बुवाको ४०औं स्मृतीको सम्झनामा मुसहर बस्ती निर्माणका लागि ५१ हजार १ सय २० रुपैयाँ सहयोग
सहयोग गर्न सम्पती चाहिदैन् मात्र मन भए पुग्छ । खुसी त त्यति बेला मिल्छ जतिबेला कसैको मुहारमा आफुले दिएको सानो सहयोगले खुसी भरिएको हुन्छ । झुम्का सुनसरी स्थाई घर भई हाल हङकङ बसोवास गरिरहनु भएका हिम प्रसाद लिम्बुले आफ्नो स्वर्गीय बुवा छत्रबहादुर स्बो लिम्बुको ४० औं स्मृतीको सम्झनामा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि दिल खोलेर गर्नुभएको ५१ हजार १ सय २० रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौं । उहांको सहयोगी भावना देखेर हामी निकै खुसी भएका छौं ।