Latest Post

प्रभा दिदी London बाट नेपाल आएको मौकामा  बुावाआमा  हरुलाई आफै पकायर खुवाउनुभयो।

सकेको सहयोग गर्नु पर्छ भन्ने पवित्र मनकि धनि London निवासी  आदरणिय दिदी Prabha Khapung  यस पाली नेपाल आएको मौका पारेर हाम्रा बुाब आमा, छोरा छोरीहरु सग   खुशी साँटन , एक छाक पकाएर खुवाउन आउनु भो । दिक्षा बैनी परदेशमा छौ, आफु जन्मेको देशको दुःख दायी अवस्था देख्दा मन वेचैन हुन्छ भन्दै हरेक क्षण आफनो  गाँउ घरको संझनाले सताउने गरेको कुरा सुनाउनु भो । संसारको जुन कुनामा रहे पनि त यो मन त नेपाली नै हो नी ।
दिदी आफु र  परिवारका सदस्यहरुको सा्थ  संझेर आई दिनु भो, सेकेको मिठो मसिनो खुवाउनु भो, एक छाक भए पनि टारि दिनु भो, एक छिन भए पनि हसाँउनु भो , दुःख सुख, भर अभर सोधिदिनु भो यहि त हो एउटा मान्छेले अर्को मान्छेलाई गर्ने सहयोग, सदभाव, प्यार ।
सधै सधैको लागि त यो संसारको कस्को को नै साथमा रहन्छ र ?
मिलन पछिको विछोड, विछोड पछिको मिलन जिन्दगकिो रीत नै हो ।
हजुरको त्यो सहयोगी मनमा कहिलै खडेरी नपरोस ।
भगवानले सधै कल्याण गरुन ।

दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

हामी जातका कुरा गर्छौं । पहिचानको कुरा गर्छौ । आत्म सम्मानका कुरा गर्छौं । छुवाछुतको कुरा गर्छौं । मुसहर त्यस्तो जाति हो , २१ औं शताब्दीको युगमा पनि हाम्रो समाजले उनीहरुले छोएको पानी खाँदैन । हामी पनि त्यही समाजका मान्छे हौं । ७७ दिन देखि निरन्तर उनीहरुसंगै खाना खाइरहेका छौं । न हामी सानो नै भयौं । न हाम्रो जातै गयो । न त हाम्रो इज्जत नै गुम्यो ।
- सिताराम कट्टेल धुर्मुस

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

शुभ जन्मोत्सवको अवसरमा खाना सेवा
मिति २०७३-१२-१२गते

भरतपुर-८ निवासी यस सस्थांको अभिभावक आदरणीय श्री कृष्ण सापकोटा ज्युको सुपुत्र हाल जापानमा कार्यरत आदरणीय श्री प्रदीप सापकोटा
ज्युको आज परेको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं।साथै आज जन्म दिन पर्ने श्री प्रदिप सापकोटा ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.