छोरा ग्रिपसन को जन्मदिनको खुसियालिमा बेल्जियम बाट १६ हजार १ सय ५ रुपैया सहयोग
हरेक दिन खुसीका किरण छर्ने कुनै न कुनै पल आउछन् । त्यहि पल सम्झन लायक बनाउने दौडमा हामि बिभिन्न संघ संस्थाहरुलाई आर्थीक सहयोग गछौैं । बाग्लुङ्ग बुत्तिबाङ् स्थाई घर भई हाल बेलजियम बस्नुहुने कृष्ण शेरचन र संचिला शेरचनले आफ्नो छोरा ग्रिपसन, २ बर्ष पुगेर ३ बर्षमा लागेको अबसरमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई १६ हजार १ सय ५ रुपैया सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हार्दिक धन्यवाद दिदैं उहांहरुको छोरालाई जन्मदिनको शुभकामना दिन चाहान्छौ ।