कुवेतबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई १८ हजार ७ सय ९२ रुपैया सहयोग
अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालबाट बैदेशिक रोजगारीका लागि कुवेत पुग्नुभएका कुमारी पुलामी मगर, राम थापा मगर र हिरा दुराले संयुक्त रुपमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १८ हजार ७ सय ९२ रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोगले हामीलाई थप उर्जा बढेको छ । सहयोग प्रति सम्पुर्णलाई धन्यवाद दिन चाहान्छौं ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन