मलेसिया रहनुभएका सुवास थापा मगर ज्युले मुसहर बस्ती निर्माणका लागि १४ हजार ६ रुपैया सहयोग
नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । खाङ्साङ्ग ९ सिन्धुली, स्थाई घर भई हाल बैदेशिक रोजगारीका लागि मलेसियाको जोहोरमा रहनुभएका सुवास थापा मगरले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १४ हजार ६ रुपैया सहयोग दिनुभएको छ । उहांले दिनुभएको यस सहयोगले हामी निकै खुसी छौं । यस सहयोग प्रति सुवास थापा मगरलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।