मेरील्याण्ड बाट ४१ हजार २ सय ८४ रुपैया सहयोग
नेपालीहरुको मन नेपालको माया नै मायाले भरिएको छ । हरेक नेपालीले चाहने एउटै कुरा हो, देश बिकाश होस । देश निर्माणका लागी धेरै सहयोग गर्न नसकेपनि हरेक ब्यत्ति इट्टा थप्नको लागी लागीपरिरहेकै हुन्छ । ललितपुर, इमाडोल स्थाई भई हाल मेरील्याण्ड, अमेरिका बस्ने बसन्त थापाले अनाबश्यक गाँस कटाऔं, आबश्यक बस्ती बसाऔं भन्दै मधेश पहाडको एकता र सद्भावको लागी धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ४१ हजार २ सय ८४ रुपैया सहयोग पठाउनु भएको छ । उहांको यस सहयोगले हामीलाई थप उर्जा थपेको छ । यस सहयोग प्रति उहांलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।