Latest Post

साहारालाइ सगरमाथाको सहयोग ।।

युएईमा रहेका नेपाली हरुले सन्चालनमा ल्याएको सगरमाथा बचत तथा ऋण सहकारी सस्थाले हिजो साहाराको घर लाई सहयोग गरेको छ । सस्थाका काशिराम काफ्ले , बिष्णु मोहोत्रा तथा सामाजिक कार्यमा सक्रिय ब्यक्तित्वहरु सुधिर बिज्ञान सापकोटा ,शेर बहादुर पौडेल ,बालगोपाल चुके,र जोन कडेल को उपस्तिथिमा नगद रु पन्ध्र हजार रुपैया सहयोग हस्तान्तरण गर्नु भएको हो । सहयोग सयोजन गरिदिनु भएको मा शेर बहादुर  दाजु प्रती आभारी छौ हामिलाइ प्रेम दर्साउन पाल्नुहुने सम्पुर्ण मनकारी प्रती आभारी छौ । साथै युएईमा आफ्नो पसिना जम्मा गरि मातृभुमिको अफ्ट्यारोमा मलम लगाउनु हुने सस्थाका सम्पुर्ण पदाधिकारी ज्यु हरु प्रती आभारी छौ । साथै हजुर हरुको युएई बसाइ सुखद रहोस भनी कामना गर्दछौ । सधै हजुर हरुको साथ सहयोग को अपेक्षा गरिरहन्छौ । किनकी हजुरहरुको सहयोगले मात्रै नानुहरुको उज्ज्वल भबिस्य सम्भव छ ।
साहाराको घर परिवार
भरतपुर 11 चितवन

आजको सिकाइ र उपलब्धि ।
परिक्षा सकिएपछि नानुहरु लामो बिदामा छन । यहि बिदाको समयको सदुपयोग गर्न आज Better Chitwan युनिट सङगको आजको बिहान उत्साह र उपलब्धि मुलक बन्यो ।
नानिहरुलाइ ज्ञान सीप क्षमता बाढिदिनु भएको मा Sagar Karki भाइ निराकार साधनाबहिनी लगाएत better Chitwan मा आवद्द नबिनतम सकारात्मक उर्जाशिल सम्पुर्ण युवाहरु प्रती आभारी छौ । साथै तपाईं हरु सङग भएका कला सीप र क्षमता नानुहरु सङग सेयर गरि बिदाको सहि सदुपयोग गर्न मा सहयोग पुर्‍याइदिनु हुन सम्पुर्ण शुभचिन्तक ज्यु हरुमा अनुरोध समेत गर्दछौ
साहाराको घर परिवार
भरतपुर 11 चितवन ।।

हाम्रो त घरैमा पसल छ चटपटेको पानी पुरिको ।।।

आज त नानुहरुको खुसिले सिमा नै छैन उनिहरुको मनपर्ने खानेकुरा चटपटे पानीपुरिको पसल त आज घरमै पो आइपुग्यो । आइसक्रीम र पिज्जा पनि खाए माया गर्ने दादा दिदिको साथ मनपर्ने खानेकुरा पाएपछी यो बचपन मा के चाहियो । खुसी नै खुसी छाएको छ यो खुसी सधै राख्न सकु अपार खुसिका लागि  सडक डिभिजन कार्यलयमा कार्यरत इन्जिनियरद्द्य श्याम श्रेष्ठ र लक्षुमण कार्की  र मिरिना भारी प्रती आभारी छौ । यो न्यानो साथ सधै मिलिरहोस यो खुसिको पल कहिल्यै भुल्ने छैनौ ।
- साहाराको घर चितवन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.