उमेरबाट नै बालक्लवमा आबद्ध भएकी उनी जनज्योति मा बि. प्रगतिनगरमा रहेका बाल अधिकार मञ्चमा आबद्ध भएपश्चात बालक्लवमा उनको कथा सुरु भएको हो । सुरु सुरुमा बोल्नको लागि डर लाग्ने र कार्यक्रमहरुमा समेत सहभागिता नगर्ने उनले अहिले नवलपरासीको मध्यबिन्दु एफ एम मा कार्यक्रम सञ्चालन गर्दछीन् , यो सबै गर्न सफल भएको बालक्लबनै हो भनेर उनी अहिले पनि हाँसेर भन्छीन् । साच्चै बालक्लवमा लागेर पढाई बिग्रन्छ र भन्ने प्रश्नमा उनी निराश हुँदै भनीन त्यस्तो त होईन तर अलिकती घर समुदायले हेर्ने दृष्टिकोणले गर्दा भने कहीले कहीले नराम्रो लाग्ने र पढाईमा ध्यान नदिदाँ त्यस्तो हुन्छ तर म केही गर्न सक्छु भन्ने बन्नको लागि बालक्लवले मलाई धेरै नै सहयोग नै गरेको छ । बालक्लवमा नै लागेर धेरै राम्रो राम्रो कार्यक्रमहरुमा सहभागिता जनाउने र केही कुराहरु राख्न सक्ने भएको छु । नवलपरासी जिल्लामा भएको शान्ति निर्माण प्रकृयामा बालबालिका र युवाहरुको सहभागिता के रहेको थियो भन्ने मुल्याँकन समुहमा सदस्य भई करीब ५ महिना यहाँका बालक्लव र युवा क्लवमा जाने मौका मिल्यो र यसबाट पनि हामीले कती नेतृत्व बिकास गरेका रहेछौ र किन आवश्यक छ भन्ने लागेको छ । साच्चिकै बालक्लवमा लागेर पढाई बिग्रने भन्दा पनि यसले हाम्रो ब्यक्तीत्व बिकास गरेको छ र यसको प्रभाब नै हो आज म रेडियो मध्यबिन्दुमा कार्यक्रम सञ्चालन पनि गरेको छु र सबैको अगाडी नै आफ्नो कुराहरु राख्ने गरेको छु ।
बालक्लव नै बालबालिकाहरुको चौतर्फी बिकासको लागि महत्वपुर्ण स्थान हो । पढाई र अन्य क्रियाकलापमा समेत बालबालिकाहरुको अर्थपुर्ण बाल सहभागिता गराउनु हामी सबैको दायित्व हो ।

एेरावत टोल सुधार समितिका सचिव आदराणिय श्री किरण नेपालज्युको तर्फबाट आफ्नो आमाको पुण्य तिथिको अवसरमा एक थान भरी सिलिन्डर सहयोग ।

- मानबसेवा आश्रम ललितपुर
विभिन्न कारणहरुबाट सडककिनाराहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्वारा, उपचार, पालनपोषण तथा पारिवारीक पुनर्मिलन गराउदैँ आइरहेको मानवसेवा आश्रम ललितपुर शाखाको सेवाकार्यलाई थप सहज र सरल बनाउने अभीष्टले  एेरावत टोल सुधार समितिका सचिव आदराणिय श्री किरण नेपालज्युले आफ्नो आमा जानुका नेपालको  दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा एक थान भरी सिलिन्डर स प्रेमा अर्पण गर्नुभएको छ  ।   
सहयोग हस्तान्तरण कार्यक्रममा परिवारका सदस्यहरु पिता बद्री प्रसाद नेपाल र भाई उज्ज्वल नेपालको पनि उपस्थिति रहेको थियो ।
मानवसेवाको कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण परोपकारी मनहरुप्रती हार्दिक आभार तथा सादर नमन् ।

मान वन न्यानाे अभियानकाे दाेस्राे कार्यक्रम
सर्लाहिकाे मुसर डुम र चमार बस्तिमा २२० वटा कम्मल बितरण।
  - एल.वि श्रेष्ठ

सर्लाही प्रमुख जील्ला अधिकारी,नेपाली सेना जील्ला प्रमुख(करसाव),ससस्त्र प्रहरीवल जील्ला यस्पी,लालवन्दी नगर प्रमुख,लालवन्दी नगर प्रहरी निरीक्षक, पत्रकार महासंघ जील्ला प्रमुख, प्रमुख राजनितीकदलका नगर प्रमुखहरु,कान्तीपुर लगायत पत्रपत्रीका,स्थानीय रेडीयो र पत्रीकाहरु,तथा स्थानीय समाजसेवी वुध्दीजीवी वर्गहरुको उपस्थितीमा सर्लाही स्थीत मुसरी टोल १०० घर,डुम चमार टोल ३० घर पिडीत तथा एकल महीला,मदेशी मुस्लीम,आदीवासी जनजाती ९० घर गरी एकमुस्ट कार्यक्रम गरि कोरीयामा रहेका नेपालीहरुलको सहयोगमा आज २०१७-०१-१ को दीन लालवन्दी ७ मा २२० वटा कम्मल वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

विगतका वर्षहरुमा शितलहरबाट प्रत्येक वर्ष यी बस्तिहरुमा ज्यान गुमाउनेकाे संख्या अधिक रहेकाे पाईन्छ।
अती विपन्न यी समुदायहरुकाे जीवन निकै कष्टकर र दुखदायि रहेकाे स्थानिय मित्र Laxman Dahal ले जानकारि गराउनु भएकाे छ।
तराई सम्म सामन पुराउन सहयाेग गर्नुहुने मित्र Rinoz Shrestha लाई धेरै धन्यवाद।।

अहाेरात्र खटेर डाटा संकलन साथै बस्तिमा पुगेर भव्यताका साथ कार्यक्रम सम्पन्न गराउने अात्मिय मित्र लक्ष्मण दाहाल जि लगायत सबैलाई मुरिमुरि धन्यवाद।।

यसैगरि काेरियामा अभियानकाे क्रममा खट्नुहुने अभियानकर्ता सबैलाई फेरि पनि धन्यवाद।।

विशेषगरि यस अभियानमा मन खाेलेर सहयाेग गर्नुहुने काेरियावासि नेपालिहरुमा हृदयदेखि धन्यवाद।।

हामी सबैकाे जय हाेस्।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.