Latest Post

हङकङ नेपाल सम्पर्क मञ्चका अध्यक्ष द्वारा मुसहर बस्ती निर्माणका लागि १ लाख १ हजार रुपैँया सहयोग

हङकङ रहनुभएका हङकङ नेपाल सम्पर्क मञ्चका अध्यक्ष छत्र सुब्बाले एकिकृन नमूना मुसहर बस्ती निर्माणका लागि १ लाख १ हजार रुपैँया सहयोग गर्नुभएको छ । उहाँको सहयोगी मनप्रति हाम्रो सलाम ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।


फरक मान्छे, थुप्रै परिवार तर पनि एक भयो मन, त्यसैले मुसहर बस्ती निर्माणका लागि जुट्दै छन् जन । जमिन सम्याउन सुरु गरिसकेका छौँ । नयाँ वर्षमा नयाँ घर दिएर मुसहरको मुहारमा मिठो मुस्कान ल्याउने तयारीमा तपाई सम्पूर्णको साथ आवश्यक छ । सहयोगका लागि 9803472476 मा सम्पर्क गर्नुहुन आग्रह गर्द छौँ ।
- धुर्मुस सुन्तली फाउन्डेसन

सिन्धुपाल्चोक का अमेरिकामा तथा इजरायलमा रहनुहुने दुई दिदी बहिनी मिलेर मुसहर बस्ती निर्माणका लागि सहयोग।

दुखको मेलोलाई सुखमय बनाउने सपना सजाएर विदेश पुग्नु भएका थुप्रै मनहरुले मुसहरको पिडा बुझ्नुभएको छ, सहयोग गर्न तत्पर देखिएका छन् । यस्तै सहयोगी हातहरुको साथले हामीलाई अघि बढ्न उर्जा मिल्नेछ । सिन्धुपाल्चोक र्घोथली ८ कि पेमा शेर्पा हाल अमेरिकामा हुनुहुन्छ, यस्तै दावासान्मु शेर्पा इजरायलमा हुनुहुन्छ । सहयोगी मन भएका दुई दिदी बहिनी मिलेर मानवता र सद्भावका लागि मुसहर बस्ती निर्माणका लागि २० हजार १८ रुपैँया सहयोग पठाउनुभएको छ । उहाँहरुले गर्नुभएको यो सहयोगप्रति हामी आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.