Latest Post

नायिका सुकुमाया ले गरिब तथा अशक्त परिवारको घर बनाउने अभियानमा रु.७२,०००/- सहयोग

(नायिका सुकुमाया मोक्तानको फेसबुक बाट)
अाभार
USA bata Bir Ghising jyojyo rs 20000,
Qatar bata Ashok Singdan mamabata ru 5000, USA bata basana lama nana ru 10000, Ktm bata Prem Kumar Lama ji bata 10000, tyasai gari Mero priya aanga Niruta Moktan bata 10000 Bishwa Ram Tamang Thokar aale bata 5000 Lalitpur bata Saroj Lama ji bata 5000 Qatar bata Shital lama aale 7000. Thank u all of u for your support. My mission could not be possible without your support and will work on it responsibly.

---==-=================-==---
"सानो छाप्रो पनि बाढीले बगाईदिए पछि सडकमा जिउन बाध्य शारिरीक र मानसिक रुपमा असक्त ताईस्या स्याँगतन को परिवारलाई नायिका सुकुमाया मोक्तान ले घर बनाईदिने।"
---==-=================-==---

४० बर्षीय ताईस्या स्याँगतन लालभिटी सर्लाहीवासी हुन् । वहॉं शारिरीक र मानसिक रुपमा असक्त हुनु हुन्छ । वहॉंको जन्म एउटा गरीब परिवारमा बुबा स्वर्गीय. जीत बहादुर स्याँगतन र अामा स्वर्गीय सुकुमाया वाईवाको कोखमा भएको थियो । वहॉँ परिवारमा जेठी छोरी हुन र एक बहिनी पनि छ । सानो छदा नै उनको आमा-बुबाको पनि मिरतु हुन गयो अनि उनीहरु बसिरहेको सानो छाप्रो पनि बाढीले बगाई दियो। हुनेको जाईताई, नहुनेको कही न कही भनेको जस्तो भयो। उमेर बढदै जाने क्रममा बहिनीको विवाह भयो र दिदी ताईस्यालाई एकलै छाडेर गईन । मानसिक रूपमा पनि अलि असक्त रहेकी ताईस्या सडकमा जिउन बाध्य भईन। सडकमा नै जिवीको पार्जन गरी बाचिरहेकी ताईस्यालाई पनि यो स्वार्थी समाजका नरपिचासहरूले शान्ति संग बाच्न दिएनन। आखिर ३० बर्षाको उमेरमा कोही अपरिचित व्यक्ति बाट ऊनी बलत्क्रित हुन पुगिन र गर्भवती भईन। अहिले उनको एक ९ बर्षीय छोरी माया घिसिगं साथमा छिन।सुने अनुसार ताईस्या र उनकी छोरी लाई त्यही गाऊको एक जना घिसिगं थरको मान्छेले नाम दिएर देखभालको ज़िम्मा दिएकोरहेछ, तर पछि त्यो मान्छेले पनि ऊनीहरुलाई छोडी गएछ्न। घर नहुनाको कारणले आमा र ९ बर्षकी छोरी माया दुवै असुरक्षित छन।आसपासका मान्छेहरूबाट जानकारी पाए अनुसार ताईस्या सहयोग गरी दिनुस् न भनी भीख माग्थिन् तर कोही पनि यस यौन शोशनमा परेको महिलालाई दया र सहयोग गर्न तयार छैनन। आजको दिन सम्म आईपुग्दा त्यो ठाऊमा ताईस्या मात्र हैन ऊनको ९ बर्षको छोरी माया पनि सुरक्षित छैनन। गाऊँमा सुने अनुसार आज पनि ताईस्यालाई गिद्दे नजर लगाऊने मान्छेहरुको कमी छैन, हरेक रात ऊनको चिच्याहाट सुनिन्छ रे तर ऊनको सहयोग मा मध्य रातमा कोही हुदैनन। अबको दिनमा ताईस्या जस्तै ऊनको छोरीको पनि हालत नहोला भन्न सकिन्न। जब मैले पहिलो पटक यस्तो कहाली लाग्दो कुरा सुने र देखे म आफैलाई अपठेरो र दुख लाग्यो । यस्तो मानसिक रुपमा पनि अलिक बिरामी  र शारिरीक अवस्था ठिक नभएको महिला माथि अमानवीय अन्याय र यौन शोशण भएकोमा यो उनको गल्ती थिएन । मलाई उनको ९ बर्षे छोरी र आमा प्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुवैको जीवन सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्यो । दुवै आमा छोरीले अरूले जस्तै समाजमा सुरक्षित साथ  बॉंच्ने हैसियत र अधिकार राख्दछ भन्ने लागेकोले मैले सहयोग संकलन गरी सानो छाप्रो छाना हाली दिने निर्णय लिएँ जहॉं आमा छोरी सुरक्षित साथ बाँच्न पाउने छ । मैले अन्यत्र पनि बस्ने सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेकी थिएँ तर ताईस्या आमा छोरीले त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् । वहॉंहरूको ईच्छा विपरीत जान म पनि सकिन र त्यही सानो कटेरो हाली दिने सोच बनाएँ जहॉं आमा छोरी बस्न र रमाउन सकुन् । तर म एकलैले यो सहयोग गर्न सक्दिन र मलाई जरूर सहयोगी हातहरूको आवश्क छ । बेसाहरा र असहाय गरीब दिन दुखीको सेवा गर्नु नै मानवीय महान धर्म हो। ताईस्या र ऊनको छोरीको उचित आधारभूत आवश्यकता गास, बास, कपासको ब्यबस्था गरि दिनु एकदम ज़रूरी छ। मलाई विस्वास छ यहॉंहरूले यी असाहय अामा छोरीको लागि मनको पोको खोल्नु हुने नै छ । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने नै छु । धन्यवाद।
सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
(जानकारि : नायिका सुकुमाया मोक्तानकै फेसबुक बाट)

परिवारको सुख शान्तिको प्रार्थना गर्दै भोजनसेवा।।।
२०७३ चैत्र २० @ मानवसेवा आश्रम भरतपुर-१०  बाईपासरोड (आँखा अस्पताल नजिक)-०५६-५२५८९४, ९८५५०७६००३,९८५५०८१८९९
.......................................................................
स्थाई घर भरतपुर-१२ हाल अमेरिका निवासी परोपकारी मनकी धनी आदरणिय कल्पना तिवारी ज्यूले पारीवारिक सुख शान्ति तथा सम्बृद्धिको प्रार्थना गर्दै मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई हिजो विहानको भोजनसेवा वापत रु.६५००।-(छ हजार पाँच सय रुपैया) स-प्रेम सहयोग गर्नु भएको छ।
यस पवित्र कार्यका निम्ति मानवसेवा आश्रमको सहयोगी अभिभावकको भुमिका निर्वाह गर्नु हुने दाजु चन्द्र अर्याल ज्यू तथा दिदि शोभा शर्मा ज्यूको उपस्तिथि रहेको थियो।
मानवसेवा आश?रमको कार्यलाई हरतरहबाट साथ र सहयोग गर्न तयार आदरणिय चन्द्र अर्याल ज्यू लगायत यस मानविय कार्यमा थप उत्साह थप्नु हुने आदरणीय कल्पना तिवारी ज्यू प्रति सम्पुर्ण मानवसेवा आश्रमको तर्फबाट लाखौ-लाख शुभावना सहित हजुरको उत्तरोत्तर प्रगतिको प्रार्थना।।।
धन्यबाद।।।

२०७३/१२/२० गते ।
चित्रवन रंगशाला निर्माणका लागि चितवन सोसाइटी जर्मनका अध्यक्ष श्री यज्ञ राज सुवेदीज्युबाट रु.२५०००/नगद सहयोग।

चितवन जिल्ला भरतपुर महानगरपालिका-१८नया बजार स्थित निर्माणधिन चितवन जिल्लाकै गौरब नेपालकै बैकल्पिक  रार्ष्ट्रियस्तरको रंगशाला निर्माण अभियानमा चितवन जिल्ला शुक्रनगर निवासी हाल एन.आर.एन.जर्मनका संरक्षक एबम चितवन सोसाइटी जर्मनका अध्यक्ष श्री यज्ञ राज सुबेदिज्य श्रीमती सीमा सुवेदी तामाङ्ज्युुले भरतपुर महानगर पालिका-२०को कार्यालयमा एक कार्यक्रम माझ रु,२५,०००/-नगद चित्रवन रंगशाला निर्माण समितीका अध्यक्ष श्री टि.एम.गुरुङ तथा कोषध्यक्ष श्री बल राम पौडेलललाई हस्तान्तरण गर्नु भयो।कार्यक्रममा वहालाइ वडाकासचिब श्री राम कृष्ण ढकाल ,चित्रवन युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष श्री बिजय घले ,वडा न.१७का सचिब श्री लक्षमी गुरुङ पुर्ब सर्ब दलिय प्रतिनिधि श्री बिष्णु ढकाल टि.एम.गुरुङ द्वारा सम्मानित गरिएको थियो।कार्यक्रममा वडाका लेखा अधिकृत श्री फिडन्द्र खनाल ,जिल्ला खेलकुद बिकाद समितिका सदस्य श्री प्रकाश तामाङ,इन्जिनियर श्री प्रविन श्रेष्ठज्यु  लगाएत खेलकुद समितिका सदस्यहरुको उपस्थिती थियो।

- चित्रवन स्टुडियम 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.