महिनामा ५ दिराम सङ्कलन गरि ३० हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान
दुबईमा रहेको ‘फष्ट सेक्युरिटी गु्रप कम्पनी’मा सेक्युरिटीको रुपमा काम गरिरहेका नेपालीहरु मिलेर खोलिएको ‘प्रवासी नेपाली सहयोग संगठन’बाट प्रत्यक सदस्यबाट हरेक महिना ५ दिरहाम को दरले रकम सङ्कलन गरि जम्मा भएको ३० हजार रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । उक्त संस्थाले यसअघि पनि नेपालमा आएको बिनाशकारी महाभुकम्प पछि भुकम्प पिडितहरुका लागि बिभिन्न संस्थालाई पनि सहयोग गरेको थियो । संस्थाले हेल्प नेपाल नेटवर्कको माध्यमबाट पिडितहरुको लागि सक्दो आर्थिक सहयोग गरेको थियो भने दुबईमा ठगिएर दुख पाएका नेपाली चेली, स्वाथ्य उपचारको क्षेत्रमा पनि सहयोग गदै आईरहेको छ । सामाजिक कार्यका लागि उहांहरुले गर्नुभएको सहयोग सह्रानिय छ । उहांहरुले हामीलाई दिनुभएको सहयोगप्रति हार्दिक धन्यवाद दिन चाहान्छौं । र उहांहरुको यस कार्य निरन्तर अगाडि बढिरहोस भन्दै शुभकामना दिन चाहान्छौं ।