धुर्मुस सुन्तली फाउण्डेशनलाई ५१ हजार १६ रुपैया सहयोग
जुनसुकै मुलुकमा रोजगारीका सिलसिलामा होस वा बसोवासका लागी, नेपालीहरु जहा पुगेपनि आफ्नो देशलाई भने कहिल्यै बिर्सन सक्दैनन् । नेपालीहरु जहाभएपनि देश निर्माण भएको हेर्न चाहान्छन् । भुटानमा जन्मिनुभई केही समय नेपाल बस्नुभएका पदम रिमाल र रेनुका रिमाल हाल अमेरिका बसोवास गरिरहनु भएको छ । उहँंहरुले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५१ हजार १६ रुपैया सहयोग दिनुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि हामीले गरेको अनुमानीत रकम पुरा भईसकेको जानकारी गराउन चाहान्छौं ।