Latest Post

प्रेस विज्ञप्ति
बृहत् पुस्तक प्रदर्शनी–२०७३

झापा विर्तामोड अतिथि सदन

‘प्रेरणाका लागि पुस्तक’ भन्ने सन्देशका साथ यही २०७३ पुस २९ देखि माघ ८ गतेसम्म झापाको विर्तामोडस्थित अतिथि सदनमा बृहत् पुस्तक प्रदर्शनी आयोजना हुन लागेको कुरा सहर्ष अवगत गराउँछौं ।
भाषा–साहित्यको प्रवद्र्धन, विकास एवं सांस्कृति उन्नयनका लागि अहम् र अग्रगामी भूमिका निर्वाह गर्ने कार्ययोजनासाथ डिकुरा पब्लिकेसनको आयोजनामा हुन लागेको यस प्रदर्शनीमा देशीविदेशी प्रकाशनका सहभागी हुँदैछन् ।

बृहत् पुस्तक प्रदर्शनी अन्तर्गत विभिन्न स्वदेश तथा विदेशका सयभन्दा बढी प्रकाशन संस्थाका विविध विषयका ६ हजारभन्दा बढी शीर्षकका पुस्तकहरुको प्रदर्शन एवं १५ देखि ३५ प्रतिशतसम्म छुटमा बिक्री वितरणको व्यवस्था गरिनेछ । यो प्रदर्शनी नयाँ, पुराना, चर्चित र दुर्लभ सबै किसिमका पुस्तकहरुको संगमस्थल हो । दैनिक जीवनको निराशालाग्दो समयमा उत्प्रेरक पुस्तकहरुको पठनका माध्यमबाट पाठकमा नयाँ ऊर्जा, उत्साह र आशाको सञ्चार गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ ।

देशका विभिन्न स्थानमा आयोजना गर्ने योजना अन्तर्गत विर्तामोडबाट प्रारम्भ हुन लागेको यो यात्रा देशका अन्य प्रमुख स्थानहरुमा पनि विशेष साहित्यिक महोत्सवका रुपमा लिएर अघि बढाइनेछ ।

१. प्रदर्शनीका आकर्षणहरु
० हरेक नेपालीमा पुस्तक संस्कृतिको विकास र विस्तार गर्न पहल गर्ने, पठनपाठनलाई व्यावसायको रुपमा विकास गर्ने ।
० विभिन्न उमेरसमूहका पाठकका लागि विविध विषयका नयाँ तथा पुराना दुर्लभ पुस्तकहरु उपलब्ध गराउने ।
० स्वदेशी तथा विदेशी प्रकाशनका चर्चित र लोकप्रिय पुस्तकहरुका साथै १०० भन्दा बढी प्रकाशन संस्थाहरुको सहभागिता रहने ।
० पुस्तकमा १५ देखि ३५ प्रतिशतसम्म छुट र विद्यालय एवं पुस्तकालयका लागि विशेष छुटको व्यवस्था ।
० विभिन्न पार्टीका उच्च नेता, उच्च पदस्थ कर्मचारी, कलाकार, साहित्यकार, पत्रकार, कूटनीतिज्ञ, विविध पेशा व्यवसायी, शिक्षाकर्मी, विद्यार्थी लगायत विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आगमन ।
० पाठकलाई आवश्यक विविध विषयका पुस्तकहरु एउटै थलोमा उपलब्ध गराउने ।
० आजका बालबालिका नै देशका भविष्य हुन् र उनीहरु नै भविष्यका पाठक र बौद्धिक वर्ग पनि हुने भएकाले बालबालिकामा पढ्ने बानीको विकास गर्ने उद्देश्यले बालसाहित्यका कृतिलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्ने ।
० लेखक र पाठकहरुका बीचमा प्रत्यक्ष र सुमधुर सम्बन्ध स्थापित गर्न हस्ताक्षर र अन्तरक्रियाहरु संचालन गर्ने ।
० विभिन्न साहित्यिक संघ संस्थाहरु, पुस्तक प्रकाशन संस्थाहरु, पुस्तक प्रेमी पाठकहरु तथा नयाँ र पुराना पुस्ताका लेखकहरुलाई एउटै थलोमा जम्मा गराउने ।

संयोजक
पुण्यप्रसाद प्रसाई
अध्यक्ष्य, डिकुरा पब्लिकेसन

नायिका बिपना थापा दिदी प्यारो छोरा सँगै काठमान्डौं आउँदै गर्दा दिल्लिको एयरपोर्टमा भर्खरै खिचेका तस्बीर हरु।

दुबईमा कार्यरत म्याग्दीका लिल बहादुरले महोत्तरीका मुसहरहरुको नयाँ घर निर्माणमा सहयोग

देविस्थान म्याग्दीका लिल बहादुर बोहरा वैदेशीक रोजगारका लागि हाल दुबईमा हुनुहुन्छ । परिश्रम गरेर कमाएको सम्पत्तीमध्ये १० हजार रुपैँया महोत्तरीका मुसहरहरुको नयाँ घर निर्माणमा सहयोग गर्नुभएको छ । उहाँले गर्नुभएको सहयोगप्रति हामी आभारी छौँ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।



Contact Form

Name

Email *

Message *

Powered by Blogger.