Latest Post

सडकपेटिबाट एक यूवाको उद्धार।।।
.......................................................................
१७  माघ २०७३ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक) ०५६-५२५८९४, ९८५५०८१८९९,९८५५०७६००३

नारायणगढको सडकपेटिबाट कष्टकर जीवनयापन गरी रहेको अन्दाजी २७-२८ बर्षको यूवा जसको शारिरीक अवस्था अति कष्टकर हुनुको साथै हिड्डुल गर्न नसक्ने अवस्थाको यूवालाई भरतपुर-४ निवासी परोपकारी भावनाका धनी आदरणिय नारायण गौतम ज्यूले उक्त यूवाको अवस्था देख्न नसकि सडकपेटिबाट उद्धार गरी मानवसेवा आश्रममा ल्याउनु भएको छ।

यस मानविय कार्यमा आदरणिय नारायण गौतम ज्यू लगायत मानवसेवा आश्रमका अभिभावक आदरणीय गणेश भट्टराई ज्यू तथा अभिभावक प्रेम प्रभा क्षेत्री ज्यूको उपस्तिथी रहेको थियो ।

हाल मानवसेवा आश्रममा ५० जना लक्ष्मी नारायणहरुले आश्रमको गरिमा बढाई रहनु भएको छ भने ४५ जनाको परिवार खोजी पारिवारिक पुनर्मिलन भईसकेको  छ।  
नोटः (हाम्रो सपना नेपालको सडपेटिमा कोहि पनि दुख पाएर,असक्त, अनाथ, अपाङ्ग, असाहय, मनोरोगी भई बेवारिसे भएर जीवनयापन गर्न पर्ने अवस्थाको अन्य गर्ने।)

दृष्टिबिहिन परीवारको घर निर्माणका लागि हिजो मैले प्राप्त गरेको सहयोग निम्न अनुसार छ |
1. नाम खुलाउन नचाहेको - रु.५०००
2. YD Aryal - रु.५०००
3. Surchan Waiba - रु.५०००
सबै सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद | उहाहरुको सहयोग प्रति हामी निकै कृतज्ञ छौ |
- रमेश प्रसाद शाह

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.