Latest Post

शुभ जन्मोत्सवको अवसरमा खाना सेवा
मिति २०७३-१२-१२गते

भरतपुर-८निवासी यस सस्थांको अभिभावक आदरणीय श्री कृष्ण सापकोटा ज्युको नाति,श्री प्रकाश सापकोटा तथा निरु सापकोटा ज्युको सुपुत्र श्री श्रीयशं  सापकोटा ज्युको आज परेको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं।साथै आज जन्म दिन पर्ने श्री श्रीयशं सापकोटा ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

गणेशस्थान बचत तथा ऋण सहकारी संस्थाले बृद्धवृद्धाहरुलाई खाना खुवाएको छ।

चैत्र १२, केसु लोहनी,चितवन
भरतपुर ११ गणेशस्थान स्थित गणेशस्थान बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा देवघाटस्थित रोटरी करुणलय वृद्धाश्रममा आश्रित वद्धवृद्धाहरुलाई खाना खुवाएको छ । संस्थाले यहि चैत्र १५ गते पर्न गएको संस्थाको आठौं वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आज वृद्धवृद्धालाई खाना खुवाएको संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो । सहकारीको सामाजिक उत्तरदायित्व वहन स्वरुप यस्ता किसिमका सामाजिक कार्यमा संस्थाको निरन्तर सक्रियता रहने संस्थाका कोषाध्यक्ष रामकृष्ण धमेलले बताउनुभयो । यसैगरि, अन्य सप्ताह व्यापी कार्यक्रम अन्र्तगत गणेशस्थान सिद्धि जनकल्याण राष्ट्रिय प्रावि गणेशस्थानका गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने उहांले जानकारी दिनुभयो । यस्तै, सप्ताह व्यापी कार्यक्रम अन्र्तगत नै गणेशस्थान टोलको सरसफाई गर्दै १५ गते वार्षिकोत्सव कार्यक्रमको समापन गर्ने संस्थाको व्यवस्थापक विष्णु प्रसाद कंडेलले जानकारी दिनुभयो ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.