Latest Post

सबिन उपचार को लागि थप सहयोग हस्तान्तरण।
      जाजरकोट -जाजरकोट सक्ला १लैखम का बाबू जनक खत्री को मृत्यु र आमा को दोस्रो बिहे का कारण माउली घर खगेनकाेट १मंसिरि बस्दै आयका ४बर्शिय बालक सबिन के सि को लागि थप उपचार खर्च सहयोग भयको छ। माउली घर मंसिरि बस्दै आयका के सि को बिगत केही महिना अघि भैंसी ले टेकेर खुट्टा भाचियको थियो।सो समाचार पत्रकार हेमन्त के सि ले समाचार मा ल्याए संगै बैदेशिक रोजगार मा कतार मा कार्यरत सहयोगी पत्रकार एबम सामाजिक अभियन्ता  लक्ष्मण रसाइली ले प्रबास बाट करिब३२ हजार सहयोग गरेका थिय।र  विभिन्न माध्यम बाट संकलित थप बाकी सहयोग रकम रसाइली स्वदेश फर्केर पीडित के सि लाई स्वयम् भेट् गरि थप ८हजार सहयोग गरेका छन।पीडित के सि लाई  पत्रकार हेमन्त के सि स्थानिय अग्रज बिध्यालय का शिक्षक हरु को उपस्थिति मा एक कार्यक्रम का बिच सो रकम हस्तान्तरण गरेका छन।र रसाइली ले प्रबास को बसाइ पछि स्वदेश पुगेर आफै पीडित लाई प्रत्यक्ष भेट् गरि सहयोग  हस्तान्तरण गरिरहेका रसाइली लाई स्थानिय अग्रज एबम सम्पुर्ण ले धन्यवाद ब्यक्त गरेका छन।यस्ता कार्य हरु गा बि स मै उल्लेखनीय रहेको बिध्यालय का शिक्षक तथा स्थानीय अग्रज को भनाइ छ। यस्तै रसाइली ले  स्वदेश तथा बिदेश मा बिपत मा रहेका धेरै पीडित को सहयता मा काम गर्दै आयका छन।र पीडित के सि को लागि अझै सहयोग को लागि सिटिजन्स बैंक को खाता न:०३६०००००३६mu मा सहयोग गर्न समेत रसाइली ले आग्रह गरेका छन।

समाजमा व्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथाबिरुद्ध जनचेतना जगाउने हेतुले अन्तराष्ट्रिय छाता संगठन निर्माण

महेश कार्की
कतार
नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, व्पायार व्यवसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरुले भाइचारा सम्बन्धको उदाहरण पस्किदै अन्तर्राष्ट्रिय स्थरको तदर्थ कमिटी गठन गरेका छन् ।


एक आपसमा मेलमिलाप, सदभाव, सहयोग,भाइचारा स्थापित गरेर देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सहयोग गर्न  तथा आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्दै पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका जगाउने उदेश्यले उक्त कमिटी गठन भएको अन्तर्राष्ट्रिय नेपाली सुदुरपश्चिमेली सेवा समाज ( INFS ) का संयाेजक भरत नेगीले बताए  ।

नेपाली समाजमा व्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथाबिरुद्ध जनचेतना जगाउने हेतुले विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरु र केहि देशमा गठित सुदूरपश्चिम सेवा समाजको पहलमा अन्तराष्ट्रिय स्तरको सुदूरपश्चिमेलीहरुको छाता संगठन निर्माण भएको सुप सेवा कतारका अध्यक्ष अमृत शाहीकाे भनाई छ ।

बिगत एक महिना देखि समाजिक सञ्जाल फेसबुक, ट्विटर, व्हाट्सअप, अाइएमओ मार्फत लगातार अनालनमै बैठक बसी छलफल तथा अअन्तर्क्रिया गरिसकेपछि आइतबार राति उक्त कमिटि गठन भएको हो । भरत नेगि संयोजक रहने गरि ३५ सदस्यिय तदर्थ समिति बिस्तार गरिएको जापानबाट नबिन जोशीले इमान्दार मिडियालाई जानकारी दिए 

नब गठित कमिटीले छिट्टै बैधानिक प्रक्रिया पुरा गरि विधान तयार पारेर प्रबासमा रहेका सबै सुपबासीलाई समेट्दै सुदूरपश्चिममा नै बृहत सम्मेलनका साथ साधारणसभा गर्ने उदघोष गरेको छ ।


दार्जिलिङ भन्दा हाम्रो नवलपरासीको देबचुली डाँडा अत्यान्तै सुन्दर ,रमाइलो !
- राशी रिजाल,कावासोती।


यो ठाउँमा निकै हावा चल्ने भएर ,हावा बाटै चल्ने पंखा ,चौबिसौ घन्टा हावाको दौडानमा घुमिरहन्छ ,दार्जिलिङ भन्दा हाम्रो नवलपरासीमा रहेको देबचुली डाँडा अत्यान्तै सुन्दर ,रमाइलो ! यो क्षेत्र पर्यटकका लागि अत्यन्तै लाभदायिक छ,यसमा भबिस्य छ ,हाम्रो देशका दाजु ,भाउजू भाइ ,बुहारी दिदी ,भिनाजु  बहिनी ,ज्वाइ सबैलाई नेपालमा नै आउनु यसैमा ब्यबसाय संचालन गरि आफै मालिक र कामदार बन्नु भन्ने आग्रह गर्दछु !!!



Contact Form

Name

Email *

Message *

Powered by Blogger.