Latest Post

स्याब्बास  धुर्मुस सुन्तली ! धुर्मुस सुन्तली को अभियान मा सहयोग पुर्याउने हात हरु लाई पनि नमन गर्न चाहन्छु ।
- प्रकाश सुवेदी

त्यसो त धुर्मुस सुन्तली ले येस अघि गरेका समाज सेवाका काम हरु ज्वादै प्रसम्शनीय छन । तर आज शिलान्यास  गरिएको मुसहर बस्ती को निर्माण को भने जति प्रशम्सा गरे पनि कमै हुन्छ ....
साब्बास  धुर्मुस सुन्तली !!!!
तपाई हरु पुजनीय, बन्दनीय र ढोगनीय हुनुहुन्छ । हार्दिक नमन !!!
धुर्मुस सुन्तली को अभियान मा सहयोग पुर्याउने हात हरु लाई पनि नमन गर्न चाहन्छु । सबै को जय जय होस ।


मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

गुल्मी पुर्कोटदह का नानीहरू सङ्गिता र रमिता भुसाललाई रु.६९५००/- सहयोग रकम हस्तान्तरण ।
बोमबहादुर कुँवर
२५पौष२०७३,पुर्कोटदह,गुल्मी ।

गुल्मी जिल्ला पुर्कोटदह गाबिस वडा नं.१ जुम्लिचौर निवासी दुर्गाप्रसाद भुसाल कि श्रीमती दुर्गाकुमारी भुसाल को ३ मङ्सिर २०७३ मा भएको निधन पछि मृतकका छोराहरु नभएकोले छोरीहरुले पहिलो पटक छोराहरुले गरिने भनिने  १३ दिनको काजकिरिया  सङ्गिता र रमिता भुसालले  गरि यो समाजमा छोराहरु बिना बाबुआमाको दिबङ्गत आत्माले शान्ति पाउदैन भन्ने अन्धबिश्वास लाई तोड्दै नयाँ कार्यको शुरूवात गरेकोले र यो परिवारको आर्थिक अबस्था कमजोर भएकोले उक्त नानिहरुलाई सहयोग र सम्मान को लागि चलाइएको आर्थिक संकलन अभियान अन्तर्गत गुल्मी जिल्ला मलागिरी गाबिस वडा नं.२ स्थायी घर भइ हाल कोरियामा कार्यरत मित्र रामचन्द्र खड्काको पहलमा विभिन्न सहयोगदाता बाट संकलन गरेको रु.६९५००। उन्सत्तरी हजार पाँच रुपैयाँ हिजो श्री कङ्के देउराली निमाबि. पुर्कोट दहमा एक कार्यक्रम गरि रामचन्द्र खड्काका पुज्यनिय बुवा खिमबहादुर खड्का बाट नानीहरू सङ्गिता र रमिता भुसाललाई हस्तान्तरण गर्नुभयो।बिद्यालयका प्रधानाध्यापक तथा मुख्य अभियानकर्ता बोमबहादुर कुँवरले अहिलेसम्म १२२१५००।रुपैयाँ जम्मा भैसकेको जानकारी दिदै सहयोग दातालाई धन्यवाद दिनुभएको थियो भने खिमबहादुर खड्काले सहयोग दाताको तर्फबाट नानिहरुलाई राम्रोसँग पढेर समाजमा केही गरेर देखाउनु पर्ने सुझाव दिनुभएको थियो।

(INFS) को तदर्थ समिति बिस्तार अन्लाईन बाटै जुटे सु प बासी
महेश कार्की
कतार
नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, व्पायार व्यवसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरुले भाइचारा सम्बन्धको उदाहरण पस्किदै अन्तर्राष्ट्रिय स्थरको तदर्थ कमिटी गठन गरेका छन् ।


एक आपसमा मेलमिलाप, सदभाव, सहयोग,भाइचारा स्थापित गरेर देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सहयोग गर्न  तथा आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्दै पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका जगाउने उदेश्यले उक्त कमिटी गठन भएको अन्तर्राष्ट्रिय नेपाली सुदुरपश्चिमेली सेवा समाज ( INFS ) का संयाेजक भरत नेगीले बताए  ।

नेपाली समाजमा व्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथाबिरुद्ध जनचेतना जगाउने हेतुले विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरु र केहि देशमा गठित सुदूरपश्चिम सेवा समाजको पहलमा अन्तराष्ट्रिय स्तरको सुदूरपश्चिमेलीहरुको छाता संगठन निर्माण भएको सुप सेवा कतारका अध्यक्ष अमृत शाहीकाे भनाई छ ।


बिगत एक महिना देखि समाजिक सञ्जाल फेसबुक, ट्विटर, व्हाट्सअप, अाइएमओ मार्फत लगातार अनालनमै बैठक बसी छलफल तथा अअन्तर्क्रिया गरिसकेपछि आइतबार राति उक्त कमिटि गठन भएको हो । भरत नेगि संयोजक रहने गरि ३५ सदस्यिय तदर्थ समिति बिस्तार गरिएको जापानबाट नबिन जोशीले इमान्दार मिडियालाई जानकारी दिए 


नब गठित कमिटीले छिट्टै बैधानिक प्रक्रिया पुरा गरि विधान तयार पारेर प्रबासमा रहेका सबै सुपबासीलाई समेट्दै सुदूरपश्चिममा नै बृहत सम्मेलनका साथ साधारणसभा गर्ने उदघोष गरेको छ ।




Contact Form

Name

Email *

Message *

Powered by Blogger.