Latest Post

२०७३/१२/२० गते ।
चित्रवन रंगशाला निर्माणका लागि चितवन सोसाइटी जर्मनका अध्यक्ष श्री यज्ञ राज सुवेदीज्युबाट रु.२५०००/नगद सहयोग।

चितवन जिल्ला भरतपुर महानगरपालिका-१८नया बजार स्थित निर्माणधिन चितवन जिल्लाकै गौरब नेपालकै बैकल्पिक  रार्ष्ट्रियस्तरको रंगशाला निर्माण अभियानमा चितवन जिल्ला शुक्रनगर निवासी हाल एन.आर.एन.जर्मनका संरक्षक एबम चितवन सोसाइटी जर्मनका अध्यक्ष श्री यज्ञ राज सुबेदिज्य श्रीमती सीमा सुवेदी तामाङ्ज्युुले भरतपुर महानगर पालिका-२०को कार्यालयमा एक कार्यक्रम माझ रु,२५,०००/-नगद चित्रवन रंगशाला निर्माण समितीका अध्यक्ष श्री टि.एम.गुरुङ तथा कोषध्यक्ष श्री बल राम पौडेलललाई हस्तान्तरण गर्नु भयो।कार्यक्रममा वहालाइ वडाकासचिब श्री राम कृष्ण ढकाल ,चित्रवन युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष श्री बिजय घले ,वडा न.१७का सचिब श्री लक्षमी गुरुङ पुर्ब सर्ब दलिय प्रतिनिधि श्री बिष्णु ढकाल टि.एम.गुरुङ द्वारा सम्मानित गरिएको थियो।कार्यक्रममा वडाका लेखा अधिकृत श्री फिडन्द्र खनाल ,जिल्ला खेलकुद बिकाद समितिका सदस्य श्री प्रकाश तामाङ,इन्जिनियर श्री प्रविन श्रेष्ठज्यु  लगाएत खेलकुद समितिका सदस्यहरुको उपस्थिती थियो।

- चित्रवन स्टुडियम 

जन्मदिनको उमंग मन्जुश्री असहाय संरक्षण केन्द्रमा

लिटल फलावर स्कुलका(little flower school)प्रमुख श्री रोवि ज्युको शुभजन्मदिनको अवसरमा उहाँको सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा उहाँहरुले मन्जुश्री असहाय संरक्षण केन्द्रमा संरक्षित छोराछोरी र दिदिबहिनीहरु संगै सपरिवार आफ्नो जन्मदिन मनाउदै उनीहरुको लागि आवश्यक रुमाल ५० जोर र कपडाहरु सहयोग सप्रेम समर्पण गर्नुभएको छ । यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार गोर्खालि टोल।०५६-५३१८४६

वेवारिसे अवस्थामा भेटीएका ८३ बर्षिय बृद्धलाई मानवसेवा आश्रमको साथ....
मानवसेवा अाश्रम काठमाडाै
.............................

महानगरी प्रहरी बृत्त स्वयम्भूले नागर्जुन नगरपालिका १ रानीबन पानी ट्याङ्की नजिकै बुबालाई वेवारिसे अवस्थामा फेला पारी आश्रममा ल्याइदिएकाे थियाे ।

बुबाको परिवार र आफन्तबारे  हालसम्म केहि खुल्न सकेको छैन । ८३ बर्षीय मनोरोगी बुबा आफ्नो नाम अम्मर बहादुर कार्की बताउनुहुन्छ । 

उद्दार कार्यमा सहयोग पुर्याउने महानगरिय प्रहरी बृत्त स्वयम्भू परिवार प्रती हार्दिक आभार ।

मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
सम्पर्क : ०१ ४३५७५६३ऽ ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.