Latest Post

People say 'For every successful man, there's a women behind'. You were successful when you were single, and now you will be the most successful person when there's your own lady supporting on your every actions and reactions.
- Binod Rijal

जिवनको यो महत्वपुर्ण अनि खुसी तथा निक्कै ब्यस्त बेला पनि अनाथ तथा गरिब बालबालिका हरुको लागि सोंचेर बिहेको पार्टिमा हुने फजुल खर्च हरुलाई कटायर सहयोग गरेकोमा www.missyounepal.com परिवार हार्दिक आभार ब्यक्त गर्दछौं। यहाँहरुको जोडि,परिवार लाई सँधै खुसी मिलोस। अझै राम्रा राम्रा कुरा हरु गर्ने आँट,जोस, जाँगर उत्पन्न होस। फेरि पनि हास्य कला क्षेत्रमा फर्केर चेतना मुलक प्रस्तुती हरु देख्न पाउँ। 

प्रदेशमै थम बहादुरको जीवन सकिए पछि अकल्पनिय घटनाले बिच्छिप्त परिवारलाई आर्थिक सहयोग द्वारा सान्त्वना तथा हौसला प्रदान।                                     
          वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत कार्यरत स्याङ्जा जिल्ला अर्जुन चौपारी -४ रैते ,का थम बहादुर घर्ती को झन्डै एक बर्ष अगाडि हटयाटक भैइ मृत्यु भएको थियो ।उक्त मृत्यु पश्चात् परिवारजनमा पर्न गरेको अतुलनीय र अकल्पनीय घटनाप्रती गहिरो दु:ख व्यक्त गर्दै स्याङ्जा सहयोग समाज दोहा कतारले आस्रित परिवारलाई सहयोग पुराउने हेतुले ,स्याङ्जा सहयोग समाज दोहा कतारका सह कोषाध्यक्ष श्री सुर्य प्रसाद अर्याल को सम्योजक्त्वमा आर्थिक सहयोग संकलन समिति गठन गरि अगाडि बढेको थियो जुन अभियान अन्त्तरगत सन्कलित रकम ने रु दुई लाख पचास हजार (2,50,000) संकलन भएको थियोे ।
             यहि १६-०९-२०७३ गतेका दिन अर्जुन चौपारी -४ स्थित ,श्री नव दुर्गा प्रा बिको प्राङ्गणमा एक कार्यक्रम को आयोजना गरि मृतकका परिवार लाई उक्त रकम हस्तान्तरण गरियो।स्याङ्जा सहयोग समाज ले आयोजना गरेको उक्त कार्यक्रम मा वडा नागरिक मञ्चकि अध्यक्ष श्रीमती सङिता जि टी ले सभापति को आसन ग्रहण गर्नु भएको थियो भने प्रमुख अतिथिमा स्याङ्जा सहयोग समाज दोहा कतारका बरिस्ठ उपाध्यक्ष श्री धन्नजय लम्साल रहनु भएको थियोे ,साथै विशेष अतिथि मा स्याङ्जा सहयोग समाज कतारका सह कोषाध्यक्ष  एबम आर्थिक सहयोग संकलन अभियानका सम्योजक श्री सुर्य प्रसाद अर्याल रहनु भएको थियो। उक्त कार्यक्रम मा रेडक्रस स्याङ्जा का मन्त्री श्री दिर्ग नारायण अर्याल ,ने क पा एमालेका जिल्ला कमिटी सदस्य श्री मोहन अधिकारी ,नेपाली काङ्ग्रेस गाउँ कमिटी सचिब रन बहादुर थापा रहनु भएको उक्त कार्यक्रममा श्री मेघ प्रनेसले  मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन श्री हरि प्रसाद  अर्याल ले गर्नु भएको थियो ।उक्त कार्यक्रम मा स्थानीय बासिन्दा को उल्लेखनीय उपस्थिति रहनु का साथै मन्तव्य राख्नु हुने सबैले स्याङ्जा सहयोग समाज र उसले गरेका सबै कार्यको मुक्तकन्ठले प्रसम्सा गर्नु  भएको थियो भने सभापतिको मन्तव्य सगै कार्यक्रम समापन भएको थियो

धन्यवाद
अध्यक्ष
गोप सुनार
स्याङ्जा सहयोग समाज कतार परिवार

कथा :- कब्जा फुक्लिएको बाकस ।
बेलुका खाना खाए पछी पनि आमा निकै ब्यस्त रहनु भयो सानै भएको ले होला आमा नजिकै बस्दै के गर्न लाग्नु भएको भन्दै सोध्दै थिए बहिनी खुशी पनि आमा संग झगडा गर्दै थिइ सायद उसलाई निन्द्रा ले च्यापिरहेर हो कि ? तर पनि आमा निकै ब्यस्त देखिनु हुन्थ्यो घरको माथिल्लो तला मा राखिएको पुरानो बाकस खाली गर्दै हुनुहुन्थ्यो सारा समान एक एक गरेर निकाल्दै हुनुहुन्थ्यो अनि मैले सोधे किन आमा बाकस खाली गर्नु भएको त ? आमा ले भन्नू भयो यो पुरानो भयो यसको कब्जा पनि फुत्किएको छ यसलाई भोलि बिहानै तल जङ्गल छेउ भिर बाट फ्याकिदिने हो ।आमा ले त्यो भन्नू हुँदै गर्दा मलाई भने त्यो बाकसको निकै माया लागेको थियो किनकी त्यो बाकस संग मेरो र मेरी बहिनी खुशिको बालपनको अद्दितिय सम्बन्ध थियो त्यो आमाबाबु समान सुरक्षीत गराउने चिज थियो भने हाम्रो त्यसमा उफ्रने खेल्ने समान भनेको थियो त्यो बाकस ।
त्यो बाकस कतिबेला मेरो घरमा आयो मलाई त्यति ख्याल छैन तर जति बेला म केही बुझ्ने भए त्यो बेला देखि नै त्यो बाकस त्यही कहिले हाम्रो खेलौना बनेर त कहिले आमा बुबा को कपडा धन लगायत सबै महत्त्वपूर्ण सामाग्री को सुरक्षा गरेर त्यही बिराजमान छ ।आमा को भनाइ अनुसार हामी जन्मदा भन्दा पहिल्यै बाबा ले लाहुर बाट भरिया लगाएर ल्याउनु भएको रे त्यो बाकस त्यति बेला त्यो बाकस ले खुब चर्चा पायो कतिपय लाई बाकस को चर्चा गर्दै चिया खाने मेसो पनि जुराइदियो त्यो बाकस ले आखिर बाकस भित्र के थियो त्यो कसैलाई पनि महत्त्वपूर्ण भएन सबैले त्यही बाकस मात्रै देखेका थिए ।आज त्यही बाकस फ्याकिदै थियो आमा ले सबैरै पल्ला घरको दाइ लाई भनेर बाकस फ्याँक्नु लगाउनु भयो त्यो बाकस फ्याके बापत पनि आमाले दाइ लाई चिया र चुरोट पिलाउनु भयो आखिर अन्तिम समयमा पनि बाकस ले आफू फ्याकिन को लागि पनि अरुको मन खुशी बनाएर जाँदै थियो ।
हरेक दिन बिहान म त्यो फ्याकिएको बाकस हेर्न जान्थे हेरेर फर्कन्थे तर मलाई किन यति धेरै माया लागिरहेको हो मलाई नै थाह थिएन ।काम हुँदा कति जतन थियो त्यो बाकसको काम सकियो आज उ भिर बाट फ्याकियो
आज पनि सदा झै बाकस हेरेर फर्कदै थिए निकै पारी ठुलो बाबाको घरमा निकै भिड देखे के रहेछ भनेर म पनि त्यतै लागे अमन दाइ आएको रहेछ परदेश गएको अमन को काम को शिलशिला मा निकै बिरामी परेछ र कम्पनी ले उसलाई घर पठाइदिएछ त्यतिका बर्ष काम गरेको कम्पनी ले दाइ ले काम गर्न नसक्ने भए पछि घर पठाइदियो यतिबेला दाइ संग न त पैसा रह्यो न त स्वास्थ शरीर नै त्यति बेला मैले कब्जा फुत्किएर केही समय अघि फ्याकिएको बाकसको याद गरे हिजो काम छदा कति जतन थियो यो बाकस को पानी पर्दा आमा ले बाछीटो ले असर गर्छ भनेर गुन्द्री ले बेर्नु हुन्थ्यो आज काम नलाग्ने भयो भिर बाट हुत्याइदिनु भयो त्यस्तै अमन दाइ हिजो काम गर्न सक्ने हुदा खुब राम्रो मान्छे भनेर कम्पनी ले प्रशंसा गर्‍यो सम्मान गर्यो आज त्यही सम्मानित ब्याक्ती काम गर्न नसक्ने हुदा घर पठाइयो यहि दुई कथा मेरो मनमस्तिष्कमा बारम्बार दोहोरी रह्यो हरेक परदेशिएका युबायुबति माथी खेलिएको यो खेल कहिले सम्म  हो  भान्ने लाग्यो तर म जाबो भुसुना ले सोचेर मात्रै के गर्नु देशको विषम परिस्थिति र घरको बाध्यतामा म पनि नचाहदा नचाह्दै बिदिशिएको पनि झन्डै १४ बर्ष भएछ आज शरीरका हरेक पाटपुर्जा हरु एक एक गरेर खिइदै छ्न एक एक पुर्जा हरु यसरी बाङिदै छ्न जुन कहिल्यै नसोझिने गरि हिजो पैसा कमाउदा का दिनहरु पाएको भर पुर माया ममता स्नेह आज एकएक गरेर कम्ती हुदैछ्न हिजो स्वस्थ हुदा हजारौं पटक सोध्ने हरुको लागि यो ज्यान भार भन्दैछ हिजो बिदेश जान उस्काउने सरकार आज बिरामी भएर फर्कदा अलपत्र पारेर छोडेको छ देश को अर्थ ब्यबस्था मा महत्त्वपूर्ण योगदान दिने परदेशी दाजुभाइ दिदिबहिनी को बिषय मा कुनै ठोस पहल चालेको देखिदैन  बिरामी भएर घर फर्केका हरु लाई पनि आफ्नै परिवार ले अनेकौं संका उपसन्का ले हेरिरहेको पाइएको देखियो हिजो पैसा कमाउदै गर्दा गलत काम गरेको भए त्यति बेला किन खबरदारी गरिएन किनकी त्यति बेला उ बाट आउने मुहान सुक्छ भन्ने डर ले केही भनिएन यो कमजोरी कसको हो परिवार को कि यो त्यो परदेशिको मात्रै यी याबत प्रश्न हरु एक एक गरेर मनमा गुन्जिरहेको छ यी सम्झदै गर्दा फेरि एकपटक आमा ले फ्याक्नु भएको कब्जा फुत्किएको बाकस र ईमानदार काम गर्ने अमन दाइ को याद ले सताएको छ त्यही कब्जा फुत्किएको बाकसको जस्तो हुँदै छ जिन्दगी एकदिन फ्याकिनेदिन आउदैछ यसरी फ्याकिदै छ कि फेरि कुनै पनि काममा नआउने तरिका ले हिजो बाकस ले दिएको संरक्षण कस्ले याद गर्छ र होइन हिजो हरेक महत्त्वपूर्ण बस्तु हरु को संरक्षण गर्दा त्यो बाकस सबैको प्यारो भयो कहिले मेरी फुच्ची बहिनी खुशिको खेलौना भयो जति दुख कष्ट भए पनि त्यो बाकस ले कहिल्यै गुनासो गर्ने मौका नै पाएन त्यस्तै हुँदै छ यो परदेशिको जीवन पनि अरुको आबस्यकता पुर्ती गर्दागर्दै आफ्नो गुनासो गर्नको लागि कुनै निकाय नै भेट्न् नै सकिरहेको छैन यो परदेशिले ।
कथा :- कब्जा फुक्लिएको बाकस ।
प्रस्तुत कथा लाखौं लाख परदेशिएका युबायुबती प्रती समर्पित हुँदै लेखेको काल्पनिक कथा हो कोहि कसैको जीवन संग मेल खान गएमा संयोग मात्रै हुनेछ ।
लेखक :- गोबिन्द लामिछाने (अविरल ) ।
हाल : एसियन टाउन ,दोहा,कतार ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.