Latest Post

खै किन हो मान्छेले आफ्नो जीवन आफै सिध्याऊछ
- Shiva Tandukar , Japan

कस्तो बाध्यता भयो तिमीलाई ? जुन झेल्न नसक्ने,
कस्तो चोट पर्यो तिमीलाई ? जुन सहन नसक्ने ।
सुन्दर सपनाको पोको बोकी तिमी जापान सम्म आयौ,
कस्तो परिस्थिति पर्यो तिमीलाई ,आफूलाई बचाई राख्न नसक्ने ?

बाँच्ने रहर हुदाहुदै मर्नु पर्ने हजारौ मान्छे छ संसारमा,
तर हुदाखादाको जीवन समाप्त पर्यो किन परदेशमा ?
तिम्रो जीवनमा अधिकार  तिम्रो मात्र थिएन, जुन समाप्त पार्यौ,
तिम्रो जन्मदाताको पनि उतिकै अधिकार थियो, तर तिमीले त घात गर्यौ ।

एक पटक पाएको जुनी, समाप्त गरे फेरी कहाँ पाईन्छ र ?
आत्माकोनै हत्या गरेछौ, श्रद्घाञ्जली बाहेक अरू के नै भन्न सकिन्छ र ?

जुन खबर यो कानले सुन्नु नपरोस् भन्छु,
जुन खबर कहि कतै पढ्न नपरोस् भन्छु ।
तर यस्तै दुखद र अप्रिय खबर बारम्बार आऊछ,
खै किन हो मान्छेले आफ्नो जीवन आफै सिध्याऊछ ?

खै किन हो मान्छेले आफ्नो जीवन आफै सिध्याऊछ ?

मुसहर बस्तीमा उज्यालो छर्ने, सद्भाव बाँड्ने हाम्रो रहर!
यहाँहरूको सहयोग समर्थन पाइरहौं सदावहार !!
आजबाट शुभारम्भ, वैशाख १ मा हस्तान्तरण गर्छौं !
दु:खीको अनुहारमा खुसी ल्याउन यहाँहरूकै भर पर्छौं !!

(मानवता र सद्भावको लागि सहकार्य
राष्ट्र निर्माण तपाईं हाम्रो अभियान !)

मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

धुर्मुस/ सुन्तली मुसहर बस्ती निर्माणको उद्घाटनको क्रममा.....यो काँधको मालाको जिम्मेवारी सबैलाई हँसायर पुरा गर्ने बाचा गर्दछु।
- हास्य कलाकार जितु नेपाल

यस अभीयानको पुर्ण सफलताको कामना गर्दै। यहॉकाबासीन्दाहरूले कलाकारहरू प्रती गर्नुभयको स्वागत सम्मान र आतीथ्यता बाट आभारी छु। यती धेरै माला लाउने काम गरे जस्तो त लाग्दैन र पनि मेरो भागमा यती परेछ। यो काँधको मालाको जिम्मेवारी सबैलाई हँसायर पुरा गर्ने बाचा गर्दछु। अैले पनि ब्लु डायमन्ड हाँस्यब्यगं १० दिने  यात्रामा छु।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.