सार्वजनिक अपील।
मलाइ मृगौला दिने मान्छे भेटेको छु हस्पिटलले 1 महिना भित्र अप्रेसन नगरे त्यो मृगौला अर्कैलाई दिने भनेको छ। -कृष्ण शाही ठकुरि
कोरिया बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार ।।।।
म कृष्ण शाही ठकुरी उमेर 24 बर्ष घर आगिन्चोक ५ धादिङ म बिगत 20 महिना देखि दुबै मृगौला फेल भएर उपचार गराइरहेको छु।।म 2072 सालको भुइचालो भन्दा अगाडि दुबइमा थिए।भुइचालो पछि उद्दार कार्यमा सघाउन बिभिन्न देशबाट नेपालिहरु स्वादेस फर्कने लहर चलेको थियो म पनि त्यसैमा सामेल भएर नेपाल फर्के पिडामा रहेका देसबासिलाइ उद्दार कार्यमा सघाउन र लागे पनि पछि मलाइ अचानक स्वस्थ्यमा समस्य देखियो र हस्पिटल गए।।पछि थाहा भयो मेरो दुबै मृगौलाले काम नगर्ने भैसकेको रहेछ।।।तेस्पछी निरन्तर उपचार गराइरहे महङो डाइलसिस अनि औषधि खर्च र पनि गरिरहे मृगौला पाउन सकिन र अप्रेसन हुन सकेन।।यहि क्रममा मेरि श्रीमतीले मृगौला दिने कुरा भयो र सबै टेस्ट गरियो पछि के सोचिन या कस्ले उक्सायो मृगौला दिन त परै जावोस उल्टै म सगको सबै नाता तोडेर छोडेर गइन।।टेस्ट गर्दा नभएको पैसा मात्र खर्छ भयो पछि दिदिले दिने कुरा गर्नु भयो र फेरि सबै टेस्ट गरियो दिदिले पनि भिनाजुको कुरा सुन्नुभयो या के भयो नदिने हुनुभयो फेरि मेरो आसा मर्यो अनि पैसा मात्र खर्च भयो यतिबेला सम्म मेरो वैदेशिक रोजगारबाट कमाएको मात्र होइन मेरो आउने पाउने जाय जेथा समेत बेचेर सकिसकेको थियो मैले जिउने आसा मारे किनकी म सग महङो डाइलासिस गर्ने पैसा थिएन तेतिनै बेला सरकारले नेपालमा डाइलासिस् फ्री गर्यो म फेरि डाइलासिस गर्न थाले तर मासिक 20000 भन्दा धेरै औसधिमा खर्च हुन्थ्यो ।।काठमान्डौ मा आफन्तको सरणमा बसेर मागेर औषधि खर्च जुटाइरहे बाच्ने आसा राखिरहे मृगौला दिने महान ब्यक्तिको प्रतीक्षा गरिरहे।।आज मलाइ मृगौला दिने मान्छे भेटेको छु हस्पिटलले 1 महिना भित्र अप्रेसन नगरे त्यो मृगौला अर्कैलाई दिने भन्छ अप्रेसन गर्न करिब ८लाख नेपाली लाग्छ रे म सङग ८ हजार पनि छैन तेसैले म हजुरहरु सङ्ग मेरो जिबनको भिख माग्दै छु ।।म पनि हजुरहरु जस्तै बाच्न चाहान्छु जीवन जिउन चाहान्छु तपाइहरुको सानो सहयोगले मैले मेरो जीवन दान पाउछु।।तपाईंको सानो सहयोग तपाइको लागि समुन्द्र बाट एक गाग्री पानी निकाले जस्तो होला तर तेस्ले मेरो जीवन बचाउन सक्छ कृपया मलाइ जीवन दान दिनुहोला म बाचे भने बाकी जीवन हजुरहरु जस्तै अरुको सेवामा लगाउने छु।।।धन्यवाद ।।।
-कृष्ण शाही ठकुरि
यो हाम्रै एक पिडित नेपाली दाइ या भाइ को दुखेसो हो एकपटक सोचौ त उहाको ठाउमा हाम्रो कोहि आफन्त या दाजुभाइ भएको भए कस्तो हुन्थ्यो होला।।अझै सोच्नुस त त्यो ठाउँमा तपाईं आफू भएको भए कस्तो हुन्थ्यो होला अरु बाट के आसा राख्नु हुन्थ्यो होला।।। भिख मागेर खानु राम्रो होइन के भिख मागेर जिउनु पनि नराम्रो होर के हामि तेति निस्ठुर छौ र कोहि हाम्रो सामु जिबनको भिख मागिरहदा हेरेर मात्र बस्ने।।।हाम्रो एक दिनको नभए एक घण्टाको कमाइ अझै एक बोतल सोजु बियरको एकपटक चडिने ट्याक्सिको एक बट्टा चुरोट्को पैसाले कसैको ज्यान वचन सक्छ।।के हामी त्यती सहयोग गर्न नसक्ने छौ र?जति सक्नु हुन्छ 100 वोन 500 वोन 1000 ओन 10000 वोन 50000 वोन जति हजुरको मनले भन्छ सहयोग गर्नुस त्यो सहयोगले कसैको जीवन रहन्छ हजुरलाइ सम्मान गर्ने एउटा मन बाच्छ।।।हामी बिन्ती गर्छौ आउनुस तपाईं हामी मिलेर उस्लाइ बचाउ।।।
तपाइँ आफ्नो ब्यक्तिगत या सामुहिक संकलन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।।।तलको सम्पर्क नम्बरमा अनि जम्मा गर्न सक्नुहुनेछ तलको खाता नम्बरमा।।।
राजु गोतामे:-70291068547307 keb hana bank
contact:-1021880693
लालमनी काफ्ले:-37602194201016 ibk bank
contact:-01049024500
कृष्ण शाही ठकुरी(नेपाल):-00724283705 laxmi bank
contact:-9865052648
साथै तलको नम्बरहरुमा सम्पर्क गरि जानकारी लिन सक्नुहुनेछ।।।
सन्जय थापा:-01090076978
हेमन्त पुन:-01048977675
एकल यात्री:-01021905819
बिकाश:-01046485720
साथै हिजो जनवारी 1 तारिक नयाँ बर्षको दिन छन्लाबोक्दो छन्जुमा उहाको सहयोग संकलनार्थ नेपाली चलचित्र पुरानो डुङ्गा प्रदर्सन भएको थियो जसमा उपस्थित सम्पुर्ण सथिहरुले सहयोग गर्नु भएको छ उहाहरु सबैलाइ हार्दिक आभार।।।
-छन्लाबोक्दो नेपाली समाज -दक्षिण कोरिया
जागृति बाल क्लब नेपाल अध्यक्ष योगिता भुषाल बर्ष १७ ,
- दीपक शर्मा
गहुँगोरी बर्णकी योगिता भुषाल अहिले १८ बर्षमा हुुनुहुन्छ र हाल उहाँले जागृति बाल क्लव नेपालको अध्यक्ष पदमा रही कामहरु सम्पन्न गर्नुभएको छ । सानो उमेरबाट नै बालक्लवमा आबद्ध भएकी उनी जनज्योति मा बि. प्रगतिनगरमा रहेका बाल अधिकार मञ्चमा आबद्ध भएपश्चात बालक्लवमा उनको कथा सुरु भएको हो । सुरु सुरुमा बोल्नको लागि डर लाग्ने र कार्यक्रमहरुमा समेत सहभागिता नगर्ने उनले अहिले नवलपरासीको मध्यबिन्दु एफ एम मा कार्यक्रम सञ्चालन गर्दछीन् , यो सबै गर्न सफल भएको बालक्लबनै हो भनेर उनी अहिले पनि हाँसेर भन्छीन् । साच्चै बालक्लवमा लागेर पढाई बिग्रन्छ र भन्ने प्रश्नमा उनी निराश हुँदै भनीन त्यस्तो त होईन तर अलिकती घर समुदायले हेर्ने दृष्टिकोणले गर्दा भने कहीले कहीले नराम्रो लाग्ने र पढाईमा ध्यान नदिदाँ त्यस्तो हुन्छ तर म केही गर्न सक्छु भन्ने बन्नको लागि बालक्लवले मलाई धेरै नै सहयोग नै गरेको छ । बालक्लवमा नै लागेर धेरै राम्रो राम्रो कार्यक्रमहरुमा सहभागिता जनाउने र केही कुराहरु राख्न सक्ने भएको छु । नवलपरासी जिल्लामा भएको शान्ति निर्माण प्रकृयामा बालबालिका र युवाहरुको सहभागिता के रहेको थियो भन्ने मुल्याँकन समुहमा सदस्य भई करीब ५ महिना यहाँका बालक्लव र युवा क्लवमा जाने मौका मिल्यो र यसबाट पनि हामीले कती नेतृत्व बिकास गरेका रहेछौ र किन आवश्यक छ भन्ने लागेको छ । साच्चिकै बालक्लवमा लागेर पढाई बिग्रने भन्दा पनि यसले हाम्रो ब्यक्तीत्व बिकास गरेको छ र यसको प्रभाब नै हो आज म रेडियो मध्यबिन्दुमा कार्यक्रम सञ्चालन पनि गरेको छु र सबैको अगाडी नै आफ्नो कुराहरु राख्ने गरेको छु ।
बालक्लव नै बालबालिकाहरुको चौतर्फी बिकासको लागि महत्वपुर्ण स्थान हो । पढाई र अन्य क्रियाकलापमा समेत बालबालिकाहरुको अर्थपुर्ण बाल सहभागिता गराउनु हामी सबैको दायित्व हो ।